Author: दाश पन्न्नालाल

  • १५ किलो लागू औषध गाँजा सहित २ जना भारतीय पक्राउ

    १५ किलो लागू औषध गाँजा सहित २ जना भारतीय पक्राउ

     संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    २ पुष, बारा—  अमलेखगंज प्रहरीले आज विहान ५ बजे १५ किलो लागू औषध गाँजा सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा बाट प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले  जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंजमा कारमा लावु औषध गाजा सहित मानिसलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा चालक  भारत, बिहार राज्य, जिल्ला पूर्वीचम्पारण, मोतिहारी थाना, गोबिनगंज ग्राम पंचायत मुरा वडा नं.१४ चनडीस्थान गाउँ बस्ने अं. वर्ष २६ को अखिलेश कुमार साह र
    कारमा सवार स.बस्ने अं. वर्ष १९ को राजकुमार पासवान रहेको प्रहरीले जानकारी गराएको छ।

    हेटौडाबाट पथलैया तर्फ आउदै गरेको BR 22J-5333 नम्बरको भारतीय प्लेट भएको कार संकास्पद लागी रोकी चेक जाँच गर्दा कार भित्र बिचको सिट मुनि फलामको फल्स बटम बनाई सोही फल्स बटम भित्र लुकाई छिपाई लगीरहेको लागू औषध गाँजा बरामदसँगै कार सहित २ जना भारतीय नागरिक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको निमित सुचना अधिकारी प्रहरी निरिक्षक बलराम श्रेष्ठले जानकारी गाएका छन्।

  • मटिअर्वा सशस्त्र प्रहरीका डीएसपी भट्टराई छानबिनकालागि हेडक्वार्टर तानिए

    मटिअर्वा सशस्त्र प्रहरीका डीएसपी भट्टराई छानबिनकालागि हेडक्वार्टर तानिए

    २ पुस, कलैय — बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका डिएसपी छानबिनकालागि हेडक्वार्टर तानिएका छन ।

    सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायब उपरीक्षक  विदुर भट्टराईलाई छानबिनकालागी तानेको हो ।

    डीएसपी भट्टराई तस्करी कार्यमा संलग्न रहेको गुनासो र उजुरी निरन्तर आएपछी छानबिनकालागि मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी गराए ।

    डीएसपी भट्टराई माथी छानबिन र अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले जानकारी गराएका छन् ।

    डीएसपी भट्टराईले हाजिर भएदेखि तस्करहरुसँग आर्थिक लाभ लिएर मटिअर्वा नाकाबाट व्यापक तस्करी गराउँदै आएको उजुरी मुख्यालयमा परेको थियो ।

    डीएसपी भट्टराई आफै खटेर आर्थिक लाभ लिएर तस्करी गराउँदै आएका थिए ।

    डीएसपी भट्टराईलाई सशस्त्र प्रहरी मुख्यालयले पाँच दिन अगाडि तानेको  श्रोतको दाबी छ।

  • पत्रकार महासंघ बाराका अध्यक्षमा सुवेदी निर्वाचित र उपाध्यक्षमा पन्नालाल दास निर्विरोध

    पत्रकार महासंघ बाराका अध्यक्षमा सुवेदी निर्वाचित र उपाध्यक्षमा पन्नालाल दास निर्विरोध

    नेपाल पत्रकार महासंघ बारा शाखाको मंसिर २८ गते भएको आसन्न निर्वाचनमा अध्यक्ष पदमा रमेश सुवेदी निर्वाचित भएका छन्।

    उनका प्रतिस्पर्धी अध्यक्षका उम्मेदवार नेपाल प्रेस युनियनका अध्यक्ष श्यामबाबु प्रसाद यादवलाई ४ मतको मतान्तरले पराजित गरेका हुन्।

    नवनिर्वाचित अध्य्यक्ष सुवेदीलाई ७१ मत र निकटतम प्रतिद्वन्दी यादवलाई ६७ मत परेको हो।

    कुल मतदाता संख्या १ सय ४४ रहेकोमा जम्मा १ सय ३९ मत खसेको  थियो।

    यसैगरि पन्नालाल दास सहित दुई उपाध्यक्ष सहित सचिव , दुई सह सचिव र तीन जना सदस्य यस अघि मंसिर २७ गते निर्विरोध निर्वाचित भईसकेका निर्वाचन अधिकृत निमेश तिमिलसेनाले बताएका छन्।

    पुरुष उपाध्यक्षमा  प्रेस चौतारी नेपालका पन्नालाल दास र महिला उपाध्यक्षमा प्रियंका दास निर्विरोध निर्वाचित भएका हुन्।

    नव निर्वाचित उपाध्यक्ष दासले पछिल्लो दुई कार्यकाल महासंघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित हुँदै आएका हुन् र  यसपटक पनि उपाध्यक्षमा निर्विरोध भएका हुन्।

    महासंघको यो चौथो कार्यभार वहन गर्दासम्म एक चुुनावबाट जितेका उनी पछिल्लो तेस्रो कार्यकाल देखि निर्विरोधको निरन्तरता पाएका छन्।

    यसैगरि आज भएको मतगणको मतपरिणाम अनुसार कोषाध्यक्ष पदमा रन्जन यादव एक मतले निर्वाचित भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्दि अनिल पाण्डेले कडा टक्कर दिएका थिए। प्रेस सेन्टर नेपालका अध्यक्ष यादवले ७० मत तथा स्वतन्त्र उम्मेदवार पाण्डेले ६९ मत पाएका हुन्।

    यस्तै, सचिवमा  पुष्पराज खतिवडा, सह  सचिव (खुल्ला) ईन्दिप कोईराला र समावेशीमा दुश्यन्त चौधरी निर्विरोध भईसकेका छन्।

    यस्तै, महिला सदस्यमा तुलसा घिमिरे, दलित सदस्यमा शर्मालाल बैठा, अल्पसंख्यक सदस्यमा नुरआलम मंसुर , जनजातीमा धिरेन्द्र पनुहर  र मधेशी सदस्यमा धिरेन्द्र तिवारी निर्विरोध निर्वाचित भईसकेका छन्।

    त्यस्तै आज भएको ७ सदस्यको लागि निर्वाचनको मतपरिणाम अनुसार प्रहलाद तिमिलसेना १ सय २ मत, चन्दन कुमार मेहता र राहुल गुप्ता द्वयले ९७ मत प्राप्त गरेका छन् भन्ने जिउत यादव ९६ मत, नवीन चौधरी ९३ मत , प्रभु यादव ९२ मत पाई निर्वाचित भएका छन्।

    यसैगरि, नरेश गु्प्ता र नारायण पौडेल द्वयले ८१ मत बराबर प्राप्त गरेका निर्वाचन समितिका सदस्य रुद्र धितालले जानकारी गराएका छन्।

    कार्यसमितिको  ७ सदसिय समिति निर्वाचित हुने भएपनि गुप्ता र पौडेलले बराबर मत पाएकोले गोला प्रथाबाट टुङ्गो लगाईने वा आधा आधा कार्यकाल बाँडफाँड गर्ने यसको निर्णय प्रदेश र केन्द्रको मतगणना भईसकेपछि निर्केयौलमा पुगिने निर्वाचन समितिका सदस्य अधिवक्ता केसरीले जनाएका छन्।

    कुल खसेको मतमा एक अध्यक्ष र एक  सदस्यको मत बदर भएको निर्वाचन सनितिका अधिवक्ता परमहंश केसरीले जानकारी गराएका छन्।

  • गढीमाई पञ्चवर्षिय मेला बरियारपुरमा ८ हजार भन्दा बढी राँगाको बलि दिईयो

    गढीमाई पञ्चवर्षिय मेला बरियारपुरमा ८ हजार भन्दा बढी राँगाको बलि दिईयो

     संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    २४ मंसिर, बरियारपुर गढीमाई

    विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेला बाराको बरियारपुरमा  श्रद्धालुले भाकलका लागि  ल्याईएका ८ हजार भन्दा बढी राँगाको बलि दिईएको बताईएको छ।

    विशेष पुजापछि मुख्य पशु पाडा वलि शुरु गरिएका आइतवार विहान ४ बजेदेखि साँझ ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रह्मबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइसँगै बलि दिईने थालनी भएको थियो ।

    पञ्चवली मध्ये आईतबारलाई मुख्य रुपमा राँगा बलि चढाईएको हो।मुख्य दिन ८ हजार ६ सय २९ राँगाको बलि चढाइएको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले अन्तर्गत रहेका बलि ब्यवस्थापन उपामितिका संयोजक प्रेम साहले जानकारी गराएका छन्।

    भारतबाट आउने रांगाहरुलाई नेपाल प्रवेश गराउन अनुमति नदिइएकाले यसवर्ष रांगा बलिको सङख्यामा कमि आएको अनुमान समितिले गरेको छ ।

    त्यस्तै सोमबार बोका बलि दिइने समय निरधारित गरिए पनि भाकल गरेका भक्तजनहरुले आईतबार देखि नै बोका बलि दिन थालेका थिए। आज सोमबार पनि बोका बलि दिइएको छ ।

    बोकाको बलि मनोकांक्षा पूरा भएका मानिसले आफुलाई पायक परेको ठाउँमा दिने भएकोले त्यसको तथ्यांक आउन नसेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ । राँगाको बलि चढाउन चिराकि भन्दै रेकर्ड गरिएपनि लाखौको हाराहारीमा बोका लगायता अन्य पशुपंक्षिको बलि दिईएको करोडको संख्यामा मानिसले मेला अवलोकन गरेकोले सहजै अनुमान गर्न सकिन्छ।

    गढीमाईको मेला भर्न आउने लाखौ दशनार्थीको दुई दिनको भिडले मन्दिरसम्म पुग्ने हरेक नाका जाम हुने पुगेको छ। ठुल्ला साना गाडीले खचाखच्च लामले पर्साको विरगंज देखि बाराको सदरमुकाम कलैया ट्राफिक व्यवस्थापन थेेगि नसक्ने अवस्था रहयो।

    गढीमाई मन्दिर रहेको कलैया देखि बरियापुरसम्म, विरगंज, बाराको मटिअर्वा देखि गण्डक नहर , विहारको महुअवा कटगेनवा नाका हुँदै कवहीगोठ , झरोखर नाकाबाट गणडक नहर र हुलाकी मार्गमा असंख्यक मानिस पैदल देखि मोटरसाईकल , चार पाङ्ग्रे सवारी साधनले सिम्रौनगढ देखि हरनहिया देखि बरियारपुर सम्म नै सडक खेत मानिसको भिडले भएको भरिभराउ भएको हो।

    अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ। मंसिर ०१ गते देखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेलमा भारतका मन्त्री देखि लिएर नेपालका मन्त्रीहरुले दर्शन गरेका छन।

    मंसिर ०१ गते देखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ । २५ गते पछि मेलामा दर्शनार्थीहरुको चाप कम हुने मेला समितिले जनाएको छ ।

    विश्व प्रसिद्ध गढीमाई मेलामा आईतवार चढाईएको राँगाको मासु  चमार मुसहर ,दुसाद समुदायका दलित सँगै प्रसादको हान्न थापमा जात र समुदाय छुट्याउन सकेको छैन्। पाडाको मासु होटेल बजारमा सहजै खपत भईरहेको ठेेहा दैनिक काटिने गरेकोले गढीमाईमा चढाइएका बलिको प्रसाद मानी अन्य समुदायले मार हान्ने लगायतकाले छिनाझपटी गरि लगेको र खाने गरेका छन्। तर मुल रुपमा चिन्हित समुदाय साईकल टाउको बोकी सिनो प्रसादकै रुपमा वा होटेलमा विक्रि वितरणको लागि योजनाबद्ध रुपमै मासु लगेको बताईएको छ।

    प्रसादको रुपमा राङ्गाको मासु लगिने परमपरा रहदै आएका वलि व्यवस्थापन उप समितिका संयोजक प्रेम साहले जानकारी गराएका छन्।

