Author: दाश पन्न्नालाल

  • मोटरसाईकल  दुर्घटनाबाट १ जानको मृत्यु,  दुई जना घाइते

      २४, कार्तिक , कलैया। ,   मोेटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भन्ने २ जना घाईाते भएका छन्। मृत्यु हुनेमा

    मोटरसाइकल चालक पर्सा बिरगंज महानगरपालिक – १९ विन्दवासिनी टोल बस्ने जोखु मियाको छोरा अं.वर्ष २० को  राज मिया उपचारको क्रममा ४ बजेर १७ मिनेटको समयमा मृत्यु भएको हो।

    घाइते हुनेमा   मोटरसाइकलमा पछाडि सवार पर्सा बौधरमाई गाँउपालिका-६ भवराटार बस्ने मोलिरहमान मियाको छोरा अं. वर्ष १७ को महबुब मियाको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था गम्भिर रहेको छ।

    त्यस्तै  मोटरसााइपकलमा छाडि सवार पर्सा बिरगंज महानगरपालिका-१९ केहुनिया टोल बस्ने सरोज प्रसाद यादवको छोरा अं. वर्ष १६ को बिक्की यादवको टाउको र शरिरको विभिन्न भागमा चोट लागि उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    गत वीहिवार एक बजेको समयमा बारा जीतपुर सिमरा उपमहानगरपालिका- १० नितनपुर स्थित रहेको शिव शक्ति पेट्रोलपम्प अगाडि दुर्घटना भएको हो।

    जीतपुर बाट बिरगंज तर्फ जादै गरेको म.प्र.०३-०२८ प ३९०९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई बाटो छेउको रेलिङमा ठोकिन गई दुर्घटना हुँदा मो.सा.मा सवार चालक सहित ३ जना घाईते भई LS न्युरो परवानिपुर बारामा उपचार भईरहेको क्रममा १ जनाको मृत्यु भएको अन्यको उपचार भईरहेको प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जनाएका छन्।

  • जिल्लामा न्ति सुरक्षा पहिलो प्राथमिकता हो, नागरिक मैत्री सेवाप्रवाहले शुशासनको अनुभत गराउने प्रतिबद्धता-बारा प्रजिअ अधिकारी

    जिल्लामा न्ति सुरक्षा पहिलो प्राथमिकता हो, नागरिक मैत्री सेवाप्रवाहले शुशासनको अनुभत गराउने प्रतिबद्धता-बारा प्रजिअ अधिकारी

    बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्लाको शान्ति, सुरक्षालाई पहिलो प्राथमिकता हुने बताएका छन्।

    सिडियोले  मुख्यत ४ वटा हेर्ने र गर्न कार्य मध्ये पहिलो प्राथमिकतामा शाान्ती सुरक्षा अमन चयन रहेको छ भन्ने त्यसपछि शुशुाासन तेस्रोमा सेवा प्रवाह र विकास निर्माणको काममा सहजिकरण गर्ने प्रजिअ अधिकारीले बताएका हुन्।

    अनुसुची ५ बमोजिमको काम कर्तव्यमा संघिय कानुनको परिपालनामा कतै पछि नहटने  र अनुसुचि ८ को परिपालना पालिकाले निवार्ह गर्नु पर्ने औल्याका छन्।

    जिल्ला प्रशासन कार्यालय बाराको सभाकक्षमा बाराली पत्रकारहरुसंगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला  अधिकारीले जिल्लाको शान्ति, सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

    काममा ढिला सुस्ति दुषित मानसिक्ताको सुधार आफ्नेै कार्यालयबाट शुुरुवाात गरि सेवाग्राहीलाई नागरिक मैत्री सेवाप्रवाहको अनुभुत गराउने आश्वस्त पारेका छन्।

    नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी , परिचयपत्र, ठाडो उजुरी लगायतबारे नागरिकले सास्ती अनाश्यक झन्झट अब देखि नव्यहोर्न भित्रैको कर्मचारीको मानसिक्ता र पुर्वाधार बदलेर सुशासनको अनुभुति दिलाउने उनको अठोट रहेको छ।

    जनताको कामकाज बिना झनझट छिटो र छरितो गर्ने मातहतका कार्यालयका कर्मचारीलाई निर्देशन दिने काम भईसकेको हुँदा सेवा प्रभाहमा कुनै कमी नआउने दावी समेत प्रजिअ अधिकारीको दाबी छ।

    यस सँगै विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेला चुुनौती र अवसरको रुपमा रहेको उनले बताएका छन्। पछिल्लो मेलामा ६० लाखाानिस मेला अवलोकन गरेका सुनेका छौ, यसपाली करोडको हाराहारीमा मानिस को आवागमनले शान्ति सुरक्षाको चुनौती थपेको छ।

    मंसिर १ गते देखि लग्ने मेलामा २३ देखि २५ गतेसम्म अनि १० दिनसम्म भिड भिडभाड नियन्त्रण , वलि व्यवस्थापन , राङ्गा काटिसकेपछि व्वस्थापन , अरु वली ,  यातायात, खानेपानी , मोवाईल नेटवर्क लगायतका व्यवस्थापन गर्न निश्चित रुपमा अपरिहार्य छ, उनले थपे।

    प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेकाले जिल्लाको समग्र विकासका लागि सबैको साथ सहयोग पाउनमा आफु आशावादी रहेको उनले बताएका छन्

    आफूले यस जिल्लामा मालपोत कार्यालयमा काम गरिसकेकोले जिल्लाको बस्तु स्थितिबारे जानकार रहेको  बताएका छन्। जागिरको क्रममा शिविर वयवस्थापन कार्यालय  चितवन, सुर्खेतमा ३ वर्ष र स्थानिय विकास अधििकारीको रुपमा मनाङ्ग , नवलपरासी, वर्दया, चितवन  र यातायात व्यवस्था  कार्यालय, बागमति प्रदेशको पहिलो अर्थ सचिवको रुपमा काम गरेको अनुभव प्रजिअ घअधििकारीसँग रहेको छ।

    त्यस्तै प्रमुख जिल्ला अधिकारीको रुपमा बुटवल, सुर्खेत ,रहिसकेका छन्।भन्ने संघिय मामिला तथा समानय प्रशासन मन्त्रालयको प्रवक्ता र काठमान्डौ महानगरपालिकाको हाकिमको रुपमा १७ महिना काम गरि  विपद व्यवस्थापन प्राधिकरणको अनुभव बटुली काम कार्यवाहीमा पोख्त बताईएको छ।

    कालो बजारी, अपराध र भ्रष्टाचार आफूले शून्य सहनशीलतामा राखेर अगाडी बढने बताउदै अवैध रुपमा संचालन भईरहेको मदिरा भठीहरुलाई नियन्त्रण गर्ने , लागु औषध नियन्त्रण, चोरी पैठारीलाई नियन्त्रण गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रजिअ अधिकारीको भनाई रहेको छ।

    फरक प्रसंगमा प्रजिअ अधिकारीले पित पत्रकारिता नगर्न आग्रह गर्दे सत्यलाई सत्य र असत्यलाई असत्य भनी दिन र पोजेटिभ कुरो उठानले मान्छेमा बदलाव आउने भएको सबै पत्रकारहरुलाई सहयोग गर्न आग्रह गरेेका छन्।

    कसैको दवाव र प्रभावमा नपरी कानुन बमोजिमको काममा मेरो हात कहिलेपनि नडगमागाउने प्रतिवद्धता ब्यक्त गर्दै जिल्ला प्रशासन कार्यालयबाट नै सुशासनको अनुभुती सर्व सधारण नागरिकलाई दिने कामको शुरुवातको गर्ने प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभएको हो ।

    संघियता आएपछि धेरै अधिकार स्थानिय तहलाई दिएको हुदा धेरै कुराहरु चाहेर पनि तुरन्तै एक्सनमा गएर प्रक्रिया अगाडी बढाउनेमा केहि समस्या सृजना हुने बताउदै फेरि पनि त्यो बहनामा कसैलेपनि कानुनलाई मिचेर जान छुट नभएको प्रजिअ अधिकारीको भनाई रहेको छ ।
    पलिकाहरु संग समन्वय गरि धेरै कामहरु गर्ने सोच रहेको उनले बताएका छन्। जिल्लाको नाकाहरुको विषयमा अनुगमन, बजार अनुगमन, कर्मचारी अनुगमन, यातायात व्यवस्थापन, सुचना सहज र सुलब रुपमा उललब्ध गराउने देखि मालखाद उपलब्ध गराउन,लागऔषद नियन्त्रण, खोलाको दोहन रोक्न, जुवातास नियन्त्रण गर्न एवम क्रसरलाई नियमन गर्नुको साथै समाजका रहेको बिकृति, बिसंगतिलाई चिरदै सभ्य समाज निर्माणका लागि लागी पर्ने प्रजिअ अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन्।

    समाजमा कुप्रथाकोरुपमा जरा गाडेको बोक्सी प्रथा र जातिय विभेद कानुनी रुपमा सामाजिक अपराध सँगै दण्डनिय छ। कसैले त्यस्ता कार्य गरे पिडक उम्कन नसक्ने त्यस्तालाई कार्यवाही गरिने जनाएका छन्।  सोही अवसरमा छठ पर्वको अवसरमा जिल्लावासीलाई सुख शान्ती र समृद्धिको शुभुकामना व्यक्त गरेका हुन्।

    परिचयात्मक कार्यक्रममा पत्रकारहरुले जिज्ञास र सुझाव राखेका थिए।

  • बञ्जरियाबाट नगद ५१ हजार सहित ३४ जना जुवाडे पक्राउ

    बञ्जरियाबाट नगद ५१ हजार सहित ३४ जना जुवाडे पक्राउ

    २१ कार्तिक,कलैया । बारा प्रहरीले गएराती जुवा खेल्दै गरेका ३४ जना जुवाडेलाई प्रसौनी गाँउपालिका -७ बञ्जरिया बाट पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जुवा खेलिरहेकै ठाँउबाट रंगेहात ठुलो गिरोह सहित बञ्जरीया, ब्रहमपुरी, गंगापुर प्रस्टोका टोलका मानिसहरु रहेका छन्।

    उनी पक्राउ परेका जुवाडेबाट जुवा खाल सहित नगद ५१ हजार ३ सय २० सहित दुईसेट तास एक सेट कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ गरिएका मानिसलाई कानुनी प्रकृया अगाडि बढाईएको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

    जुवा तासको लतमा मानिस विलिबाठ बनेका छन्। समाजिक उच्छृङकल र अराजक गतिविधिले स्थानियले सास्ती खेप्नु परेको स्थिति छ।
    संगठित रुपमा खेलाउदै आएको जुवा तासमा जिल्लाभरिका नामुद मानिस लगानी र नाईके भिडि हुण्डी कारोबार गराउने अड्डा बनेकोमा विगतमा पनि पक्राउ परेकाबाट पुष्ट्याई गरेको छ।

  • अमेरिकी राष्ट्रपति मतगणनामा ट्रम्प अघि

    अमेरिकी राष्ट्रपति मतगणनामा ट्रम्प अघि

    २१ कार्तिक, काठमान्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणना सार्बजनिक भएको छ। चल्दै गरेको मतगणनाको परिणाम अनुसार  रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।

    ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।

    निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।

  • रास्वपा सभापति लामिछानेलाई हिरासतमा राख्न १० दिन म्याद थप

    रास्वपा सभापति लामिछानेलाई हिरासतमा राख्न १० दिन म्याद थप

     

     २० कार्तिक, कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले म्याद थप गरेको छ । उक्त म्याद थपको समय कात्तिक १५ गतेदेखि गणना भएर कात्तिक २४ मा सकिनेछ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलगायत ५ जनालाई हिरासतमा राख्ने म्याद १० दिन थपेको हो ।

    लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १० दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।

    लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।

     

  • हिन्दुहरुको महान पर्व छठ घाट भव्यरुपमा सजाईदै, आज खरना

    हिन्दुहरुको महान पर्व छठ घाट भव्यरुपमा सजाईदै, आज खरना

     २१ कार्तिक, कलैया ।  तराई मधेश लगायत संघिय राजधानी काठमान्डौमा हिन्दुहरुको महान पर्व छठ ब्रतको छठी घाठको सजावट द्रुत गतिमा भईरहेको छ। निराहार कठोर ब्रतमा छठ ब्रतालुहरुले अर्घ्य दिईने घाट नदि पोखरी जलाश्य समेतलाई सरसफाई र व्यवस्थापनमा श्रद्धालुहरु सहित समिति बनाएर कार्यमा जुटेका छन्।
    मधेश प्रदेशको राजधानी जनकपुर देखि औधोगिक नगरी पर्साको विरगँजको घडिअर्वा ,बाराको कलैयाको रामजानकी मन्दिर, सिद्धेशवर विद्यालयमा घाट सजवाटमा लाखौ रकम खर्ची भव्य र मनमोहक बनाउन तयारीको लगभग पुर्ण अवस्थामा छ।
     यसैगरि,  महागढीमाईको बरियारपुर, पिप्राविर्ता, कन्चनपुर, बलुवा, सिम्रौनगढ कचोर्वा, सुवर्णको कवहीगोठ, आदर्शकोतवालको चिउटाहा, देवताल,  विश्रामपुर, फेटाको भलुही भरवलिया त्रिवेनी, प्रसौनी, परवानीपुर, नौतन, निजगढ , करैयामई ,बारागढीको लङ्डाचोक, पचरौता वेनौली लगायतमा प्रत्येक टोलमा गच्छअनुसार साना ठुल्ला छठघाटमा पण्डाल बनाई सजवाट भईरहेको छ।
     ब्र्रतालुहरु मंगलबार ‘नहाय खाय’ विधिबाट छठ पर्वको विधिवत शुरु गरेका छन् । स्नान पछि शुद्ध चोखो  मिठा मसिना खाने कुरा खाएका छन् ।

    व्रतालुहरुले बुधबार ‘खरना’ विधिअन्तर्गत ‘रस्याउ रोटी’ अर्थात् दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र रोटी/पुरी खानेछन् । बिहीबार दिनभरि निर्जल निराहार बसेर व्रत बस्ने छन् । त्यस दिन साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखर, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँ-नयाँ वस्त्र लगाएका व्रतालुका परिवारजनले पूजा सामग्री राखिएको बाँसको दौउरा छैंटा टाउकोमा बोकि घाटसम्म लग्नेछन् ।

    छठ घाटमा व्रतालुहरुले बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत पूजा सामग्रीको अर्घ्य दिईने छन् । त्यसपछि  घण्टौ घाटमा बसेर पूजाअर्चनामा लिन हुन्छन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यो विधिले व्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    यसरी कोसी भर्दा परिवारका सदस्य, आफन्त, छरछिमेकका पनि त्यहाँ पूजाअर्चना गर्न आइपुग्छन् । घाटमै बसेका व्रतालुहरु भने रातभरि त्यही भजनकीर्तन गर्छन् । घटा सेवन गरि विहानको सुर्य भगवान दिनानाथलाई अर्घ्य दिई पारना गरि छठ पर्व सम्पन्न हुनेछ।

    ब्रताुलु अंकमालगरि एकआपसमा शुभुकामना अदानप्रदान सँगै  शुभाशिस दिने र थाप्ने गर्दछन्। गाउँ टोलका मन्दिर पुजनगरि अनजल ग्रहण गरि छठी माताको कठोर निराहार व्रत सकिनेछ।

     

  • अमेरिकामा राष्ट्रपतिको लागि ह्यारिस र  पुर्व राष्ट्रपति ट्रम्प बिच मतदान हुदै

    अमेरिकामा राष्ट्रपतिको लागि ह्यारिस र  पुर्व राष्ट्रपति ट्रम्प बिच मतदान हुदै

    २० कार्तिक,  काठमाडौँ ।  अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपतिको बन्न लागि चुुनावी दौड छिन्।

    एनबीसी न्युजको सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था बराबर छ । ट्रम्प र ह्यारिस दुवैलाई समान ४९ प्रतिशतले मत दिने बताएका छन् भने दुई प्रतिशतले निर्णय लिइनसकेको जनाएका छन् ।

    विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन् । एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ छ भने पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन जुटाएकी छन् । तर यो सर्वेक्षण निर्वाचित हुनका लागि यकिन छैन । सर्वेक्षणअनुसार ५ प्रतिशत मतदाता अन्तिम समयसम्म पनि कसलाई मत दिने भन्ने निर्णयमा पुगिसकेका छैनन् । जसका कारण दुईमध्ये जुनसुकै उम्मेदवारले जित हासिल गर्न सक्ने देखिएको छ ।

    अमेरिकी राष्ट्रपतिमा विजयी हुन देशभरको समग्र मत बढी ल्याएर मात्र पुग्दैन । अमेरिकी राष्ट्रपतिको चुनाव ‘इलेक्टोरल कलेज’ प्रणालीमा आधारित भएकाले कम मत प्राप्त गर्ने उम्मेदवार पनि राष्ट्रपति बन्न सक्ने सम्भावना हुन्छ । सन् २०१६ मा देशभरिबाट पाएको मत हिलारी क्लिन्टनको भन्दा करिब ३० लाख कम भएको अवस्थामा पनि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका थिए । सन् २००० मा राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन दलका जर्ज डब्लु बुसले डेमोक्रेटिक उम्मेदवार अल गोरको भन्दा पाँच लाख कम मत पाएका थिए ।

    राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । दलहरूले आफ्ना समर्थक वा पार्टी अधिकारीलाई चुनाव हुनुअघि नै इलेक्टोरलका रूपमा चयन गर्छन् । इलेक्टरले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउने भए पनि आफ्नो राज्यमा लोकप्रिय मत बढी पाउने उम्मेदवारलाई नै समर्थन गर्छन् ।

    दुई उम्मेदवारले पाएको इलेक्टोरल मत बराबर भयो भने अमेरिकी संसद्को तल्लो सदनले मतदानमार्फत सबैभन्दा बढी इलेक्टोरल मत पाउने तीन उम्मेदवारबीचबाट राष्ट्रपति छान्छ । यस्तो प्रक्रियाबाट अमेरिकामा सन् १८२४ मा मात्र राष्ट्रपति निर्वाचित गरिएको छ । राष्ट्रपतिमा विजयी भएका उम्मेदवारले चयन गरेका उपराष्ट्रपतिका उम्मेदवार पनि स्वतः निर्वाचित हुन्छन् । ट्रम्पले जेडी भेन्सलाई उपराष्ट्रपतिको उम्मेदारमा अघि सारेका छन् भने ह्यारिसले मिनिसोटाका गभर्नर टिम वाल्ट्जलाई उपराष्ट्रपति बनाउने निर्णय लिएकी छन् ।

     

  • पचरौताको वेनौलीमा लाग्ने छठ परनाको झण्डा मेला भिखना पोखरीको डिलमा लाग्ने , अराजक गतिविधि झडप रोक्न अनुमति वेगर अर्को मेला वा कार्यक्रम गर्न पाईने छैन- मेयर सिंह

    पचरौताको वेनौलीमा लाग्ने छठ परनाको झण्डा मेला भिखना पोखरीको डिलमा लाग्ने , अराजक गतिविधि झडप रोक्न अनुमति वेगर अर्को मेला वा कार्यक्रम गर्न पाईने छैन- मेयर सिंह

    १९ कार्तिक, कलैया । पचरौता नगरपालिका बडा नं.७ बेनीली गाउँमा परा पुर्वकाल देखि नै छठ पर्व परनाको भोलिपल्ट देखि लाग्ने महाविरी झण्डा मेलाको विषयलाई लिएर नगर प्रमुख जलन्धर सिंहले आज प्रेस सम्मेेलन गरेका छन्।

    नगर कार्यपालिकाको असोज १२ गतेको निर्णय अनुसार वडा नं.७ वेनौली गाउँमा परनाको भोलिपल्ट देखि लाग्ने सो मेला भिखना पोखरीको डिलमा लागाउने बताएका छन्।

