उद्योगमन्त्री गौरीकुमारी यादवले दिईन राजिनामा

Sep 10, 2026 - 17:59
Sep 10, 2026 - 18:02
 0  6
उद्योगमन्त्री गौरीकुमारी यादवले दिईन राजिनामा

काठमाडौं, भदौ २५ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

उनले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।

 राजीनामा बुझाएपछि यादव मन्त्रालय पुगेकी थिइन्। मन्त्रालयबाट बाहिरिने क्रममा उनी भावुक देखिएकी थिइन्।

 पछिल्लो समय उपत्यकासहित विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेको भन्दै यादवको आलोचना हुँदै आएको थियो।

बुधबार उद्योग तथा वाणिज्य समितिको बैठकमा ग्यास उद्योगीलाई कडा कारबाही गर्ने अभिव्यक्ति दिएपछि उनी थप विवादमा परेकी थिइन्।

 यादवको राजीनामापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रिक्त भएको छ। राजीनामाको कारणबारे सरकारले औपचारिक जानकारी दिएको छैन।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0