Author: दाश पन्न्नालाल

  • नेपाललाई ९ समझदारीमा, ९ अर्ब सहायता उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

    नेपाललाई ९ समझदारीमा, ९ अर्ब सहायता उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

    संवाहक 
    अनलाई / राषट्रिय दैनिक

     १८ मसिर, काठमन्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार दुई मुलुकबीच नौवटा सहमति तथा समझदारी भएको छ । यसबाहेक ९ अर्ब रुपैयाँ बजेटरी सहायता उपलब्ध गराउने घोषणा पनि चीनले गरेको छ ।

    ‘हस्ताक्षर भएका आयोजना बीआरआईअन्तर्गत अघि बढाइनेछ,’ भ्रमणमा संलग्न प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले भने, ‘राष्ट्रपतिबाट घोषणा भएको सहयोग छुट्टै हो ।’

    उक्त रकम नेपालले बजेटरी सहायताका रूपमा लिने जनाइएको छ । नेपाल र चीनबीचको पहिलो सहमति टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र पनि आदानप्रदान भएको छ ।

    ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारी, आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा रहेका एक अधिकारीले चीनसँग आयोजनागत रूपमा मात्रै सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको बताए । ‘यी आयोजनाको कार्यान्वयन बीआरआईअन्तर्गत नै हुने भनिएको छ,’ ती अधिकारीले भने । समझदारीपत्रमा भने ती आयोजना बीआरआईअन्तर्गत हुने भन्नेबारे केही उल्लेख छैन । यसबारेमा नेपाली अधिकारीहरूको भनाई स्पष्ट छैन्।

    चिनका राष्ट्रपति सी जिनपिङले नेपाललाई ५० करोड चिनियाँ युआन (करिब ९ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले यस्तो घोषणा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

    भेटका अवसरमा राष्ट्रपति सी ले नेपाली वस्तु चीनमा निर्यात गर्न प्रोत्साहन गर्ने आश्वासनसमेत पाएको भनिएको छ। ‘नेपाल र चीनबीचको सम्बन्ध सद्भाव, सम्मान र सहयोगमा आधारित छ । नेपालको विकास र समृद्धिमा चीनको सधैं साथ रहन्छ,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रका प्रवक्ता ढकालले बताए ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको नेपाल भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति सीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएको प्रवक्ता ढकालले बताए ।

    प्रधानमन्त्री ओलीले छोटो समयमा चीनले विकास र गरिबी निवारणमा हासिल गरेको प्रगति अनुकरणीय रहेको बताएका थिए । नेपालको विकासमा चीनको साझेदारीको अपेक्षा गरेको पनि प्रधानमन्त्रीले बताए । यो भ्रमणले नेपाल-चीन सम्बन्ध अझ प्रगाढ बन्ने सँगै फलदायी भएको बताईएको छ।

     

  • मधेश सरकारले गढीमाई मेलाको लागि प्रदेशमा २३ गते  दिए सार्वजनिक बिदा

    मधेश सरकारले गढीमाई मेलाको लागि प्रदेशमा २३ गते दिए सार्वजनिक बिदा

    संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    सरोज दास

     १८ मंसिर, बरियारपुर– मधेश प्रदेश सरकारले  गढीमाई मेलामा हुने विशेष पुजाको लागि मधेश प्रदेशमा एक दिन सार्वजनिक बिदा दिएको छ।

    बाराको महागढीमाई नगरपालिका वडा – १ बरियारपुरमा लाग्ने विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठले गढीमाई मेलाको लागि विदाको निर्णय गरेको हो।

    मुख्यमन्त्री सतिशकुमार सिंहले गढ़ीमाई प्रति लाखौं श्रद्धालु भक्तजनको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन्।

    प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउनेगरी बिदा दिएको उनको भनाइ छ ।

    मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ३० गतेसम्म चल्ने छ । मंसिर २३ गते रङा र २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम तय भएको मेला ब्यवस्थापन समितिले जनाएको छ ।

    मधेश सरकारको यस्ता निर्णयले आन्तरिक तथा बाह्य धार्मिक पर्यटनमा टेवा पुर्याउनेछ, सँगै गढीमाईको ऐतिहासिक आस्था र  धर्म संस्कृतिलाई मद्दत मिलने भएकोले महागढीमाई नगरपालिकाका नगरप्रमुख एवम् गढीमाई मेला मुल व्यवस्त्थापन समितका अध्यक्ष उपेन्द्र प्रसाद यादवले गढीमाई मेलाको अवसरमा दिइएको विदामा धन्यवाद ज्ञापन गरेका छन ।

  • बारा प्रहरीले सावा ६१ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    बारा प्रहरीले सावा ६१ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    संवाहक

    अनलाईन / राषट्रिय दैनिक

    १७ मंसिर, कलैया— जिल्ला प्रहरी मातहतका प्रहरी इकाईले  गाडी चेेकजाँचको क्रममा आज विलविजक नभएको झण्डेै सावा ६१ लाख बराबरको समान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

    विभिन्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले  गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी, समानको स्रोत खुलाउन नसकेको र आवश्यक कगजात नभएको अं.मुल्य रू. ६१ लाख १३ हजार ८ सय ५५ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

    ईलाका प्रहरी कार्यालय अमलेखगंजले  मंसिर १६ गते ११:२० बजेको समयमा  सिमरा उप-महानगरपालिका वडा – २१ अमलेखगंज चोकमा प्रहरी बरिष्ठ नायब उपरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.३-०१-००५ ख ९४२२ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.३ लाख ३६ हजार ७ सय ७ रुपैया बराबरको चिनी-३५ बोरा, आलु- ६ बोरा, प्याज- ५ बोरा लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिइएको जनाएको छ।

    यसैगरि, ईलाका प्रहरी कार्यालय जीतपुरले
    आज बिहान साढे तीन बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ जीतपुर चोकमा प्रहरी नायब निरिक्षक मोहनारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ८ ख ८२८६ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.३१ लाख ७९ हजार २२ रुपैया बराबरको तिरपाल,मोविल, पसास्टिक सतलि, सुटके, बकरम लगायत अन्य खुद्रा समानहरू समाएको छ।

    त्पस्तै, प्रहरी चौकी पथलैयाले आज बिहान अं.०७:१० बजेको समयमा  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकमा प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०२-०३-००१ ख ३६८९ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.२५ लाख ९८ लाख १ सय २६  बराबरको अटोपार्ट, लालीपप, चनादाल लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिइऐको बताईएको छ।

  • उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरे दर्शन पुजापाठ 

    उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरे दर्शन पुजापाठ 

        संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    १७ मंसिर , बरियारपुर — उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मन्दिरमा विशेष दर्शना तथा पुजापाट गरेका छन्।


    नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरमा आएका उपराष्ट्रपति यादवलाई मन्दिरको मुख्य पुजारी मंगल चौधरीले पुजा गराएको थियो ।
    पुजाआजा पश्चात आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले प्रत्येक पाँच बर्षमा लाग्ने यो गढीमाईको मेला ऐतिहासिक, धार्मिक महत्व बोकेले मेलालाई मर्यादित एवम शान्ति सुरक्षाको प्रत्याभुत गराउने सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका हुन् ।

    मेलामा आउने दर्शनार्थीहरुलाई सहज रुपमा दर्शन गराउने वतावरणको सृजना गर्नुपर्ने बताउदै उपराष्ट्रपति यादवले मेला सहज   मर्यादित रुपमा सम्पन्न होस सबैलाई शुभकामना दिए।

    मेलामा सबै राजनितिक दल, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार जिल्ला बासी एवम देशबासीहरुले यसलाई चासोको रुपमा लिई एतिहासिक रुपमा सम्पन्न गर्नका लागि सबैले अभिभरा ग्रहन गर्नुपर्ने कुरामा जोड दिएका हुन।

    मेलामा नागरिकलाई शुद्ध खानेपानी, सुलभ शौचालय, सित लहरबाट जोगिनका लागि कपडा, आगो ताप्ने व्यवस्था मिलाउन मेला समितिलाई निर्देशन समेत दिए ।

    मेलामा कुनै प्रकारको कमीकमजोरी नहोस त्यसका लागि सुरक्षा निकाय सहज र सचेत हुनु पर्दछ उपराष्ट्रपति यादवले भने । मेला सभ्य भव्य र मर्यादित बनाउन सबैको सहयोग आवश्यक रहेकोले  राज्यले सहयोग गर्ने कुरा बताउदै मेलाको सफलताको शुभकामना दिएका छन्।

  • प्रहरीले पवने ६६ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    प्रहरीले पवने ६६ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

          संवाहक

      अनलाईन  / राष्ट्रिय दैनिक

    १६ मसिर, बारा — प्रहरीले गाडी चेेकजाँचको क्रममा श्रोत बिलबिजक नभएको झण्डेै पवने ६६ लाख बराबरको समान क्रउ गरेको बारा प्रहरीले जनाएको छ।

    आज ०९:२० बजेको समयमा प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकमा बिराटनगरबाट रूपन्देही तर्फ जादै गरेको प्र.०१-०४-००१ ख ००६८ नम्बरको ट्रकलाई रोकी चेक जाँच गरेका थिए।

    चेकजाँच गर्दा बिलबिजक भन्दा बढी, समानको स्रोत खुलाउन नसकेको र आवश्यक कागज पत्र समेत नभएको अं. मुल्य रू. ६५ लाख ६० हजार २ सय ९० रूपैया बराबरको ट्रकमा लोड गरेको मोटरपार्ट, कपडा, मोबिलर पेपर रोल लगायत अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापमोटाले जानकारी गराएका हुन्।

  • बारा प्रहरी द्धारा ४ जना फरार प्रतिवादीहरू पक्राउ

    बारा प्रहरी द्धारा ४ जना फरार प्रतिवादीहरू पक्राउ

      संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १६ मंसिर, कलैया— बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी करार भएका  ४ जना फरार प्रतिवादीहरूलाई आज पक्राउ गरेको छ।

    प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय मातहतका  प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले  जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका मुद्दामा बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट आज पक्राउ गरी आवश्यक कारवाहीको लागी  अदालत  दाखिला गरिएको प्रहरीले बताएको छ।

    पक्राउ पर्नेमा निजगढ नगरपालिका -१ नमुना बस्तीका चन्द्र बहादुर बि.क. चोरी कसुरमा २ महिना कैद र रु ५ जरिवानामा विगो भर्न र कैद भुक्तान नगरी फरार रहदै आएका थिए।

    त्यस्तेै, सोही नगरपालिका वडा नं-८ का सन्तोष प्रसाद चेक अनादर  ३ हजार जरिवाना, वडा -११ का सुकुमार गुरो चोरी संरक्षित बन्यजन्तु हात्तिको दह्रा (आखेटोपहार ओसार पसार गरेको) ५ वर्ष ३ महिना कैद र ५ लाख जरिवानामा रमहागढीमाई नगरपालिका – २ भन्सिया टोलका भुपेन्द्र प्रसाद यादव चेक अनादरमा १ हजार ५ जरिवानामा फरार रहेका थिए।

    पक्राउ परका ४ जनालाई दालतमा दाखिला गरिएको प्रहरी प्रवक्ता एवम डिएसपी प्रकाश सापकोटाले जनाएका छन्।

  • गढीमाई लक्षित जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न, “हामिले नगरे कसले गर्ने, यहाँ नगरे कहाँ गर्ने, अहिले नगरे कहिले गर्ने? – सिडियो अधिकारी

    गढीमाई लक्षित जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न, “हामिले नगरे कसले गर्ने, यहाँ नगरे कहाँ गर्ने, अहिले नगरे कहिले गर्ने? – सिडियो अधिकारी

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनि

    १६ मंसिर, कलैया— गढीमाई मेला लक्षित विपदको व्यवस्थानको लागि आज बारामा जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।

    1. गढीमाई मेलालाई उत्कृष्ट र अनुकरणिय बनाउन विपद न्युनिकरण गर्न हाम्रो लागि अवसरको रुपमा प्राप्त भएको छ सो हामी जिम्मेवार पदाधिकारीको हैसियतले “हामिले नगरे कले गर्ने? यहाँ नगरे कहाँ गर्ने? अहिले नगरे कहिले गर्ने?” बोद्धयुक्त अभिप्राय स्मरण गराउदै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले यस्तो बताएका हुन्।

    विपदका जोखिमलाई मनन गर्दै महागढीमाई  नगरपालिकामा शुरु भएको पञ्चवर्षिय मेलाको  जोखिमको हिसाबले त्रुटि रहित बनाउन सक्नु हामी सम्पुर्णको  ठुलो सफलता र उपलब्धी हुने प्रजिअ अधिकारीले भने।

    मेला अब नव दिन मात्र हो। मेलामा सुरक्षा चुुनौतीका रणनितिक योजना र विपदको पु्व जोखिमलाई आकलनमा पुर्व तयारीमा जुटनुको विकल्प नरहेको उनले जोड दिए।

    स्थानिय प्रशासन ऐनले दिएको  सुशासन र भ्रष्टाचार नियन्त्रण , सेवा प्रवाहमा समन्वय बिकास निर्माणमा सहजिकरण र सुरक्षा  ४ वटा अधिकारले कलैया प्रादेशिक अस्पताललाई सुधार्नु पर्ने उठेको  स्वास्थ्यको प्रसङमा यस्तो प्रजिअ अधिकारीले यस्तो बताएका हुन्।

    जिल्लाका १६ वटै पालिकाको प्रमुख / अध्यक्ष सहितका सरोकारवाला कर्मचारी सहभागिता रहेकि उक्त समितिमा सवास्थ्य,  चिसो मौसम भएकोले हुस्सु कुहिरोमा दर्सदानर्थओको लागि न्यानो व्यवस्थापनमा दाउरा , कम्बल , नि:शुल्क स्वस्थकर भोजन र व्यवस्थित टेन्टमा बास्थान बाते छलफल भएको हो।

    सर्कस,थिएटरमा बालबालिका र केटी नचाउने देखि अन्य उक्षृङखल र नकारात्मक कार्य नहुन दिन प्रति सुक्ष्म निगरानी गरिनुको साथै मौतका कुवाँ ठुला पिङ ( झुला) खेेल तमासामा हुनसक्ने दुर्घटनाको जोखिम प्रति चिन्तन गरिएको छ।  जुवातास खुल्ला मदिरा  बेेचबिखनले समेत सुरक्षा चुनौति थप्ने प्रति सचेतना अपनाउन सुझाएका हुन्।

    लाखौको भिडमा हुकिङले बिधुत सर्किट भई जाने जोखिम ठुुलो चुनौतिको रुपमा रहेको औल्यागदै बैठक मै बिधुतका इन्जिनियर ऋषि बर्णवाललाई सुरक्षित तरिका अपनाउन प्रजिअ अधिकारीे निर्देशन समेत दिए।

    मेलामा खानेपानी  र बलिको लागि ल्याईने पशु रोगी नछिरोस् तर्फ भेेटनरीका पसदु चिकित्सकलाई तोकिएको सिम्रौनगढ, कवहि गोठ, झरौखर , वद्धशाला स्थल, लगायत छव वटै नाकामा क्वारेनटाईनमा राम्रो चेेकजाँचमा कडाई गर्न बताईएको छ।

    यससँगै मन्दिर नजिक पोखरीमा भिडमा भागदौड मचिएर डुबेर हताहत हुने जोखिमलाई नियाल्दै शसस्त्र प्रहरी बलले विपदको लागि बोर्ट र डिलमा घेेरावार लगाउने तयारी थालेको जानकारी गराएको छ।

    यसैगरि, प्रहरी उपरिक्षक महेन्द्र खडकाले मेलामा पकेटमार र मनोरञ्जनका साधनमा हुने सुरक्षा चुनौति छ। पिङ मौतको कुवाँमा नटबोल्ट ढिल्ला वा खसेर दुर्घटना हुनु, वा बलिको लागि ल्याउदैबगरेका राङा (पाडा) भिडमा अनियन्त्रित भई भाग्ने जोखिमले मान्छेमा ज्यानको खतरा समेत रहेको चििन्ता जाहेर गरेका छन्।