    नगरपालिका वा वडा कार्यालयको अनुमति विना यस नगरपालिका को क्षेत्र भित्र कुनै किसिमको मेला, नाचगान लगायत सांस्कृतिक कार्यक्रम समेत गर्न नपाउने निर्णय भएको जानकारी समेत गराएका हुन्।

    कार्तिक २३ गते रात्रि महाविरी तथा ब्रहम पुजा हुने बताईएको छ, भन्ने कार्तिक २४  देखि २५ गते सम्म वडा नं.७ वेनौली गाउँमा लाग्ने महाविरी झण्डा मेलामा कडा र उच्च स्तरिय सुरक्षा व्यवस्था मिलाउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्र समेत पठाई सकेको मेयर सिंहले जानकारी गराएका छन्।

    गत साल झै मेला विबादित बनाउन झडप तथा झगडा गर्ने उदेश्यले केहि व्यक्ति तथा समुहले नगरपालिकाले तोकेको मिति समयमा अर्को मेला लगाउन तिरनवाज सिंह भन्ने लालवहादुर पटेलको अध्यक्षतामा एउटा मेला समिति तथा भैयाराम सहनीको अध्यक्षतामा अर्को मेला समिति गठन गरि विवाद सृजना गर्न खोजेको हो , उनको भनाई रहेको छ।

    महाविरी झण्डा मेला उपभोक्ता समिति गठनका लागि वडा कार्यालयबाट प्रथम पटक असोज ७ को सूचना स्थगित भई पुनः दोस्रो पटक १६ गते सुचना गरिएकोमा १८ गतेका दिन बिहान ७ बजे राम जानकी मठको प्राङ्गणमा धर्मदेव प्रसाद यादवको अध्यक्षतामा भिखना पोखरीको पश्चिम डिलमा मेला लगाउनको लागि श्री महाविरी झण्डा मेला व्यवस्थापन समिति गठन भईसकेको उनले भने।

    यस वडा कार्यालयको असोज १८ गतेको च.न. ३८९, बाट सिफारिस समेत भई  नगर कार्यपालिकाको कार्यालय बेनौलीको असोज २० गतेको च.नं.११९७ बाट कार्यदेश समेत पाईसके भएपनि समाजिक संजाल तथा गाउँका व्यक्तिहरुबाट भएको जानकारी अनुसार कानुन विपरीत केही व्यक्तिहरु/समुहले सोही समय र मितिमा अर्को मेला लगाउनको लागि मेला समिति गठन गरेको सुनिन आएको छ, भन्दै उनले आपति जनाएका छन्।

    स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १२ बडा समितिको काम, कर्तव्य र अधिकारको उपदफा २ (ग) को बुदाँ नं.१७ मा स्थानिय समुदायका चाडपर्व भाषा संस्कृतिको विकासको लागि कला नाटक जनचेतनामुलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने तथा बुदाँ नं.१८ मा स्थानिय मौलिकता झल्किने सांस्कृतिक रितिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने अधिकार  वडा कार्यालयलाई रहेकोले कानुन विपरीत कोही कसैले अनाधिकृत कार्य नगर्नु नगराउनु आग्रह गरेका छन्।

    वडा कार्यालयको अनुमति विना वडा नं.७ मा कुनै किसिमको सांस्कृतिक कार्यक्रम मेला तथा नाटक समेत संचालन नगर्नु नगराउन भनेका छन्।

    यदि कुनै व्यक्ति वा समुहले अनुमति विना सास्कृतिक कार्यक्रम, मेला तथा नाटक संचालन गरेमा वा गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने सचेत गराएका छन्।

    जबकी विवाद सामय पार्न गत वर्ष नै बडा नं.७ का जनप्रतिनिधि र अगुवा भद्रभलादमीहरु र मेला लगाउने अर्को समुहसंग जिल्ला प्रशासन कार्यालय कलैया बारामा २०८१ साल देखि एउटै मेला लगाउने र उक्त मेला वडा कार्यालयले लगाउने २०८०/८ /५ गते सहमति समेत भएको उनले नगरबासीलाई लगायत सरोकारवालालाई जानकारी गराउन मिडियाकर्मीसँग साक्षात्कार गरेका उनले भने।

