Author: दाश पन्न्नालाल

  • सदस्यताको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ बारामा  समाजवादी प्रेस संगठनले फेरि गरे तालाबन्दी

    सदस्यताको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ बारामा समाजवादी प्रेस संगठनले फेरि गरे तालाबन्दी

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १४ मसिर, कलैया—  सदस्यताको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ बारामा आज फेरि तालाबन्दी भएको छ । समाजवादी प्रेस संगठन नेपाल बाराले महासंघमा आज तालाबन्दी गरेको हो ।

    संगठनका केन्द्रिय सदस्य रमेश सुवेदी र जिल्ला सचिव नरेश गुप्ताको नेतृत्वमा गएको टोलीले महासंघमा तालाबन्दी गरेको हो ।
    नेपाल पत्रकार महासंघको सदस्यताकालागि केही गैरपत्रकारलाई सिफारिस गरिएकोले आरोप लगाउँदै संगठनले महासंघमा अनिश्चितकालकालागी तालाबन्दी गरेको हो ।

    आफुलाई ठूलो भन्ने मुख्य तीन संगठनले र महासंघको नेतृत्वले भागबन्डाका नाममा क्रियाशील पत्रकारको सदस्यता सिफारिस नगरेर महासंघको विधान विपरीत केही गैरपत्रकारलाई समेत सदस्यता दिन सिफारिस गरेकोले आफुहरु महासंघमा तालाबन्दी गर्नु परेको संगठनका केन्द्रिय सदस्य रमेश सुवेदीले बताए ।

    भागबन्डाको नाममा आफ्ना खल्तीका मान्छे र दलका कार्यकर्तालाई महासंघको सदस्यता दिन खोजिएकोले आफुहरु तालाबन्दी गर्नु परेको समाजवादी संगठनका जिल्ला सचिव नरेश गुप्ताले बताए ।

    महासंघ विशुद्ध श्रमजीवी र क्रियाशील पत्रकारहरुको संस्था हो केन्द्रिय सदस्य सुवेदीले भने तर यसलाई राजिनिती गर्ने थलो ठुला संगठनहरुले बनाउन खोजे ।

    वितीय संस्थामा काम गरेर अवकाश भएका, काम गर्दै गरेका र विगतमा महासंघले कार्वाही गरेर सदस्यता नवीकरण नगरेकाहरुको नाम नयाँ सदस्यताकालागी सिफारिस गरिएकोले महासंघको साख जोगाउन आफुहरु अगाडि बढेको केन्द्रिय सदस्य सुवेदीले बताए ।

    महासंघको कार्य समितिमा काम गरिसकेका क्रियाशील पत्रकार साथीहरुपनी आन्दोलनको तयारी गरेको सुवेदीले बताए ।

    महासंघलाई कदापि भर्तीकेन्द्र आफुहरुले बन्न नदिने सुवेदीले स्पष्ट पारे ।

    गैरपत्रकारलाई महासंघबाट नहटाए सम्म आफुहरु महासंघको निर्वाचन समेत हुन नदिने चेतावनी सुवेदीले दिए ।

  • पचरौताका स्वास्थ्यकर्मी र मेयरमाथि सामाजिक सञ्जाल  चरित्र हत्या गरेको विषयमा प्रेस सम्मेलन।  पिडकमाथि कार्यवाही गर्न प्रहरीसँग माग,  रिस्वि साध्न अतिरञ्जित कपोकल्पित घटना र झुठो हो -नपा प्रवक्ता यादव

    पचरौताका स्वास्थ्यकर्मी र मेयरमाथि सामाजिक सञ्जाल चरित्र हत्या गरेको विषयमा प्रेस सम्मेलन। पिडकमाथि कार्यवाही गर्न प्रहरीसँग माग, रिस्वि साध्न अतिरञ्जित कपोकल्पित घटना र झुठो हो -नपा प्रवक्ता यादव

    संवाहक 

    अनलाई  / राष्ट्रिय दैनिक

    १४ मंसिर, कलैया—  पचरौता नगरपालिकाद्धारा आफ्ना स्वस्थ्यकर्मी र नगरप्रमुखको सामजिक सञ्जालमा गरिएको चरित्र हत्याको बिषयमा आज पत्रकार सम्मेलन गरिएको छ।

    नचरौता नगरपालिकाकी स्वास्थ्यकर्मीको केहि उक्षृङ्खल व्यक्तिले  मोबाईल चार्ज गर्न मदिएपछि कुटपिट अभद्र दुर्व्यवहार गरेकोमा प्रहरी कारवाहीमा परेको पछिल्लो घटनाको रिस्वी साध्ने नियतले सामाजिक संजालमा निराधार आरोप लागई जथाभावी लेखि चरित्र हत्या गरेको बताईएको छ।

    साथै सो कपोकल्पित घटनासँग नगर प्रमुख जलन्धर सिंहको नाम समेत जोडेर ढाकछोपको गरेको भनेर बदनाम गरेको बिषयलाई लिएर पचरौता नगरपालिकाका प्रक्ता लक्ष्मी यादवले पत्रकार सम्मेलन गरि सो बारे जानकारी गराएका छन्।

