प्रहरी भवन निरीक्षणदेखि चाडपर्वको सुरक्षा अनुगमा गृहमन्त्री महतो

Nov 4, 2026 - 16:28
 0  8
प्रहरी भवन निरीक्षणदेखि चाडपर्वको सुरक्षा अनुगमा गृहमन्त्री महतो

रौतहट १८ कार्तिक । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले रौतहटको बौधिमाई नगरपालिका–५ कोपवामा निर्माणाधीन इलाका प्रहरी कार्यालयको भवनको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।

 

निरीक्षणका क्रममा मन्त्री महतोले भवन निर्माणको भौतिक प्रगति, निर्माण कार्यको अवस्था र आवश्यक पूर्वाधारबारे जानकारी लिएका हुन्।

सोही क्रममा आगामी चाडपर्वलाई लक्षित गर्दै उनले सर्लाही र रौतहट जिल्लाको समग्र सुरक्षा अवस्थाबारे पनि जानकारी लिएका थिए। दुवै जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा निकायले गरेका तयारी, अपनाएको सुरक्षा रणनीति तथा सम्भावित चुनौतीका विषयमा सुरक्षा अधिकारीहरूसँग छलफल गरेका गरेका छन्।

 चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, तस्करीलगायत आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायलाई थप सतर्क र सक्रिय भएर काम गर्न मन्त्री महतोले निर्देशन दिएका छन्।

 निर्माणाधीन प्रहरी कार्यालयको भवन सम्पन्न भएपछि स्थानीय क्षेत्रमा प्रहरी सेवा प्रवाह सहज हुनुका साथै शान्ति सुरक्षा कायम गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक भौतिक पूर्वाधार विकास, सुरक्षा निकायबीच समन्वय र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा मन्त्री महतोले जोड दिएका छन्।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0