उप प्रधानमन्त्री प्रकाशमान सिंहद्धारा गढीमाई मेलाको अवलोकन तथा निरीक्षणु

दाश पन्न्नालाल दाश पन्न्नालाल 196 Views

संवाहक

अनलाई / राष्ट्रिय दैनिक

 चन्द्रभुषण कुमार 

१८ मंसिर, बरियारपुर,  नेपाल सरकारको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध  बाराको बरियारपुर गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन्।

मंगलबार  शहरी बिकाश मन्त्री सिंह महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई मन्दिरमा माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरिक्षण गरेका हुन् ।

प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ०१ गते देखि सुरु भएको छ । विश्व प्रसिद्ध गढीमाई मेला दर्शन तथा अवलोकन गर्न पुगेका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहले गढीमाई मेलाले बिश्वमै नेपालको एउटा  छुट्टै पहिचान बनाएको बताए।

।उनले भने´गढीमाई दर्शन गर्न आउँदा मनोकामना र आफुले मागेको कुरा पूरा हुन भएकोले आफुले दर्शन गर्न पाउँदा निकै खुशी महसुस गरेको छु । गढीमाई मन्दिर मधेश प्रदेशको मात्र अस्था नभएर यो पुरै नेपालको ठूलो धार्मिक स्थल रहेको छ।

गढीमाई मेला बिश्वमै पशु बलिको लागि प्रख्यात मेला हो । यहाँ नेपाल,भारत लगाएत विभिन्न देशबाट दर्शनार्थीहरु  गढिमाईको दर्शन गर्न आउने गरेको छ । यस बर्षको गढीमाई मेलामा मंसिर २३ र २४ गते पशु बलि दिइने कार्यक्रम तय भएको छ ।

अहिले  गढीमाई मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लागेको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्न आएका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहलाई गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मेलाको ब्यवस्थापन र आवश्यक समाग्री बारे मन्त्रीलाई जानकारी गराए ।

नगरप्रमुख यादवले भने´गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरुले आएर अवलोकन तथा निरीक्षण गर्नु हामी बारा बासिको लागि गर्वको कुरा रहेको बताए ।

प्रतिक्रिया
Share This Article