Author: दाश पन्न्नालाल

  • दलितहरु राज्यको मुलधारमा समावेशि सहभागिताबाट वञ्चित, राजनितिक, सामाजिक र आर्थिक अवस्थाको कारण राज्य उदासिन ।अब आन्दोलन अपरिहार्य – दलित अगुवा राम

    दलितहरु राज्यको मुलधारमा समावेशि सहभागिताबाट वञ्चित, राजनितिक, सामाजिक र आर्थिक अवस्थाको कारण राज्य उदासिन ।अब आन्दोलन अपरिहार्य – दलित अगुवा राम

    कलैया- सरकार फेरिए पनि दलितको अवस्था दिनप्रतिदिन खस्किदो अवस्थामा रहेको भन्दै बाराका दलित संघर्ष समितिका सह संयोजक तेजनारायण रामले आन्दोलनको विकल्प नरहेको बताएका छन्।

    २०७२ को संविधान लागू भएयता संघिय सरकारको नियत दलितको उत्थान र राज्यको मुलधारमा ल्याउन नियत सफा भएन्।

    स्थानिय सरकार पनि दलित समुदायको व्यवस्था र अवस्था परिवर्तन गर्न ०७४ र ०७९ गरि दोस्रो कार्यकाल भईरहदा स्थानिय स्त्तरमा दलितको जनसंख्याको आधारमा न बजेट दिन्छ नत मुद्दा सम्बोधन गर्न चांसो देखाएका छन् ,रामले संवाहक संवाददातासँग कुरा गर्दै गुनासो पोखेका छन्।

    देश भरमा दलित कुल जनसंख्याको १३.६ रहेकोमा संघिय सांसदमा निर्वाचन क्षेत्रको १६५ मा कम्तिमा ३८ जना र ७५३ स्थानिय तहमा कम्तिमा १०५ स्थानमा दलितको प्रतिनित्व हुनुपर्नेमा राज्य र दलका शिर्ष नेता ईमान्दर भएन्।

    दलमा दलित नेता नभएको होईन तर कार्वाहीको डरले बोल्न नसकेको हो। अहिले दुई ठुल दलको सरकार छ तर सरकारमा प्रतिनित्व संघ र प्रदेशमा शून्य बराबर छ। सरकारले दलितको राजनितिक,सामाजिक र आर्थिक उन्नतिका कुनै ठोस कदम चालेको प्रमाण र विश्वास छैन , उनले थपे।

    संविधानको धारा २४ ले दलितलाई सम्मानपुर्वक बाँच्न पाउने अधिकार प्रत्याभुत गरेपनि त्यो सरकारबाटै व्यवहारमा लागू सकेको छैन्।यसको जिम्मेवार को? दलित मुक्ति संगठन बाराका ईन्चार्ज समेत
    रहेका रामको प्रश्न छ।

    यसरी दलिहरुतको अधिकार थिचोमिचो हुने , अवस्था दिनानुदिन खस्किदो रहेकोले अब अधिकारको लागि उत्पिडन र विभेदबाट उन्मुक्ति पाउनको लागि एक महिना भित्र हुने आन्दोलनमा होमिन र सम्पुर्ण दलितलाई तयार रहनु पर्ने बताए।

  • आदिवासी जनजाति पत्रकार महासंघको रजत जयन्ति

    आदिवासी जनजाति पत्रकार महासंघको रजत जयन्ति

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समिति (फोनिज)ले आज बाराको महागढीमाई नगरपालिका स्थित ऐतिहासिक विश्व प्रसिद्ध गढीमाई मन्दिर परिसरमा २५ औं स्थापना दिवस तथा रजत जयन्ति मनाएको छ। साथेै गढीमाई मन्दिरको लागि एउटा दिवाल घडी प्रदान गेका छन्।

    फोनिजले सो असरमा गढीमाई मन्दिर प्राङ्गणमा सरसफाई गरेको छ। सरसफाईमा नेपाल पत्रकार महासंघ बारा, विभिन्न मिडिया आबद्ध संचारकर्मी, नेपाल प्रहरी , शसस्त्र प्रहरी, गढीमाई मन्दिर विकास तथा संचालन समिति,गढीमाईका पुजारीगण,श्रद्धालु,स्थानिय लगायत सहभागी रहेका छन्।