    यहाँसम्मकी भैयाराम सहनीले मेला लगाउनका लागि वडा कार्यालयले गठन गरेको मेला समिति विरुद्ध (मुदा नं.०८१-७०- ०३२४। रिट समेत दिएकोमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार समेत गरेको वडाअध्यक्ष लक्ष्मी यादवले जानकारी गराएका छन्।

    गत वर्ष पनि दुई  बटा मेला लागेकोमा उक्त मेलामा दोहरो झडप समेत भई स्थिति अत्याधिक तनाव पुर्ण भएकोले जिल्लावाट ठुलो संख्यामा प्रहरी समेत परिचालन भई झडपलाई नियन्त्रण गर्नका लागि १८ राउण्ड हवाइ फायर समेत गर्नु परेको तनाव पुन: स्मरण गराउदै अब त्यस्तो हुन नदिन सजगता सहित सम्पुर्ण तयारी भईसकेको उनले बताएका छन्।

    राजनितिक प्रतिशोद्धले अराजक्ता फैलाउने छुट कसैलाई नरहेको बताउदै विवाद मिलाउन अनेकन पटक छलफल भएको तर अर्को समूह अटेरी गरिरहेको मेयर सिंहको कथन रहेको छ।

    यस अघि गाँउमै लाग्दै गरेको मेला नीर पहिले प्राथमिक विद्यालय थिए , खुल्ला मैदान थिए  तर अहिले सो स्थान साँगुरिएको छ। विद्यालयमा कम्पाउण्ड बाल लगाईएको छ। निजि जग्गामा लगाउनु भन्दा सार्वजनिक जग्गा प्रयाप्त भएकोले भिखिना पोखरीको डिल उपयुक्त रहेको छ।

    विगतको सुनियोजित रबैया र उग्र विवादलाई मध्यनजर गरि र विगतको सम्झौता अनुसार यसपालीको मेला विवादरहित बनाउन नगर भित्र अर्को कुनै मेला जात्रा नाटक वा यस्ता भिडभाड हुने कार्यक्रम अनुमति बेगर पुर्ण बन्देज लगाइएको हो, त्यस्तो कार्य गर्नु परेमा नगरपालिकाबाट अनुमति लिई सोही अनुसार गर्नु पर्नेछ। शान्ती सुरक्षा बहाल राख्न र आपसी सद्भाव खलबलिन नदिन भव्य सभ् रुपमा मेला लगाउन कडारुपमा जानू परेको उनको प्रष्टोक्ति रहेको छ।

    नगरमा विनास, आपसी कलह नहोस्, कसैको उक्साहटमा उपद्रव नहोस्, नगरवासीको जिउधन तथा शान्ती सुरक्षाको दायित्व नगरप्रमुखको रहेकोले नगरपालिकाले तोकिए ठाँउ नगरपालिका कार्यालयसँगै रहेको भिखना पोखरीको पश्चिम डिलमा नै सुरक्षित शान्तितिपुर्ण लाग्ने मेलाको प्रचार प्रसारमा जोड दिन भन्दै  २३ गते रात्री विधिवत शुरु हुने पुजा मेलामा रिपोर्टिङगको लागि संचारकर्मीलाई आह्वान गरेका हुन्।

    सोही अवसरमा नगरवासी लगायत सम्पुर्णमा सुख शान्ती समृद्धि छाओस भन्ने हिन्दुहरुको महान  छठ पर्वको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन्। सो प्रेस मिटमा वडा अध्य्यक्ष बनारशी बिन समेत उपस्थित रहेका छन्।

  • बारा प्रहरीले छपकैया सोनार हत्याका आरोपी साहलाई पक्राउ पछि सार्बजनिक

    बारा प्रहरीले छपकैया सोनार हत्याका आरोपी साहलाई पक्राउ पछि सार्बजनिक

    १५ कार्तिक, कलैया । प्रहरीको तादारुक्ताले छपकैया सोनार हत्याकाण्डका आरोपी विजय कुमार साहलाई पक्राउ गरि आज बारा प्रहरीले प्रेस मिट गरि सार्वजनिक गरेको छ।

