Author: दाश पन्न्नालाल

  • बारामा भुकम्पको झटका महसुस

       Breaking News

    संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    २३ पुष, बारा—  बाराको कलैया , महागढिमाई नगरपालिका -९ को पिप्रा विर्ता, सिम्रौनगढको कचोर्वा लगायत केहि बेर अघि दुईपटक   भूकम्पको धक्का महसुस भएको छ ।

    आज बिहानै केही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंमा समेत भुकम्प गएको हो। भुक म्सपले नागरिकहरु सुरक्षित ठाँउ खोजेरमा बाहिर निस्किएका छन् ।

    केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

    केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

  • पोखरी ऐलानी नभई नमरी रहेको लालपुर्जा प्रमाण सहित यादवको दाबी

    पोखरी ऐलानी नभई नमरी रहेको लालपुर्जा प्रमाण सहित यादवको दाबी

     संवाहक 

    अनलाई/ राष्ट्रिय दैनिक

    १९ पुस, कलैया — कलैया उपमहानगरपालिकाले वडा-२६ को  ऐलानी बताईएका विवादको अखडा बनेका महेशपुरका छठिया घाटको पोखरी आफ्नो पुस्तैनी हकभोगको नमरी जग्गा भएको  लालपुर्जा सबुद प्रमाण सहित कागजात देखाउदै शशीकान्त यादवले आज पोखरी स्थलमै पत्रकार सम्मेलन गरेका छन् ।

    सो  कलैया उपमहानगरको नभई साबिक गा.बि.स महेशपुर वडा नम्बर १ सरेह हाल बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० को कित्ता नम्बर ७ को ०–१४–१०–० जग्गा हजुरआमा दुलरिया देवी अहिरिनिको नाममा दर्ता रहेको छ, र  सो जग्गामा पोखरी खनी पक्की डिल समेत निर्माण गरि माछा पालन गर्दै आएको जग्गाधनी अहिरिनिका नाति यादवले जानकारी गराएका हुन्।

    आफू वडा अध्यक्ष पदको प्रत्याशी रहेकोले कलैया उपमहानगरपालिका वडा –२६ का वडा अध्यक्ष धर्मेन्द्रप्रसाद यादवले आफुमाथि राजनीतिक प्रतिशोध साधी निजि पोखरीलाई बिहिवार पत्रकार सम्मेलनमा सो पोखरी ऐलानी रहेको दावी झुटठा र द्वेशपुर्ण भएको यादवले बताए।

     

    जग्गाधनी दुलरिया देवी अहिरिनिको नाममा दर्ता रहेको आफ्नो निजि पोखरी रहेको उनको नाति शशीकान्त यादवले दाबी गरेका हुन्। आफूहरु दुई दाजुभाइ रहेको र हाल सम्म हाम्रो बिच कुनै पनि अन्स वण्डा नभएको उनले बताए ।

    उक्त जग्गाको मालोत कार्यालय बाराबाट जारी भएको लालपुर्जा, महागढीमाई नगरपालिकामा मालपोत कर तिरेको रसिद, बैंकको लागि जग्गा मुल्याङकन, चार किला प्रमाणित सिफारिस हुँदै आएको सिफारिस पत्र , ७ नम्बर फाँटवारी र  फिल्डबुकमा समेत मेरो हजुरआमा दुलरिया देवि अहिरिनको नाम दर्ता रहेको जग्गा  विगत लामो समयदेखी जोतभोग गर्दै आएको उनले दावी गरेका छन्।

    २०७२ सालमा उक्त जग्गामाथी अख्तियार अनुसन्धानमा मुद्दा परेको थियो र अख्तियारले आफूसंग स्थलगत सर्जमिन मागेको हुँदा सो सर्जमिनमा महेशपुरका भु.पु गाबिस अध्यक्ष लक्ष्मीनारायण यादव,नेपाली कांग्रेसका जिल्ला सदस्य प्रभु प्रसाद यादव,हालका वार्ड अध्यक्ष धर्मेन्द्र प्रसाद यादव र जसपा पार्टी बारा नेता रामबाबू प्रसाद यादव,गाबिस सचिव रामकृष्ण बिष्ट,जिल्ला मालपोत कार्यालय बाराका प्रतिनिधि हरिमोहन सिंह समेतले उक्त सर्जमिन मुचुलकामा साक्षिकि रुपमा हस्ताक्षर गरेको उनको दाबी रहेको छ।

    यो पोखरी मेरो नमरी हो। पालिकाको नक्साङन भएदेखि मालपोत किताब नक्सामा महागढीमाई नगरपालिकाको वडा-  १० मा रहेको स्पष्ट छ , उनले भने। त्यसकारण कलैया उपमहानगरपालिकालाईा चिट्ठी पत्रको आधारमा पुर्जा पेश गरिने उनले बताए।

    आफ्नो जग्गालई बलजफ्ति कब्जा गर्ने नियतले निजी पोखरीलाई कलैया नगरपालिकाले पत्रकार सम्मेलन गरि ऐलानी बताए छि सो कपोकल्पित झुठा आरोपलाई यथार्त बताउन मिडिया मार्फत कुरा राख्नु परेको उनले बताए। अदालतको जे फैसला हुन्आछ, त्यो मान्ने उनले बताए।

    तर, कलैया उपमहानगरपालिकाले गाबिस महेशपुर –१ मा रहेको पोखरी कलैया उपमहानगरपालिका वडा नम्बर –२६ को पोखरी ऐलानी रहेको दाबी गरेको छ। विवादित बनेका पोखरीको हकदाबी प्रमाणित गर्न दुबै पक्ष उच्च अदालत जनकपुरमा मुद्दा लडदै गरेको अवस्था छ।

    केही महिना अगाडी यसै जग्गाको सम्बन्धित साध सिमानाको लागि महागढीमाई नगरपालिका र कलैया उपमहानगरपालिकााको बिच दुईटै नगरप्रहरी बिच झडप भई ठुलै विवाद भएका थिए।

     

  • रामराजा क्याम्पसका ४३ औं वार्षिकोत्सव, सिटिभिटीको लागि उपमहानगरबाट ५० लाख प्रदान गर्ने- मेयर साह

    रामराजा क्याम्पसका ४३ औं वार्षिकोत्सव, सिटिभिटीको लागि उपमहानगरबाट ५० लाख प्रदान गर्ने- मेयर साह

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    १५ पुष, कलैया— कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले रामराजा क्याम्पसको शैक्षिक विकासमा टेवा पुर्याउन विद्यार्थीलाई शिपमुलक प्राविधिक धारका शिक्षामा जोड दिदै  सिटिभिटी कार्यक्रमको लागि नगरपालिकाबाट ५० लगानी गर्ने उदघोष गरेका छन्।

    रामराजा (मोबि शाह) बहुमुखी क्याम्पस कलैयाको ४३ औं वार्षिक उत्सव एवम् अभिभावक दिवस तथा १७ औं क्याम्पस सभाको उदघाटन गर्द यस्तो घोषणा गरेका हुन्।

    क्याम्पसलाई सुक्ष्म ढंगले नियाली रहेको र गुणस्तरिय र शिपमुलक शिक्षाको अध्ययनको लागि बाहिर गईरहेकोले विशेष गरि यस क्याम्पसलाई  छात्रा छात्रवासको एकदम आवश्यक रहेको उनले औल्याएका हुन्।

    क्याम्पसको शैक्षिक सुधारको लागि निर्वाचित भएदेखि गरिब विपन्न दलित र छात्र छात्राकोलागि तिस देखि शत प्रतिशत  छात्रवृति प्रदान गर्न १० लाख रुपैया छुट्याई विद्यार्थीलाई सहुलियत दिदै आएको मेयर साहले बताएका छन्।

    क्याम्पसको अभिभावकत्व प्रदेशको मातहद रहेको छ तर प्रदेशले पनि सोही अनुरुप जिम्मेवारी निर्वाह गरिदिएको भए भौतिक पुर्वाधार देखि थप संकायको अध्यापन अभावमा यस्तो अवस्था आउदैनथ्यो तर  यो कलेज उपमहानगर भित्र रहेको हुनाले पनि आवश्यक्तालाई पूरा गर्ने सवालमा क्याम्पस प्रमुख र क्याम्पस व्यवस्पन समितिका अध्यक्षले प्रस्ताव सहित योजना बनाएर सहकार्य गर्न चााहे उपमहानगरपालिका हमेशा तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

    पाँच / दश लाखले केहि नहुने बताउदै ठुुला योजनामा लगानी गर्न तयार रहेको बताईरहदा गरिब तहतप्काका वालवच्चाहरु उच्च शिक्षाको अध्ययनमा किताब कपी कलम किन्न छात्रवृतिले ठुुलो योग्दान पुर्याईरहेको क्याम्पस प्रमुख निमेश तिमिल्सेनाले बताएका छन्।

    सो कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मी ठाकुर, पुर्व विधायक पारश साह,  नगर प्रमुख बिनोद साह, उप प्रमुख रौशन प्रबिण, नेकपा एमालेका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, नेपाली कांँग्रेसका जिल्ला उपसभापति मनोज भट्ट, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास, क्याम्पस सममचालक समितिका पुर्व अध्यक्ष प्रभु पटेल, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य अरुण खनाल, जनमत पार्टीका जिल्ला ईन्चार्ज शिवनाथ पटेल, जसपा नेपालका जिल्ला सचिव मुर्तुजा अंसारी, बिबेकशिल साझा पार्टीका अध्यक्ष डा. शुशिल साह, संचालक समिति सदस्य सुरेरेश  मोदक, श्रीप्रसाद पासवान, पुर्व जिल्ला सभापति छठु प्रसाद यादव, नगर खेेलकुद विकास समितिका अध्यक्ष एम समिउल्लाह, पु्र्व क्याम्पस प्रमुख राजेशवर अचार्य लगायतका उपस्थितिसँगै शुभकामना मन्तव्य व्यक्त गरेका छन्।

    वार्षिक अवसरमा  भलिवल, फुुटबल, सतरंज, व्याडमिन्टन, हाईजम्प, लंग जम्प, टेबल टेनिस जस्ता विभिन्न १४ वटा खेल विद्यामा विद्यार्थी सरोज दास , विशाल पटेल लगायतकालाई प्रथम द्धितियलाई प्रमाण पत्र तथा परस्कार वितरण गरिएको हो।

    कार्यक्रम क्याम्पस संचालक समितिका अध्य्यक्ष जंगबहादुर चौरसियाकि सभापतित्वमा सम्पन्न भएको छ भन्ने स्वागत मन्तव्य सह प्रध्यापक अमीत मिश्रा तथा क्याम्पसको शैक्षिक अवस्थाबारे क्याम्पस प्रमुख तिमिल्सेनाले प्रकाश परेका हुन्।

  • रामराजा क्याम्पसले प्रहरी उपरिक्षक खडकालाई दोसाला ओढाएर गरे सम्मान

    रामराजा क्याम्पसले प्रहरी उपरिक्षक खडकालाई दोसाला ओढाएर गरे सम्मान

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक पत्रिका

    १५ पुस,कलैया —  बाराका प्रहरी उपरिक्षक महेन्द्र खडका आज एक कार्यक्रमका बिच  सम्मानित भएका छन्।

    क्यापसले आफॐनो ४३ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस तथा १७ औं क्याम्पस सभाको उदघाटन सत्रको अवसरमा एसपी खडका सम्मानित भएका हुन्।

     तत्कालिन क्याम्पस प्रमुख स्व. हरिभुषण कुश्वाहाको हत्यारालाई पक्राउ गरि  रामराजा क्याम्पस परिवार सहित आम नागरिकमा शान्ती सुरक्षा प्रत्याभुति दिलाएकोमा अदमय साहस र कर्तव्यको कदर गर्दै  क्याम्पस संचालक समितिका अध्यक्ष जंग बहादुर चौरसिया एसपी खडकालाई दोसाला ओढाई सम्मान गरेका हुन्।

    २०८० जेठ ३२ गते कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको थियो ।

     सो अवसरमा प्रउ खडकाले स्व. कुशवाहाले फोन गरि गोली हानेको घटना सम्झदै उनले प्रहरीमाथि गरेको विश्वास र भरोसाको दृढ संकल्प लिई मुख्य अभिियुकत सुरेन्द्र कुश्वाहालाई भारत हुदै बिभिन्न ठाँउको प्रयास पछि मोरङग जिल्लाबाट समाउन सफलता मिलौको बताए।

