Author: दाश पन्न्नालाल

  • ६ जना फरार प्रतिवादी बारा प्रहरीको गिरफ्तारीमा

    ६ जना फरार प्रतिवादी बारा प्रहरीको गिरफ्तारीमा

              संवाहक

    ६ मंसिर, कलैया– बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना मानिसलाई पक्राउ गरेको छ।

    प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय मातहतका  प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका मुद्दामा बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट हिजो र आज पक्राउ गरी आवश्यक कारवाहीको लागी  अदालत  दाखिला गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा सुवर्ण गाँउपालिका – २ कवहीगोठका राजिव याद चेेक अनादर मुद्दामा रु १ हजार जरिवाना , सोही ठााउँका धर्मबिस यादव चेेक अनादर मुद्दामा रु ५ सय जरिवाना पाई फरार रहदै आएका थिए ।

    त्यस्तै, कलैया उपमहानगरपालिका -१८ मोतिसरका श्याम कुमार बैठा सवारी ज्यान मुद्दामा  १ वर्ष कैद सजाय र २ हजार जरिवाना र वडा  नं – १२ शितलपुरका मनोज साह लागू औषध मुद्दामा २० दिन कैद  सजाय पाई फरार रहि लुकीछिपी बस्दै आएका थिए।

    त्यसैगरि, चेेक अनादर मुद्दामा सिम्रौनगढ – ८ का अनुरु कुमार यादव   एक हजार जरिवाना र हातहतियार खरखजाना निजगढ नगर पालिका -३ का मंगललाल भन्ने मंगल बहादुर पाख्रिन ३ महिना कैद सजाय सहित ५ हजार जरिवानामा जिल्ला अदालतबाट दोषी ठहरी फरार  रहेकामा  उनी सहित ६ जनालाई पक्राउ गरि जिल्ला अदालतमा दाखिला गरिएको डिएसपी प्रकाश सापकोटाले जनाएको छ।

  • ५ जना फरार प्रतिवादीहरू पक्राउ

    ५ जना फरार प्रतिवादीहरू पक्राउ

              संवाहक

    ५ मंसिर, कलैया ।  बारा प्रहरीले बिभिन्न मुद्दामा अदालतबाट  दोषी ठहर भई कैद सजाए जरिवाना पाई फरार रहेका ५ जनाले प्रतिवादीलाई पक्राउ गरेेको छ।

     कारवाहीको सिलसिलामा यस जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले  बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका  बिभिन्न मुद्दामा बरदात पश्चात फरार रहेका पाँचै जना मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट आज पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा पचरौता नगरपालिका – ७ का दिनानाथ सहनी चेक  अनादर मुद्दामा रु ५ सय जरिवाना पाई फरार रहेका थिए।

    यस्तै, सिम्रौनगढ नगरपालिका -७ का नन्दकिशोर प्रसाद यादव चेेक अनादर मुद्दामा ५ सय जरिवाना , वडा नं.- ४ का रुपेश कुमार पंडित  चेक अनादर मुद्दामा रु ५ हजार जरिवाना, वडा नं-१० कि नैनवा देवी कुटपिट लुटपिट मुद्दामा दोषी करार भई  ३ हजार जरिवाना पाई फरार अवस्थामा रहि लुकीछिपी बस्दै आएका थिए ।

    त्यसैगरि महागढीमाई नगरपालिका – १ सेमरा तेगछियाका सुरेश पंडित कुम्हार चेेक अनादर मुद्दामा रु १ हजार जरिवाना पाई फरार रहेको अवस्थामा उनी सहित पाँचै जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरी उपरिक्षक प्रकाश सापकोटाले जनाएका छन्।

  • बारा प्रहरीेद्धारा आठ जना फरार प्रतिबादी पक्राउ

    बारा प्रहरीेद्धारा आठ जना फरार प्रतिबादी पक्राउ

         संवाहक
     ५ मंसिर, कलैया । बारा प्रहरीले विभिन्न मुद्दाका  ८ जना फरार प्रतिवादीहरू पक्राउ  गरेको छ।
     प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय मातहतका  प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेका हुन्।
    बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका मुद्दामा बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट मंसिर ४ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी  जिल्ला अदालत, कलैयामा दाखिला गरिएको प्रहरीले जनाएको छ।।
    पक्राउ पर्नेमा निजगढ नगरपालिका – ८ का नानसाईलि भन्ने माया गोलेलाई  लागू औषध मुद्दामा  ५ महिना २८ दिन कैद र  ५ हजार जरिवाना तोकिएको छ।
    त्यस्तै,सोही ठाँउका अर्जुन थापा भन्ने बालकृष्ण थापा लागू औषध मुद्दामा  ५ महिना २८ दिन कैद र २ हजार जरिवाना, ईन्दीरा थापलाई लागू औषधमा २० दिन कैद र २ हजार जरिवाना रहेको छ।
     निजगढ न.पा.९ का खडक राज मैनालीलाई चेक अनादर मुद्दामा १ महिना कैद सहित ५ सय जरिवाना, नएजगढ न.पा. – २ का
    सागर राईलाई सवारी दुर्घटनामा १ वर्ष कैद सहित १ हजार जरिवानामा पक्राउ परेका छन्।
    त्यसैगरि विश्रामपुर गाँउपालिका-२ बरैनियाका रुपेश यादव भन्ने अर्जुन राय यादवलाई डाँका मुद्दामा १ बर्ष कैद १० हजार ५ सय  जरिवानामा समातिएको छ।
     त्यस्तै, परवानीपुर गाँउपालिका -३ लिपनिमालका जयप्रकाश प्रसाद यादवलाई कुटपिट अंगभग मुद्दामा २ हजार जरिवाना र
     कलैया उपमहानगरपालिका – ४ अदालत रोडका शिव मंगल राम चेक अनादर मुद्दामा ५ सय जरिवानामा प्रहरीले पक्राउ गरेका छन्।
    पक्राउ परेका आठै जनालाई अदालतमा दाखिला गरिएको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।
  • बारा प्रहरीले श्रोत नखुलेका डेह्र करोड भन्दा बढीको समान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    बारा प्रहरीले श्रोत नखुलेका डेह्र करोड भन्दा बढीको समान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

                   

    गढीमाई मेलाको सुचना

               संवाहक

    ४ मंसिर, कलैया ।  बारा प्रहरीले श्रोत खुलाउन नसकेक  डेह्र  करोड भन्दा बढीको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा  बुझाईएको जनाएको छ।

    यसरी एकैचोटी तीन दिनको अन्तरालमा यति ठुलो रकम बराबरको   भारी परिमाणमा राजश्व छलीका विभिन्न सामग्री चेेकजाँचको क्रममा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।

    जिल्ला प्रहरी कार्यालयको मातहदमा रहेका विभिन्न ईकाइ प्रहरीले करोडौको विना बिल भरपाईको उपभोग्य खाद्यय वस्तु , काजु , चिनी, प्याज , मोटर , अचार, मिठा, स्पेर्यस पार्टस, खुर्सानी, मरिच पावडर,  मिट मसाा लगायत खुद्रा सामग्रीहरु कार्टुन सहित भारी मात्रामा समाएको प्रहरीले जनाएको छ।

       प्रहरी ईकाइ:- ईलाका प्रहरी कार्यालय अमलेखगंजले मंसिर ३ मा साढे छव बजेको समयमा  जीतपुर सिमरा उप-महानगरपालिका – २१ अमलेखगंज चोकमा वीरगंजबाट हेटौडा तर्फ जादै गरेको मे १ ख ३२८८ नम्बरको बसमा लोड गरेको चिनी १४० किलो, मटर ५० किलो र प्याज ३५ किलो २२ हजार,५ सय मुल्य बराबरको बिल भरपाई नभएको समान पक्राउ गरेको छ।

     त्यस्तै, ईलाका प्रहरी कार्यालय बारागढील ३ ,मंसिरमा ४  बजेको समयमा बारागढी गाँउपालिका – ६ सिंहासनी चोकमा भन्सार छली गरी ल्याउदै गरेको चिनी ६ बोरा, अचार ४ कार्टुन गरी अं.मुल्य रू.२५ हजार बराबरको बिल भरपाई नभएको । समान समाएको छ।

      यस्तै,  प्रहरी चौकी बरियारपुरले मसिर ३ गते साढे ९ बजेको समयमा  महागढीमाई नगरपाालिका – २ मैनी चोकमा भन्सार छली गरी BR 05 AC 2583 नम्बरको मोटरसाईकलमा लोड गरी ल्याउदै गरेको मिठा ८ बोरा ३६ हजार  मुल्य बराबरको बिल भरपाई नभएको नियन्त्रणमा लिएको बताईएको छ।

     चेकजाँच कै क्रममा प्रहरी चौकी पथलैयाले आज १  बजेको समयमा प्रहरी बरिष्ठ.नायब.निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोकमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख ७९२८ नं. को डब्बा ट्रकमा लोड गरेको ६१ लाख ३ हजार ४ सय  ५० मुल्य बराबरको बिभिन्न खुद्रा समानहरू आवश्यक कागजपत्र नभएको सरसमान समाएको हो।

    त्यस्तै ,मंसिर १ मा पवने छव बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३ ख ७२४४ नं.को ट्रकमा लोड गरेको ४१ लाख ८५ हजार  ५ सय १४ रूपैया  मूल्य बरामुल्यगैस कटर (GAS cutter), फलैंग f(lange),  स्पेयर्स spares for 60 cum/hr., cast iron butterfly valve) लगायतको बिभिन्न खुद्रा समानहरू बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेको पक्राउ गरेको छ भन्ने

    मंसिर १ मा पवने छव बजेको समयमा  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा वीरगंजबाट सुर्खेत तर्फ जादै गरेको ना ६ ख ७२२४ नं.को यात्रु बाहक बसमा लोड गरेको  करीब  १ लाख ४४ हजार ४ सय ८५ रूपैया मुल्य बराबरको खुर्सानी-१९ बोरा, मरिच पाउडर-३ कार्टुन, मिट मसाला-२ कार्टुन, काजु प्याकेट-३ कार्टुन समान बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेकोले प्रहरीले समाती राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी नायब उपरिक्षक एवम् सूछना अधिकारी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

     

     

  • विश्रामपुरमा ४ कोठे भवनको गापा अध्यक्ष अलि जुबेरद्धारा शिलान्यास

    विश्रामपुरमा ४ कोठे भवनको गापा अध्यक्ष अलि जुबेरद्धारा शिलान्यास

     

               संवाहक

    ४ मंसिर, कलैया । बाराको विश्रामपुर गाँउपालिका -१ स्थित छतवा टोलमा एक प्राथमिक विद्यालय भवनको गाँउपालिका अध्यक्ष जुल्फकार अली (जुबेर ) ले  शिलान्यास गरेका छन्।

    नेपाल राष्ट्रिय अधारभुत बिधालय छतवाकाे ४ कोठे भवनको लागि गाँपालिकाको रु ५५ लाखको लागतमा निर्माण गरिने भवनको आजएक कार्यक्रमका बिच शिलान्यास गरिएको हो।

    कक्षाकोठाको अभावमा कोही पनि विद्यार्थीलाई पठनपाठनमा अप्ठयारा नहोस्। शिक्षा प्राप्त गर्न पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार हो र यसको लागि कक्षाकोठाको भवन सोही लक्ष्य अनुरुप शिक्षामा लगानी अघि बढाईएको उनले जनाएका छन्।

    विद्यार्थीको बढदो चाप र गुणस्तरीय शिक्षाको लागि आवश्यकता अनुरुप भौतिक पुर्वाधार निर्माणले शिक्षामा फडको मार्ने उनले बताएका छन्। शैक्षिक बातावरण सुधारको लागि सुविधा सम्पन्न संरचनामा बालबालिकाले सहज ढंगले शिक्षा हासिल गर्ने अवसर निश्चित भएको गापा अध्यक्ष अलि ( जुबेर) ले बातएका छन्।

    सो अवसरमा विश्रामपुर गापा उपाध्यक्ष प्रियंका देवी साह, वडा अध्यक्ष संतोष कुमार पटेल , वडा सदस्य अमिन मियाँ , मंजूर आलम , बिद्यालयकाे प्रधानध्यापक देवलाल प्रसाद यादव ,समाजसेवी  कृष्णा साह लागयत स्थानियको उपस्थिति रहेको संचारकर्मी शर्मा बैठाले बताएका छन्।

  • महागढीमाईमा १२ कोठे भवनको मेयर यादवले गरे शिलान्यास

    महागढीमाईमा १२ कोठे भवनको मेयर यादवले गरे शिलान्यास

     

     

     

     

       

     

     

     

    संवाहक

    ४ मंसिर, बरियारपुर। बाराको महागढीमाई नगरपालिकामा नगर प्रमुख उपेन्द्र यादवले सोमवार एक नमुना प्राविधिक विद्यालय भवनको शिलान्यास गरेका छन्।

    श्री गढीमाई महेन्द्र प्राविधिक नमुना विधालयको तेस्रो भवनको  शिलान्यास गरिएको हो। शिक्षाको गुणस्तरीयताको लागि भौतिक पुर्वाधार महत्वपुर्ण पाटो हो। निश्चित समयमा नै विद्यालय भवनको निर्माण सम्पन्न भई विद्यार्थी लाभवान्वित हुने भएकोले शिक्षामा कोसे ढुुङ्ग सावित हुने नगरप्रमुख यादवले बताएका छन्।

    १२ कोठे नमुना विद्यालयको लागि  महागढीमाई नगरपालिकाको आर्थिक वर्ष  ०८१ /०८२ मा विनियोजित रु ५५ लाखको लागतमा निर्माण सम्पन्न हुनेछ।

    अर्को वर्ष  रु ५५ लाख बिनियोजित गर्ने नगरपालिकाले जनाएको छ। शिलान्यास कार्यक्रम मा बोल्दै नगर प्रमुख यादवले विद्यायमा विद्यार्थीको चाप अनुसार कक्षाकोठाको व्यवस्थापन गर्नु आवश्यक रहेको बताउएका छन्।

    गुणस्तरीय शिक्षाको नागि भौतिक संरचना, शौचालय, खानेपानी आवश्यक रहेको वताउदै नगर भित्र रहेको एक मात्र नमुना बिधालयको स्तर उन्नतिको लागि आफू तत्पर रहेको बताएका छन्।

    सो अवसरमा श्री गढीमाई महेन्द्र प्राविधिक नमुना विज्ञालयको विव्यस अध्यक्ष उपेन्द्र गुप्ता, विधालयको प्रधानाध्यापक धर्मेन्द्र पादव लगायतका सहभागिता रहेका थिए।

  • गढीमाई मन्दिरको दान पेटिकाबाट दोश्रो पटकको भेटी गण्नाबाट समेत सुन चाँदीको गरगहना सहित सावा १५ लाख संकलन

    गढीमाई मन्दिरको दान पेटिकाबाट दोश्रो पटकको भेटी गण्नाबाट समेत सुन चाँदीको गरगहना सहित सावा १५ लाख संकलन

    संवाहक

    १ मंसिर , महागढीमाई । वलि प्रादन गढीमाई पञ्चवर्षीय मेला मंसिर १ गते देखि शुरु भएको बाराको महागढीमाई नहरपालिका -१ स्थित बरियारपुर गढीमाई मन्दिर परिसर भित्र राखिएका दान पेटिकाको भेटी संकलनको आज पुन: गण्ना भएको छ।

     महागढीमाई नगरपालिकाका नगर प्रमुख एवं गढिमाई मेला सञ्चालन तथा ब्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवको मन्दिर र पुजारी व्यवस्थापनको योजना अनुसार यसरी दान पेटिकामा प्राप्त भेटी रकमको गण्ना प्रारम्भ गरिएको हो।

    गढीमाई पँचवर्षिय मेला तथा व्यवस्थापन मूल समितिले दान पेटिका भेटी संकलनको गण्ना गरेका हुन्। गढीमाई मन्दिर संचालनमा आएदेखि दान पेटिकाको यसरी भेेटी संकलनको गण्ना गरिएको पहिलो पटक हो।

    १७ दिन पछि मन्दिर प्राङ्गणमा राखिएका ४ वटै दान पेटिकाको पुन: भेटी रकमको गण्ना भएको यो दोस्रो पटकको निरन्तरता हो, मेला मुल समितिका महासचिव बिरेन्द्र प्रसाद यादवले जानकारी गराएका छन।

    यस अघि  दशै पर्वको देखि कार्तिक १२ मा नगर प्रमुख एवम् मेला मुल समितिका अध्यक्ष यादवले मन्दिर प्राङ्गणमा राखिएका ४ वटै दान पेटिकाको ताल्चा खोली संकलित भेटीको गण्ना गर्न लगाएका थिए।

    शनिवार गण्ना भएको दान पेटिका बाट रु ५ लाख २४ हजार, १६५ रुपैया सहित सुनको गहना ३ थान ,चांदिको ७ थान संकलन भएको मुल समितिका महासचिव विरेन्द्र यादवले जनाएका छन्।

    पंचबर्षिय गढीमाई मेला मुल ब्यवस्थापन समितिको उपाध्यक्ष कैलाश महतोको बिशेष रोहबरमा मन्दिर परिसरमा रहेको चार वटै दान पेटिका लाई १७ दिन पछि सार्वजनिक रुपमा ताल्चा खोलिएको हो ।

    दान पेटिका खोल्दा चाँदीको आँखा, अमेरिकी डलर, भारतीय रुपियाँ, कतारी रियालसहित विभिन्न विदेशी मुद्राहरू संकलित भएको मेला समितिले जनाएको छ ।

    दशै पर्वको वेला पहिलो पटक दान पेटिकाको भेटी रसिद रकम सहित ९ लाख ८७ हजार ४ सय ७४ रुपैया दान पेटिकाबाट संकलन गरिएकोमा दोश्रो पटकको गण्ना सहित १५ लाख ११ हजार ६ सय ४९ रकम दान पेटिका बाट संकलन भएको छ। संकलित रकमबाट पुाजरीको तलब मन्दिर विकासमा खर्चिने बताईएको छ।

    गढीमाई मन्दिर पुर्वकाल देखि आस्थाको धरोहर रहेको छ। मानिसले श्रद्धाले मनमा चिताएका पूरा हुन भाकल गर्छन् अनि पूरा भएपछि वलि चढाउने प्रचलन रहेको छ। मेलामा आउने लाखौ दर्शनार्थीको हरेक सुविधाको व्यवस्थापनको त्यारी जोरतोडका साथ चलिरहेको छ ।मेलाले धर्मिक पर्यटनमा समेत टेवा पुर्याउने महागढीमाई नपाका सल्लाहकार एवम् समाजसेवी भैयाराम यादवले संवाहकसँग  जानकारी गराएका छन्।

    मेला समिति मेला भर्न आउने स्वदेशी विदेशी सम्पुर्णको व्यवस्थापन र सभ्य र भव्य मेला लगाउन करिब करिब अन्तिम तयारीमा पुगेको मेलाको प्रमुख प्रवक्ता परमहंस यादवले बताएका छन्।

    दान पेटिकाको भेेटि संकलन गण्ना सार्बजनिकले मानिसमा उब्जेका कतिपय कुराको सामय भएको छ।  यसले दान रकमको बारेमा  बिभिन्न टिकाटिप्णी पछिल्लो समयदेखि उठदै आएका थिए। थोरै दिनमा यति धेरै संकलित भेटले जनमानसमा विश्वसनियता अझ प्रगाढ बढेको छ।

    गढीमाई मेला भर्न आउने लाखौ श्रद्धालुहरु निर्धक्क साथ माताको सहज दर्शन र अवलोकन गर्न पाउने व्यवस्थापन मिलाईएको बाँकि काम द्रुत गतिमा भईरहेको गढीमाई पञ्चवर्षिय मेला मुल समितिका सदस्य  एवम् प्रवक्ता बविता जसयालले बताएकी छन्।

  • मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाको तयारी तिब्र

    ३० कार्तिक, बरियारपुर । पशु वलिले विश्व प्रख्यात एसियाको ठुलो मेला गढीमाई पञ्चवर्षिय मेलाको भव्य र सभ्य आयोजन हुन  लागेको छ। मेलायहि मसिर महिनामा लाग्ने छ।

    बाराको महागढीमाई नगरपालिका–१  बरियारपुर स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी तीव्र भइरहेको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी गराएका छन्।

    मेलाको शोभा बढाउन अवलोकन भ्रमण साथै धार्मिक पर्यटन प्रबर्द्धनको लागि देशका सर्बोच्च निकाय राष्ट्रपति सहित उच्च ओहदाकालाई आमन्त्रण गरिएको छ।

    मिति २०८१/०८/१७ दिनाङ्क (2024/12/2) देखि  २०८१/०८/२६ (2024/12/11) सम्म मेला रहने छ।

    राङ्गा बलि २०८१/०८/२३  दिनाङ्क (2024/12/08)  गते  र बोका बलि र मिति २०८१/०८/२४ गते 2024/12/09) दिइने  कार्यतालिका तय गरिएको मेला समितिले जनाएको छ।

    एक हजार बिगाहामा लाग्ने मेलामा ४० वटा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय, एक हजार भन्दा चापाकल जडान, दर्जनौँ बोरिङ,  २७ सय पसल, नेपाली सेनाको तर्फबाट १० वटा भेन्टिलेटर सहितको दक्ष चिकित्सकद्वारा उपचार गर्ने सुविधा सम्पन्न अस्थायी अस्पताल निर्माणको तयारी छ।

    एक हजार पाँच सय सुरक्षाकर्मी टोलीमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी ट्राफिक प्रहरी र दुई सय नेपाली सेना परिचालन गरिने तथा  मेलामा आकसमिक बिपत व्य वस्काथापनका लागि पुरै तयारी गरिएको छ,  मेला मुल समितिका अध्यक्ष यादवले बताएका छन्।

    शुद्ध खानेपानीको काम प्रदेश र सङ्घ सरकारले आफ्ना प्राविधिक खटाएर कामको थालनी  तीव्र रूपमा गरिरहेको  समेत जानकारी गराएका हुन्।

    भन्सार प्रमुखहरूसँग कुरा गरि मेला भर्न आउने भारतिय भक्तजनहरूका लागि आजैदेखि गढीमाई मन्दिरसम्म आउने नाकाहरू रक्सौल, मटिअर्वा सिम्रौनगढ, गौरबाट हलुका सवारी साधनहरूलाई नि: शुल्क ईन्ट्री गरेर सहज रूपमा आउने वातावरण मिलाएको महागढीमाई नगरपालिकाका नगर प्रमुख समेत रहेका मेला अध्यक्ष यादवले जानकारी  गराए ।

    भारतको विभिन्न ठाउँबाट आउने भक्तजनहरूको सुविधाका लागि ट्रेनको भाडामा ५० प्रतिशत छुट गर्नका लागि भारतीय उच्च अधिकारीहरूसँग आग्रह गरिएको  सहजताको आश्वासन पाईएको उनले जानकारी गराए।

    गढीमाई मेलामा हजारौ पशु पंक्षिको  वलि चढाइने प्रचलन रहेको छ। लाखौलाख मानिस गढीमाईको दर्शन गर्न आउने गरेका छन्। विशेष गरि  भारतिय श्रद्धालु विहार , युपी लागयतबाट अत्यधिक मेला भर्न आउने गरेका छन्।

    मेलालाई आकर्षक बनाउन दैनिक संध्याकलिन गंगा आरती  भइरहेको छ। बाटोघाटो ट्राफिक व्यवस्थापन सहित मेलामा प्रवेश गरिने नाका र बाटोको पहिचान गरि नक्साङ्न गरिएको त्यस कोलागि धान कटाई तिब्र पारिएको छ।

    जग्गाको वितरण र पसल स्टलहरुको लागि कार्य धमाधम अघि बढिरहेको गढीमाई मेलाको प्रचारप्रसार उपसमितिका संयोजक नरेश गुपताले जानकारी गराएका छन्।

     

  • महेशपुर १ नं वडामा महागढीमाई र कलैयाको दाबीले नागरिकलाई दोहोरो करको मार!

    महेशपुर १ नं वडामा महागढीमाई र कलैयाको दाबीले नागरिकलाई दोहोरो करको मार!

