गगन थापा कांग्रेस सभापतिमा निर्वाचित
मुन्ना कुमार_
काठमाडौं, असोज २४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्।
सभापति पदको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्रै पाएका छन्। शुक्रबार सम्पन्न मतदानपछि काठमाडौंको राष्ट्रिय सभागृहमा गरिएको मतगणनाको परिणाम शनिबार बिहान सार्वजनिक भएको हो।
प्राप्त मतका आधारमा थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी पाएका छन्। निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए। सभापति पदको मतगणनामा ५४ मत बदर भएको जनाइएको छ।
सभापति पदको परिणाम सार्वजनिक भए पनि कांग्रेसका अन्य पदको नतिजा आउन बाँकी छ। सभापतिबाहेकका पदका मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ। ती पदको मतगणनापछि पार्टीको आगामी नेतृत्व टोलीको टुंगो लाग्नेछ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0