    कुनै अपराधीले अपराध गरिसकेपछि उम्कन नसकिने उनले बताए।

    सो अवसरमा क्याम्पसको बार्षिक उत्सवको शुभकामनासँगै सामाजिक सञ्जालको कुलतमा फसेर साईबर अपराधमा फसेको प्रति सजग गराउदै शिक्षक प्रध्यापकको महत्वपुर्ण भुुमिका रहेको त्यसप्रति गम्भीर हुन आग्रह गरे।

     

  • प्रतिबन्धित लागू औषध ईन्जेक्सन सहित १ महिला पक्राउ

    प्रतिबन्धित लागू औषध ईन्जेक्सन सहित १ महिला पक्राउ

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    १४ पुस, कलैया—

    पथलैया प्रहरीले गएराती करी ब साढे ११ बजेको समयमा बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं- १ पथलैया चोकमा प्रतिबन्धित लागू औषध ईन्जेक्सन सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक महेन्द्र खडकाले आज पत्रकार सम्मेलन गरि जानकारी गराएका छन्।

    पक्राउ पर्नेमा बसमा सवार जिल्ला रौतहट कटहरिया नगरपालिका – ७ बस्ने अं.वर्ष २१ की मुस्कान कुमारी दास रहौकी छन्।

    उनीबाट नोरफिन-१२०० पिस इन्जेक्सन , ड्राइजोपाम-१२०० पिस इन्जेक्सन र फेनारगल-१२०० पिस इन्जेक्सन  गरि जम्मा १२ डब्बा (३,६००/- पिस) बरामद गरिएको प्रहरीले बताएका छन्।

    प्रहरी चोकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई लगी रहेको लागू औषध बरामद गरीएको जनाईएको छ।

    लागू औषध ओसारपसार कार्यमा संलग्न रहेकी १ महिला समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • कारभित्रको मृतक रुम्बा हत्या आरोपमा ९ दिन मै प्रहरी अधिकृत सहित तीनजना पक्राउ, अपराधी जो भएपनि नछाडिने- प्रउ खडका

    कारभित्रको मृतक रुम्बा हत्या आरोपमा ९ दिन मै प्रहरी अधिकृत सहित तीनजना पक्राउ, अपराधी जो भएपनि नछाडिने- प्रउ खडका

    संवाहक

    अनलाईन/  राष्ट्रिय दैनिक

    १४ पुस, कलैया– कारभित्र मानिस मृतक फेला परेका घटना पेचिलो बन्दै गएको ९ औं दिन मै प्रहरीले हत्या आरोपितलाई समाउन सफल भएकोले बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाको कार्यकुश्लताले जनमानसमा प्रहरी माथिको भरोसा बढेको छ।

    गत पुस ६ गते विहान सावा ९ बजेको समयमा कारभित्र मृत अवस्कथामा फेला परेका राज कुमार रुम्बाको घट्नाको आरोपित तीन जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कलैयामा प्रहरी उपरिक्षक महेन्द्र खडकाले आज पत्रकार सम्मेलन गरि सार्बजनिक गरेका छन्।

    पुर्व रिसिईबि र चोरी (लुटपाट) गर्ने उद्देश्य कारण मान्छे मार्ने सम्मको सो घटना भएको सम्मेलनमा जानकारी गराईएको हो।

    हत्यामा संल्गन भनिएको आरोपित पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका – १९ घर भई हाल वडा नं.- १ स्थितमा दिनेश सुवेदीको जग्गामा जय माँ इन्जियरिङ वर्कसपको संचालक वर्ष २७ को पुरुषोत्तम कुमार दास र सोही ठाँउ बस्ने वर्ष २० को ईन्द्रजित कुमार चौहान रहेका छन्।

    उनिहरुको साथबाट  बरामद भएका दशीका समानहरू मृतकले घाटीमा लगाएको सुनको सिक्रि थान-१, प्रतिवादी पुरुषोत्तम कुमार दासको वर्कसपबाट निजले लगाउने गरेको जिन्स पाईन्टको खल्तीबाट बरामद गरेको प्रहरीले बताएको छ।

    त्यस्तै , मृतक  रूम्बाको पर्स थान-१, आरोपित दासको कालो रंगको CAT लेखिएको झोला भित्र बाट बरामद भएको बताईएको हो।

    साथै आरोपित दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईक थान-१ बरामद भएको प्रउ खडकाले बताएका छन्।

    यसैगरि, जिल्ला महोत्तरी जलेश्वर नगरपालिका – ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी समेत रहेका छन्।

    हत्या बरदातमा अधिकृत तिवारीको गाडी प्रयोग भएकोले र मृतक परिवारले किटानी जाहेरीमा तिवारीको नाम दिएकोले अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको प्रउ खडकाले जनाएका छन्।

    संकित व्यक्तिहरूबाट मोबाईल- ६ थान बरामद भएको र घटनाको सूक्ष्म अनुसन्धान भईरहेको उनको भनाई रहेको छ।

    घटनामा प्रहरी अधिकृतको नाम जोडिएकोले उसको बचाउको प्रयासको भईरहेको पिडित परिवारको आशंकाको प्रश्नमा घटनामा जो दोषी भए पनि कसैलाई नछोडिने उनले यस्तो बताएका हुन्।

    जितपुर सिमरा उपमहनगरपालिका वडा नं.-११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक खण्डको छेउमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको ग्रे रंगको EV कारमा चालक बस्ने सिटमा रुम्बा मृत अवस्त्थाामा प्रहरीले फेेला पारेका थिए ।

    एक जना मानिस वेहोस अवस्थामा छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट तत्काल घटना स्थलमा प्रहरी पुगी अनुसन्द्धाा थालेेका थिए।

    बारा जितपुर सिमरा उपमहानगरपालिका -१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई हाल विमान स्थल (एयरपोर्ट) मा सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी थिए ।

    शवख पोष्टमार्टम पछि टाउकोबाट गोलीको बुलेट थान-१ (एक) फेला परेको हुनाले मृत्युको कारण Gunshot injury to the head भनि शव परिक्षण प्रतिवेदनबाट खुलि आएको प्रउ खडकाले जानकारी गराएका छन्।

    उक्त घटनाको सूक्ष्म अनुसन्धान गर्दा बरामद दशीका समानहरू सहित पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भई जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट भई  रहेको प्रहरी पवक्ता एवम् सूचना अधिकारी प्रकाश साकोटाले  जानकारी गराएका छन्।

    वास्तविक दोषीलाई बचाउन र नोर्दोषलाई फसाउनलाई घटना बंगयाउन खोजिएको मृतक पिडित परिवारको आरोप रहेको प्रश्नमा स्पष्ट पार्दै प्रहरी कसैलाई जोगाउन नकि अपराधीलाई कानुनको कटघेरामा उभ्याउन कुनै कसर बाँकी नराख्ने उनले बताएका छन्। यो सब मिथ्या आरोप हो , अपराधी जो सुकै होस् त्यसलाई कार्यवाही हुन्छ, प्रहरी कहिलै चुुक्दैन। प्रउ खडकाले बताएका छन्।

    उक्त घटनाको पारम्भिक अनुसन्धानमा ईलाका प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवि दाहालको नेतृत्वको प्रहरीलाई कमाण्डिङग गर्दै  प्रहरी उपरिक्षक महेन्द्र खडकाले सूक्ष्म अनुसन्धान गरि घटनाको अभियुक्तलाई पहिचान गरि समाउन सकेको बताईएको छ।

    यश अघि रामराजा क्याम्पस कलैयाका तत्कालिन क्याम्पस प्रमुख हरिबभुषण कुश्वाहाको हत्याका मुख्य नाईकेलाई पक्राउ गरिसकेका उनी  नागरिकको मन जित्न सफल वराका एसपी महेन्द्र खडका हुन्।

     

  • भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन

    भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन

    ११ पुस, काठमाडौं —  भारतिय कांग्रेसका बरिष्ठ नेता एवम्  पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।

    सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका सिंह ९२ वर्षका थिए ।

    सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

    अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ ।

    मेडिकल बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो । बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’

    सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।

  • अधिकारी र कार्कीले २ ट्रक सहित ६८ लाखको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    अधिकारी र कार्कीले २ ट्रक सहित ६८ लाखको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

     संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

     ११ पुस, कलैया—  जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाईका अधिकारी र कार्कीको कमाण्डमा रहेको गस्ति टोलीले झण्डै ६८ लाख बराबरको बिलबिजक नभएको समान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरीले जनाएको छ।
     गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६७ लाख ९६ हजार २९ रूपैया बराबरको विभिन्न समानहरू सहित २ वटा ट्रक नियन्त्रणमा लिईएको हो।
    आज साढे एक बजेको समयमा जितपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिक्ष टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीटोलीले वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको लु १ ख ९५१४ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू. ३१ लाख ८२ हजार ६० रूपैया बराबरको प्लास्टिक व्याग, Water heater, औषधी, ईलाइची लगाएत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ
      यसैगरि, विहिवार सावा १०  बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकमा प्रहरी चौकी पथलैया बाट प्रहरी बरिष्ठ नायब नरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरीटोलीले वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको ना ५ ख ७०५२ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.३६ लाख १३ हजार ९ सय ६९  रूपैया बराबरको हार्डवेयर,मोटर पोर्टस,डाईवेयर वाइल, कल्क  लगायत अन्य खुद्रा समानहरू सहित ट्रक  नियन्त्रणमा लिएको हो।
    चेकिङको क्रममा नियन्त्रणमा लिईएको लाखौको समान आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।
  • डेह्र क्विन्टल लागू औषध गाँजा सहित मो.सा. प्रहरीको नियन्त्रणमा

    डेह्र क्विन्टल लागू औषध गाँजा सहित मो.सा. प्रहरीको नियन्त्रणमा

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    ११ पुस, बारा-–  प्रहरी चौकी श्रीनगर बैरियाले करिब डेह्र क्विन्टल लागू औषध गाँजा सहित भारतिय मोटरसाईकल हिजो पवने १० बजेको समयमा सिम्रौनगढ -७ खजानीबाट नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

    प्रहरी चौकी श्रीनगर बैरियाबाट प्रहरी सहायक निरिक्षक जगदिस प्रसाद यादवको कमाण्डमा खटिएको गस्ति टोलीले सो परिमाण बरााबरको लागू औषध गाँजा बरामद गरिएको हो।

    प्रहरीले गस्ति गर्दै जाने क्रम्मा कोतवाली नहरबाट खजानी तर्फ आउदै गरेको BR 22 AQ 2976 नम्बरको सुपर स्पलेन्डर मोटरसाईकललाई शंकास्पद लागि पछ्याउदै जादा  प्रहरी टोलीलाई देखी तत्काल मोटराईकल छाडी चालक फरार भएको बताईएको छ।

    तर,  उक्त मोटरसाईकलमा लोड ३ बोरा प्लाष्टिकले बेरेको ९ वटा पोका लागू औषध गाँजा बरामद गरी मोटरसाइकल समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यलयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • पवने ३१ लाखको समान जितपुर प्रहरीको नियन्त्रणमा

    पवने ३१ लाखको समान जितपुर प्रहरीको नियन्त्रणमा

    समवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १० पुस, कलैया-बारामा जितपुर प्रहरीले गए राती पवने ९ बजेको समयमा करिब पवने ३१ लाख बाराबरको श्रोत खुलाउन नसकेका बिभिन्न समान नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट प्रहरी नायब निरिक्षक मोह नारायण रायको कमाण्डमा खटीएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ जीतपुर चोकमा उक्त परिमाण बराबरको बिलबिजक नभएको समान बरामद गरेको हो।

    वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ४ ख ३९८४ नम्बरको ट्रकलाई रोकी चेकजाँच गरेका थिए।

    चेकजाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. ३० लाख ६७ हजार ७ सय ९६ रूपैया बराबरको नियन्त्रणमा लिईएको बताईएको छ। 

     उक्ता राजश्व छलीका समान ट्रकमा लोड गरेको कपडा, चना, ब्याट्री र थर्मोकोल दाना लगायत अन्य खुद्रा समानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका निमित सुचना अधिकारी प्रहरी निरिक्षक वलराम श्रेष्ठले जनाएका छन्।