पचरौतामा ५५ किलो गाँजासहित ४५ वर्षीय यादव पक्राउ

Oct 11, 2026 - 08:15
 0  14
पचरौतामा ५५ किलो गाँजासहित ४५ वर्षीय यादव पक्राउ

बारा । बाराको पचरौता नगरपालिका–६ बाट ५५ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगर टोल निवासी करिब ४५ वर्षीय राजकिशोर प्रसाद यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार राति करिब १०:४५ बजे पचरौता नगरपालिका–६ मा चेकजाँच गर्ने क्रममा यादवको साथबाट गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

गाँजासहित नियन्त्रणमा लिइएका यादवमाथि इलाका प्रहरी कार्यालय सिम्रौनगढले थप अनुसन्धान गरिरहेको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0