    नगरपालिका समेत जोडिएको र स्वस्थ्य संस्थामाको बदनाम गराउने एउटी महिला कर्मचारीको इज्जत प्रतिष्ठामा आँच पुर्याउने समाजिक संजाल प्रयोगकर्तालाई कड्डा भन्दा कडा कार्यवाहीको माग गरिएको छ। नगर अस्पतालका स्वास्थ्यकर्मी  अनाहकमा अतिरञ्जित घटना बनाई चरित्र हत्या गरेकोले स्वाश्थ्य सेवा बन्द गरि पिडक माथि कारवाही नभए आन्दोलन गर्ने चेेतावानी दिएपछि नगरपालिका कानुनी प्रकृया अगाडी बढाउने जानकारी गराएका छन्।

    बलात्कार जस्ता घटना भएको भए पिडित आफैले भन्थिईन तर  विरामी परेकी महिलाको मानमर्सन गर्नु असहय कुरो छ। त्यसमा पनि  घटना ढाक छोप गर्न नगर प्रमुख लागेको भनेर  नाम बदनाम गर्नु सरासर गलत हो , नगरपालिका चुप लाग्देैन। कानुनी प्रकृया अगाडी बढाउन लागिएको हो। आशा छ मानहानी गर्ने पिडकलाई कानुनको कटघेरामा ल्याएर पिडितलाई न्याय दिलाउन प्रहरीले छिट्टै एक्सनमा जानेछ , प्रवक्ता यादवले भने।

    गलत अफवाहको लाञ्छानामा मुछिएकी स्वास्थ्यकर्मी दुबे  कुनै भाई बहिनी वा नातागोता वा आफन्त यश नगरपालिकामा जागिर नरहेको घटना लुकाउन जागिरको धम्की दिएको प्रश्नको जवाफ यादवले दिए। त्यो सँगेे घटना ढाकछोप गर्न २५ लाखको कुरो समाजिक सञ्जालमा अफवाह फेैलाईएको कुरो सफेद झुठो हो। यसमा कहि केही सत्यता नरहेको बताएका छन्।

    उनी सँगै नगर अस्पतालका प्रमुख डा. ले यसरी महिला कर्मचारी ज्वरोले ग्रसित भई पारासिटामोल र क्लोनाज औषधी खाई  अस्पतालको माथिलो कोठामा अराम गर्न जादा बेहोस भईन सो अवस्थालाई मध्यनजर गरि विरगंज नेशनल मेडिकल कलेज अस्पतालमा उपचारार्थ भर्ना पछि निको भएर घर फर्कीसकेको अवस्थालाई कपोकल्पित घटना बनाएर चरित्र हत्या गर्नुले काम गर्ने मनोबल गिराएको छ। यो कुरा एकदम असहय छ। हाम्रा स्वास्थ्यकर्मी यस्तो अवस्थामा कसरी स्वास्थ्य सेवा प्रदान गर्ने? भनेर कानुनी प्रकृया अघि बढाइएसँगै पिडित सहकर्मीले न्याय नपाए स्वास्थ्य सेवा ठप्प पारी आन्दोलनमा उत्रने चेेतावनी सहितको पीडा संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

    यस्ता अफवाहले पिडित बनेकी उनलाई यश अघि तिनै तत्वले दुर्वयहार गरेका थिए र तीन दिनसम्म पिडक प्रहरी हिरासतमा बसेका थिए ।पछि एक चोटी माफी सहित शर्तनामामा मिलापत्र गराई छुटेकाले आफ्ना बदला साधी यस्तो हर्कत गरेेेका हुन। यसमा केही पनि लेस मात्रको सत्यता छैन्। उनले उनी र मेयरका साथै कर्मचारीमाथि लगाइएको आरोपको कुनै तुक नरहेको डाक्टरले भने।

    जसमाथि गलत अपवाह फैलाईएको हो उनले केही नभनेको अवस्थामा बेतुकको बदमासी गर्नेलाई कसैको मानहानी गर्ने छुट छैन् भन्दै उनले कडा कार्यवाहीको माग गरेका छन्।

    पचरौता नगर अस्पतालमा हेल्थ अस्सिटेन्ट पदमा कार्यरत भारती दुवे मिति २०८१/ ०८/ ११ गते दिउँसो २ बजे नगर अस्पतालमा डियुटीमा गएको तथा डियुटीमा रहेकै बेला वेलुकाको समयमा उनलाई ज्वरो आई बेचैनी जस्तो महसुस भएको थियो।

    सोही कारणले त्याहाँ उपस्थित स्वास्थ्य कर्मीहरुको सल्लाह बमोजिम पारासिटामोल तथा क्लोनाज औषधी खाई अस्पतालको माथिल्लो कोठामा आराम गर्न गएको अवस्थामा वेहोस भएको कारणले उनलाई एम्बुलेन्समा राखि थप उपचारकोलागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतान बिरगंजमा लगेको नपा-५ का वडाअध्यक्ष  एवम्या नगरपालिकाख प्रवक्त यादवले प्रष्टयाएका छन्।

