कांग्रेस ईतर बारा ३ को क्षेत्रीय सभापतिमा कलावती पासवान सर्वसम्मत चयन

Oct 10, 2026 - 18:47
 0  10
कांग्रेस ईतर बारा ३ को क्षेत्रीय सभापतिमा कलावती पासवान सर्वसम्मत चयन

 कलैया, २४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा क्षेत्र नम्बर–३ को क्षेत्रीय सभापतिमा कलावती पासवान सर्वसम्मत चयन भएकी छन्।

शनिबार कलैया उपमहानगरपालिका–१ स्थित रामजानकी मन्दिर परिसरमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट पासवानलाई सभापतिमा चयन गरिएको हो।

त्यस्तै, प्रदेशसभा क्षेत्र नम्बर ३(क) को सभापतिमा सुरेशप्रसाद साह र ३(ख) को सभापतिमा हरि प्रवेश यादव सर्वसम्मत चयन भएका छन्। कलैया उपमहानगरपालिकाको नगर सभापतिमा दीपेन्द्र कुशवाहा पनि सर्वसम्मत चयन भएका छन्।

क्षेत्रीय अधिवेशनबाट चयन भएका नेतृत्वलाई नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद राधेचन्द्र यादव, बाराका सभापति राजेश राय यादव र पूर्वसभापति जयचन्द चौरसियालगायत नेताहरूले बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रममा बोल्दै पूर्वसांसद यादवले पार्टीलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच एकता आवश्यक रहेको बताए। उनले आगामी निर्वाचनमा उम्मेदवारको विचार, क्षमता र कार्यसम्पादनको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे। साथै, मेयर, वडा अध्यक्षलगायत जनप्रतिनिधिका उम्मेदवार छनोट गर्दा जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा कलैयाकी पूर्वउपप्रमुख रहिमा खातुन, कांग्रेस नेता सुनिल गुप्ता, नेपाल तरुण दल बाराका अध्यक्ष दीपेन्द्र पटेल, जिल्ला विकास समिति बाराका पूर्वसभापति राजेन्द्रप्रसाद यादवसहित विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन जयनारायण यादवले गरेका थिए।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0