कलैयामा राजेशको घरमा प्रहरीको छापा, साढे ९ लाखको कर छलीको समान बरामद
कलैया, असोज २२ । बाराको कलैया उपमहानगरपालिका–४ स्थित राजेश केशरीको घरमा संयुक्त टोलीले छापा मार्दा ९ लाख ४० हजार २ सय ६९ रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बारा, आन्तरिक राजस्व कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले कर छलीका सामान भण्डारण गरिएको विशेष सूचनाका आधारमा बुधबार खानतलासी गरेको हो।
खानतलासीका क्रममा मोबाइलका सामग्री, इलेक्ट्रोनिक सामान, किराना सामग्री तथा सुर्तीजन्य वस्तु बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिएका छन्।
बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाईएको उनले बताए।
बरामद सामानको स्रोत, खरिद तथा आयातसम्बन्धी कागजात र राजस्व तिरेको विवरण परीक्षण गरेपछि मात्रै कर छली भए–नभएको यकिन हुने जनाइएको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0