    हाल उनी महिला कर्मचारी उपचारको क्रममा अस्पतालमा रहेको कुरालाई लिएर मलेसिया रहेको व्यक्ति सहितकाले विभिन्न   Facebook Id) फेसबुक आईडी मार्फत सफेद अफवाह फैलाई बदनाम गर्न खोजेका हुन्।

    यी ५ वटा (Facebook ID)  फेसबुक आईडी मध्ये  पचरौता अबतक, चरौता बासी , सुनिल यादव,  पचरौता खबर र  मुकेश राज यादव नाम भएको  फेसबुक facebook ID चलाउने केही अपरिचित व्यक्तिहरुले सामाजिक संजालको माध्यमले यि महिला कर्मचारीको तथा नगर अस्पताल पचरौताको फोटो समेत राखि पचरौता नगरपालिकाको नगर प्रमुख जनन्धर सिंह जैसवार तथा स्वास्थ्यकर्मी दुवे नाम भएका महिला कर्मचारीको चरित्रमा अभद्र टिप्पणीहरु गर्दै चरित्र हत्या गर्ने काम गरिरहेको प्रति  घोर निन्दा गर्दै यस नगरपालिकाको गंभिर ध्यानाकषर्ण भएको जनाएको छ।

    यसरी सत्य तथ्य नबुझि सामाजिक संजालको दुरुपयोग गरि नगर प्रमुख, कर्मचारी तथा नगरपालिकालाई समेत बदनाम गराउने कार्य गरेको हुनाले यस घटनाको निश्पक्ष छानबिन गरि दोषिलाई नियमानुसारको कानूनी कार्यवाही गरि पिडीतलाई न्याय दिनु हुन जोडदार माग गर्दै सम्बन्धित सबैको जानकारीको लागि जारि  प्रेस विज्ञप्तीमा उल्लेख छ।

  • बारा प्रहरीद्धारा १० जना फरार प्रतिवादीहरू पक्राउ

                     संवाहक 

              अनलाईन / राष्टिय दैनिक

    १३ मंसिर, कलैया–– बारा प्रहरीले आज जिल्लाका बिभिन्न मुद्दामा दोषी ठहरी अदालतबाट कैद सजाय पाई फरार रहेका प्रतिवादीहरू लाई पक्राउ गरेको छ।

    प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय र मातहतका  प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका मुद्दामा बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट  हिजो र आज पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा दाखिला गरिएको प्रहरीले जनाएका छन्।

    पक्राउ पर्नेमा कलैया उप महानगरपालिका – १८ का लालबाबु महतो धानुक चोरी कसुरमा १ महिना कैद र  ५ हजार जरिवाना भुक्तान गर्नु बाँकी रहेका थिए।

    मुकेश मुखिया फेटा गाउँपालिका -४ बतराका मुकेश मुखिया चोरी मुद्दामा १ वर्ष कैद १० हजार जरिवाना तिर्न नसकी फरार रहदै आएका थिए।

    त्यसैगरि, निजगढ नगरपालिका -९ का अमृत लामा चोरी मुद्दामा  २ महिना कैद सजाय  र २ हजार ५ सय जरिवाना, वडा- ४  वनका   रामायण चौधरी  १२ हजार ५ सय ७१.४३ पैसा जरिवाना, वडा – १ का  जनक बहादुर स्याङतान हातहतियार खरखजाना मुद्दामा २ महिना कैद सजाय र  २५ हजार जरिवाना, र वडा -१ का. प्रेम बहादुर स्याङतान हातहतियार खरखजाना कसुरमा २ महिना कैद सजाय सहित २५ हजार जरिवानामा फरार रहरका थिए।

    त्यस्तै, सिम्रौनगढ नगरपालिका – ११ का सन्तोष साह तेली चेक अनादर मुद्दामस-५ सय जरिवाना र वडा -१० का वकिल प्रसाद यादव चेक अनादर  मुद्दामा १हजार ५ सय जरिवनामा फरार रहि लुकिछिपी बस्दै आएका थिए ।

    त्यसैगरि नागेन्द्र पण्डित करैयामाई गाँउपालिका -८ का नागेन्द्र पण्डित चेक अनादर कसरमा १ हजार ५ सय जरिवाना र

    शोषनाथ प्रसाद साह तेली महागढीमाई नगरपालिक – २  का शेषनाथ प्रसाद साह तेली चेक अनादरमा २ हजार जरिवानामा पाई फरार रहदै आएका १० जनालाई पक्राउ गरि अदालतमा दाखिला गरिएको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी प्रकाश सापकोटाले जनाएका छन्।

  • एसपी खडकाको सक्रियताले बारा प्रहरीको ठुलो सफलता !  छव महिना अघि गोली हानी  हत्या गरिएका क्याम्पस प्रमुख हरिभुषणको मुख्य हत्यारालाई पक्राउ,

    एसपी खडकाको सक्रियताले बारा प्रहरीको ठुलो सफलता ! छव महिना अघि गोली हानी हत्या गरिएका क्याम्पस प्रमुख हरिभुषणको मुख्य हत्यारालाई पक्राउ,

           

          संवाहक 

        अनलाईन  / राष्ट्रिय दैनिक

    १३ मसिर , कलैया–  प्रहरी उपरिक्षक महेन्द्र खडकाको सक्रियतामा  अथक प्रयासले बारा प्रहरीले छव महिना अघि हत्या गरिएका रामराजा क्याम्पासका प्रमुख हरिभुषण कुशवाहाको मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ।

    दिनदहाडै हत्या गरि आतंक मचाएका अपराधी जहाँ लुकेपनि समाउन सफल भएकोमा प्रहरीमाथि जनताको विश्वास बढेको छ।

    जिल्लामा दिनदहाडै मानिसको हत्या गरि फरार रहदै आएका हत्याको आरोपित हरेन्द्र कुशवाहा मंसिर १२ मा मोरङ्ग जिल्लाबाट  गोप्य सुचना र  सुक्ष्म अनुसन्धानबाट  पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    उक्त घटनामा संलग्न भएको भनिएका अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका तत्कालिन घाईते पछी मृत्यु भएका हरिभुषण प्रसाद कुशवाहाले समेत मर्नु भन्दा अगाडी खुलाएका मुख्य भनेर अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहालाई पहिचान गरेका थिए।

    हत्या आरोपित कुश्वाहा घटना पछि फरार ररहि कहिले भारत र नेपालको बिभिन्न ठाउँमा लुकिछिपी रहेका छन भने सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा हाल मोरङ्ग जिल्लामा लुकिछिपी बसेका छन भने जानकारी प्राप्त हुन आएको हुँनाले निजलाई जिल्ला प्रहरी कार्यालय बाराको अथक प्रयास पछी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको बिशेष टोलीले मंसिर १२ गते पक्राउ गरी ल्याएको प्रहरी उपरिक्षक खडकाले प्रेस मिट गरि जानकारी गराएका छन् ।

    २०८१।०२।३२ गते शुक्रबारका दिन जिल्ला बारा कलैया स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख हरिभुषण कुशवाहालाई जिल्ला बारा आदर्शकोतवाल गाँउपालिका वडा – २ खजुरीया भन्ने ठाउँमा निजको आफ्नो घरबाट कलैयाबजार तर्फ आउने क्रममा साझँ सावा ५  बजेको समयमा गोली हानी हत्या भएको थियो।

    उक्त घटनामा संलग्न रहेका जिल्ला बारा आदर्शकोतवाल गाउपालिका वडा नं. २ घर भएका बिगु महतो कोईरीको छोरा नेपाली सेनाका भगौडा तथा गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभुमि भएका बर्ष ४१ को सुरेन्द्र प्रसाद कुशवाहा समेत १७ जना ब्यक्तीहरू एकिकृत भई निज क्याम्पस प्रमुखको गोली हानी कर्तब्य गरी हत्या गरेको प्रउ खडकाले बताएका छन्।

    उक्त घटनाको अनुसन्धान गर्दै जाने क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको  र बाँकि ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।

    उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान-२, गोली थान- ७ राउण्ड, मोटरसाईकल थान – ४, मोबाईल थान- ४ थान, ल्यापटप थान- २, सिम कार्ड थान- ७ बरामद गरी अनुसन्धान प्रकृया पुरा गरी  जिल्ला अदालतको आदेशले हाल निज ८ जना ब्यक्तीहरु पुर्पक्षको लागि कारागार गएको उनले बताएका छन्।

    हत्यामा संलग्न अभियुक्तहरुलाई ज्यान र हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको प्रहरी प्रवकता प्रहरी नायब निरिक्षक प्रकाश सपकोटाले जानकारी गराएका छन्।

    मुख्य अभियुक्त पक्राउ पछि मृतकका बुबा र घरपरिवार खुसी हुँदै न्याय मर्दैन कडा भन्द कडा कार्यावहीको अनुरोध गरेका न्।

  • गढिमाई मेलामा डिएसपी सापकोटाको कमाण्डमा २ हजार प्रहरी परिचालन हुने, एकीकृत सुरक्षा योजना सहितको सुरक्षाका १५ तहका टोली परिचालन गरिने – एसपी खडका

    गढिमाई मेलामा डिएसपी सापकोटाको कमाण्डमा २ हजार प्रहरी परिचालन हुने, एकीकृत सुरक्षा योजना सहितको सुरक्षाका १५ तहका टोली परिचालन गरिने – एसपी खडका

       

         संवाहक

       अनलाईन/ राष्ट्रिय दैनिक

    १२ मंसिर , कलैया— बारा प्रहरीले महागढीमाई नगरपालिका -१ बरियारपुरको गढीमाई पञ्चवर्षिय मेला लक्षित विशेष सुरक्षा योजना सार्बजनिक गरेको छ।

    जिल्ला प्रशासन बाराका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सम्पुर्ण सुरक्षा अंग नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसनधान कार्यालयको एकीकृत सुरक्षा योजना बनाईएको आज प्रेस सम्मेलन गरि प्रहरी उपरिक्षक महेन्द्र खडकाले जानकारी गराएका छन्।

