बारा प्रहरीले हप्ता भित्रै छपकैयाका सोनार हत्याकाण्डका आरोपी एक भारतीयलाई पक्राउ गर्यो

७ कार्तिक, कलैया । प्रहरी सक्रियताले घटना भएको हप्ता भित्रै  बारा प्रहरीले हत्या आरोपीका एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा छिमेकी राष्ट्र भारत विहार रक्सौलका हाल पर्साको बहुदरामाई नगरपालिका बस्ने वर्ष २८ को बिजय गुप्ता रहेको प्रहरीले जनाएको छ ।

महानगरपालिका वडा नं ३ छपकैयाका बिरेन्द्र साह सोनारको हत्यामा सम्लग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरी उपरिक्षक महेन्द्र खडकाले जनाएका छन् ।

गुप्तालाई पर्सा प्रहरीको सहकार्यमा वीरगञ्ज इनर्वा नाकाबाट बुधवार बिहानै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी बताएका छन्।

१, कार्त्तिकमा बाराको प्रसौनी गाउँपालिका – १ स्थित त्रिवेणी पुल नजिक गण्डक नहरको किनारमा सोनारको मृत अवस्थामा शव फेला परेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण यो हत्या भएको देखिएको र थप अनुसन्धान पछि विस्तृत  विरवरण पता लाग्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *