Author: दाश पन्न्नालाल

  • करैयामाईमा ईंगलिश जोन पब्लिक स्कूलको नवनिर्मित भवनको उदघाटन

    करैयामाईमा ईंगलिश जोन पब्लिक स्कूलको नवनिर्मित भवनको उदघाटन

    १४ कार्तिक, कलैया ।  बाराको करैयामाई गाँउपालिका  -८ स्थित नरहीमा ईंगलिश जोन पब्लिक स्कूलको नवनिर्मित भवनको आज एक कार्यक्रमका बीच उदघाटन सम्पन्न भएको छ। सो बोर्डिङ्ग स्कूल एक अबल महिला पुजा फौजदारले प्रिन्सिपलको रुपमा समेत संचालन गर्दै आएकी हुन्।

    २०७० साल देखि भाडामा संचालित सो अंग्रेजी विद्यालयले समुदाय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेकोमा हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा एक समारोहका बिच उदघाटन भएको हो।

    सोही बोर्डिङगका सानी नानी विद्यार्थी राधिका चौधरीले पानसमा बति बालिन भन्ने करैयामाई गापा -८ का वडा अध्यक्ष दिनेश चौधरीको प्रमुख आतिथ्मा जग्गादाता लोकेन्द्र फौजदार सहित गंजभवानीपुरका असई चौेबेले संयुक्त रुपमा रिबन काटी भवनको उधटघान गरेका हुन्।

    वडाअध्यक्ष चौधरीले यस अंग्रेजी बोर्डिङ्गले गुणस्तरिय शिक्षामा एक  नम्बर ल्याओस र अभिभावकलाई बढी भार नथप्न विद्यालय संचालकलाई सुझाएका हुन्।

    बोर्डि्ङ्ग स्कूलले आज देखि आफ्नो निजि भवनमा गुणस्तरिय शिक्षा स्थानिय स्तरमा प्रदान गरिने प्रधानाध्यापक फौजदारले बताएकी छिन्।

    गुणस्तरीय शिक्षा आजको आवश्यक्ता रहेकोमा यस बोर्डिङ्गले दश सालको मिहिनेत र शिक्षाप्रतिको लगावले व्यवसाय नकी डिजिटल बैज्ञानिक तवरले शिक्षा प्रदान गरिने भुपेन्द्र चौेधरीले बताएका छन्।

    यस ग्रामिण भेगका बालबालिका अंग्रेजी शिक्षाको लागि कलैया विरगंज जाने बाध्यता थियो, सोको विकल्पको रुपमा गुणस्तरिय र प्रभावकारी शिक्षा सेवाको रुपमा दिइने प्रतिबद्ध रहेको संचालक चौधरीले बताएका छन्।

    सो  नव निर्मित भवनको उदघाटन सामारोह तथा दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना कार्यक्रममा नेपाल पत्रकार महासघका उपध्यक्ष रामबाबु मेहताले शुभकामना मन्तव्यको क्रममा  प्रत्येक शैक्षिक सत्रमा पाठ्यपुस्तक र पोशाक फेेरिनाले अभिभावकमाथि अनाश्यक भार पर्ने भएकोले यसलाई मनन गरि त्यसो नगर्न सुझाएका हुन्।

    यसैगरि शिक्षककको तर्फबाट अर्जुन चौधरी , अभिभावकबाट जितेन्द्र चौधरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका छन् भन्ने   नेपाल पत्रकार महासंघका सह सचिव एवम् कृपा दैनिकका दुश्यन्त चौधरी, कार्यसमीति सदस्य द्वय पन्नालाल दास र नरेश गुप्ता अतिथि तथा  जनप्रिनिधि अभिभावक र विद्यार्थिहरुको उल्लेख्य उपस्थिति रहेका छन्।

    उदघाटन समारोहमा तयस बोर्षिङ्गका विद्यार्थीद्धारा नृत्य  गान सहित विभिन्न सांस्कृतिक कला प्रस्तुत गरेका छन्। सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रमानन्द चौधरी तथा  संचालन शिक्षक भुपेन्द्र चौधरीले गरेका छन्।

    बारागढी गाँउपालिका र करैयामाई गाँउपालिकाको बिच केन्द्रमा प्रथम र राम्रो संचालित यस बोर्डिङ्गमा सुबिधा सम्पन्न अढाई तल्ले भवनमा कम्पयुटर सहितको प्राविधिक तथा आधुनिक शिक्षामा १९ जना दक्ष शिक्षक शिक्षिकाले साढे ६ सय विद्यार्थीलाई कक्षा पिजि देखि ९ सम्मको पढाइ अब सो भवनबाट संचालन गरिने छ। अगामी दिनमा प्लस टु संचलान गरिने लक्ष्यले सुविधायुक्त विद्यालय  संचालन गरेको संवाहक सँग संचलकले बताएका छन्।

    साढे ८ कट्ठामा फैलिएको विद्यालयमा खेेेलमैदान सहित विद्यार्थी ओसारपसारको लागि बस सुबिधा समेत प्रदान गर्दै आएको छ।

     

  • मेयर यादवले गरे गढीमाईको दान पेटीको रकम सार्बजनिक, ५ जोडि चाँदीको आँखा सहित एक दान पेटीबाट ४ लाख भेटी संकलन

    मेयर यादवले गरे गढीमाईको दान पेटीको रकम सार्बजनिक, ५ जोडि चाँदीको आँखा सहित एक दान पेटीबाट ४ लाख भेटी संकलन

     १२ कार्तिक, गढीमाई।  गढीमाईको इतिहासमा पहिलो पटक महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र  प्रसाद यादवले गढीमाईको मन्दिरमा राखिएको दान पेटिकाको भेेटि संकलन रकमको गन्न लगाई सार्वजनिक गरेका छन्

    गढिमाई पञ्चवर्षिय मेला लक्षित मन्दिर प्राङ्गणमा ४ वटा दान पेटी राखिएको छ। जसमध्ये आज एक दान पेटीको रकम गणना गर्न लगाएका हुन्।

    महागढीमाई नगरपालिका बरियारपुरमा अवस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर विकास तथा संचालनको लागि भेेटी व्यवस्थित गर्न  रणनितिमा आज दर्शनार्थीबाट चढाइएका सो भेेटी रकम संकलनको सार्बजनिक भएको हो।

    गढीमाई मन्दिर प्राङ्गणमा आश्विन १७ गते घटस्थापनाको दिनदेखि कार्तिक ११ गतेसम्म राखिएका ४ वटा दान पेटिका मध्ये मूल मन्दिरको एक दान पेटिकाबाट भेेटीको रकम गन्ति गरि सार्वजनिक गरेका छन्।

     दान पेटी मध्ये एक वटाबाट भएको दान रकम  ३ लाख ८७ हजार ४७४ रुपैयाँ नगद  सहित ५ जोडी गढीमाईको चाँदीको आँखा संकलन भएको जनाईएको छ।

    गढीमाई दर्शनाार्थीबाट दिनहुँ दान गरिने रुपैया यसरी अब देखि  पार्दर्शी हुने भएको छ। यश अघि भेटी रकम पुजारीले मात्रै राख्ने गरेकोमा स्थानिय तह सक्रिय भएपछि लाखौ रकमको आंकलन एकिन भएको छ।

    अबदेखि पुजारीले गढीमाईमा चढाईाएको दान रकम सिधै लिन पाईने छैन्। मन्दिर वयवस्थापन पुजाआजाको लागि १० वटा तलबीमाई पुजारिो नियुक्त गरिएको छ। अधििकृत सरह देखु सुब्बा र कजरिदार तहको बराबर तलब पाउने मुल पुजारी शिव चौधरीले जानकारी गराएका छन्।

    चौधरीका पु्र्वज भगवान चौधरी मकवानपुर गढीको जेलबाट यहव स्थापना गरेका हुन्। सोही पालादेखि प्रतयेक पाँच वर्षमा मेला लाग्ने भााकल अनुसार बली चढााउने ईतिहास चल्दै आएको छ।

    गढीमाईलाई श्रद्धाले अर्पण गरेका नगद तथा जिन्सी संकलन रकम नगरवासी लगायत सरोकारवालाको जानकारीको लागि पार्दशी गरािएको छ।

    चार मध्ये बाँकी रहेका भेटी संकल्न दान पेटी मध्ये ३ को भोली  देखि करमशा: गन्ति हुँदै जाने नगरप्रमुख यादवले बताएका छन्।

    दान स्वरुप प्राप्त भएको रकम मन्दिर विकास कोषमा जम्मा गरिने सोको खर्च मन्दिर विकास र पुजारी व्यव्सथापनमा खर्चिने  बताईएको छ।

