बारामा यादवको धारिलो हतियार प्रहारबाट हत्या

दाश पन्न्नालाल दाश पन्न्नालाल 233 Views
१० कार्तिक,कलैया । बाराको महागढीमाई नगरपालिका-१ सेमरा तेगछीया सानो टोलका भूमिसुधार भनिने ५५ वर्षीय श्रीनारायण यादवको धारिलो हतियारबाट निर्मम हत्या भएको छ ।

  शनिवर राति ८ बजेतिर मृतक यादवको घर नजिकै सडकमा अज्ञात समूहले घाँटीमा पछाडीबाट प्रहार गरि हत्या गरेको हो । शव कलैया प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

अस्पताल लैजाँदै गर्दा यादवको बाटैमा मृत्यु भएको अस्पालमा खटिएका प्रहरीले जानकारी दिएको छ । छानविन ता अनुसन्धानका लागि घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । हत्याको कारण  र हत्यारा पहिचानमा प्रहरी जुटेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

 

प्रतिक्रिया
Share This Article