    रजत जयन्तिको उपलक्ष्यमा गढीमाई मन्दिर विकासमा संचारकरमिको भुमिका विषयक शुभकामाना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
    सो अवसरमा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, फोनिज बारा अध्य क्ष जियालाल चौधरी गढीमाई मन्दिर विकास तथा संचालन समितिका अधयक्ष रामचन्द्र साह तेली, पुजारी शिव चौधरी लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका छन।

    आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष दुश्यन्त चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका संचालन फोनिजका महासचिव बृजमान तमाङ्ग तथा स्वागत मन्तव्य शेखर चौधरीले गरेका हुन्।

  • विरलै देख्न पाईने गोरुबाट धान खेति

    विरलै देख्न पाईने गोरुबाट धान खेति

    दास पन्नालाल- संवाहक डेली
    साउन २६ , कलैया
    बाराको दक्षिणि भेग महागढीमाई नगरपालिका – ९ पिप्राविर्तामा सरिहन धान रोपाईँ गर्न किसानले आजकल विरलै देखिने हलो गोरुले खेत जोत्दै गरेको दृश्यले कृषिकर्मको कठिन परिश्रमलाई पुष्टि गरेको छ।
    हलो गोरु प्राय:दुर्लभ बन्दै गएको छ। ट्रेक्टरले खेती हुन थालेपछि गोरु पाल्न मान्छेले छाडेका छन्।

    ट्रेक्टरबाट जुन खेत जोताई गर्न अप्ठयारो हुन्छ त्यस खेतमा कादो गर्न हलो गोरुको खोजी खुबेै हुन्छ, किसान रामेश्वर दासले बताउनु हुन्छ। पाँछ/ सात टोल चहर्दा मुसहर्नामा बल्ल पाएर (कादोपखार) रोपाईँ सकिन समभव छ, यो न भेटिएको भए केही खेत बाँझो रहन्थे,उनले थपे।

    टायर गाडा जोत्न र आफ्ना निजि खेतवारि गर्न गोरुबाटै गरिने गोरु पालेका किसानले बताए। आफ्नेै कामले फुर्सद हुदैन । ट्रेकटर नपुग्ने खेतमा मान्छे खोज्देै आएपछि आवश्यक्ता हेरि जोतिदिने गरेको छु।

    साउन महिनाको अन्तिम तिर लगभग यस वडामा अगहनी सोना मसुली, बासमति, कतरनी लगायतका धानको रोपाईँ सम्पन्न भएको छ। सिंचाईको प्रयाप्त सुबिधा भएपछि बिधुतबाट मोटरले सिंचाई चाहिने वेलामा खेत गर्न सकिने भएकोले सालको तीन बाली उब्जनी हुने गरेकोले किसान हर्षित छन्।

    सुखि र समृृद्ध किसान सफलतामा महागढीमाई नगरपालिकाको नगर ठुलैबयोग्दान छ। कृषि मिटरको सम्पुर्ण विल नगरपालिकाले तिर्ने योजना लागू गरेपछि नगर प्रमुखा उपेन्द्र प्रसाद यादवको सराहना वडाभरिको किसानमाझमा छ।

  • बंगलादेशका प्रधानन्याधिश हसनले दिए राजिनामा

    बंगलादेशका प्रधानन्याधिश हसनले दिए राजिनामा

    ंवाधाता-संवाहक डेली
    साउन २६ , काठमाडौं
    सतापलट आन्दोलनले सर्वबोच्च अदालतमा न्याधिशको राजिनामाको अल्टिमेटम दिएपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पदबाट राजीनामा दिएका छन् ।

    आन्दोलनकारी विद्यार्थीहरु कोटा प्रणालीको बिरोधमा उत्रेपछि हिंसक प्रदर्शनले प्रधानमन्त्री शेष हसिना देश छोडी भारतमा शरण लिएकी छन्।

    प्रदर्शनकारीको ठुलेै भिडले तीनटै तहका अदालतका न्याधिशको राजिनामाको माग गरि दिउँसो १ बजेको समय तोकि अलटिमेटम दिएका थिए

    उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जनाएको छ ।

    बंगलादेशमा निर्वाचित सरकार आन्दोलनको राप थेग्न नसकि सरकार प्रमुख प्लायन भएपछि नोबेल पुरस्कार विजेता एवम् अर्थशास्त्री महमद युनुसको नेतृत्वमा आन्दोलनरत विद्यार्थी सहितका १७ सदसिय अन्तरिम सरकार गठन भएको छ।