    गढीमाई मेलाको विधिवत असोज १७ घटस्थापना देखि  निकालिएको शोभायात्रासँगै शुरु भइसकेको छ। बिशौ लाख मानिस मेला भर्न आउने अनुमान छ। हजारौ पशुपंक्षीको वली चढाईाने परम्परा छ। गढीमाईलाई श्रद्धाापुर्वक मनोकमना पुर्तीको भाकल गरेका भक्तजनको कुम्भ नै देखिन्छ।

    मेलामा मंसिर लागेदेखि चहलपहल बढने छ।  मसिर २३ देखि २५ गते विशेष पुजा गरि वलि चढाईानछ।हजारौ पाडा लाखौ बोका सुँगुर  परेवा हाँस मुर्गा लगायत पंक्षिको वली दिईने चलन छ।

    यसपालीको मेलाको शान्ति सुरक्षालगायत सम्पुर्ण व्स्थापनको जिम्मेवारी नगरपालिकाले सम्भालेका छन्।

  • यादव हत्या आरोपमा ५ जनालाई प्रहरीद्धारा पक्राउ, शव सहित कलैयामा प्रदर्शन

    यादव हत्या आरोपमा ५ जनालाई प्रहरीद्धारा पक्राउ, शव सहित कलैयामा प्रदर्शन

    नियन्त्रणमा लिएका सबै जना स्थानीय रहेको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी गराएका छन् । उनीहरुमाथि अनुसन्धान भईरहेको छ

    शनिवार करिब साढे ८ बजेकोको समयमा महागढीमाई नगरपालिका – १  सेमरा तेगछिया र नायकाटोला बिचमा नायकाटोलाका ५५ बर्षीय श्रीनारायण यादवको घाँटीमा धारिलो हतियार प्रहार गरिएको थियो ।मृतक यादवको घाँटी नै अलग हुने गरि क्रुर तवरले हत्या भको हो।

    हत्याको कारणको एकिन  बिषय अहिले भने खुली नसकेको र त्यस बिषयमा अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिएका छन्।

    मृतक यादवको शव परिक्षण पश्चात परिवारजनलाई जिम्मा लगाइएको छ ।अहिले सो क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यता शव राखेर कलैयाको भरत चोकमै  आफन्तजन परिवार स्यानिय लगायतका हत्यारालाई छिट्टो पक्राउ गरि सार्बजनिक गर्न प्रहरी प्रशासनसँग माग गरेको छ।

  • सिम्रौनगढमा व्यवसायिक फुल खेतितर्फ किसानको बढदो आकर्षण

    सिम्रौनगढमा व्यवसायिक फुल खेतितर्फ किसानको बढदो आकर्षण

    1. ११ कार्तिक , सिम्रौनगढ । बाराको दक्षिणि पुर्वी भेगमा अवस्थित सिम्रौनगढ नगरपालिकामा किसानहरु फुलको व्यसायिक खेेति तर्फ आकर्षित हुन थालेका छन्।

    तरकारी खेतिमा पकेट क्षेत्रले परिचित भिन्न व्यवसायिक सोचका साथ एक दर्जन किसान १० औं विगाहा जग्गामा सयपत्री (गेन्दा) फुलको खेेति गरेका छन्। जुन ढकमक फुुलेको सरेह भरि मगमग बासनासँगै आय आर्जनको राम्ररी श्रोत बन्न पुगेको छ।

    उन्नत बीउ भारतको कोलकत्ताबाट ल्याई एक पटक बेर्नामा लगाएपछि प्रत्येक तीन महिनामा तयारी भई बर्षभरि नै उत्पादन हुने यतिवेला देशको माग धान्न खुबै फस्टाएको छ।

    सिम्रौनगढ नगरपालिका – ५ ठुलो इटवाल टोलको सरेहमा कहि २-३  विगाहाकि पलट  त कतै १०-१२, १५ कट्ठामा छरिएर व्यवसायिक रुपमै फुलको खेेति फष्टाउदै गएको मनमोहक दृश्यले परम्परागत सदियो देखि हुँदै आएको धान, गहुँ, मकै ,आलु ,तरकारी खेेति, माछा पालन भन्दा फुलमा लगानीको तुलनामा मनगै आम्दानी हुने भएपछि किसानको आकर्षण बढदै गएको हो।

    भारतबाट देखेर सिकेर शुुरुमा थोरै ५-७ कट्ठाबाट शुुरु गरेका खेति समुहमा छलफल सिकाउदै स्वप्रोत्साहित गर्दै जादा आजको अवस्थामा दर्जनौ किसान फुल खेेतीलाई पेशाको रुपमा अंगालेर खेेत हुण्डा बटैया , सुधभर्ना, लिजमा लिएर विगहौ खेेति गर्न सफल भएका सिम्रौनगढ -८ कचोर्वाका किसान रुपलाल कुश्वाहा भन्छन्। उनी अहिले १२ कट्ठामा फुल खेति गरि प्रयाप्त आम्दानी गर्दै आएका छन्। प्रति कट्ठा ३ हजार ५ सय देखि  ४ हजार उनेको माला उत्पादन हुने गरेको उनको भनाई छ।

    कृषि विज्ञ जेटिएको सहयोग विना आफ्ना अनुभवले अन्य कृषि वाली झै मल विषाधी र समयावधीमा विधुतीकरणले मटरपम्मको सिंचाईले सहजता प्रदान गरेको भन्दै यसले विदेशिने युवालाई  रोक्न परिश्रम गरे चाहे अनुसारको आम्दानी र रोजगारीको अवसरलाई देखाई दिएको, उनले थपे।

    एक कट्ठामा फुल लगाउदा लगभग  १० देखि १५ हजारसम्म लागत लाग्ने गरेकोमा खर्च कटाएर सरदर प्रति कट्ठा डेह्र लाखसम्म आम्दानी हुने गरेको अर्का किसान सुरेश प्रसाद कुश्वाहा बताउँछन्।

    उनी २०५७ साल देखि ५ कट्ठामा फुल खेेति शुरु गरेको आज ३ विगाहा खेत आफ्नो र लिजमा लिई ईटवाल चौरहिया टोलको सरेहमा व्यवसायिक हिसाबले जागिर छोडदेखि लकडाउन ताका शुरु गरेको सिम्रौनगढलाई फुलको खेेतिमा समेत पहिचान दिलाउन लागिपरेको उनको एक दशकको फुुल खेतिमा लगावले अन्य किसान फुल खेेतिमा उत्साहित भएर धेेर थोर गर्न थालेका, उनले बताए।

    बार्षिक उत्पादन गरेर खपत हुने बजार भएकोले अनुमान भन्दा बढी आम्दानी देखेर उनी जस्तै श्रीप्रसाद कुश्वाहा-२ विगाहा, प्रेमचन्द्र लुश्वाहा- १ विगाहा, दिपेन्द्र कुश्वाहा १५ कट्ठा, मुकेश कुश्वाहा ५ कट्ठा , सिकेन्द्र कुशवाहा १५ कट्ठा , सोनालाल कुश्वाहा, सन्तलाल कुशवाहा, सुरेश प्रसाद कुशवहा (सानो), कुन्दन कुश्वाहा, कमल प्रसाद कुश्वाहा लगायतकाले दशौं विगाहामा फुुलको रातो, सेतो र पहेलो रंगको सयपत्रि फुुल उत्पादन थालेका छन्।

    उत्पादित फुल स्थानिय बजार सिम्रौनगढ , बंकुल , कलैया , विरगंज नारयणगढ हुँदै काठमान्डौसम्म बजार माग अनुसार बस, पिकअपमा वरफ राखी पठाउने गरेका छन्।  बारा, पर्सा , रौतहटको प्रमुख हाट बजारसम्म पसल फुल सेन्टरमा बिक्रि वितरणको लागि बजार अगोटेको छ ।

    उहिले यहाँ खेेति नहुँदा भारतिय बजारबाट ल्याई विभिन्न धार्मिक अनुष्ठान पुजापाठ, घर आंगन पँधेरा सजाउने, मठमन्दिर, राजनिति सभासमेलन, कार्यक्रम, शादि विवाह ,जस्ता मान्छे मर्दा समेत भारतिय बजारबाट आयात भई पुर्ती हुने गरेकोमा अब त्यो अवस्था स्थानिय स्तरमै उत्पादन भएदेखि हटेको छ।

    अब सिमापारी तिर राजनिति सभा सामरोह हुँदा यतैबाट जाने गरेको अवस्था सृजना भएको छ। यसरी फस्टाउदै गरेको फुुलको खेेतिलाई प्रबर्द्धन सहित स्वदेश विदेशमा सहज बजारीकरणको किसानको माग रहेको छ।

    पसल र व्यवसाय दर्ता गरि खेेति गर्दैका फुुल किसानले बजारको माग अनुसार पुर्तीमा बाटो घाटोमा प्रहरी प्रशासनद्धारा दु:ख भोग्नु परेको संवाहक संचारकर्मीसँग बताएका छन्।

    अनलाईन विल भौचर व्यवसाय दर्ता गरि कर तिरेेको सम्पुर्ण कागजात हुँदाहुदै देखाउदा समेत भारतिय फुुल भनेर अनाहकमा बाधा अडचन कार्यवाहीको डरत्रास दिई आर्थिक संकलनको समस्याले अनाहकमा दु:ख दिएकोले सास्ति खेेप्नु परेको किसानको गुनासो रहेको छ।

    उनेको मालालाई सुरक्षित र ताजा ठाँउमा पुग्नु पर्छ अनि मात्र भुक्तानी हुने उनी बताउँछन् । प्रतिकुल समयमा तीन/चार घण्टा रोकिए कुहिएर सम्पुर्ण नष्ट हुनजान्छ, अनि नोक्सानी भई घाटा व्यहोर्नु पर्ने भएको हूँदा यसो नगर्न आग्रह गरेका छन्।

    स्वदेशि सुन्दर फुुल उत्पादनमा नगरपालिकाले आर्थिक र  प्राविधिक सहयोग उपलब्ध गराई फुल खेेतिबाट रोप्ने गोडमेल गर्ने देखि माला टिप्ने उन्ने समेतमा ज्यालादारले बर्षभरि रोजगारी पाउने अवसरलाई प्रोत्साहित गर्न जरुरी छ।

  • बारामा यादवको धारिलो हतियार प्रहारबाट हत्या

    १० कार्तिक,कलैया । बाराको महागढीमाई नगरपालिका-१ सेमरा तेगछीया सानो टोलका भूमिसुधार भनिने ५५ वर्षीय श्रीनारायण यादवको धारिलो हतियारबाट निर्मम हत्या भएको छ ।

      शनिवर राति ८ बजेतिर मृतक यादवको घर नजिकै सडकमा अज्ञात समूहले घाँटीमा पछाडीबाट प्रहार गरि हत्या गरेको हो । शव कलैया प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

    अस्पताल लैजाँदै गर्दा यादवको बाटैमा मृत्यु भएको अस्पालमा खटिएका प्रहरीले जानकारी दिएको छ । छानविन ता अनुसन्धानका लागि घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । हत्याको कारण  र हत्यारा पहिचानमा प्रहरी जुटेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

     

  • ताजा खबर ( हत्या…..

    बाराको महागढीमाई नगरपालिका वडा नं १ स्थित सेमरा तेगछियाका ५५ वर्षिय श्रीनारायण यादवको हतियार प्रहारबाट हत्या ।

    विस्तृत खबर आउन बाँकी….

  • २५ लाख बराबरको १४ किलो चाँदी सहित २ जना पक्राउ

    २५ लाख बराबरको १४ किलो चाँदी सहित २ जना पक्राउ

    ९ कार्तिक , कलैया । बारा प्रहरीले आज विहानै ८ बजे २५ लाख बराबरको १४ किलो अबैध चाँदी सहित २ जनालाई पक्राउ गरेको छ।

     ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिक्षक त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पचिस लाख बराबरको उक्त चाँदी समाएको हो

    पक्राउ पर्नेमा ना ५२ प २५८४ नं. को २२० सिसि पल्सर मोटरसाईकल चालक बारा प्रसौनी गाँउपालिका – ६ प्रस्टोका बस्ने अं. वर्ष ३३ को सन्तोष साह सोनारको साथबाट ९ किलो चाँदीको गरगहना अं. मुल्य रू. १६ लाख १० हजार ३ सय २५ बराबरको बरामद गरि पक्राउ गरिएको छ ।