    र कानुनले वर्जित मेलामा कुनै पनि कार्य जुवातास घरेलु मदिरा विक्रिबितरण जबरजस्ति असुली जस्ता कार्यलाई नगर्न भन्दै यस्तोबगरेको पाईए कार्यवाहीको भागिदार हुने प्रउ खडकाले सचेत गराएका हुन्।

    मेलामा खेेलतमासा सरकस थिएटरमा अनैतिक गतिविधि अमान्य कार्यको अनुगनम निरिक्षणको लागि सहायक प्रमुख जिल्ला अधुुकारी छविेरमण भट्टराईको संयोजकत्वमा प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा, नेपाली सेना,सशस्त्र प्रहरी, अनुसन्धान कार्यालय लगायतका टिमले कानुनको पालना वा सुरक्षाको गाईडलाईन माने नमानेको सुक्ष्म निगरानी गर्नेछ। यसरी अटर गरेको पाईए तत्कालेै कार्यवाही गरिने बताईएको छ।

    समितिको बैठकमा नेकपा एमाले बारा अध्यक्ष अध्यानन्द पाण्डेले दक्ष चिकित्सकको स्वास्थ्य शिविर एम्बुलेन्स सहित राख्नु पर्ने सुझाएका थिए।

    प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा १६ वटै पालिका नगर प्रमुख , गाँपालिका अध्य्यक्ष, कार्यालय प्रमुख सहित सरोकारवालाको आईपर्ने विपदको पुर्व अनुमान र तयारीमा जुटन व्यवस्थापनको लागि बसेको बैठकमा जितपुरसिमरा उप महानगरपालिकाका नगर प्रमुख राज पौडेल, निजगढका नगर प्रमुख सुरथ पुरी, कोल्हबी नगरका नगर प्रमुख रामप्रसाद चौधरी, बारागढीका गाँउपालिका अध्यक्ष अशोक जयसवाल, परवानीपुर गाँउपालिकाका अधयक्ष रामक्षत्रि पटेल, रास्वपाका चन्दन स्वर्णकार लगायत रेडक्रस, स्वास्थ्य कार्यालय, प्रादेशिक अस्पताल, बन कार्यालय, खानेपानी संस्थान, विददुत प्राधिकरण, पशु कार्यालय लगायताकाले सुझाव सहित आफ्ना धारणा राखेका थिए।

    समितिको बैठकमा सहायक प्रजिअ, सशस्त्र प्रहरी बल, नेपाली सेना, अनुसन्धानका कार्यालयका उप प्रमुख, जिल्ला प्रशासनका नायब सुबा रतन स्याङताङ लगायतका उपस्थिति विभिन्न दल र स्थानिय तहका प्रतिनिधिको उपस्थिति रहेका थिए ।

     

  • गढीमाई मेलामा ओम शान्तिको शिविरको मेयर यादवद्धारा उदघाटन

    गढीमाई मेलामा ओम शान्तिको शिविरको मेयर यादवद्धारा उदघाटन

      संवाहक

      अनलाई / राष्ट्रिय दैनिक

    १५ मंसिर,बरियारपुर— बाराको महागढीमाई नगरपालिका १ स्थित  गढीमाई पञ्चवर्षिय मेलामा ओमशान्ति शिविरको उदघाटन भएको छन।

    ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैया बाराद्धारा आयोजना गरिएको १२ ज्योतिर्लिङ्ग दर्शन, चैतन्य झाँकी, कैलाश पर्वत दर्शन तथा प्रवचन कार्यक्रमको शनिवार एक कार्यक्रमको आयोजना गरि महागढीमाई नगरपालिकाका मेयर तथा  गढीमाई पञ्चवर्षिय मेला संचालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले उदघाटन गरेका हुन ।

