१५ किलो लागू औषध गाँजा सहित २ जना भारतीय पक्राउ

 संवाहक 

अनलाईन/ राष्ट्रिय दैनिक

२ पुष, बारा—  अमलेखगंज प्रहरीले आज विहान ५ बजे १५ किलो लागू औषध गाँजा सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा बाट प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले  जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंजमा कारमा लावु औषध गाजा सहित मानिसलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा चालक  भारत, बिहार राज्य, जिल्ला पूर्वीचम्पारण, मोतिहारी थाना, गोबिनगंज ग्राम पंचायत मुरा वडा नं.१४ चनडीस्थान गाउँ बस्ने अं. वर्ष २६ को अखिलेश कुमार साह र
कारमा सवार स.बस्ने अं. वर्ष १९ को राजकुमार पासवान रहेको प्रहरीले जानकारी गराएको छ।

हेटौडाबाट पथलैया तर्फ आउदै गरेको BR 22J-5333 नम्बरको भारतीय प्लेट भएको कार संकास्पद लागी रोकी चेक जाँच गर्दा कार भित्र बिचको सिट मुनि फलामको फल्स बटम बनाई सोही फल्स बटम भित्र लुकाई छिपाई लगीरहेको लागू औषध गाँजा बरामदसँगै कार सहित २ जना भारतीय नागरिक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको निमित सुचना अधिकारी प्रहरी निरिक्षक बलराम श्रेष्ठले जानकारी गाएका छन्।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *