Author: दाश पन्न्नालाल

  • बारामा सशस्त्र प्रहरीका एसपी सिंह हेडक्वाटर तानिय

    बारामा सशस्त्र प्रहरीका एसपी सिंह हेडक्वाटर तानिय

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १० पुस,कलैया —   बारामा डिएसपी पछि सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक एसपी सिंह हेडक्वार्टर तानिएका छन् ।

    सशस्त्र प्रहरी मुख्यालयले बाराका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहलाई छानबिनका लागि बोलाएको हो ।

    राजश्व संकलनमा कमी आएको पाईए पछि छानविनकालागी मुख्यालय बोलाईएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी गराएका छन् ।

    बारामा सिमानाकामा तस्करी बढेको उजुरी समेत सशस्त्र प्रहरी मुख्यालयमा परेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

    मुख्यालयले बारा सहित तराईको  चार जिल्लाका एसपीलाई गएको सोमबार हेडक्वार्टर तानेको हो ।

    मुख्यालयले बारा सहित धनुषाका एसपी दर्शन गिरी, मोरङका एसपी विश्व खड्का र बाँकेका एसपी बिमल डाँगीलाई छानविनकालागी तानेको हो ।

    गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ । बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका हुन् ।

    यसअघि बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्मका डीएसपी विदुर भट्टराईलाई पनि हेडक्वार्टर तानिएको थियो ।

    डीएसपी भट्टराईले व्यापक तस्करी गराएको उजुरी परेपछि हेडक्वार्टरले तानेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।स

     

  • भारतिय कार भित्र लागू औषध गाजा बरामद

    भारतिय कार भित्र लागू औषध गाजा बरामद

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

     १० पुस, बारा —  बारामा सिम्रौनगढ र अमृतगंज खजानी प्रहरीको संयुक्त टोलीले  ८ गते राती सावा आठ बजे सिम्रौनगढ नगरपालिका -४ हरिहरपुरबाट ४३ किलो लागू औषध गाँजा सहित भारतिय कार नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौककी अमृतगंज खाजानीबाट खटिएको संयुक्त गस्ति टोलीले गस्ति गर्दै जाने क्रम्मा तेलकुवाबाट सिम्रौनगढ तर्फ जादै गरेको BR 01 AU1107 नम्बरको कार भित्र सो परिमाण बराबरको ५ पोका लागू औषध गाजा बरामद गरिएको हो।

    प्रहरीलाई देखी कार चालक तत्काल कार छाडी फरार भएको हुँदा शंकास्पद लागी उक्त कार चेकजाँच गर्दा कार भित्र लुकाई छिपाई राखेको  लागू औषध गाँजा बरामद गरी कार नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरीका  निमित सुचना अधिकारी प्रहरी निरिक्षक बलराम श्रेष्ठले जानकारी गराएका छन्।

  • बार एसोशिएसन बाराले ६९ औं बार “डे” मा कलैयामा निकाले प्रभातफेरि

    बार एसोशिएसन बाराले ६९ औं बार “डे” मा कलैयामा निकाले प्रभातफेरि

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    ७ पुस, कलैया– नेपाल बार एशोसिएसनको स्थापना भएको दिन ६९ औं “बार डे” को अवसरमा बारा जिल्ला अदातल बार एशोसिएशनको आयोजनामा कलैयामा प्रभात फेेरि निकालिएको छ।

    नेपाल बार एशोसिएसन बारा जिल्ला अदालत बार एकाई कलैयाले आज प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो।

    जिल्लाका पेशागत  कानुन व्यवसायीको उल्लेख्य सहभागितामा सो दिवस मनाईएको बारा जिल्ला बारका पुर्व अध्यक्ष अधिवक्ता परमहंश केसरीले जानकारी गराएका छन्। देशमा कानुन छ है, अभास गरादिने अधिवक्ता नै हुन, उनले भने।

