प्रहरी दिवसको उपलक्ष्यमा बारामा रक्तदान कार्यक्रम सम्पन्न

Oct 13, 2026 - 11:59
 0  14
प्रहरी दिवसको उपलक्ष्यमा बारामा रक्तदान कार्यक्रम सम्पन्न

 कलैया, असोज २७ । ‘रक्तदान, जीवनदान’ भन्ने मूल सन्देशका साथ ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा प्रहरी कर्मचारी तथा स्थानीयहरुले रक्तदान गरेका हुन्।

कार्यक्रममा प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखाले प्राविधिक सहयोग गरेको थियो। रक्तदान जीवन बचाउने महत्त्वपूर्ण मानवीय कार्य भएकाले प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।

 कार्यक्रममा प्रहरी कर्मचारी र स्थानीयको सहभागिताले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्न सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0