पत्रकार महासंघ बाराका अध्यक्षमा सुवेदी निर्वाचित र उपाध्यक्षमा पन्नालाल दास निर्विरोध

दाश पन्न्नालाल
3 Min Read

नेपाल पत्रकार महासंघ बारा शाखाको मंसिर २८ गते भएको आसन्न निर्वाचनमा अध्यक्ष पदमा रमेश सुवेदी निर्वाचित भएका छन्।

उनका प्रतिस्पर्धी अध्यक्षका उम्मेदवार नेपाल प्रेस युनियनका अध्यक्ष श्यामबाबु प्रसाद यादवलाई ४ मतको मतान्तरले पराजित गरेका हुन्।

नवनिर्वाचित अध्य्यक्ष सुवेदीलाई ७१ मत र निकटतम प्रतिद्वन्दी यादवलाई ६७ मत परेको हो।

कुल मतदाता संख्या १ सय ४४ रहेकोमा जम्मा १ सय ३९ मत खसेको  थियो।

यसैगरि पन्नालाल दास सहित दुई उपाध्यक्ष सहित सचिव , दुई सह सचिव र तीन जना सदस्य यस अघि मंसिर २७ गते निर्विरोध निर्वाचित भईसकेका निर्वाचन अधिकृत निमेश तिमिलसेनाले बताएका छन्।

पुरुष उपाध्यक्षमा  प्रेस चौतारी नेपालका पन्नालाल दास र महिला उपाध्यक्षमा प्रियंका दास निर्विरोध निर्वाचित भएका हुन्।

नव निर्वाचित उपाध्यक्ष दासले पछिल्लो दुई कार्यकाल महासंघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित हुँदै आएका हुन् र  यसपटक पनि उपाध्यक्षमा निर्विरोध भएका हुन्।

महासंघको यो चौथो कार्यभार वहन गर्दासम्म एक चुुनावबाट जितेका उनी पछिल्लो तेस्रो कार्यकाल देखि निर्विरोधको निरन्तरता पाएका छन्।

यसैगरि आज भएको मतगणको मतपरिणाम अनुसार कोषाध्यक्ष पदमा रन्जन यादव एक मतले निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दि अनिल पाण्डेले कडा टक्कर दिएका थिए। प्रेस सेन्टर नेपालका अध्यक्ष यादवले ७० मत तथा स्वतन्त्र उम्मेदवार पाण्डेले ६९ मत पाएका हुन्।

यस्तै, सचिवमा  पुष्पराज खतिवडा, सह  सचिव (खुल्ला) ईन्दिप कोईराला र समावेशीमा दुश्यन्त चौधरी निर्विरोध भईसकेका छन्।

यस्तै, महिला सदस्यमा तुलसा घिमिरे, दलित सदस्यमा शर्मालाल बैठा, अल्पसंख्यक सदस्यमा नुरआलम मंसुर , जनजातीमा धिरेन्द्र पनुहर  र मधेशी सदस्यमा धिरेन्द्र तिवारी निर्विरोध निर्वाचित भईसकेका छन्।

त्यस्तै आज भएको ७ सदस्यको लागि निर्वाचनको मतपरिणाम अनुसार प्रहलाद तिमिलसेना १ सय २ मत, चन्दन कुमार मेहता र राहुल गुप्ता द्वयले ९७ मत प्राप्त गरेका छन् भन्ने जिउत यादव ९६ मत, नवीन चौधरी ९३ मत , प्रभु यादव ९२ मत पाई निर्वाचित भएका छन्।

यसैगरि, नरेश गु्प्ता र नारायण पौडेल द्वयले ८१ मत बराबर प्राप्त गरेका निर्वाचन समितिका सदस्य रुद्र धितालले जानकारी गराएका छन्।

कार्यसमितिको  ७ सदसिय समिति निर्वाचित हुने भएपनि गुप्ता र पौडेलले बराबर मत पाएकोले गोला प्रथाबाट टुङ्गो लगाईने वा आधा आधा कार्यकाल बाँडफाँड गर्ने यसको निर्णय प्रदेश र केन्द्रको मतगणना भईसकेपछि निर्केयौलमा पुगिने निर्वाचन समितिका सदस्य अधिवक्ता केसरीले जनाएका छन्।

कुल खसेको मतमा एक अध्यक्ष र एक  सदस्यको मत बदर भएको निर्वाचन सनितिका अधिवक्ता परमहंश केसरीले जानकारी गराएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *