तिनाउ उर्लिँदा दुई घर बगे, तीन घरमा क्षति

Sep 27, 2026 - 07:44
 0  2
तिनाउ उर्लिँदा दुई घर बगे, तीन घरमा क्षति

बुटवल, असोज ११ । अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मजुवामा दुई घर बगाएको छ भने थप तीन घरमा क्षति पुर्‍याएको छ।

 शनिबार राति आएको बाढीले दुर्गा बानियाँ र उनका एक छिमेकीको घर पूर्णरूपमा बगाएको स्थानीय स्रोतले जनाएको छ। बाढीका कारण नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीका घरमा पनि आंशिक क्षति पुगेको छ।

 नदीको बहाव एक्कासि बढेर बस्तीमा पसेपछि स्थानीयमा त्रास फैलिएको थियो। घरमा क्षति पुगेका परिवारलाई जनप्रतिनिधि तथा सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको बुटवल–११ का वडा सदस्य युवराज रानाले जानकारी दिए। तिनाउ नदी किनारका बस्ती उच्च जोखिममा रहेको भन्दै प्रशासनले यसअघि नै सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

पछिल्लो बाढीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको जोखिम अझ उजागर गरेको स्थानीयवासी बताउँछन्। रातिभर वर्षा भए पनि शनिबार बिहानदेखि बुटवल क्षेत्रमा पानी पर्न रोकिएको छ। यद्यपि नदीको बहाव र सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले निगरानीलाई निरन्तरता दिएको जनाएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0