    घटनाबारे अनुसन्धान पश्चात पर्साको साविक गा.वि.स.बिश्रामपुर वडा नं.७ हाल बहुदरामाई नगरपालिका वडा नं.९ बस्ने अं. वर्ष २८ को बिजय कुमार साहलाई सोनार हत्या पक्राउ गरिएको प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्।

    कार्तिक १ गते बिहान अं. साढे ९ बजे बजेको समयमा  बारा प्रसौनी गाँउपालिका वडा नं. १ त्रिवेणी स्थित गण्डक नहरमा मृत अवस्था पुरूषको शव बरामद गरिएको थियो।

    घटनाख सूचना प्राप्त हुन साथ प्रहरी टोली घटना स्थल मुचुल्का गरी मृतकको बारेमा बुझ्दा पर्सा वीरगंज महानगरपालिका वडा नं. ३ छपकैया टोल बस्ने वर्ष २६ को बिरेन्द्र साह सोनार मृत शव कुहिन लागेको अवस्थामा बरामद गरिएको थियो।

    हत्या आरोपी साहलाई ७ कार्तिक ५ बजेको समयमा बारा कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा स्थित दशगंजाबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।

    घटना अनुसन्धान गर्दा निज मृतकको श्रीमति संग प्रेम सम्बन्धको कारणले विबाद हुँदा गमछाले पछाडीबाट घाँटीमा कसी हत्या गरी असोज २७ गते राती साढे ९  बजेको समयमा बारा प्रसौनी गाँउपालिका वडा नं. १ त्रिवेणी स्थित गण्डक नहरमा फालेको भनि स्वीकार गरेकोले कानुन बमोजिम कार्यवाही प्रकृया अगाडी बढाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायाब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

     

  • सेमरा तेगछिया यादव हत्यामा संग्न मुख्य अभियुक्त चौधरी पक्राउ

    सेमरा तेगछिया यादव हत्यामा संग्न मुख्य अभियुक्त चौधरी पक्राउ

     १५ कार्तिक, कलैया। बारा प्रहरीको सक्रियताले घटनाको छैठो दिनमै अपराधी पता लगाई पक्राउ गर्न सफल भएको छ। 

    महागढीमाई समेरा तेगछियाका यादव हत्याकाण्डको बारा प्रहरीले एक हप्ता भित्रै आरोपित हत्यारालाई पक्राउ गरि आज घटनाबारे प्रस सम्मेलन मार्फत सार्बजनिक गरेको छ।

    यादवको हत्यामा पश्चात घटनामा संलग्न आरोपितबारे विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान र छानविन गर्दै जादा मुख्य अभियुक्त सोही ठाँउका  ६४ वर्षिय सोथाई चौधरी भन्ने सोथाई खाँ थारु रहेको पुष्टि भएको प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्।

     

     महागढीमाई नगरपालिका वडा नं.१ सेमरा तेगछिया नयका टोल बस्ने अं.बर्ष ५५ को भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवलाई  सेमरा तेगछिया सडक खण्डमा कार्तिक १० गते साँझ करिब साढे सात बजेको समयमा धारिलो हतियारले टाउको पछाडी गर्दनमा प्रहार गरी विभत्स हत्या भएको थिए।

    सोही दिन थारूलाई उनकै घरबाट पक्राउ गरी अनुसन्धान गर्दा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा बिवादको कारणले निज मृतकको हत्या गरेको खुल्न आएको तथा हत्यामा प्रयोग गरेको धारिलो हतियार २.५ ईन्च चौडाई, १ फिट ७ ईन्च लम्बाई भएको फलामको खुकुरीसमेत घरको पछाडी झाडीमा लुकाई छिपाई  राखेको अवस्बथाबाट  १५ गते बरामद गरिएको प्रहरीले जनाएको छ।

    थारुलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको सुचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।