  • सात्विक गढीमाई अभियान सम्बन्धी अन्तरक्रिया

    सात्विक गढीमाई अभियान सम्बन्धी अन्तरक्रिया

    कलैया- संवाहक डेली
    २०८१ साउन १९
    पशु कल्याण संघ नेपालद्धारा आयोजित बाराको कलैयामा सात्विक गढीमाई अभियान विषयक एक दिने मिडियाको भुमिका सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ।

    वलि पशुको होईन , अन्धविश्वासको दिऔ मुल अभिप्रायले गढिमाइ मन्दिरसँग सरोकारवाला सहित नेपाली र भातिय मिडियाकर्मिसँग सो अन्तरक्रिया गरेको हो।

    स्नेहा केयर्सका संथापक स्नेहा श्रेष्टले पशु वलिको सट्टा नारिवल , फलफुल मिठाईले पुजाआजा गर्न्न वा नगदै भेटि चढाई भाकल पूरा हुने सँगै मन्दिर निर्माण विकासमा सहयोग हुने उद्देशय राखेकी छिन्।

    यहि वर्षको मंसिर महिनामा एसियामा ठुलो पशु वलि चढने मेलाको रुपमा विश्वप्रसिद्ध पञ्चवर्षिय मेला लाग्ने छ। गढीमाईको आस्थाले श्रद्धालु भाकल गरेका हजारौ राङ्गा, बोका, हाँस ,कुखुरा लगायतका पशु पंक्षिको वली दिन्छन्।

    सो अन्तरक्रियामा पुर्व भौतिक राज्य मन्त्री कलावति पासवान , महागढीमाई नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत विजय कुश्वाहा, गढिमाई विकास तथा संचालन समितका अध्यक्ष रामचन्द्र साह तेली, पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता लगायतकाले आफ्ना सुझाव राखेका छन् । कार्यक्रमको संचालन नरेश गुप्ता तथा संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

  • ट्रक सहित अबैध समान प्रहरी नियन्त्रणमा

    ट्रक सहित अबैध समान प्रहरी नियन्त्रणमा

    दास पन्नालाल- संवाहक डेली

    बारा, २०८१ साउन २१

    बारा प्रहरीले विभिन्न ठाँउमा चेकजाँच गर्दा राजश्व छलीका लाखौको अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ।

    ईलाका प्रहरी कार्यालय अमलेखगंजले साउन २० गते साढे तीन बजेको समयमा जितपुर सिमरा उप-महानगरपालिका -२१ अमलेखगंज स्थितमा वीरगंजबाट नारायणघढ तर्फ जादै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुबाहक बसमा लोड गरेको अं. मुल्य रू.७ लाख ३३ हजार ५ सय बराबरको बिभिन्न किसिमका मोबाईलको डिस्पले ४८९ पिस नरामद गरेको छ।

    त्यसैगरि प्रहरी चौकी पथलैयााले

    २१ गते डेह्र बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका -१ पथलैया चोकमा रौतहटबाट कास्की तर्फ जादै गरेको प्र.२-०३-००१ ख ०९५६ नम्बरको ट्रकमा लोड गरेको अं. मुल्य रू.५ लाख रूपैया बराबरको (एक ट्रक) प्याज १ हजार किलो  ट्रक सहित नियन्त्रणमा लिईएको

    जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

    जिल्ला प्रहरी मातहतका प्रहरी ईकाइ कार्यालयले गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. १२ लाख ३३ हजार ५ सय रूपैया बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारा पठाईएको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्।

  • फरार प्रतिवादी पक्राउ

    फरार प्रतिवादी पक्राउ

    दास पन्नालाल -संवाहक

    बारा , २०८१ साउन २०,

    बारा प्रहरीले जबरजस्ति करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

    कलैया उप-महानगरपालिका- ६ मदर्शा टोलका २७ वर्षिय ईम्तियाज अंसारीलाई जबरजस्ती करणी मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद अदालतबाट तोकिएको पछि उनी लुकिछिपि बस्दै आएका थिए।

    कारवाहीको सिलसिलामा साउन १९ गते राति अं.  साढे नौ बजेको समयमा अस्थाई प्रहरी पोष्ट बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला अदालत बारा, कलैयामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक  प्रकाश सापकोटा जानकारी गराएका छन्।