व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रहितमा लाग्न आह्वान, दशैंको सुभकमना संदेश : रवि लामिछानेको
काठमाडौं, ४ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा काम गर्ने सोच र सद्बुद्धि सबैमा विकास हुनुपर्ने बताएका छन्।
विजयादशमी, २०८३ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै लामिछानेले मुलुक र नागरिकले सामना गरिरहेको विपत्ति तथा शोकको अवस्थालाई स्मरण गरेका छन्।
उनले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
यस वर्षको दसैँ धेरै नागरिकको मृत्यु, हजारौँ परिवारको विस्थापन र घरबारविहीन हुनुपरेको पीडाबीच मनाउनुपरेको उल्लेख गर्दै उनले यस्तो परिस्थितिमा नेपाली समाजलाई अझ एकताबद्ध बनाउन पर्वले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
सत्यको असत्यमाथि र न्यायको अन्यायमाथि विजयको सन्देश दिने विजयादशमीले समाजमा आशा र सकारात्मक परिवर्तनको भावना जगाउनुपर्ने उनको सन्देश छ। लामिछानेले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको शुभकामना पनि दिएका छन्।
उनले नवदुर्गा भवानीसँग राष्ट्र र जनताको सेवामा समर्पित हुने शक्ति, सद्बुद्धि तथा सङ्कटको सामना गर्ने साहस प्रदान गर्न प्रार्थना गरेका छन्। दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा प्रदान गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0