Author: दाश पन्न्नालाल

  • ब्रह्मा कुमारी सेवा केन्द्र द्धारा दिप प्रज्वलन गरि सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण

    ब्रह्मा कुमारी सेवा केन्द्र द्धारा दिप प्रज्वलन गरि सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण

    दास पन्नालाल

    २ असोज, कलैया—- भदौ २३ र २४ गते देशमा भएको जेन- जी विद्रोहमा ज्यानको आहुति दिई सहिद भएकाहरु प्रति आज बाराको कलैया स्थित भरत चोकमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्धारा दिप प्रज्वलन गरिएको छ।

    साथै सेवा केन्द्रकी सुष्मा बहनको नेतृत्वमा ॐ शान्तिका सम्पुर्ण भाईजी र बहन हरुले यस शोक दिवसको कार्यक्रममा सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

    हिजो सरकारले सहिदहरुको सम्मानमा शोक दिवसको घोषणा गरि  सार्बजनिक दिएका थिए। देशका कर्णधार युवा पुस्ताको दिवगंत आत्माको चिरशान्तिका लागि १ मिनेट मौन धारण गरि घाईतेहरुका लागि शिघ्र स्वास्थ्यलाभको कामना सहित परमात्मासँग प्रार्थना गरेका  उक्त कार्यक्रममा सहभागी पत्रकार महासंघका पुर्व उपाध्यक्ष राकेश पाणडेयले बताएका छन्।

    भ्रष्टच्टार र बंशावली लिप्त राजनितिले ल्याएको वेथितिका विरुद्ध देशका अवस्था र व्यवस्था परिवर्तनका लागि गरिएको सत्ता च्यु्त आन्दोलनले जेन- जीहरुले प्रहरीको गोली खाई सहादत दिए।

    सार्बजनिक सुचि अनुसार ७२ जनाले ज्यान गुमाएको छ भन्ने मृतकको संख्या अझै  दिनप्रति दिन बढ्दै गएको छ।

    जसमा घाईते दुई हजार भन्दा बढी रहेकोमा तीन सय भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भईरहेको बताईएको छ।

  • जनमतका उपाध्यक्ष अबदुल सहित ६ केन्द्रिय नेताले पार्टी त्यागे

    जनमतका उपाध्यक्ष अबदुल सहित ६ केन्द्रिय नेताले पार्टी त्यागे

    मुन्ना कुमार, काठमान्डौ

    २ असोज —  डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले अनुसासनको कार्यावहीको हुने पक्का भएपछि पार्टी परित्याग गरेका छन् ।

    पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार (आज) साधारण सदस्य समेत नरहने गरी आफै पार्टी परित्याग गरेका हुन् ।

    जनमतका केन्द्रिय उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले पार्टी छाडेका हुन् ।

    पार्टी अध्यक्षलाई राजिनामा दिन २४ घण्टाको अलटिमेटम  दिएपछि राउतले सामाजिक सञ्जालमा पार्टी छोड्न उपयुक्त समय भएको बताएका थिए ।

    पार्टी परित्यागको घोषणा गरेका प्रवक्ता डा.शरदसिंह यादवले भने, ‘हामी पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं । उहाँलाई सजिलो होस् भनेर पार्टी छोड्यौं ।’

  • राष्ट्रिय शोक दिवसमा कलैयामा शिक्षक संघद्धारा दिप प्रज्वलन

    राष्ट्रिय शोक दिवसमा कलैयामा शिक्षक संघद्धारा दिप प्रज्वलन

    हार्दिक श्रद्धाञ्जली

    ी ॐ

    दास पन्नालाल

    १ असोज, कलैया– भदौ २३ र २४ गते जेन-जी आन्दोलनमा ज्यान गुमाएकाप्रति सरकरले घोषणा गरेको आज राष्ट्रिय शोक दिवसको अवसरमा नेपाल शिक्षक संघ, बाराले कलैयाको भारत चौकमा दीप प्रज्वलन गरेको छ।

    शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीको अध्यक्षको नेतत्वमा  विद्यार्थी, कर्मचारी, शिक्षक, पत्रकार र नागरिक समाज लगायतका महानुभाव हरुको सहभागितामा  सहादत दिएका युवापुस्ताहरुको चिर शान्तिको कामना  गर्दै सहिदहरु प्रती श्रद्धायञ्जली दिदै  कार्यक्रम सम्पन्न गरेको हो।

    जेन- जी पुस्ताका बलिदानी खेेर नजाओस् । मृतकको आत्माले शान्ति पाउन कामनाका साथ दिप प्रज्वलन गरिएको शिक्षक संघका अध्यक्ष सहनीले जानकारी गराएका छन्।

    वीर सहिद अमर रहुन् । देश सहि दिशामा हिडोस्। जुन उद्देश्यका साथ जेन- जी विद्रोह भयो, त्यो पूरा  हुनुपर्छ , शिक्षक संघका बाबुराम यादवले बताए।

    र सहिद अमरसहुन्युवाुस्ताहरुले देशमा बड्दै गएका वेथिति भरष्टाचारको लागि अवस्था र व्यवस्थाको आमुल परिवर्तनको लावि लाखौको विशाल प्रदर्शन गरेका थिए।

    जसमा दुई हजार जति घाईते भएका छन् भन्ने हिजोसम्म ७२ जनाले प्रहरीको गोली लागि ज्यान गुमाईसकेका छन्। यो आंकडा दिनप्रति दिन अझै बढदै गएको छ।

     

  • मदिरा सेवनबाट सुवर्णमा तीन जनाको मृत्यु, प्रहरी बेखबर

    मदिरा सेवनबाट सुवर्णमा तीन जनाको मृत्यु, प्रहरी बेखबर

    संवाहक सम्बाददाता
    १ असोज, बारा—-  घरेलु रक्सी सेवनका कारण बारामा तीन जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउपालिका वडा नं. ३ पचगछिया टोलका  सोमबार राती तीन जनाको मृत्यु भएको छ।
    मृत्यु हुनेमा सोही स्थानका  ४५ बर्षका गोपाल यादव,  ५० बर्षको ऐजाजुल मिया र  २७ बर्षिय डिबुवा भन्ने रामसुरथ यादव रहेका छन
    स्थानियको अनुसार गोपालको स्थानिय अस्पतालमा र  ऐजाजुल र रामसुरथको भारतको मोतिहारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
    पचगछिया टोल ट्रान्सफरमर छेउमा रक्सी पसल सञ्चालन गरेका महाबिर यादवको छोरा राम भरोस यादवले सञ्चालन गरेको मदिरा पसलमा तीनै जनाले एक दिन अघि आईतबार मदिरा सेवन गरेको  बताईरहदा मदिराकै कारण उनीहरुको मृत्यु भएपनि प्रहरीले कुनै कार्वाही अघि नबढाएको स्थानीयले चिन्ता व्यक्त गरका छन्।
    बारामा सिमावर्ती गाँउमा  अबैध सञ्चालनमा रहेका यस्ता  दर्रजनौ मदिरा भट्टी जताततै सञ्चालनमा छ । प्रहरीको प्रभावकारी भुमिका कारगर नदेखिएको जनगुनासो बढदै गएको छ।
  • पत्रकार लामा माथिको कुटपिट प्रति माहसंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कार्यावाहीको माग

    पत्रकार लामा माथिको कुटपिट प्रति माहसंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कार्यावाहीको माग

    दास पन्नालाल

    ३१ भदाै,बारा —  नेपाल पत्रकार महासंघ बाराले पत्रकार बसन्त लामामाथि मंगलवार केही अराजक व्यक्तिले कुटपिट गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।

    ​महासंघले जारी गरेको विज्ञप्तिमा लामामाथि हत्याको मनसायले कुटपिट भएको उल्लेख छ। लामाका अनुसार बाराको निजगढ नगरपालिका वडा नम्बर १ मा रहेको बन्सथली हाट बजार नजिकै मोटरसाइकलमा आएका केही व्यक्तिले उनलाई कुटपिट गरेका छन्। कुटपिटबाट लामाको शरीरका विभिन्न भागमा चोट लागेको छ।

    ​घटनाको निन्दा र भर्त्सना गर्दै महासंघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

    प्रसारित र ​प्रकाशित समाचारप्रति असहमति भए खण्डन गर्ने कानुनी बाटो अपनाउनुको सट्टा पत्रकारमाथि नै हातपात गर्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ।

    ​महासंघले पत्रकार र पत्रकारिताको सुरक्षा सुनिश्चित गरी स्वतन्त्र र निर्भयताका साथ पेशामा लाग्ने वातावरण बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै घाइते पत्रकार लामाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

    ​पत्रकार महासंघ बारा शाखाका सूचना अधिकारी तथा सहसचिव इन्दीप कोइरालाले जारी गरेको विज्ञप्तिमा यो घटनाले पत्रकारिता पेशाको सुरक्षामाथि प्रश्न उठाएको उल्लेख छ।

  • सरकारले १ असोजमा शोक दिवस मनाउने निर्णय र  सार्बजनिक विदाको घोषणा

    सरकारले १ असोजमा शोक दिवस मनाउने निर्णय र सार्बजनिक विदाको घोषणा

     

    मुन्ना कुमार

    ३० भदौ,  काठमाडौं — सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूको सम्मानकोमा राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत भएको छ ।

    जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ ।

    ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको छ।

    मृतक परिवारलाई राहत स्वरुप १० लाख र अन्य खर्च ५ लाख गरि १५ लाख दिईने निर्णय भएको बताईएको छ।

    जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।

  • जेन-जी आन्दोलनका मृतक परिवारलाई १ लाख काजकिरिया खर्च, शोक दिवस मनाइने गृहमन्त्रीको निर्णय

    जेन-जी आन्दोलनका मृतक परिवारलाई १ लाख काजकिरिया खर्च, शोक दिवस मनाइने गृहमन्त्रीको निर्णय

    मुन्ना कुमार

    • सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने ।
    • गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने।
    • शोक दिवस मनाउने मिति मन्त्रिपरिषद्ले तय गर्ने र निर्णयलाई मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइने।

    ३० भदौ, काठमाडौं ।  आज मन्त्रीहरुको शपथसँगै सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।

    कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने छ। यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

     

  • अन्तरीम सरकारको अर्थ, ऊर्जा र गृह तीन मन्त्री लिए शपथ

    अन्तरीम सरकारको अर्थ, ऊर्जा र गृह तीन मन्त्री लिए शपथ

    मुना कुमार ,

    • अर्थमन्त्रीमा रामेश्वर खनाल,
    • कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
    • अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन , न्याय ता संसदीय मामिला
    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् ।
    पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन्

    अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् ।

    सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए

    खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन् । आन्दोलनकारी जेन–जीले रुचाएका व्यक्ति हुन् दुवै जना । जेन–जी आन्दोलनपछि उनीहरूको मागलाई निष्कर्षमा पुर्‍याउन अधिवक्ता अर्यालले भूमिका खेलेका छन्

    अन्य मन्त्रीहरूको छनोटमा पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेन–जी युवासँग परामर्श गरिरहेकी छ

    जेन–जी आन्दोलनको मागअनुसार पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् । प्रधानमन्त्री बनेको तेस्रो दिनमा उनले केही मन्त्री छानेकी हुन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबार पुगेर पदबहाली गरेकी हुन् ।

    सआनो आकारको मन्त्रीमण्डल गठन भएलगतै चाँडै नै जेन- जीको परामर्शपछि थप मन्त्री परिषद विस्तार हुने बताइएको छ।

     

  • प्रम शुशिला नेतृवमा साढे ११ बजे ३ मन्त्रीको सपथ हुने

    प्रम शुशिला नेतृवमा साढे ११ बजे ३ मन्त्रीको सपथ हुने

  • महिलालाई अवसर,  महान्यायाधिवक्तामा भण्डारी नियुक्त

    महिलालाई अवसर, महान्यायाधिवक्तामा भण्डारी नियुक्त

     

    २९ भदौ,काठमाडौं —  जेन- जीको विद्रोहले  भएको सत्ता उलटफेरसँगै  महान्यायाधिवक्तामा अवसरको रोजाईमा महिला नै नियुक्त भएकी छिन्।  राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरेका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका किरण पखरेलले जानकारी दिए । भण्डारी नेपालको पहिलो महान्यायाधिवक्ता समेत बनेकी छिन् ।

    आजै यसअघिका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । नवनियुक्त महान्यायाधिवक्ता भण्डारी सूचना आयोगकी पूर्वआयुक्त पनि हुन्।

    न्यायिक वृत्तमा सबैले गुरू मान्ने कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । आइतबार बिहान प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्ता बन्न भण्डारीलाई प्रस्ताव गरेको र उनले स्वीकार गरेपछि नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।