    ।२०८१ सालको पन्चबर्षिय गढीमाई मेलामा चढाईएको राँगाको मासुको लागि कुनै पनि टेन्डर अहवान नगरिएको उनले बताए।

    । दलित समुदाय र राँगाको मासु खानेहरुको अनुरोधमा यस बर्ष राँगाको मासुको टेण्डर नगरिएको समितिले जनाएको छ।

    दुर्गन्धित नहुने गरि राँगाको आन्द्रा भोटीको ब्यवस्थापन

    गढीमाई मेलामा आफ्नो भाकल पूरा भए पछि दर्शनार्थीहरुले चढाएको राँगाको बलिबाट स्थानियहरुको स्वास्थ्यमा असर नपर्ने गरि ब्यवस्थापन गर्ने बलि ब्यवस्थापन उपसमितिले दाबी गरेको छ ।

    आईतवार चढाईएको राँगाबाट दुर्गन्ध नआउने गरि बलि ब्यवस्थापन उपसमितिले ब्यवस्थापन गरिरहेको प्रेम साहले बताए। ।राँगा बलि दिइएको परिषरमा खाल्डो खनेर राँगाहरुको आन्द्रा ,भोटी र टाउकोको ब्यवस्थापन गर्ने काम गरिरहेको उनको कथन छ। खाल्डो खनेर टाउको आन्द्रा ,भोटीलाई खाल्डो भित्र हालेर नुन हालेर जेसिबिले खाल्डोलाई पुर्ने काम भईरहेको समेत उनले ब

  • अमलेखगंज प्रहरीले १ करोडको ६० किलो चाँदी सहित१ जनालाई समायो

    अमलेखगंज प्रहरीले १ करोडको ६० किलो चाँदी सहित१ जनालाई समायो

     संवाहक 
    अनलाईन / राष्ट्रिय दैनिक
    २२ मसिर, कलैया — अमलेखगंज प्रहरीले १ करोड भन्दा बढीको  ६० किलो चाँदी सहित १ जनालाई नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ।
    मंसिर २२ गते अं.९ :२० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब उपरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रमममा
    सो परिमाण बराबरको चाँदी सहित मानिसलाई समातेको हो।
    पक्रा पर्नेमा बारा कलैया उप महानगरपालिका -५ घुसुकपुर बस्ने अं.वर्ष ३६ को कर्म साह सोनार रहेको प्रहरी उपेिक्षक महेन्द्र खडकाले जानकारी गराएका छन्।
    प्रहरी सक्रियताले बरामद चाँदी एक करोड भन्दा बढीको रहेको यसमा कारोबारमा संलग्नको अनुसन्धान तथा छानवीन भईरहेको उन्ले भने ।
    जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित वीरंगज बाट हेटौंडा तर्फ जादै गरेको बागमती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटीलाई रोकि चेकजाँच गर्दा उक्त स्कुटीको खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाई लुकाई छिपाई लगि रहेको थिए।
    स्कुटी सहित  अं. मुल्य रु. १ करोड २ लाख  बराबरको चाँदी जस्तो देखिने सेतो धातु ६० किलो चाँदी बरामद गरी पक्राउ परेका साहलाई   समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरी प्रवक्ता  एवम् सुचना अधिकारी प्रहरी नायब निरिक्षक प्रकाश सापकोटाले जनाएका छन्।
  • बारामा ३३औं आपाङ्गता दिवस मनाईयो, हात खुट्टा नभएपनि मस्तिष्कले राम्रो सोंचद्छ भन्ने त्यो साङ हो- पुर्व मन्त्री पौेडेल

    बारामा ३३औं आपाङ्गता दिवस मनाईयो, हात खुट्टा नभएपनि मस्तिष्कले राम्रो सोंचद्छ भन्ने त्यो साङ हो- पुर्व मन्त्री पौेडेल

     

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १९ मंसिर, बारा–  समावेशी तथा दिगो भविष्यको पुर्वाधार अपाङ्ता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार मूल नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ता दिवस बारामा मनाईएको छ।

