बारामा सर्प दंशबाट १० वर्षिय बालिकाको मृत्यु

Oct 19, 2026 - 08:48
 0  9
बारामा सर्प दंशबाट  १० वर्षिय बालिकाको  मृत्यु

 बारा, कार्तिक २। बाराको परवानीपुर गाउँपालिका–५ नौतन टोलमा सर्पले टोकेपछि १० वर्षीया बालिकाको मृत्यु भएको छ।

 स्थानीय मनोज साहकी छोरी अन्दाजी १० वर्षीया सन्झना कुमारीलाई मिति २०८३ साल कार्तिक १ गते राति ११:५५ बजे आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले टोकेको थियो। सर्प दंसपछि बिरामी परेकी बालिकालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो।

 अस्पतालमा चिकित्सकले जाँच तथा ईसीजी परीक्षण गर्दा मिति २०८३ साल कार्तिक २ गते राति १२:२९ बजे मृत घोषणा गरेका थिए। घटनाबारे नारायणी अस्पतालका प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

मृतक बालिकाको शव नारायणी अस्पतालमै रहेको जनाइएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाराका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेले जनाएका छन्।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0