    बलीमा विश्व प्रसिद्ध गढीमाई मेलालाई भव्य र सभ्य बनाउन सबैको सहयोगको अवश्यकता रहेको छ, उन्ले भने,‘ आ–आफनो तह तपकाबाट मेला भव्य र सभ्य रुपमा लगाउन मेला संचालन तथा व्यवस्थापन समितिले अपेक्षा राखेको छ ।

    विश्व प्रसिद्ध मेलामा आउने भक्तजनहरुको सुविधाको लागि मेला संचालन तथा व्यवस्थापन समिति लागि परेको छ । भक्तजनहरुलाई कुनै किसिमको असुविधा नहोस भनेर विभिन्न उपसमितिहरु निर्माण गरिएको उनलेे बतसएका छन् ।’

    ओम शान्तिले समाजका लागि राम्रो काम गर्दै आएको छ उहाँले भन्नुभयो,‘स्वच्छ एवं स्वस्थ्य समाजका लागि ओमशान्तिले जहिले पनि महत्वपूर्ण योग्दान दिदै आएको उनले जानकारी दिए ।
    शिविर मेला अवधि भरि संचालन हुने ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैयाका प्रमुख मिना दिदीले बताईन ।

    ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैया बाराको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता ब्रहमकुमारी राजयोग सेवा केन्द्र बीरगंजका क्षेत्रिय संचालिका रविना दिदीको रहेको थियो भने संचालन सुष्मा बहनले गरेकी थिईन ।

  • मधेश गृह मन्त्री लेखिद्धारा गढीमाई मेला अवलोकन निरिक्षण तथा सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखसँग छलफल

    मधेश गृह मन्त्री लेखिद्धारा गढीमाई मेला अवलोकन निरिक्षण तथा सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखसँग छलफल

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १५ मंसिर, बरियारपुर—  मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले बाराको गढीमाई मेलाको आज अवलोकन निरिक्षण साथै सुरक्षा व्यवस्थाबारे सुरक्षा अंंगका प्रमुखसँग छलफल गरेका छन्।

    मधेश प्रदेशमा मंसिर मै एउटै समयमा जनकपुरको विवाहपञ्चमी मेला र बरियारपुरको गढीमाई मेलाले सुरक्षा चुनौतीलाई मध्यनजर गरि सुरक्षा प्रदान गर्न मधेश सरकार कटिबद्ध रहेको छ, उनले प्रदेशका चारटै सुरक्षा अंगका प्रमुख डिआईजी र जिल्लाका प्रमुखसँग सुरक्षा चुनौती र रनितिबारे छलफल र जानकारी लिएका हुन्।

    महागढीमाई नगरपालिकाले आयोजना गरेको विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेला बारे राय सल्लाह तथा सुझाव संकलन कार्यक्रममा सकेपछि सो कुराको जानकारी मेलाबारे धारणा राख्न पत्रकारसँग साक्षात्कार गरेका थिए।

    अयोध्याको राम मन्दिरमा दैनिक दुई अढाई लाख पर्यटक अवलोकन भ्रमण गर्ने प्रसङ्ग निकाल्दै यहाँ पनि प्रत्येेक पाँच वर्षमा किन ? पहरेक बर्ष किन? प्रतिप्रश्न गर्दै प्रत्येक दिन जनकपुर यश गढीमाई मन्दिरमा कम्तिमा पचास हजार वा बीस हजार सम्म पर्यटक तान्ने वातावरण बनाउन सर्बे गरि त्यो अनुसारको तयारीमा जुटन जरुरी ेेहौको ब मन्त्री लेखिको धारणा रहेको छ।ए

    लाखौको भिड लाग्ने गढीमाई मेेलामा सुरक्षा चुुनौती महत्वपुर्ण पाटो रहेेको छ। गढीमाई मेलामा हामी सोचे भन्दा बढि सुरक्षा व्यवस्था राम्रो रहेको मन्त्री लेखी बताएका डन्।गढीमाई मन्दिर विकास र मेला भव्य सभ्य बनाउन प्रदेश सरकारले कुनै कसर बाँकि नराख्ने उनले बताए। तीन तहको सरकार छ , लोकतन्त्र आएपछि धेेरै परिवर्तन देख्न पाईएको छ। सबै मिली भिजनका साथ कार्य गर्न आवश्यक रहेको छ।

