सिम्रौनगढका निमित प्रशासकिय अधिकृत साह ८० हजार घुससहित अख्तियारको फन्दामा

दाश पन्न्नालाल दाश पन्न्नालाल 244 Views

८ कार्तिक, कलैया । अख्तियारद्धारा बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुस रकम सहित  पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय हेटौंडाले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद साहलाई आज नगद ८० हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलिले कलैया उप महानगरपालिका – ४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै रहेको साहको क्वाटरबाट एक सेवाग्राहीसँग मोलमोलाई गरि विल भुक्तानी गरेबापत ८० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले जानकारी गराएका छन् ।

साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको सूचना अधिकारी गौतमले बताएका हुन् ।

प्रतिक्रिया
Share This Article