यौनजन्य हिंसा रोकथाम बारे सिमरा सचेतना कार्यक्रम

Nov 20, 2026 - 23:00
 0  6
यौनजन्य हिंसा रोकथाम बारे सिमरा सचेतना कार्यक्रम

 सिमरा,४ मंसिर । महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले बाराको सिमरामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा कलेजको सभाहलमा मङ्सिर ३ गते आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्ट लगायतको उपस्थिति थियो।

तीनदिने कार्यक्रमअन्तर्गत आयोजित सचेतना तथा अन्तर्क्रियामा सिमरा कलेजमा अध्ययनरत विद्यार्थी, स्थानीय महिला तथा समाजसेवी गरी करिब २५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी निरीक्षकद्वय निरुता शिवाकोटी र ललिता ढकालले यौनजन्य हिंसाका स्वरूप, रोकथामका उपाय, कानुनी व्यवस्था तथा पीडितले अपनाउनुपर्ने प्रक्रियाबारे सहजीकरण गरेका थिए।

कार्यक्रममा सहभागीहरूबीच महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना रोक्न परिवार, समाज, शैक्षिक संस्था र सुरक्षा निकायको भूमिका तथा सामूहिक प्रयासका विषयमा अन्तर्क्रिया गरिएको थियो। सचेतनामूलक कार्यक्रमसँगै तीनदिने अभियानको समापनसमेत गरिएको थियो।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0