    सो अवसरमा अपाङ्ताको लागि अपाइ्गता मैत्री भवन शिलान्यास,सहायता सामग्री वितरण तथा शुभकामना कार्यक्रमलाई मैन बति बालेर प्रमुख अतिथि पुरुषोतम पौडेलले उदघाटन गरेका छन्।

    साथै सोही अवसरमा प्रमुख अतिथि पु्र्व मन्त्री पौडेल अपाङता संघका कार्यालय बारा डुमरवानाको हाताभित्र अपाङ्गतामैत्री २ कोठे शैक्षिक भवनको शिलान्यास गरेका छन्।ä

    अपाङ्ता शरिरले नभई मस्तिष्कले राम्रो सोच विचार गरेछ भन्ने त्यो साङ् नै हो।आत्मबल  बलियो बनाउनु पर्छ। प्रतिभावान अपाङ्ता भएका व्यक्ति दुनियामा नाम कमाएका छन्। मेक्सिक गोरकीले हात नभएर खुट्टाले लेखेर अपाङ्ता भएर पनि अन्तर्राष्ट्रिय स्तरको लेखक बनेर नाम कमाएका छन्।त्यस्तै पारिजात , झमक घिमिरेले हिडन नसकॐने भएपनि कथा उपन्यास लेखेर सबैको मन मस्तिष्कमा छाप छोडेका पु्व मन्त्री पौडेलको भनाई रहेको छ।

    यदि साङ मान्छेको दिमाग ठिक सँग काम गर्देन , मस्तिष्कले राम्रा चिन्तन गर्दैन, सोंच राम्रो छैन भन्ने त्यस्ता व्यक्तिको शरिर दुरुस्त  भएपनि पुर्ण अपाङ्ता हो, उनले भने।

    मान्छेलाई पुर्ण बनाउने भनेको मस्तिष्क हो, त्यो स्वस्थ्य नभए मानिस अपाङ्ता नै हो तर हात खुुट्टा नभएर वा दृष्टि गुमाएका, सुन्ने क्षमता नभएका व्यक्तिले पनि अनेक प्रतिभाशाली हुन्छन्। मस्तिष्क सहि छ भन्ने साङ नै हुन्। जति रंग रुपमा सुन्दर भएपनि मस्तिष्कको चेेतनाले राम्रो सोंच्दैन भन्ने त्यो अपाङ्ता नै हो।

    यो मानेमा युग बदलिको छ।  कम्प्युटरमा सफ्टवेयर नभएमा केही  कामको हुदैन तर शारिरीक अपाङता भएकाले पनि दिमाग ठिक ठाँउमा लगाएर जागिरे देखि विभिन्न सिपयुक्त काम गरेर उदाहरणीय बनेका अबर्ट आइन्सटाइन जस्ताको उदाहरण दिएर दृष्टान्त उनले सुनाएका थिए।

    सो कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, नेपाल अपाङ् संघका जिल्ला अध्यक्ष गंगा वाग्ले, साथिका  सरिता सापकोटा, लगायतकाले आफ्ना शुभकामना मन्तव्य राखेका थिए। सो अवसरमा नेकपा एमालेका प्रदेश सचिव मनोज पौडेल, वडाअध्यक्षहरु, पत्रकार दिवाकर भण्डारी, विदुर खडका, अनिल तिवारी, रन्जन यादव, अखिलेश यादव लगायतका उपस्थिति थिए।

    अपाङता दिवसको अवसरमा विभिन्न संघ संस्थालको सहआयोजन तथा जितपुरसिमरा उप महानगरपालिका द्धारा आयोजित कार्यक्रममा संरक्षण नेपाल , जेजेवाईसि, साथि जस्ता एनजिओले सहायता सामग्री वितरणमा सहयोगी थिए।

    बिभिन्न शारीरिक अपाङता भएका कलैया उप माहनगरका दुर्गा माविका ५० जना बालबालिकाहरु उपस्थित रहेका गोदावरी साहले बताईन्। उनी लगायत अन्य महिला सयौं पुरुष मध्ये ६१ थान १५ वटा ह्विल चेेयर र ट्राई साईकल, सेतो छडी, ईअर वड, स्टेशनरी लगायतका श्रोतजन्य सामग्री वितरण गरिएको जितपुरसिमरा उप महानगरपालिकाका नगर उप प्रमुख भोला अधिकारीले आफुले भोग्दै आएको अपङ्ताको पिडालाई मनन गरि सक्दो सहयोग गरिरहने बताएका छन्।

