Author: दाश पन्न्नालाल

  • जेनजि प्रदर्शनमा मृत्यू हुनेको संख्या ५१ पुग्यो।, एक हजार घाईतेको उपचार हुदै

    जेनजि प्रदर्शनमा मृत्यू हुनेको संख्या ५१ पुग्यो।, एक हजार घाईतेको उपचार हुदै

    मुन्ना कुमार —–

    • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने तीन प्रहरी र एक भारतीय महिलासहित ।
    • नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले मृतक संख्या ५१ पुगेको ।
    • मृतकमा काठमाडौं उपत्यका र अन्य जिल्लाका व्यक्तिहरू पनि ।

    काठमाडौं, २७ भदौ—– काठमान्डौमा भएको जेनजी प्रदर्शनमा अब मृत्यु हुनेको संख्या ५१ पुगेको छ । एक हजार करिब घाईाते रहेकाको विभिन्न अस्पतालमा उपचार हुदैछ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए ।

    जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।

    जसमध्ये तीन जना प्रहरी छन्। त्यसबाहेक २१ जना प्रदर्शनकारी,  १ भारतिय महिला सहित ८ जना अन्य, ९ जना कैदीबन्दी रहेका छन्।

    पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए ।

    बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

  • जेन-जी  आन्दोलनमा मृत्यु हुने ३४ पुग्यो, १ हजार भन्दा बढीको उपचार

    जेन-जी आन्दोलनमा मृत्यु हुने ३४ पुग्यो, १ हजार भन्दा बढीको उपचार

    मुन्ना कुमार —

    काठमाडौँ , २६  भदौ— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेन-जी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु  भएको जनाएको छ।

    प्रदर्शनको क्रममा एक हजार भन्दा बढी घाइते युवा विद्यार्थीहरुको उपचार समेत भएको जानकारी गराएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ ।

    निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ ।

    त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ ।

    सचिव डा विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । उहाँका अनुसार ९४९ जना उपचार पश्चात् घर फर्किसकेका छन् ।

  • देशमा अहिलेको संकटको सहि निकास जनपक्षीय अन्तरिम सरकार : आजपा

    देशमा अहिलेको संकटको सहि निकास जनपक्षीय अन्तरिम सरकार : आजपा

    मुन्ना कुमार-
    • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले युवाहरुलाई ललिपप दिएर झुक्याउने प्रयासको टिप्पणी
    •  जेनजी पुस्ताको आन्दोलनलाई नेतृत्वको फेस चेञ्जमा मात्र सीमित गर्ने षड्यन्त्र भइरहेको
    • उनले भ्रष्टाचार केन्द्र सरकार र प्रदेश सरकारमा रहेको र संकटको निकास दलाल दलतन्त्रको अन्त्य र जनपक्षीय अन्तरिम सरकार

    काठमान्डौ, २६ भदौ —- आम जनता पार्टी (आजपा)ले जेन-जि युवा पुस्हतारुलाई ललिपप दिएर झुक्याउने प्रयास भइरहेको टिप्पणी गरेको छ ।

    आजपाका केन्द्रिय अध्यक्ष प्रभु साहले विषम परिस्थितिमा एक विज्ञप्ति निकालेर जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलनलाई नेतृत्वको फेस चेञ्जमा मात्र सिमित गर्ने षड्यन्त्र भइरहेको भएको टिप्पणी गरेका हुन्।

    ‘आन्दोलनले चाहेको समग्र बदलाव हो; लुट भ्रष्टाचारको अन्त्य र अवस्थामा सुधार हो’ उनले भनेका छन्, ‘तपाई हामी सबैलाई थाहा छ, फैक्ट्री जस्तो हुन्छ – उत्पादन त्यस्तै हुन्छ । अर्थात, गलत सिस्टम, संरचना र नेतृत्वका कारण देशको यो दुरगति भएको हो।’

    भ्रष्टाचार केन्द्र सरकारमा मात्र नभएर स्थनीय र प्रदेश सरकारमा समेत रहेको उनले बताएका छन्। उनी अगाडि लेख्छन्, ‘यो सार्वभौम सत्यलाई स्वीकार्नुको सट्टा युवाहरुलाई ललिपप दिएर झुक्याउने जुन प्रयास भइरहेको छ, त्यो हामीलाई स्वीकार्य छैन ।’

    जेनजीपुस्तलाई पनि उनले आग्रह गर्दै सतहमा नरमाउन र समस्याको गहिराइमा पुगेर सामाधानको उपाय अपनाउन आग्रह गरेका छन् ।

    उनी लेख्छन्, ‘जेनजी भाई बहिनीहरुलाई भन्न चाहन्छु– सतहमा रमाउने हैन, समस्याको गहिराइमा पुगौ । समस्याको सामाधान सिर्फ नेतृत्वमा हैन, व्यवस्थामा खोजौ । नत्र तपाई हामीले गरेको जनक्रान्तिको औचित्य इतिहासमा पुष्टि गर्न गाह्रो हुनेछ ।’

    अहिलेको संकटको एक मात्र सही निकास दलाल दलतन्त्रको अन्त्य, जनपक्षिय अन्तिरिम सरकार भएको पनि उनले बताए ।

     

  • बिरगंज जेलका कैदीबन्दी उपद्रव, भित्रिबाटै भत्काई फरार हुन लागेपछि, गोली लागि ४ जना घाईते,

    बिरगंज जेलका कैदीबन्दी उपद्रव, भित्रिबाटै भत्काई फरार हुन लागेपछि, गोली लागि ४ जना घाईते,

    पन्नालाल दास, बीरगञ्ज

    २५ भदौ– पर्सा जिल्ला स्थित बीरगञ्ज कारागारमा कैदीबन्दीले नाराबाजी गर्दै सेल भित्रै तोडफोडमा उत्रेपछि स्थिति तनावग्रस्त बनेका थिए।

    हिजो मध्य रातदेखि उनीहरूले जेन जीको प्रदर्शनले उत्पन्न देशको विषम परिस्थितिको असर छोपी जेलबाट भाग्न खोजेका थिए।

    कैदीबन्दीहरूले झडपको स्थिति सिर्जना गरी एकजुट भई भित्रीका सेलहरू तोडफोड गर्नुका साथै भित्रीबाटै पछाडी पट्टीका दिवालमा सुरुङ पारी निस्कने प्रयास गरेका थिए।

    देशभर विभिन्न कारागारमा यस्तै अवस्था छ भन्ने केहिबाट तोडफोड गरि जेल बाहिर निस्केका छन्।

    जेलमा तोडफोड हुन थालेपछि जेल प्रशासनले जेलको तनावग्रस्त  स्थिति काबु भन्दा बाहिर गएपछि  नेपाली सेनालाई गुहारेका थिए।

    स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार सँगै नेपाली सेनाले केही राउण्ड गोली हवाई फायर पछि पनि गोली चलाएका थिए। सोही  क्रममा चार जना कैदी बन्दीहरू घाइते भए ।

    घाइते कैदीबन्दीको हात र खुट्टामा गोली लागेको छ। घाइते हुनेमा विकाश- रुम्बा, राजा कुमार सोनि, संदिप चौधरी लागु औषध मुद्दामा र  विशाल जैसवाल – जबरदस्ती करणी मुद्दामा चार जना जेल परेका छन्। घाइतेको उपचारपछि पुनः जेलमा सारिएको छ।

    तोडफोड र भत्काइएका  कोठा दिवाललाई तत्कालै मर्मत सम्भार गरि सुरक्षा व्यवस्था कडा पारिएको बताईएको छ।

  • नेपाली सेनाले देशभरि लगायो भोलि विहानसम्म कर्फ्यू

    नेपाली सेनाले देशभरि लगायो भोलि विहानसम्म कर्फ्यू

    दास पन्नालाल, कलैया

    २५ भदौ— देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आज देशैभर नेपाली सेनाले  एक सुचना मार्फत भोलि २६ गते विहान ६:०० बजेसम्मको लागि निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको छ।

    नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा काठमाडौं, नेपाल द्धारा  निषेधाज्ञा तथा कर्फ्यू आदेश सम्पुर्ण देशबासीले अर्को सुचना नहुञ्ज े उ लंघन नगरिदिन हुन अपिल गरिएको छ।

    विदमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुऱ्याई रहनुभएको सहयोगको लागि नेपाली सेना सबै राष्ट्रवासीहरु प्रति कृतज्ञता व्यक्त गरेको छ।

    आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति पुनः गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि सबैमा अनुरोध गगरिएको छ।

    आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज २०८२ भाद्र २५ गगते देखि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने  छ।

    परिस्थिति विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिने तब सम्मको लागि अत्यावश्यक बाहेक घरबाट निस्कन आम देशवासीलाई जानकारी गराईएको छ।

    निषेधाज्ञा तथा कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्नेछ ।

    आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध गरिएको छ।

    आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुनेछ ।

    यसै क्रममा, सम्पूर्ण अवकाश प्राप्त सैनिक लगायतका सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडी नलागी आधिकारिक सूचनाहरु मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न भनिएको छ।

    साथै, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाईराख्ने आ-आफ्नो दायित्वलाई निरन्तरता दिनुहुने कुरामा नेपाली सेना विश्वस्त छ ।

    जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहि परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुऱ्याउन हार्दिक अपिल गरिएको छ।

     

  • विरगंज जेलमा कैदीबन्दीको बवाल पछि हवाईफायर, स्थिति तनावग्रस्त , गोली लागी ४ जना घाईते

    विरगंज जेलमा कैदीबन्दीको बवाल पछि हवाईफायर, स्थिति तनावग्रस्त , गोली लागी ४ जना घाईते

    दास पन्नालाल

    बिरगंज , २५ भदौ– जेनजीको प्रदर्शनको असर पर्सा जिल्लाको विरगंज कारागारको कैदीबन्दीमा पनि परेको छ।

    देश अशान्त र अक्रान्त बन्दा काठमान्डौको नखु जेल प्रशासन लगायत देशका अन्य कारागारको पनि अवस्था व्यवस्था असमान्य बन्यो।

    सुरक्षा चुुनौतिको हवलामा जेल प्रशासनबाट रवि लामिछाने सहित धेेरै बाहिरिएका छन्।

    यसरी जेनजिको सत्ताच्युत प्रदर्शनले उत्साहित भई जेलका कैदीबन्दी कारागार भित्रै हिजो मध्य राती देखि प्रदर्शन गर्दै आएकोले स्थिति तनावग्रस्त बनेको छ।

    क्षमता भन्दा बढी कैदीबन्दी राखिएकोले यदाकदा खाना र बसाईको विषय लिएर झडप विवाद हुँदै आएकोले पनि उकुसमुकुस अवस्थामा मौजुदा परिस्थितिलाई अवसरको रुपमा आफ्ना समुहगत रिहाईको नाराबाजी गरि बाहिर निस्कने प्रयास गरिरहेको बुझिएको छ।

    कैदीबन्दीले हुलहल्ला तोडफोडमा उत्रिएपछि जेल प्रशासनले स्थिति नियन्त्रणमा लिन  हवाई फायर गरेको बताईएको छ।

    कारागार भित्रै  नाराबाजी गर्दै आन्दोलनको स्वरुपले कैदीबन्दीको प्रदर्शन र रबैया काबु बाहिर गएपछि नेपाली सेना परिचालन गरिएको छ।

    कैदीबन्दीको हडकम्प पछि स्थिति नियन्त्रणमा लिन केहि राउण्ड गोली हवाई फायर गरिएको छ भन्रे दर्जनौ टियर ग्याँस प्रहार गरिएको बताईएको छ। चार जना कैदीबन्दीलाई हात खुट्टाामा गोली लागि घााइते भएका छन्। कारगारको भित्रि सेलका फलामे गेट समेत  पर्खालमा तोडफोड गरि क्षति पुर्याएको छ ।

    कैदिबन्दीले मध्यराती देखि जेल भित्रै तनाव सृजना भई क्षतिबाट जोगाउन प्रशासन व्यवस्था कायम राख्न अशान्त बनेको स्थिति नेपाली सेना एक्सनमा आएपछि केही सामय बनेको जानकारी प्रप्त भएको छ।

     

  • बारामा आज पनि विहानै देखि कर्प्यू लाग्यो

    बारामा आज पनि विहानै देखि कर्प्यू लाग्यो

    दास पन्नालाल

    कलैया, २५ भदौ—–  जिल्ला प्रशासन कार्यालय प्रशासन कार्यालय वारा, कलैयाले जिल्लाभरिका लागि आज विहानै देखि वेलुका सम्म कर्फ्यू लगाएको छ।  प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले सुचना मार्फत  कर्फ्यू आदेश जारी गरिएको जानकारी गराएका छन्।

    जिल्लाका चार किल्ला पूर्वः- रौतहट जिल्ला पश्चिमः- पर्सा  उत्तरः- मकवानपुर जिल्ला दक्षिणः- भारत सम्मलाई तोकिएको छ।

    बारा जिल्ला लगायत मुलुकका विभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ । यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन आग्रह गरिएको छ।

    प्रदर्शन तथा अन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति माथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकोले यस परिस्थितिलाई सहज बनाउन नेपाली सेनासमेत सबै सुरक्षा निकाय परिचालन भएको अवस्था छ । सबैजना शान्त रही आ-आफ्नो घर/स्थानमा रहनुहुन हार्दिक अपिल गर्दछु, उनले भने।

    आज  २०८२/०५/२५ गते विहान ठीक ६:०० बजे देखि दिउँसो ३:०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम बारा जिल्लाको देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।

    साथै, कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने जनाएको छ।

  • जेनजी प्रदर्शनकारीले कलैयामा पार्टी कार्यालय जनप्रतिनिधि नेताको घरमा गरे तोडफोड र आगजनी

    जेनजी प्रदर्शनकारीले कलैयामा पार्टी कार्यालय जनप्रतिनिधि नेताको घरमा गरे तोडफोड र आगजनी

    दास पन्नालाल ,

    कलैया , २४ भाद्र—; हिजो जेनजीले काठमान्डौमा  गरेको प्रदर्शनको क्रममा १९ जना युवाले प्रहरीको गोलीबाट मृत्यु भएछि दमनको विरोध जनाउदै बाराको कलैयामा आक्रोशित युवा विद्यार्थीले  यातायात अवरुद्ध गरि टायर बाली भरत चोक र प्रहरीसँग घमसाघम्सी गरेका थिए।

    कलैयामा प्रदर्शनकारीले आज मंगलबार छानी छानी सरकारी कार्यालय, नेता ,सांसद ,पालिकाका जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरेका छन्।

    दिनभर हुलका हुल ठुलो संख्यामा लठीफाठा पोष्टर सहित बजार बन्द गराउदै हिडेका थिए । प्रदर्शनकारीको समुहले नाराबाजी गर्दै एमाले पार्टी कार्यालयमा तोडफोड आगजनीबाट शुरु गरेका नेपाली कांग्रे्स पार्टी कार्यालय, जसपा नेपालको पार्टी कार्यालयमा तोडफोड फर्निचर लागयतका समानहरुमा क्षति पुर्याएका छन्।

    यसै गरि कलैया उपमहानगरपालिका स्थित उपराष्ट्रपति रामसहाय प्रसाद यादवको घरमा तोडफोड, बारा क्षेत्र -३ का सांसद  जवाला  साहको घरमा आन्दोलनकारीले तोडफोड आगजनी गरेका छन्

    । यसरी मधेश प्रदेशका सभा सदस्य रविन्द दास श्रेष्ठको घरमा तोडफोडसँगे आगजनी गरेको छ। युवा पुस्ताको जथाले नााराबाजी गर्दै नगर प्रमुख बिनोद साहको घरमा तोडफोड र ढुङगामुढा भएपछि प्रहरीले ७ राउण्ड अश्रु ग्याँस चलाएका थिए । नगर उप प्रमुख रौसन प्रबीणको घरमा तोडफोड  ढुङगामुढा गरेको छ।

    यसैगरि प्रदर्शनकारीले कलैया स्थित महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र  प्रसाद यादवको  घरमा समेत तोडफोड र आगजनी गरेको छ।

    त्यस्तै प्रदर्शनकारीले युवा जमातको ठुलो संख्याले कलैया उपमहानगरपालिकाको कार्यालयमा गाडीम तोडफोड र भवन फर्निचरमा क्षति पुर्याएको छ। यसैगरि सरकारी वकिलको कार्यालयमा तोडफोड गरेको छ। यसरी  तोडफोड र आगजनिबाट केकति क्षतिको विरवरण आउन सकेको छैन्। जिल्ला प्रशासनले कार्यालय कलैयाले शान्ति सुरक्षा कायम राख्न दिउँसो २ बजे देखि वेलुका साढे ८ वजे सम्म कलैया देखि विभिन्न क्षेत्र तोकि कर्फ्यू आदेश जारी गरेका थिए।बतर कर्प्फ्यु उलंघन गर्दै प्रदर्शनकारीले   विभिन्न घरमा तोडफोड र आगजनी प्रदर्शन गरेका थिए।

  • जेन जी लाई वार्तामा आउन प्रधानसेनापतिको अपिल

    जेन जी लाई वार्तामा आउन प्रधानसेनापतिको अपिल

    मुन्ना कुमार दास,
     काठमान्डौ, २४ भदौ—-  नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्ष जेन जी लाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् ।

    मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’

    उनले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन्।

    प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन्।

    उनले भने, ‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ।’

    सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा जोड दिए।

    उनले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आग्रह गरेका छन्।

     

  • जेनजि प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु प्रति बारा नागरिक समाज गम्भीर

    जेनजि प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु प्रति बारा नागरिक समाज गम्भीर

    दास पन्नालाल

    कलैया, २४ भदौ—

    बारा नागरिक समाजले काठमान्डौमा हिजो भएको जेन जी को प्रदर्शनमा प्रहरीको गोलीवाट मत्यु  घाइते भएका युवा विद्यार्थी प्रति   दु:ख र चिन्ता व्यक्त गरेको छ।

    राज्यद्धारा गरिएको यस्तो घटनाले देशमा कठिन परिस्थिति सृजना भएको भन्दै  नागरिक समाज बारा समाजका अध्यक्ष उमेशलाल दास द्धारा हस्ताक्षरित विज्ञप्ति जारी गरिएको छ।

    भदौ २३ गते सोमवारका दिन युवा पुस्ताका जेन जी को देशभरीमा ठूलो संख्यामा नेपाली जनताको अधिकार प्राप्तीका लागि प्रदर्शनमा उत्रेका थिए।

    वाक स्वतन्त्रता बहाल, सुशासन कायम गर्न र भष्टाचार नियन्त्रण गर्ने पवित्र उद्देश्यका साथ  काठमाडौमा शान्तिपुर्वक आन्दोलन गरिरहेको अवस्थामा राज्यको ठुलो दमन सहित प्रहरी, प्रशासनबाट मानव अधिकारको अधारभूत मूल्य मान्यता समेतलाई आत्मसाथ नगरी मानव अधिकारको  ठाडो उल्ड्गधन गरि निर्मम तरिकाचाट गोली हानी करिब २ दर्जन युबा बिधार्थीहरुको हत्या गरेको विज्ञप्तिमा उल्लेख छ।

    सो विरोध प्रदर्शनमा सयौंलाई घाईते बनाएको घटना प्रति बारा नागरिक समाजले घोर भत्सना गर्दै हार्दिक सम्वेदना प्रकट गरेक ि छ।

    राज्यमा शान्ति पुर्वक आन्दोलन गरि न्याय माग्दा त्यसका साटो राज्य, सरकारबाट गोली पाउनु संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल तौहिन भएको नागरि समाजको बुझाई रहेको  छ।

    संविधानमा शान्ति पुर्वक आन्दोलन गर्न अधिकार रहेको अवस्थामा छाती र टाउकामा ताकी ताकी गोली हान्नु प्रहरी प्रशासनको गम्भिर त्रुटी मात्र होईन गम्भिर अपराध  गरेको नागरिक समाजको ठहर रहेको छ ।

    घटनामा मृत्यु वरण भएकोलाई शहिद घोषणा, घाईतेहरुको यथोचित उपचार, मृतकका परिवारजनलाई रोजगारी उपलब्ध गराउन सरकार संग जोडदार मांग गरिएको छ।

    आन्दोलनको क्रममा भएको क्षति, तोडफोड प्रति दु:ख व्यक्त गर्दै घटनाको सुक्षम रुपमा जाँचपडताल गरि एउटा शक्तिशाली आयोग बनाई जो जो दोषी छन ती सबैलाई कानुनको दायरामा ल्याउन बारा नागरिक समाज अपिल गरेको छ।

    जेनजिमा आवद्ध भएको देश भरीका आम युवा विधार्थीहरुलाई जिम्मेवार भई बिना हिंसा शान्ति पुर्वक रुपमा अधिकार प्राप्तीका लागि अगाडी बढन वारा नागरिक समाजले आग्रह गरेका छन्।

    नागरिकलाई शान्ति पुर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्ने, वाक स्वतन्त्रता बहाल गर्न, कानुनी राज्यको अनुभति गराउन, सुशासान कायम गर्न, दण्डहिन्ता अन्त्य गर्न, भष्टाचारलाई निर्मूल गर्न समाजमा रहेको विकृति, विसंगतिलाई हटाउदै सभ्य समाजको निर्माण गर्दै नागरिकको मौलिक अधिकार गाँस, बास र कपासको उचित प्रवन्ध गर्न सरकार सम्वेदनशिल हुनुपर्नेमा बारा नागरिक समाजका अध्यक्ष दासले बताएका छन्।