करैयामाईमा ईंगलिश जोन पब्लिक स्कूलको नवनिर्मित भवनको उदघाटन

दाश पन्न्नालाल दाश पन्न्नालाल 258 Views

१४ कार्तिक, कलैया ।  बाराको करैयामाई गाँउपालिका  -८ स्थित नरहीमा ईंगलिश जोन पब्लिक स्कूलको नवनिर्मित भवनको आज एक कार्यक्रमका बीच उदघाटन सम्पन्न भएको छ। सो बोर्डिङ्ग स्कूल एक अबल महिला पुजा फौजदारले प्रिन्सिपलको रुपमा समेत संचालन गर्दै आएकी हुन्।

२०७० साल देखि भाडामा संचालित सो अंग्रेजी विद्यालयले समुदाय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेकोमा हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा एक समारोहका बिच उदघाटन भएको हो।

सोही बोर्डिङगका सानी नानी विद्यार्थी राधिका चौधरीले पानसमा बति बालिन भन्ने करैयामाई गापा -८ का वडा अध्यक्ष दिनेश चौधरीको प्रमुख आतिथ्मा जग्गादाता लोकेन्द्र फौजदार सहित गंजभवानीपुरका असई चौेबेले संयुक्त रुपमा रिबन काटी भवनको उधटघान गरेका हुन्।

वडाअध्यक्ष चौधरीले यस अंग्रेजी बोर्डिङ्गले गुणस्तरिय शिक्षामा एक  नम्बर ल्याओस र अभिभावकलाई बढी भार नथप्न विद्यालय संचालकलाई सुझाएका हुन्।

बोर्डि्ङ्ग स्कूलले आज देखि आफ्नो निजि भवनमा गुणस्तरिय शिक्षा स्थानिय स्तरमा प्रदान गरिने प्रधानाध्यापक फौजदारले बताएकी छिन्।

गुणस्तरीय शिक्षा आजको आवश्यक्ता रहेकोमा यस बोर्डिङ्गले दश सालको मिहिनेत र शिक्षाप्रतिको लगावले व्यवसाय नकी डिजिटल बैज्ञानिक तवरले शिक्षा प्रदान गरिने भुपेन्द्र चौेधरीले बताएका छन्।

यस ग्रामिण भेगका बालबालिका अंग्रेजी शिक्षाको लागि कलैया विरगंज जाने बाध्यता थियो, सोको विकल्पको रुपमा गुणस्तरिय र प्रभावकारी शिक्षा सेवाको रुपमा दिइने प्रतिबद्ध रहेको संचालक चौधरीले बताएका छन्।

सो  नव निर्मित भवनको उदघाटन सामारोह तथा दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना कार्यक्रममा नेपाल पत्रकार महासघका उपध्यक्ष रामबाबु मेहताले शुभकामना मन्तव्यको क्रममा  प्रत्येक शैक्षिक सत्रमा पाठ्यपुस्तक र पोशाक फेेरिनाले अभिभावकमाथि अनाश्यक भार पर्ने भएकोले यसलाई मनन गरि त्यसो नगर्न सुझाएका हुन्।

यसैगरि शिक्षककको तर्फबाट अर्जुन चौधरी , अभिभावकबाट जितेन्द्र चौधरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका छन् भन्ने   नेपाल पत्रकार महासंघका सह सचिव एवम् कृपा दैनिकका दुश्यन्त चौधरी, कार्यसमीति सदस्य द्वय पन्नालाल दास र नरेश गुप्ता अतिथि तथा  जनप्रिनिधि अभिभावक र विद्यार्थिहरुको उल्लेख्य उपस्थिति रहेका छन्।

उदघाटन समारोहमा तयस बोर्षिङ्गका विद्यार्थीद्धारा नृत्य  गान सहित विभिन्न सांस्कृतिक कला प्रस्तुत गरेका छन्। सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रमानन्द चौधरी तथा  संचालन शिक्षक भुपेन्द्र चौधरीले गरेका छन्।

बारागढी गाँउपालिका र करैयामाई गाँउपालिकाको बिच केन्द्रमा प्रथम र राम्रो संचालित यस बोर्डिङ्गमा सुबिधा सम्पन्न अढाई तल्ले भवनमा कम्पयुटर सहितको प्राविधिक तथा आधुनिक शिक्षामा १९ जना दक्ष शिक्षक शिक्षिकाले साढे ६ सय विद्यार्थीलाई कक्षा पिजि देखि ९ सम्मको पढाइ अब सो भवनबाट संचालन गरिने छ। अगामी दिनमा प्लस टु संचलान गरिने लक्ष्यले सुविधायुक्त विद्यालय  संचालन गरेको संवाहक सँग संचलकले बताएका छन्।

साढे ८ कट्ठामा फैलिएको विद्यालयमा खेेेलमैदान सहित विद्यार्थी ओसारपसारको लागि बस सुबिधा समेत प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया
Share This Article