    कार्यक्रका अध्यक्षता जितपुरसिमराका उपमेयर भोला अधिकारी र संचालन जेजेवासीका लक्ष्मी खरेलले गरेकी थिईन्।

    ता

  • संघिय वन तथा वातावरण राज्य मन्त्री रुपा विश्वकर्मालाई कांग्रेसले कलैयामा गरे स्वागत

    संघिय वन तथा वातावरण राज्य मन्त्री रुपा विश्वकर्मालाई कांग्रेसले कलैयामा गरे स्वागत

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    १९ मसिर , कलैया–– नेपाल सरकारका संघिय वन तथा राज्य वातावरण मन्त्री रुपा विश्वकर्मालाई नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारको झध्यक्षतामा आयोजित कार्यकर्ता भेंटघाट तथा अन्तरक्रियात्मक कार्यक्रममा सम्पन्न भएको छ।

    आयोजित कार्यक्रममा कांग्रेसका जिल्ला तहका नेता , बिद्यार्थी संघ , तरुण दल लगायतका नेता कार्यकर्ताले आज कलैयामा एक कार्यक्रम गरि मन्त्री विश्वकर्मालाई स्वागत सम्मान गरेका  हुन्।

    जिल्लामा लागेको विश्वप्रसिद्ध गढीमाई मेलाको अवलोकन र  गढीमाईको दर्शन गर्न आएकी अवसर पारेर कार्यकर आयोजना गरेेेका थिए।

    वन ऐन तथा नीति नियम बनाउन र वन व्यवस्थापनमा  सुधार ल्याउन भुुमिका खेेल्ने बताईन्। वनमा कुहेर जाने काठ खेर जाने भएकोले सोलाई राजशव आर्जन हुने वातावरण बनाउन पहलकदम थाल्ने छु उनले भनिन्।

    अहिलेको उपनिर्वाचनले कांग्रेस एक्लै अगडी बडछन संदेश दिएको बताई त्यस अनुरुप गुट उपगुट त्यागेर हामीले पार्टी सुदृढिकरण केनद्रित हुन आग्रह गरिन।

    गडडीमाई मेलाको ईतिहास पुरानो रहेको र मेला धेेरै बलि चढाईने भएकोले विसस्वमा चर्चाको विषय पनि रहेकोले यसलाई मर्यादित बनाउन तिनै तह मिलि धार्मिक पर्यटनको रुपमा विकास गर्न अवधारणा राखेकी हुन्।

    कार्यक्रममा कांग्रेसका चन्द्रिका गुप्ता,  प्रमोद यादव, विद्यार्थी युवा नेता प्रविण पटेल , प्रियंका दास लगायतका उल्लेखय नेता कार्यकर्ताको उपस्थिति रहेका थिए । पत्रकार  सिकेन्द्र पासवानले सो कार्यक्रम संचालन गरेका थिए।

  • संघिय गृहमन्त्री रमेश लेखकले गरे गढीमाईको दर्शन अवलोकन , मेलामा शान्ति सुरक्षामा चुक नहोस प्रहरी प्रशासनलाई गृहमन्त्री लेखकको निर्देशन

    संघिय गृहमन्त्री रमेश लेखकले गरे गढीमाईको दर्शन अवलोकन , मेलामा शान्ति सुरक्षामा चुक नहोस प्रहरी प्रशासनलाई गृहमन्त्री लेखकको निर्देशन

    संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    १९ मसिर, गढीमाई मेला बरियारपुर—-  नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले आज गढीमाईको दर्शन पुजा गरेका छन्।

    बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाईको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा शान्ति सुरक्षाको निरिक्षण गरेेका हुन्।

    गृहमन्त्री  लेखकले गढीमाई मन्दिरका पुजारीको हाथ बाट टिका र प्रसाद समेत ग्रहण गरेका छन्

    ।विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगायत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री  लेखकको भनाई रहेको छ।

    ।गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताएका छन।

    गढीमाई मेला पाँच बर्षमा एक पटक लाग्ने भएकोले मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाईने गृहमन्त्री रमेश लेखकले सन्चारकर्मीहरु संगको कुराकानीमा बताए ।

    महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवसँग गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा ब्यवस्थापनको बारेमा जानकारी लिएका छन्।

    गृहमन्त्रीले सुरक्षा ब्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमि बाँकी नरहने प्रतिबद्धता समेत गरे।

    महागढीमाई नगरपालिकाका मेुर उपेन्द्र यादवले देशका मन्त्रीहरिुको मेला अवलोकनबर गढीमाई मन्दिरमा दर्शन पुजाआजाले धार्मिक पर्यटन बढाउन तथा यसबाट थप उर्जा मिलेको भन्दै धन्यावद दिएका थिए।

     मंसिर ०१ गते देखि सुरु भएको गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ ।गढीमाई दर्शन गर्न आएका गृहमन्त्री रमेश लेखकलाई महागढीमाईका नगर प्रमुख उपेन्द्र यादव लगायत सम्पुर्ण गढीमाई मेला मुल ब्यवस्थापन समिति लगाुत  कांग्रेसका नेता कार्यकर्ताले फुप माला लगाई स्वागत सम्मान  गरेका हुन्।

  • उप प्रधानमन्त्री प्रकाशमान सिंहद्धारा गढीमाई मेलाको अवलोकन तथा निरीक्षणु

    उप प्रधानमन्त्री प्रकाशमान सिंहद्धारा गढीमाई मेलाको अवलोकन तथा निरीक्षणु

    संवाहक

    अनलाई / राष्ट्रिय दैनिक

     चन्द्रभुषण कुमार 

    १८ मंसिर, बरियारपुर,  नेपाल सरकारको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध  बाराको बरियारपुर गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन्।

    मंगलबार  शहरी बिकाश मन्त्री सिंह महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई मन्दिरमा माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरिक्षण गरेका हुन् ।

    प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ०१ गते देखि सुरु भएको छ । विश्व प्रसिद्ध गढीमाई मेला दर्शन तथा अवलोकन गर्न पुगेका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहले गढीमाई मेलाले बिश्वमै नेपालको एउटा  छुट्टै पहिचान बनाएको बताए।

    ।उनले भने´गढीमाई दर्शन गर्न आउँदा मनोकामना र आफुले मागेको कुरा पूरा हुन भएकोले आफुले दर्शन गर्न पाउँदा निकै खुशी महसुस गरेको छु । गढीमाई मन्दिर मधेश प्रदेशको मात्र अस्था नभएर यो पुरै नेपालको ठूलो धार्मिक स्थल रहेको छ।

    गढीमाई मेला बिश्वमै पशु बलिको लागि प्रख्यात मेला हो । यहाँ नेपाल,भारत लगाएत विभिन्न देशबाट दर्शनार्थीहरु  गढिमाईको दर्शन गर्न आउने गरेको छ । यस बर्षको गढीमाई मेलामा मंसिर २३ र २४ गते पशु बलि दिइने कार्यक्रम तय भएको छ ।

    अहिले  गढीमाई मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लागेको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्न आएका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहलाई गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मेलाको ब्यवस्थापन र आवश्यक समाग्री बारे मन्त्रीलाई जानकारी गराए ।

    नगरप्रमुख यादवले भने´गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरुले आएर अवलोकन तथा निरीक्षण गर्नु हामी बारा बासिको लागि गर्वको कुरा रहेको बताए ।

  • वन राज्यमन्त्री द्धारा कृषि एक्स्पो गढीमाई–२०८१ उद्घाटन , करिब ५ करोड बढीको कारोबार लक्ष्य

    वन राज्यमन्त्री द्धारा कृषि एक्स्पो गढीमाई–२०८१ उद्घाटन , करिब ५ करोड बढीको कारोबार लक्ष्य