    मेलामा सुरक्षा चुुनौतीलाई मध्यनजर गरि १ हजार ४ सय ६६ नेपाल प्रहरी खटाइने छ , जसमध्ये २ सय २५ जना ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा खटिने छ भन्ने ५० जना सदा पोशाकका प्रहरी, राष्टिय अनुसन्धानका प्रहरी र सशस्त्र प्रहरी बलका करीब ७ सय सुरक्षाकर्मी गरि मेलामा २ हजार १ सय जति सुरक्षाकर्मी विभिन समुहका टिम खटिने प्रउ खडकाले जानकारी गराएका छन्।

    बिरामीको लागि दक्ष मेडिकल टिम सहित नेपाली सेनाले स्वास्थ्य शिविर मेलामा संचालन गरिने छ। मेला भरि विभिन्न बाटो नाका मुख्य गरि करीब ४ सयको संख्यामा गुणस्तरीय सिसि क्यामरा मेला समितिको समन्वयमा जडान गरिने उनले बताएका छन्।

    मेलाको सुरक्षा चुुनौती र रणनितिक योजनामा बारा प्रहरीले प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाको कमाण्डमा सुरक्षा कमाण्ड पोष्ट  बनाइएको छ। जसमा जिल्लाका सम्पुर्ण सुरक्षा दस्ताहरु रहने डन्।

    मेला कमाण्ड पोष्ट, रिजर्ब टोली २ वटा, पैदल गस्ति ६ वटा, सहायक नाकामा पिकेट टोली -२१ वटा, मनोरञ्जन स्थल निगरानी टोली, बलि व्यवसथापन टोली, मन्दिर परिसर टोली, सदा पोशाक टोली, उद्दार टोली, भिभिआईपी र भिआईपी मन्दिरसम्म ल्याउने टोली, मोबाइल टोली ६ वटा गरि १५ वटा तहका छुट्टाछुट्टै ड्युटीका जनशक्ति परिचलान गरिने उनले जानकारी गराएका छन्।

    मेला भर्न आउने दर्शनार्थिले गरगहना लगाएर अनाश्यक प्रदर्शन नगरि खर्च गरिने हिसाबले मात्रै नगद सुरक्षित साथ राख्न प्रहरीको संदेश मन्न गर्न अनुरोध गरेका छन्।

    मेलाको विगतको ईतिहास केलाउदा सुरक्षा चुनौतिलाई चरणमा छुट्याई सुरक्षा सतर्क्ता सूक्ष्म ढंगले जनशक्ति परिचालनको योजना बनाईएको छ

    मेलाका चुनौतीहरु:

    .लाखौको भिडमा चाईँ / पाकेटमारले दर्शानार्थिको बहुमुल्य गरगहना , मोबाईल, सिक्री लुटने, नगद लुटपाट गर्ने भएकोले मुख्य चुनौतिको रुपमा लिइएको छ।

    मेलामा बढी भिड हुँदा मानिसले अक्सिजनको कमिले निसासिएर बिरामी हुने ढल्ने वा मृत्यु हुने खतरा रहेको छ।

    मनोरञ्जन केटी प्रयोगले नाच डान्सको उन्मादमा मदिरा सेवन गरि दर्शक वा उदण्ड मानिस जबरजस्ती वितण्डा मचाउने, बलात्कारको प्रयास वा उधोग गर्ने जस्ताको सम्भावना रहेको छ।

    मनोरञ्जनका साधन जस्तै ठुल्ला साना पिङ भाँच्ने, मान्छे उछिट्टिएर खस्ने , मौतका कुँवामा गाडी दुर्गघटना भई  मान्छे घाईते वा ज्यान जान सक्ने खतरा रहन छ।

    मेला भित्र मन्दिर वरिपरि उखुघारी , झाडी रहेकाले महिला तथा बालिकाहरुलाई बलात्कार वा उधोग वा , दुर्व्यवहार हुन सक्ने सुरक्षा चुुनौती छ।

    त्यस्तै बलि नचढाउन पशु अधिकर्मिको विरोधले पक्ष विपक्षमा झै झगडा भई  मेलामा भागदौड मचि अनेकौ दुर्घटना निम्त्याउने लगायत सुरक्षा भंग हुन सक्ने समसय छ।

    मौसम चिसो भएकोले हुसु कुहिरोमा मान्छे बिरामी हुने तत्कालै उददार र स्वास्थ्य उपचारको अभाव, भिडभाड बढनाले मोबाईलको नेटवर्क काम नगर्नु , मेलाको मौका छोपी चोरी तस्करी हत्या हिंसा बढन सक्ने, बलि ल्याउने क्रममा राङ्गा छुटिएर भागे पछि दर्शनार्थी घाईाते हुन सक्ने, खतरा आकलन गरिएको छ।

    खाानेपानी प्रयाप्त उपलब्ध हुन नसक्नु फोहर मेेला फैलि, शौचालय प्रयाप्त नभई दुर्गन्ध फैली रोगको प्रकोप बढनु।

    भिभिआईपी र भिआइपीको सुरक्षा र बाटो खुलाउनु बढी भिडको नियन्त्रणमा कठिनाई हुनु, कुहिरोमा आँखा देख्न नसक्ने भएकोे दुर्घटना र हत्या जस्ता अपराधिक गतिविधि हुनु,

    र सब भन्दा बढी सामाजिक सञ्जालको अफवाहले मेेलामा अनाश्यक लफडा , हुलहुजत  सृजना जस्ता घटना घटन सक्ने,

    सुरक्षा चुनौतणी बारे रणनितिक योजना:

    नेपाली सेनाको दक्ष चिकित्सक सहितको स्वास्थ्य शिविर मार्फत भवितव्य आकसमिक घटना दुर्घटना विरामीको उद्दार उपचार तत्कालै गरिने व्यवस्था मिलाईने छ।

    मेला समितिले आफ्नो सुरक्षा योजना बनाएको छ भन्ने नेपाल प्रहरीले जिल्ला प्रशासन कार्यालयको मातहतमा एकिकृत जिल्ला सुरक्षा योजनाको परिचालन गर्न प्रजिअ वसन्त अधिकारीको नेतृत्वमा सुरक्षा योजना बनाइएको छ।

    नेपाल प्रहरीले एकिकृत योजनाको तहद सरोकारवाला निकाय , मेयर, पालिका सँग सहकार्य सहयोगमा मेलामा शान्ति सुरक्षा  सफल पारिने छ।

    केन्द्रीय ,मधेश प्रदेशका प्रहरी प्रधानकार्यालयको समन्वयमा थप सुरक्षा योजना बनाएर मेलाको सुरक्षा कमाणडिङ्ग गर्ने योजना अघि सारेकओ बयाएका हुन्।

    सुरक्षालाई सुक्ष्म ढंगले केलाउदै सम्भावनालाई पहिना गर्दै सँगै    नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरलाई बिष्फोटक पदार्थ सुघ्ने पता लगाउने, शंकास्पद मानिसको चेेकजाँच, अपराधीलाई समाउनेमा परिचलन गरिनेछ उनले भन्ने।

    मेला भित्र र मन्दिर वरिपरिका उखुघारी र तधा झाडी तत्कालै काट्ने र , सिसि क्यामरा जडान गरि सबेेको मोनिटरिङ पोष्ट कमाण्डले निगरानी, अनुसन्धान, छानबिन गतिबिधिको सूक्ष्म अवलोकन गरि  शंकास्पद देखिएको मानिसलाई पक्राउ गरि त्यही कोठामा राखी जाँचीबुझी कारवाही गर्ने खालको योजना बनाईएको छ।

    अनुमति बेगर कसैले ड्रोन उडाउन फोटो खिव्न भिडियो बनाउन नापाईने र मेलामा पसदुवलिको लागि मारकले खुुकुरी ,खुडा जस्ता हातहतियार खुुल्ला रुपमा प्रदर्शन गर्न नपाईने  र बलि हान्नेले रजिष्टर गरि अग्रिम अनुमति प्राप्त लिई हतियारमा नम्बरिङ गराएर मात्रै मारकले राङगा काटन पाइने छ ।

    खुुल्ला रुपमा जुवातास लकरबुर्जा  खेेल्न पाईने छैन् र खुल्ला रुपमा घरेलु मदिरा बेचेको पाईएमा कानुन बमोजिम कारवाही गरिने प्रउ खडकाले सुरक्षा चुनौति बारे रणनितिक योजना बनाएको जानकारी गराएका छन्।

    मेलाको नाउमा कानुन विपरित काम गर्नेलाई कारवाही गरिने बताउदै सुरक्षामा सबैले सघाउन मेला भर्न आउने दर्शानार्थिको सुरक्षाको सुरक्षा टोली हमेशा तैनात रहने भएकोे टोल फ्रि नं १०० मा कल गर्न, होर्डिङ्ग बोर्ड मुख्य नाकामा प्रहरीको अनुरोध सहित संदेशमुलक सुचनाबाट जानकारी लिईन सकिन्छ। ट्राफ्रिक व्यवस्थापनलो लागि मेला मुख्य नाकामा पसाहा खोला, भुुुतही खोोला, मैनी , मल्हनी, लगायतका छव वटा पार्किङ्ग क्षेत्र बनाइएकले गाडी त्यही पार्किङ्ग गर्न सुझएका छन्।

  • गढीमाई मेलामा कनेक्ट किसानले १ सय ५० वटा स्टलरालकि कृषि उपज र सामग्रीको प्रदर्शनी आयोजना गर्ने

    गढीमाई मेलामा कनेक्ट किसानले १ सय ५० वटा स्टलरालकि कृषि उपज र सामग्रीको प्रदर्शनी आयोजना गर्ने

    लाखौको भिड हुने मेलामा मंसिर १८ देखि २४ गते सम्म कृषि एक्स्पोको आयोजना हुन लागेको हो ।

    आज कलैयामा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको बारेमा यस्तो  जानकारी गराईएको छ ।

    कनेक्ट किसान नामक संस्थाले एक्स्पोको आयोजना गर्न लागेको संस्थाकी तर्फबाट स्टल प्रदर्शनीका मेला संयोजक सञ्चिता लामिछानेले किसानले प्रविधियुक्त कृषि र उपजलाई सहज बजारको बारेमा जान्ने बुझने मौका पाउने बताईन्।

    एक्स्पोमा कृषि उपज, मेशीनरीहरु प्रदर्शन गरिनुका साथै बिक्री गरिने लामिछानेले जानकारी गराईन ।

