प्रहरी दिवसको अवसरमा बारामा वृक्षारोपण, भोली रक्तदान

Oct 12, 2026 - 23:46
 0  11
प्रहरी दिवसको अवसरमा बारामा वृक्षारोपण, भोली रक्तदान

प्रहरी दिवसको अवसरमा बारामा वृक्षारोपण, भोलि रक्तदान

 बारा, असोज २६ । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले कार्यालय परिसर तथा मातहतका प्रहरी कार्यालयमा वृक्षारोपण गरेको छ।

 दिवसकै अवसरमा मंगलबार बिहान रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले कार्यालय परिसरमा बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको प्रहरीले जनाएको छ।

 वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा प्रहरी कार्यालय परिसरलाई स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले वृक्षारोपण गरिएको प्रहरी उपरीक्षक कुँवरले जनाएका छन्।

वृक्षारोपण कार्यक्रममा प्रहरी नायब उपरीक्षक मिनबहादुर घले, प्रहरी निरीक्षक राजाबाबु ठाकुर, हुमानन्द खनाल, विमल खतिवडा, प्रकाश खड्कालगायत प्रहरी कर्मचारी सहभागी थिए। यसैबीच, प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा मंगलबार बिहान रक्तदान कार्यक्रम आयोजना गरिने प्रहरीले जनाएको छ।

 रक्तदानबाट रगत अभावमा उपचार गराइरहेका बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। वृक्षारोपण र रक्तदानमार्फत प्रहरीले वातावरण संरक्षण तथा मानवीय सेवामा योगदान पुर्‍याउने जनाएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0