    महागढीमाई नगरपालिका-१ स्थित बरियारपुरमा विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ देखि विधिवत शुरु भएको छ। मेलामा बलि चढाउने दिन नजिकिदै जादा दर्शानार्थीको भिड बढदै गएको छ।

    मेला समितिले पसलको लागि स्टल बनाई सकेको छ भन्ने मनोरञ्जनका साधनहरु पूरा हुन अन्तिम चरणमा छ।

    गढीमाई मेलाको अवलोकन तथा निरीक्षण पछि महागढीमाई नगरपालिकामा आयोजित छलफल कार्यक्रममा प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री लेखिले मधेश धार्मिक पर्यटकिय स्थलको रुपमा रुपान्तरित गर्न प्रयास हुनु पर्दछ, बताएका छन्।

    हरेक पाँच पाँच बर्षमा लाग्ने गढीमाई मेलामा दर्शनार्थीहरुको धेरै भिड हुने गरेकोले सुरक्षा ब्यवस्थापनमा कुनै कसर बाकी नरहने मन्त्री लेखिले बताए ।बिवाह पन्चमीको अवसरमा जनकपुरमा समेत ठूलो मेला लाग्ने भएकोले अहिले प्रदेश सरकारको ध्यान जनकपुर र बरियारपुरमा लाग्ने गढीमाई मेलामा केन्द्रित रहेको समेत मन्त्री लेखिले बताए ।

    गढीमाई धार्मिक र पर्यटकीय हिसाबले पनि एउटा ठूलो अस्था बोकेको मन्दिर रहेकोले यसको संरक्षणमा संघ सरकार र प्रदेश सरकारको ध्यान अहिले केन्द्रित रहेको मन्त्री लेखिले छलफलको क्रममा बताए ।

    मंसिर ०१ गते देखि सुरु भएको बिश्व प्रसिद्ध गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि महागढीमाई नगरपालिकाको नगरप्रमुख एवम् मेला मुल समितिका अध्यक्ष उपेन्द्र यादव लगायतका टोलीले दिनरात एक गरेर मेलाको ब्यवस्थापनमा कुनै कसर बाँकी नरहने काम गर्नु नै मेलाको ठूलो सफलता रहेको समेत मन्त्री लेखिले सराहना गरेका हुन् ।

    मन्त्री लेखिले गढीमाई मेलाको ब्यवस्थापन के कसो भईरहेको छ यहाँ थप के आवश्यक छ भन्ने बिषयमा नगरप्रमुख यादव संग जानकारी समेत लिएको छ । गृह मन्त्रालयको टोली सहित सुरक्ष अंगका प्रमुखसँग मेलामा सुरक्षा चुनौतिलाई  सहज बनाउन निर्देशन समेत दिएको बताएको छ। मन्त्रि सहितको टोलीलाई मेयर यादवले स्वागत गरेका थिए।

     

     

  • बारा प्रहरीद्धारा ३ जना फरार प्रतिवादीहरू पक्राउ

    बारा प्रहरीद्धारा ३ जना फरार प्रतिवादीहरू पक्राउ

    संवाहक 

    अनलाई  / राष्ट्रिय दैनिक

    १४ मंसिर, कलैया– बारा प्रहरीले बिभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजय जरिवाना पाएका ३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  छ।

    प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय  मातहतका प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका  मुद्दामा बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट आज १४ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा विश्रामपुर गाँउपालिका -१ का बिनय कुमार पटेल चेक अनादर कसुरमा जरिवाना रु १ हजार, फेटा गाँउपालिका – ३ कारामनरेश बैठा धोवी चेेक अनादर कसुरमा रु १ हजार जरिवाना र

    करैयामाई गाउँपालिका -४ का पंचन कुमार महतो चेक अनादर कसुरमा रु ५ सय जरिवाना अदालतबाट पाएर फरार रहदै  लुकिछिपी  बस्दै आएकोमा पक्राउ गरि अदालतमा दाखिला गरिएको प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।