    एक्स्पोमा विभिन्न कृषि विज्ञहरुले किसानहरुलाई विभिन्न बालीका बारेमा सेवा उपलब्ध गराउने  करिब डेढ/ दुईलाख किसानले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

    एक्स्पोमा करिब १५ करोडको कारोबार हुने अनुमान गरिएको आयोजक संस्थाले जनाएको छ ।  किसानले प्रबिधििबाट उत्पादन बचाउने कस्ता बीउ बिजन वालीमा कुन रोगको लागेकोछ र त्यसको उपचार कारी कुन प्रविधिबाट स्थानिय स्तरमै गर्न सकिने त्यसको विज्ञबाट सिकने अवसर पाउने छन्

    त्यस सँगै किसाने आफ्ना उत्पादकत्व सिधै ल्याएर बिक्री गर्नसकिने हनि हटिया बजारको सुविधा उपलव्ध गराईने बतईएको छ।

  • बारा प्रहरीले सावा ३ लाख भन्दा बढीको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    बारा प्रहरीले सावा ३ लाख भन्दा बढीको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

         संवाहक

    अनलाई/ राष्ट्रिय दैनिक

    चन्द्रभुषण दास

    १२ मसिर, बरियारपुर– बारा प्रहरीले सावा ३ लाख भन्दा बढीको समान चेक जाँचको  क्रममा बरामद गरिएको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय तथा मातहतक प्रहरी ईकाइ कार्यालयहरूबाट  खटिएका प्रहरी टोलीले विभिन्न स्थाननमा गाडीहरूलाई रोकी चेेकजाँच गरेका थिए।

    चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ३ लाख २७ हजार ४ सय ९७ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयले आज साढे ९  बजेको समयमा  कलैया उप महानगरपालिक – ५ घुसुकपुरमा भन्सार छली गरी ल्याउदै गरेको बच्चाले लगाउने टोपी २२ पिस, सानो पन्जा १ सय २० पिस, ठुलो पन्जा २२ जोडा ,मोजा २ सय १२ पिस गरी अ.मुल्य रु.४० हजार २ सय बराबरको नियन्त्रणमा लिईएको बताएको छ ।

    यसैगरि, प्रहरी चौकी पथलैयाले गए राति अं.०१:४० बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका  – १ पथलैया चोकमा जनकपुर बाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख ६४९० न.को बसमा लोड गरेको केस (कपाल) ८ बोरा अं. मुल्य रू. १८ हजार बराबरको बिल नभएको  बरामद गरेको छ ।

    त्यस्तै डेह्र बजेको समयमा बर्दिवासबाट चितवन तर्फ जादै गरेको प्र.०३-०२३ च ३२२६ नं. को पिकअप गाडीमा लोड गरेको खुद्रा समान अं.मुल्य रू. २ लाख ६९ हजार २ सय ९७ रुपैया बराबरको बिल नभएको बरामद आवश्यक सवै समान कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरील प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जनकाारी गराएका छन्।

  • झण्डै पवने २ क्विन्टल लागू औषध गाँजा सहित एक महिला सँगै २ जना पक्राउ

    झण्डै पवने २ क्विन्टल लागू औषध गाँजा सहित एक महिला सँगै २ जना पक्राउ

             संवाहक

    अनलाई / राष्ट्रिय दैनिक

    सरोज दास

    १२ मंसिर, कलैया– बारा प्रहरीले झण्डेै पवने दुई क्विन्टल लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।

    मंसिर ११ गते ९ बजेको समयमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरिक्षक किसन बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले कोल्हबी नगरपालिका-५ सोनाभारबाट दिनदयाल चौधरीको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीले गोप्य सूचनाको आधारमा चौधरीको घरमा खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको २१ पोका १ सय ७० किलो लागू औषध गाँजा  सहित एक महिला र एक पुरुष गरि २ जनाालाई पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा  बारा कोल्हवी नगरपालिका.-५ सोनाभार टोल बस्ने अ.वर्ष ५० को रमोद चौधरी  र त्यहीका दिनदयाल चौधरीको श्रीमति अ.वर्ष ५२ कि मनमती देवी चौधरी रहेका छन्।

    नियन्त्रणमा लिएका दुबैजनालाई आवश्यक कानूनी कारवाहिको प्रकृया अगाडि बढाईएको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जाानकारी गराएका छन्।

     

  • गढीमाई मेलाको मुख्यमन्त्री सिंहद्धारा अवलोकन, निरीक्षण

    गढीमाई मेलाको मुख्यमन्त्री सिंहद्धारा अवलोकन, निरीक्षण

     

      संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    चन्द्रभुुषण कुमार दास

    १२ मंसिर, बरियारपुर —  मधेश प्रदेशका मुख्यमन्त्री सतिसद किमार सिंहले बाराको महागढीमाई नगरपालिका -०१ बरियारपुरमा मंसिर ०१ गते देखि सुरु भएको गढिमाई मेलाको अवलोकन तथा निरीक्षण गरेेका छन्।

