ब्रह्माकुमारी सेवा केन्द्रद्धारा आध्यात्मिक र सकारात्मक सोच प्रवर्द्धन गर्न कलैयामा तीनदिने शिविर

Nov 7, 2026 - 18:50
 0  12
ब्रह्माकुमारी सेवा केन्द्रद्धारा आध्यात्मिक र सकारात्मक सोच प्रवर्द्धन गर्न कलैयामा तीनदिने शिविर

 कलैया,२१ कार्तिक । व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै आध्यात्मिक चेतनाका माध्यमबाट आदर्श समाज निर्माण गर्ने उद्देश्यसहित ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाले तीनदिने विशेष उत्प्रेरणामूलक शिविर आयोजना गर्ने भएको छ ।

 मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने शिविरमा विद्यार्थी, शिक्षक, महिला, जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यवसायी तथा राजयोगीहरूलाई लक्षित गरी पाँचवटा विशेष सत्र सञ्चालन गरिनेछ ।

फरक–फरक उमेर र पेशागत समूहका लागि छुट्टाछुट्टै विषयवस्तुमा आधारित प्रवचन तथा उत्प्रेरणामूलक कार्यक्रम राखिएको आयोजकले जनाएको छ । शिविरको पहिलो दिन मंसिर ४ गते बिहान ८ देखि १० बजेसम्म जिल्लाका कक्षा ११ र १२ तथा क्याम्पसका विद्यार्थीहरूका लागि ‘लाइफ इज ब्युटिफुल’ कार्यक्रम हुनेछ ।

सोही दिन दिउँसो २ देखि ४ बजेसम्म शिक्षक–शिक्षिकालाई लक्षित गरी ‘टिचर्स : लाइट हाउस फर ह्युम्यानिटी’ विषयमा विशेष सत्र सञ्चालन गरिनेछ । कार्यक्रममा रामायण तथा गीता ज्ञान विशेषज्ञ एवं अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता ब्रह्माकुमारीजको अन्तर्राष्ट्रिय मुख्यालय आबु रोड, राजस्थानकी वरिष्ठ राजयोग प्रशिक्षिका डा. उषा दिदीले प्रमुख वक्ताका रूपमा प्रवचन दिनेछिन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा. राज दादी माँबाट विशेष आशीर्वचन प्रदान गरिने कार्यक्रम छ ।

 त्यसैगरी ब्रह्माकुमारीज नेपालकी सहनिर्देशक ब्रह्मचारिणी ब्रह्माकुमारी किरण दीदी, वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार रामसिंह एरे तथा वीरगञ्ज सबजोनकी मुख्य सञ्चालिका ब्रह्माकुमारी रबिना दिदीलगायतको सहभागिता रहनेछ । कलैयास्थित ओम शान्ति टोलमा, राजदेवी मन्दिरको पूर्व–उत्तरमा रहेको सेवा केन्द्र परिसरमा कार्यक्रम सञ्चालन हुनेछ । यसअघि कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट २०८३ कात्तिक २१ गते मुख्य सञ्चालिका ब्रह्माकुमारी मीना दिदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पत्रकार सम्मेलनमा पुर्व प्रतिनिधुसभा सदस्य रामबाबु यादव , शिक्षक संघ बाराका अध्यक्ष राजकिससोर सहनी,पुर्व शिक्षक देवेन्द्र गिरि सहित बारा जिल्लाका पत्रकार तथा विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 आयोजकका अनुसार विभिन्न उमेर र पेशागत समूहलाई लक्षित गरी सञ्चालन गरिने कार्यक्रमले सकारात्मक सोच, आत्मअनुशासन, नैतिक मूल्य र आध्यात्मिक चेतनाको विकासमा प्रेरणा दिने अपेक्षा गरिएको छ ।

कार्यक्रम सेवाकेन्द्र प्रसौनी सञ्चालिका पुर्णिमा दिदीले स्वागत मन्तव्य राखेकी थिईन् भन्ने सञ्चालन सुसमा बहनले गरेकी थिईन्।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0