    संवाहक

    २९ कार्तिक, कलैया ।  बारामा दुई पालिकाको सिमा विवादको चेेपुवामा नागरिकलाई दोहोरो कर तिर्न बाध्या बनाइएको छ। एउटै वडालाई कलैया उप महानगरपालिकाले दावी गरेको छ भन्ने महागढीमाई नगरपालिका पनि।

    त्यो वडा हो , साबिक गाविस महेशपुर वार्ड न- १ को किता नं ७ को ज.बि. १४ कट्ठा १० धुर जुन हाल महागढीमाई नगरपालिकाको वडा नं १० मा पर्दछ। सो जग्गामा पोखरी रहेको छ।  जग्गाधनिले सो जग्गामा फोगचन गर्दै माछापालन समेत गरेकोमा तेरो मेरोको विवाद हुँदै आएको छ।

    यो जग्गाको पालिकाको नक्शा अनुसार महागढीमाई नपाले मालपोत रसिद लिईरहेको छ। मालपोतको मुल्याँकन किताबमा पनि माहगढीमाई नपा नै उल्लेख छ। सिफारिस पनि त्यहीबाट भई बैंकिङ्ग कारोबार, जमिन पास लगातका मालपोतबाट हुने गरेको अवस्था छ। पालिकाबा  पाउने सेवा सुविधा महागढीमाईको अनुसार उनीहरु उपभोग गरिरहेकोमा कलैया उप महानगरपालिकाको दावीले महेशपुरका मानिस आजित बनेका छन्।

    तर कलैया उपमहानगरपालिकाले बलजफ्ती् त्यस जग्गामा हकदाबी रहेको बताउदै छ। समस्या दुई पालिकाको सिमाना भन्दा त्यहाँका नागरिकले भोग्ने पीडा र तिर्ने अनाश्यक दुई पालिकामा कर हो।

    त्यहाँका बासिन्दाको केही जमिन कलैयामा पर्ने भएको हुँदा कलैया उपमहानगरबाट रसिद तिर्न जादा महागढीमाईको नक्सामा पर्ने जग्गाको पनि रसिद कटाउनु पर्छ ,अनि मात्र कलैयाको जमिनको रसिद काट्ने गरेको स्थानिय शशिकान्त यादवले बताएका छन्।

    व्यक्तिको जग्गामा कलैया उपमहानगरपालिकाले विवाद सृजना गरेको स्थानियको आरोप छ। गत साउन ५  मा कलैया उपमहानगरपालिकाले एक्लौटी नाप नक्सा गरि किला गाडेको विवादमा महागढीमाई नगरपालिकाको नगरप्रहरी जनप्रतिनिधि सो किल्ला खुट्टा उखेलेर फालेका थिए। दुईटै पालिकाको नगरप्रहरीकको बिच झडपको अवस्थासम्म हुन  पुगेका थिए।

    सिमाना कहाँ हो छुट्याउनु भन्दा नागरिक सँग एउटै जमिनको कति पालिकालाई कर तिर्ने? प्रश्न त्यहाँनिर छ।  जग्गाको चार किला प्रमाणित, जग्गाको मुल्याँकन बैंकिङ्ग सिफारसिमहागढीमाईबाट भई कार्य भईरहेको महागढीमाई नपा वडा नं १० का वडा अध्य्यक्ष चन्दन साहले बताए। वडाअध्यक्ष साह भन्छन् ,साध सिमाना साविक गाविस महेशपुरको १ नं वडा हाम्रो क्षेत्रमा पर्दछ, यसमा कलैया उपमहानगरको विवाद अनुचित हो। जनतालाई दु:ख दिनु भएन।

    पालिका नक्साङ्कनमा कलैया उपमहानगरपालिकाको क्षेत्र   महेशपुरको १ नं वडा समेटेको देखिदैन्। साध सिमाना कलैया उपमहानगरको २६ नं वडा महागढीमाई नपाको १० नं वडासँग जोडिएको छ। जसमा महेशपुर १ नं महागढीमाई मै राखिएको सब प्रमाणको बावजुद नागरिक किन दोहोरो करको मारमा  छन्?सरोकारबाला निकायको ध्याान जानू पर्दछ स्थानियको कथन छ।्

    पालिका सिमा छुट्याएको दशक लागे अनि स्थानिय निर्वाचनको दोस्रो कार्यकालको मध्य अवस्थामा समेत सिमा विवादमा नागरिकलाई सास्ती किन?