    मेलाको व्यवस्थापनको अवस्धा बुझन धार्मिक पर्यटनमा श्रद्धालु आगन्तुकको उत्साह  बढाउन  अवलोकन  तथा निरिक्षणमा आएका मुख्यमन्त्री सिंहलाई महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले स्वागत गरेका थिए।

    विश्व प्रसिद्ध गढीमाई मेलाको मेलाको अवलोकन तथा निरिक्षण गर्नु अगाडि मुख्यमन्त्री सतिश कुमार सिंहले गढीमाई मन्दिरमा पुगेर दर्शन पुजापाठ गरेका हुन्।

    गढीमाई मेलालाई सभ्य र भब्य बनाउनको लागि आफुले प्रदेशका विभिन्न मन्त्रीलाई मेलाको अवलोकन तथा निरीक्षण गर्न पठाएको मुख्यमन्त्री सिंहले बताएका छन्।

    गढीमाई मेलालाई सफल र सभ्य भव्य  बनाउन मधेश प्रदेश लागि परेको र मधेश प्रदेश सरकार आवश्यक पर्ने उपकरण लगाएत अन्य समाग्री सहयोग गर्न तयार रहेको मुख्यमन्त्री सिंहले सो अवसरमा जानकारी गराएका छन्।

    गढीमाई मन्दिरलाई विश्व सम्पदाको सुचिमा समावेश गर्नको लागि प्रदेश सरकारले केन्द्र सरकारलाई खचखचाउने समेत मुख्यमन्त्री सिंहले बताए।

     

  • विश्व चर्चित गढीमाई पञ्चवर्षिय मेला भव्य सभ्य बनाउन मास्टरप्लान बनाईएको – मेयर एवम् समिति अध्यक्ष यादव

    विश्व चर्चित गढीमाई पञ्चवर्षिय मेला भव्य सभ्य बनाउन मास्टरप्लान बनाईएको – मेयर एवम् समिति अध्यक्ष यादव

    सरोज दास    –      संवाहक राष्ट्रिय दैनिक

    १२ मंसिर, बरियारपुर —  बाराको महागढीमाई नगरपालिका स्थित बरियारपुरमा लाग्ने विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलालाई भब्य र सभ्य बनाउनकोलागि मास्टर प्लान बनाईएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताएका छन्।

    मेला मंसिर ०१ गते देखि विधिवत शुरु भएको छ। मेलामा श्रद्धालु भक्तजनले प्रापत गर्न सकने  हरेक सेवा सुविधाको लागि भर्पुर व्यवस्थाको व्यवस्थापन मिलाईएको छ, उनले जानकारी गराएका छन्।

    पञ्चवर्षिय गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि अहिले मुल समिती र विभिन्न उपसमितिहरुले अहोरात्र तिव्र रुपमा काम गरिरहेको छ । मेलमा कहि कतै कमि कमजोरी हुन नदिन निगरानी अनुगमन उप समिति पनि बनाईएको छ। यसको साथै यस नगरको नगर प्रमुख एवम् म स्वयम् मेला मुल समितिको अध्यक्ष भएको हैसियतले मेलाको हरेक पक्षमा सम्पुर्ण व्यस्थापनमा निगरानी राखेको छु, उनको भनाई रहेको छ।

    नगरप्रमुख यादवले अनुगमन उपसमितिले अनुगमन गरे पछि मात्र मनोरञ्जन ,खुद्रा पसल कहाँ राख्ने र त्यस अनुसार नै त्यस्ता साधनहरु र पसलहरुलाई ब्यवस्थापन गरिने बताएका छन्।

    ।अहिले गढीमाई मेलामा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ।दैनिक लाखौं दर्शनार्थीले मेलाको अवलोकन गरिरहेकोले मेलामा मध्यनजर गरि ब्यवस्थापनमा कुनै कसर बाँकी नरहने गरि समिती र उपसमिति अबिराम काम गरिरहेको मेला मुल समितिले जनाएको छ।

    विश्व प्रसिद्ध गढीमाई मेलामा जसले जुन परियोजनको लागि पसल राखेको छ, त्यस बाहेक अन्य समाग्री बिक्री बितरण गर्न नपाउने गरि अनुगमन उपसमिती काम गरिरहेको अनुगम उपसमितिका संयोजक दिप प्रकाश गुप्ताले  संवाहक संगको कुराकानीमा यस्तो बताएका छन्।

    पसल लगाउने बहानामा कसैले पैसा लिएमा अनुगमन उपसमिति तत्कालै कार्वाही गर्ने बताईएको छ।

    मेलामा स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पताल र फुलकुमारी महतो मेमोरियल अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने नेपाल मिडिसिटी अस्पतालका डाईरेक्टर बिजय रिमालले बतााएक छन् ।२४ औं घन्टा चिकित्सक ,नर्स लगायतका टोलिले शिविरमा सेवा प्रदान गर्ने छ।

    मेला भर्न आउनेलाई सुरक्षित नि:शुल्क बासस्थानको लागि मेलाको चारैतिर टेन्ट व्यवस्थापन गरिएको छ। भव्य मेलाको छव ठाँउमा व्यवस्थित पार्किङ्गको व्यवस्थापन राखिएको छ।