    न्याय स्थापनाको लागि वकिल आफ्ना पेशाप्रति कर्तव्यनिष्ठ हुन्छन् अनि पिडितको पक्षमा अदालतमा वकालत मार्फत दायित्व निर्वाह गरिरहने कालो कोटको स्थापना डे हो , उनले थपे।

    प्रभात फेेरिमा मनकामना बोर्डिङ्गमा अध्ययनरत कानुनका विधार्थीहरु सहभागी रहेका थिए । आज मनाईदै गरेको स्थापना डे देश व्यापीरुपमा कार्यक्रम आयोजना भएसँगै यस जिल्लामा पनि भईरहेको  अधिवक्ता श्याम विहारीले बताएका छन्। बार एशोसिएसन बिशुद्ध कानुन व्यवसायिको संस्था हो , जसले कानुनको पहरेदारी गर्ने गर्दछ, उनले भने।

    वकिलले कानुनको परिपालनामा कटिबद्ध रहन्छ, पिडितको न्यायको लागि कानुनी हक अधिकार दिलाउने दिनलाई स्थापना दिवस मनाईएको हो, अधिवक्ता एकरामुलहकले जनाएका छन्।

    प्रभातफेरिमा बारा बारको अध्यक्ष उमेश जयसवाल , प्रभात दाहाल बिघ्या कटुवाल, पुजा सिह, सूर्यजीत सिह,प्रह्लाद गौतम लगायतका जिल्लाका कानुन व्यवसायि सहितको र्याली कलैया परिक्रमा गरेका थिए।

     

     

     

  • द सहारा जनताको सहारा बनेको छ: प्रदेश सभा सदस्य म. समिर

    द सहारा जनताको सहारा बनेको छ: प्रदेश सभा सदस्य म. समिर

    ७ पुस, कलैया –  द साहारा सहकारी  जनताको साहारा बनेको छ। यश कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य महम्मद समिरले द सहारा लोन सेविङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडको  २८ औं साधरण सभा तथा  छलफल कार्यक्रमको उदघटान गर्दै यस्तो बताएका छन ।

    बाराको निर्वाचन क्षेत्र ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य समिरले सहकारी सबैको सहारा भएको बताएका हुन ।

    उहाले देशमा फैलिएको बिकृतीलाई चिर्दै द सहाराले गरेको काम र जनता प्रति देखिएको उतारदायित्वको लागि धन्यवाद दिएका थिए ।

    कार्यक्रममा बिरगंज शाखाका प्रबन्ध निर्देशक श्याम सुन्दर चौधरी , गरिमा बिकास बैक कलैया शाखाका शाखा प्रमुख नन्द किशोर यादव ,पत्रकार महासघ वाराका पुर्व अध्यक्ष लक्ष्मी साह,नेपाल पत्रकार महासघका नव निर्वाचित केन्द्रिय सदस्य सिकेन्द्र पासवान र राजु बिश्वकर्मा , नव निर्वाचित नेपाल पत्रकार महासघ वाराका अध्यक्ष रमेश सुवेदी , नागरिक समाज वाराका अध्यक्ष उमेशलाल दास, उधोग बाणिज्य सघका अध्यक्ष राजकुमार साह,ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाका मुख्य संचालिका मिना दिदी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा नेपाल पत्रकार महासघका नव निर्वाचित केन्द्रिय सदस्य सिकिन्द्र पासवान, राजु बिश्वकर्मा , नेपाल पत्रकार महासघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरव , मधेस प्रदेशका कार्यसमिति सदस्य सँजीव मिश्र ,नेपाल पत्रकार महासघ वारा निर्बाचित उपाध्यक्ष पनालाल दास, कार्यसमिति सदस्य जिउत प्रसाद यादव , धिरेन्द्र तिवारी , प्रभु यादव लगाएका पत्रकारकाहरूको सफल कार्यकालको शुभकामना सहित दोसाला ओढाइ सम्मान गरेका थिए ।

    द सहारा कलैया शाखा प्रबन्धक रंजित रायले कार्यालयको आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

    द सहरा लोन सेविङ्सको – अपरेटिभ सोसाइटी लिमिटेड संचालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार जयनारायण यादवले गरेका थिए ।

  • २ जना फरार प्रतिवादीहरू पक्राउ

    २ जना फरार प्रतिवादीहरू पक्राउ

     संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    ६ पुस, कलैया– बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कसुरवार ठहरी फरार रहेका २ जना प्रतिवादीहरू  पक्राउ गरी जिल्ला अदालत, कलैयामा दाखिला गरिएको जनाएको छ।

    प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय  मातहत  प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका बिभिन्न मुद्दामा बरदात पश्चात फरार रहेका  मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पुस ५ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी अदालतमा दाखिला गरिएको बारा प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा लागुऔषध मुद्दामा ५ महिना २८ दिन कैद र २ हजार जरिवाना पाई निजगढ नगरपालिका -८ खैरघारीका ५१ वर्षिय विमला बुढाथोकी  र चोरी मुद्दामा १ महिना १५ दिन कैद र १० हजार जरिवाना पाई  कलैया उपमहानगरपालिका – १० मटिअर्वाका २५ वर्षिय जियालाल साह तेली रहेका छन्। पक्राउ गरिएका दुईटैलाई आवश्यक कारवाहीको लागि अदालतमा दाखिला गरिएको  निमित सुचना अधिकारी प्रहरी निरिक्षक वलराम श्रे्ष्ठले बताएका छन्।

  • पत्रकार महासंघ बाराका नवनिर्वाचित कार्यसमितिलाई पदभार तथा शपथग्रहण

    पत्रकार महासंघ बाराका नवनिर्वाचित कार्यसमितिलाई पदभार तथा शपथग्रहण

     संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

     ६ पुस, कलैया—    नेपाल पत्रकार महासंघ बारा शाखाका नव निर्वाचित कार्यसमितिको पदभार तथा शपथ ग्रहण कार्यक्रम आज महासंघको आफ्नै भवनमा सम्पन्न भएको छ ।

    कलैया स्थित नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न सो कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत निवेश तिमल्सिनाले नवनिर्वाचित अध्यक्ष रमेश सुवेदीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । त्यसपछि अध्यक्ष सुवेदीले कार्यसमितिका उपाध्यक्ष पन्नालाल दास,  प्रियंका दास, सचिव पुष्पराज खतिवडा,सहसचिव  दुश्यन्त चौधरी, ईन्दिप कोईराला, कोषाध्यक्ष रन्जन यादव लगायत पदाधिकारी  तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्।

    निर्वाचन समितिले  मंसिर २८ गते भएको मतदानबाट निर्वाचित कार्यसमितिलाई शनिवार नै प्रमाणपत्र वितरण गरेको छन् ।

    नेपाल पत्रकार महासंघ बारा शाखाका निवर्तमान अध्यक्ष रेशम तिवारीले नवनिर्वाचित अध्यक्ष सुवेदीलाई महासंघको कार्यालयको आवश्यक सामग्री हस्तान्तरण गरे लगतै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक समेत सम्पन्न भएको हो।

    त्यसअघि पदभार ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष कमलकुमार उपाध्याय, महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, राजु विश्वकर्मा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेशराज रिजाल, मेची महाकाली मिडीया सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई, प्रेस सेण्टरका रमेश साह  जनमत प्रेस संघका जिल्ला अध्यक्ष अम्रेश पाण्डे र प्रेस मञ्च बारा अध्यक्ष निखिल पासवान गायतकाले नवनिर्वाचित कार्यसमितिलाई  बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

  • बाराको आमाडारमा फेला परेको वेवारिसे कार भित्रको शवको पहिचान खुल्यो

    बाराको आमाडारमा फेला परेको वेवारिसे कार भित्रको शवको पहिचान खुल्यो

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    ६ पुस, बारा–– बारामा शनिबार बिहान फेला परेको शवको पहिचान खुलेको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर–११ आमाडार पुल स्थित आमाडार लोसन्डा जाने भित्रि सडक खण्डको छेउमा आफ्नै साईडमा कारमा पहिचान नखुलेका मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि गरेको छ ।

    प्रहरी उपरिक्षक महेन्द्र खड्काले बेवारिसे अवस्थामा फेला परेको शव प्रहरीको कार्यालय सहयोगी ४० वर्षिय राजकुमार रुम्बा रहेको बताएका छन् । उनका अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।

    उनले भने, ‘मृतक रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टरको गाडी मागेर गएका थिए, काम विशेषले गाडी मागेर गएको जानकारी आएको छ । त्यसपछि आज बिहान मृत भेटिएका हुन ।’

    बेवारिसे हत्या गरिएको अनुमान रहेता पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको बारा प्रहरी प्रमुख खड्काले जनाएका छन् । उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौँ । सम्बन्धित सबैसँग सोधपुछ चलिरहेको छ । त्यसकारण अहिले केही बोल्न सकिने अवस्था छैन ।’

    बागमती नम्बरको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र प्रहरीका भान्से रुम्बाको शव भेटिएको हो । यो गाडी बारा सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले जानकारी दिएको छ । मृतकको टाउको पछाडि गहिरो चोट लागेको बारा प्रहरीले जनाएको छ ।

  • पुर्व मन्त्री तथा सांसद श्रेष्ठले महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई गरे सम्मान, पत्रकार महासंघको लागि अक्षयकोष स्थापन गर्ने

    पुर्व मन्त्री तथा सांसद श्रेष्ठले महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई गरे सम्मान, पत्रकार महासंघको लागि अक्षयकोष स्थापन गर्ने

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    ५ पुस, बारा— बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले नेपाल पत्रकार महासंघ बारा शाखाकि लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । यसबाट पत्रकारिता क्षेत्रमा थोरै भएपनि टेवा मिल्ने उनले सो अवसरमा बताएका छन्।

    मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासंघ बारामा निर्वाचित पदाधिकारी र सदस्यलाई शुक्रबार जीतपुरसिमरा ४ स्थित निजी निवासमा सम्मान गर्दै पूर्वमन्त्री श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।

    सांसद श्रेष्ठले आफ्नो स्वर्गीय बुवा केवलबहादुर श्रेष्ठको स्मृतिमा उक्त एक लाखको अक्षयकोष स्थापना गर्न लागेका हुन् ।

    अक्षयकोषबाट प्रत्येक वर्ष एक जना संचारकर्मीलाई पत्रकारिता पुरस्कार प्रदान गर्न समेत पुर्वमन्त्री श्रेष्ठले आग्रह गरेका छन् ।

    यसअघि तनहुँमा समेत स्वर्गीय बुवाको नाममा एक लाखको अक्षय कोष स्थापना गरेका उनले सो अक्षयकोषबाट हालसम्म तनहुँमा तीन जना पत्रकार पुरस्कृत भईसकेका छन् ।

    कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठले पत्रकार महासंघको पूर्वाधार निर्माण र पत्रकारको हकहितका लागि आफूले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

    सो क्रममा श्रेष्ठले हालै सम्पन्न निर्वाचनबाट विभिन्न तहमा निर्वाचित पदाधिकारी, सदस्यलाई सम्मान गरेका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले सम्मानका लागि धन्यवाद व्यक्त गर्दै उक्त अक्षयकोषबाट प्रत्येक वर्ष पत्रकारलाई पुरस्कृत गर्ने जनाएका छन् ।

    पत्रकार महासंघलाई व्यवस्थितरुपमा संचालन गर्नका लागि आफूले काम गरिरहेको समेत अध्यक्ष सुवेदीले बताए । पत्रकारको हकहित संचार माध्यम पत्रपत्रिका अनलाईन र एफएममा जाने सुचना विज्ञापनलाई ट्रयाकमा ल्याउने बताएका छन्।

  • प्रहरी चौकी पथलैयाका ईन्चार्ज अधिकारीले पवने६२ लाखको समान अनुसन्धान कार्यालय पथलैयामा पठाए

    प्रहरी चौकी पथलैयाका ईन्चार्ज अधिकारीले पवने६२ लाखको समान अनुसन्धान कार्यालय पथलैयामा पठाए

     संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    ५ पुस, कलैया—  प्रहरी चौकी पथलैयाका ईन्चार्ज बरिष्ठ सई रोशन अधिकारीले चेकजाँचको क्रममा विलबिजक नभएको करीब पवने ६२ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्

    पथलैया चौकीका प्रहरी बरिष्ठ नायब निरिक्षक अधिकारीको कमाण्डमा खटिएका प्रहरी टोलीले गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६१ लाख ७२ हजार १ सय १९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको हो ।

    पुष ४ गते अं.९ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकमा वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ७ ख १३१० नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.१० लाख २० हजार ४ सय ८२  रूपैया बराबरको धनिया, जिरा, खुर्सानी र बदाम लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिईएको बताईएको छ।

    त्यसैगरि, सोही ठाँउमा साढे ९ बजेको समयमा बिराटनगरबाट रूपन्देही तर्फ जादै गरेको प्र ०१-०२-००१ ख ८०७३ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.५१ लाख ५१ हजार ६ सय ३७ रूपैया बराबरको साईकलको पार्टपुर्जा, अबिर धनिया, मर्चा, जिराको पाउडर र बिस्कुट लगाएत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिई राजशव अनुसन्धान कार्यालयमा पठाईएको बारा प्रहरीका नुमित सुचना अीकारी बलराम श्रे्ष्ठले जानकारी गराएका छन्।

  • अमलेखगंज इप्रकाका ईन्चार्ज कार्कीले झण्डै १ क्विन्टल लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरे

    अमलेखगंज इप्रकाका ईन्चार्ज कार्कीले झण्डै १ क्विन्टल लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरे

    संवाहक

    अनलाई/ राष्ट्रिय दैनिक

    ५ पुस, कलैया— जिल्ला प्रहरी मातहदका प्रहरीइकाई अमलेखगंजका ईन्चार्ज बरिष्ठ सई  प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न झण्डै एक क्विन्टल लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले हिरासतमा लिएको बारा प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले जानकारी गराएका छन्।

    विशेष सूचनाको आधारमा  पुस ४ गते दिउँँसो साढे दुई  बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजले पक्राउ गरेको प्रहरीले जनाएको छ।

    अमलेखगंजका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुरसिमरा उप-महानगरपालिका – २२ तिन नम्बर पुल स्थित रोड देखी पुर्व रहेको टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा ९७ किलो ( १८ पोका) लागू औषध गाँजा बरामद गरीएको हो ।

    बरामदपछि तत्काल प्रारम्भिक अनुसन्धान गर्दै जाँदा उक्त गाँजा ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको Ford कालो ग्रे रंगको कार गाडी सहित ओसारपसार कार्यमा संलग्न रहेको २ जना मानिसहरूलाई नियन्त्रणमा लिईएको बताईएको छ।

    पक्राउ पर्नेमा चालक चितवन राप्‍ती नगरपालिका – २ गडौली टोल बस्ने अं.बर्ष ३५ को बिष्णु लामा र गाडीमा सवार चितवन भरतपुर महानगरपालिक – २४ सिद्धार्थ टोल बस्ने अं.बर्ष ४६ को टेक बहादुर गुरुङ बारा प्रहरीका निमित सुचना अधिकारी प्रहरी निरिक्षक वलराम श्रेष्ठले जानकारी गराएका छन्।