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १८ मंसिर , बरियारपुर–  विश्व प्रसिद्ध गढीमाई मेलामा  ‘कृषि एक्स्पो गढीमाई – २०८१ को मंगलबार संघिय सरकारकी वन तथा बाताबरण राज्य मन्त्री रुपा बिश्वकर्माले उद्घाटन गरेकी छन्।

    कनेक्ट किसानद्धारा मेलामा किसानको  लागि संचलालनमा ल्याएको कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ ।

    कृषि एक्स्पो गढीमाई २०८१ को उद्घाटन कार्यक्रमा बोल्दै मधेश प्रदेश सरकारको वन तथा बाताबरण राज्य मन्त्रीहरूलाई रुपा बिश्वकर्माले कृषि एक्स्पो मेलामा संचालन हुनु किसान बासिको लागि राम्रो सन्देश रहेको बताईन ।उनले भनिन´यो एक्स्पो किसानहरु संग डाईरेक्ट कनेक्ट भएकोले यसले बारा जिल्लाका किसानको साथ साथै मेला अवलोकन गर्न आउने किसानहरुको लागि धेरै थोक जान्ने र सिक्ने अवसर समेत प्रदान गर्ने छ ।

    एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार छ, जहाँ किसानले विज्ञसँग निःशुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत पाउने भएकोले यो एक्स्पो किसानहरुको लागि धेरै फादाजनक हुने भएकोले सबैले एक पटक एक्स्पो अवलोकन गर्न किसानहरु संग मन्त्री बिश्वकर्माले आग्रह गरिईन् ।

    कृषि एक्स्पो गढीमाई–२०८१ उद्घाटन कार्यक्रममा बोल्दै महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यन उपेन्द्र प्रसाद यादवले केन्द्रको या प्रदेशको कृषि मन्त्रीहरुले आफ्नो कार्यकर्ताहरुलाई मात्र बजेट दिने गरेको आरोप लगाए ।

    केन्द्र र प्रदेशका कृषि मन्त्रालयले गर्न सक्ने काम एउटा संस्थाले गर्ने गरेकोले यसले नै प्रष्ट हुन्छ कि मन्त्रीहरु आफ्नो कार्यकर्ता पाल्नको लागि मात्र बजेट दिने गरेको नगरप्रमुख यादवले बताए ।केन्द्र सरकार र प्रदेश सरकारले ठोस नीति न ल्याउदा आज हजारौ युवा बिदेश गईरहेको मेयर यादवले बताए ।

    प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजन र उर्वर भूमि तराईमा खेती गर्दै आएका किसानलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ता जमघट गराउनको लागि विश्व प्रसिद्ध गढीमाई मेलामा एक्स्पो संचालन गरिएको कनेक्ट किसानकी अध्यक्ष सञ्चिता लामिछानेले बताईन ।

    कनेक्ट किसानको आयोजनामा १८ देखि २४ मंसिरसम्म चल्ने एक्स्पो २ लाखभन्दा बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँभन्दा धेरैको आर्थिक कारोबार हुने लक्ष्य लिएको कनेक्ट किसानकि अध्यक्ष सञ्चिता लामिछानेले बताइन् ।आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलरु रहने छ भने अवलोकनकर्ताले कृषिमा भित्रिएको नवीन प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।

    एक्स्पोमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी लगायत कृषि विधामा नवीन औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादी रहित कृषिबारे जानकारी प्राप्त गर्न सकिने छ ।

    निःशुल्क प्रवेश व्यवस्था गरिएको एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत गर्ने साना औजार, मेसिनदेखि डेरी मेसिनरी, पशुपन्छीपालन, फलफूल खेती र कृषिजन्य उद्योगमा प्रयोग हुने उपकरण प्रदर्शनी गरिने आयोजकले जनाएको छ।

    कृषि एक्स्पो गढीमाई २०८१ को उद्घाटन कार्यक्रममा फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी ,जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा लगाएत मेला ब्यवस्थापन समितिको उपस्थिति रहेको थियो।