करेन्ट लागेर १० वर्षिय वालकको मृत्यु ४ जना घाईते

Sep 25, 2026 - 15:44
 0  18
करेन्ट लागेर १० वर्षिय वालकको मृत्यु ४ जना घाईते

बारा, असोज ९ । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा टिभी चलाउने क्रममा करेन्ट लागेर एक १० वर्षीय बालकको मृत्यु भएको छ भने उनलाई बचाउन गएका चार जना घाइते भएका छन्।

 प्रहरीका अनुसार स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश राम शुक्रबार दिउँसो करिब १२ बजे आफ्नै घरमा टिभी चलाउन खोज्ने क्रममा तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले जाँच गर्दा उनको बाटोमै मृत्यु भइसकेको पुष्टि गरेका हुन्।

आकाशलाई करेन्ट लागेको देखेपछि छुट्याउन गएका चार जना पनि करेन्टको चपेटामा परेर घाइते भएका छन्। घाइते हुनेमा मृतककी ७० वर्षीया हजुरआमा ऐतबरिया राम, १२ वर्षीया दिदी निलम राम, स्थानीय फुलकुमारी राम र अनिता शर्मा रहेका छन्।

 घाइतेमध्ये ऐतबरिया राम र फुलकुमारी रामको तामागढी अस्पताल कोल्हवीमा तथा निलम रामको सिटी अस्पताल कोल्हवीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अनिता शर्माको अवस्था सामान्य रहेको छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक शम्भु यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0