    भन्ने ना ५५ प ३९३२ नं. को १५० सिसि पल्सर मोटरसाईकल चालक जीतपुर सिमरा उपमहानगरपालिका- ८ गमरगावाटोल बस्ने अं. वर्ष २७ को सुरेश महतोको साथबाट  ५ किलो चाँदी अं. मुल्य रू. ८ लाख ९४हजार ६ सय २५ बराबरको विभिन्न किसिमको गरगहनासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका साह र महतो जीतपुर सिमरा उप-महानगरपालिका – २१ अमलेखगंज स्थित पथलैयाबाट हेटौडा तर्फ जादै गरेको मोटरसाईकलहरू शंकास्पद लागी रोकी चेक जाँच गर्दा मोटरसाईकलको ट्याङ्की भित्र फल्स बटम बनाई लुकाई छिपाई लगी रहेको १४ केजी अवैध चाँदी बरामद गरिएको त्यसको बजार भाउ करीब २५ लाख ४ हजार ९ सय ५० रूपैया बराबरको रहेको बताईएको छ।

    बरामद चाँदी सहित उनी दुवैजनालई प्रहरीले  नियन्त्रणमा राखी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • सिम्रौनगढका निमित प्रशासकिय अधिकृत साह ८० हजार घुससहित अख्तियारको फन्दामा

    सिम्रौनगढका निमित प्रशासकिय अधिकृत साह ८० हजार घुससहित अख्तियारको फन्दामा

    ८ कार्तिक, कलैया । अख्तियारद्धारा बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुस रकम सहित  पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय हेटौंडाले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद साहलाई आज नगद ८० हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

    अख्तियारको टोलिले कलैया उप महानगरपालिका – ४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै रहेको साहको क्वाटरबाट एक सेवाग्राहीसँग मोलमोलाई गरि विल भुक्तानी गरेबापत ८० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले जानकारी गराएका छन् ।

    साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको सूचना अधिकारी गौतमले बताएका हुन् ।

  • बारा प्रहरीले हप्ता भित्रै छपकैयाका सोनार हत्याकाण्डका आरोपी एक भारतीयलाई पक्राउ गर्यो

    बारा प्रहरीले हप्ता भित्रै छपकैयाका सोनार हत्याकाण्डका आरोपी एक भारतीयलाई पक्राउ गर्यो

    ७ कार्तिक, कलैया । प्रहरी सक्रियताले घटना भएको हप्ता भित्रै  बारा प्रहरीले हत्या आरोपीका एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा छिमेकी राष्ट्र भारत विहार रक्सौलका हाल पर्साको बहुदरामाई नगरपालिका बस्ने वर्ष २८ को बिजय गुप्ता रहेको प्रहरीले जनाएको छ ।

    महानगरपालिका वडा नं ३ छपकैयाका बिरेन्द्र साह सोनारको हत्यामा सम्लग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरी उपरिक्षक महेन्द्र खडकाले जनाएका छन् ।

    गुप्तालाई पर्सा प्रहरीको सहकार्यमा वीरगञ्ज इनर्वा नाकाबाट बुधवार बिहानै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी बताएका छन्।

    १, कार्त्तिकमा बाराको प्रसौनी गाउँपालिका – १ स्थित त्रिवेणी पुल नजिक गण्डक नहरको किनारमा सोनारको मृत अवस्थामा शव फेला परेका थिए।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण यो हत्या भएको देखिएको र थप अनुसन्धान पछि विस्तृत  विरवरण पता लाग्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी गराएका छन् ।

  • प्रहरीले साढे ५३ लाखको सामान अनुसन्धान कार्यालय पथलैया बुझायो

    प्रहरीले साढे ५३ लाखको सामान अनुसन्धान कार्यालय पथलैया बुझायो

    ६ कार्तिक, कलैया ।  बारा प्रहरीले साढे ५३ लाख बराबरको राजश्व छलीको समान नियन्त्रणमा लिईएको जनाएको छ।

    विशेष सूचनाको आधारमा  गएराती साढे नव बजेको समयमा प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरिक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाण बराबरको समान पक्राउ गरेको हो।

    जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोकमा पर्साबाट झापा तर्फ जादै गरेको ना ३ ख ४३६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अ. मुल्य रू. ५३ लाख ५२ हजार ६ सय ३५ रूपैया बराबरको विभिन्न सामग्री समाएको प्रहरीले जनाएको छ।

    ट्रकमा लोड ओखर, मोबिल, चेयर, जाली, इलोक्ट्रोनिक्स सामान, पिटामरी लयागत अन्य खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।