  • तेलकुवाँ बजारको वडाअध्यक्ष सिंहले गरे उदघाटन,

    तेलकुवाँ बजारको वडाअध्यक्ष सिंहले गरे उदघाटन,

    संवाहक

    २६ कार्तिक, कलैया। बाराको महागढीमाई नगरपालिका -७ स्थित  तेलकुवाँ चोकमा आज वडाअध्य्यक्ष शिवेन्द्र प्रताप सिंहले एक कार्यक्रमका बीच बजारको उदघाटन गरेका छन्।

    सोमवार र विहिवार गरि एक हप्तामा दुईपटक लाग्ने बजारमा तरकारी फलफुल माछा मासु किराना समान लगायतका दैनिक उपभोग्य वस्तु सरल सुलभ रुपमा बिक्रिवितरण हुने वडा अध्य्यक्ष सिंहले बताएका छन्।

    आफ्नै सक्रियतामा लाग्दै गरेको बजार माओवादी द्धन्दकालमा यस चोकमा नारायणी सिंचाईँ कार्यालयमा आर्मि वेस क्याम्प बसेपछि २ वर्षसम्म लागेको बजार असुरक्षाका कारण ठप्प भएको थियो। सोही अवधारणा अनुसार पुन: आज देखि सुचारु हुने अवसर जुरेको संवाहकसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

    बजारलाई व्यवस्थित गर्न सत्रुधन साहको अध्य्यक्षतामा २६ सदसीय बजार समिति बनाईएको छ। बडाबासी छरछिमेक वरपरका गाँउटोलको कृषक आफ्ना तरकारी उपभोग्य वस्तु खाद्यान्न लगायतका चीज वस्तु विना कौडी (कर) विक्रि वितरण हुने भएकोले निर्धक भएर बजारमा आउन आग्रह गरेका छन्।

    बजारको लागि वडाअध्यक्ष सिंहको पेट्रोल पम्पको परिसरमा रहेको प्रयाप्त जग्गामा बजार लाग्ने छ। बजारमा ल्याईएको तरकारीजन्य सामग्री लगायत फिर्ता लगिने अवस्था रहदैन। यदि विक्रि हुन नसकेका कच्चा तरकारीजन्य सहित उपभोग्य वस्तुलाई  बजार समितिले खरिद गरिने व्यवस्थापन गरिएकोले तोकिएको दिन बजारमा भरपुर समान सहजताका साथ ल्याएर स्थानिय किसानले विक्रि गर्न पाईनेछ, उनले थपे  ।

    व्यापारी वा किसानले आफ्नै खेतका खास गरि उत्पादित तरकारी बाली बजारको दिनको पर्खाईमा टाँढाको बजार गएर किनमेल गरिने अप्ठयाराबाट स्थानिय लभान्वित हुने स्थानिय रामबाबु यादवले बताएका छन्।

    यो चोक चौबाटोमा रहेको छ। प्रहरी चौकी र शसस्त्र प्रहरी पोष्ट सुरक्षार्थ खटिएको हुन्छ। वडाको सहयोगमा गाँउबासीको साथ सहयोगले बजार अब अटुुट ढंगले लाग्ने यादवले बताएका छन्।

    सो बजार उदघाटनमा नेता तथा स्थानियको उल्लेख्य सहभागिता रहेका छन्।

    बजारले तेलकुवाँ सहित बरियारपुर, वडा नं-९ पिप्राविर्ता , -८ का धर्रमपुर र सुवर्ण गाँउपालिकाको  धर्मपुर र मझरिया गाँउका क्षेत्रलाई अगोटेको छ। खसी, कुखुरा लोकल देखि वोयलर , बंगुरको मासु र खोलाको साना माछा देखि ठुला माछा प्रशस्त पाईने समितिले जनाएका छन्।

    वडा अध्यक्ष सिंहको सामाजिक कार्यमा लगानीको रुचिले लोकप्रियता बढ्दै गएको स्थानियको भनाई रहेको छ। यस अघि वडा कार्यालयको लागि १० धुर बहुमुल्य जग्गा र प्रहरी चौकीको लागि पिच बाटोको लाखौ पर्ने १ कट्ठा जग्गा दान गरि किर्ति स्थापना गरेका हुन्। यसैको निरन्तरतामा अब बजारको लागि ठाँउ अभावलाई दुर गर्दै आफ्नेै जग्गा उपलब्ध गराएका छन्।

    जसबाट बजार व्यवस्थित ढंगले लाग्ने निश्चित भएको छ।ठाँउको अभावमा बजार लाग्न आलटाल भईरहेका थिए। बजारलाई अझ व्यवस्थित बनाउन नगरपालिकासँग समन्वय गरि सुदृढ बनाईने बताईएको छ।