ब्रह्मा कुमारी सेवा केन्द्र द्धारा दिप प्रज्वलन गरि सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण

दाश पन्न्नालाल दाश पन्न्नालाल 287 Views

दास पन्नालाल

२ असोज, कलैया—- भदौ २३ र २४ गते देशमा भएको जेन- जी विद्रोहमा ज्यानको आहुति दिई सहिद भएकाहरु प्रति आज बाराको कलैया स्थित भरत चोकमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्धारा दिप प्रज्वलन गरिएको छ।

साथै सेवा केन्द्रकी सुष्मा बहनको नेतृत्वमा ॐ शान्तिका सम्पुर्ण भाईजी र बहन हरुले यस शोक दिवसको कार्यक्रममा सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

हिजो सरकारले सहिदहरुको सम्मानमा शोक दिवसको घोषणा गरि  सार्बजनिक दिएका थिए। देशका कर्णधार युवा पुस्ताको दिवगंत आत्माको चिरशान्तिका लागि १ मिनेट मौन धारण गरि घाईतेहरुका लागि शिघ्र स्वास्थ्यलाभको कामना सहित परमात्मासँग प्रार्थना गरेका  उक्त कार्यक्रममा सहभागी पत्रकार महासंघका पुर्व उपाध्यक्ष राकेश पाणडेयले बताएका छन्।

भ्रष्टच्टार र बंशावली लिप्त राजनितिले ल्याएको वेथितिका विरुद्ध देशका अवस्था र व्यवस्था परिवर्तनका लागि गरिएको सत्ता च्यु्त आन्दोलनले जेन- जीहरुले प्रहरीको गोली खाई सहादत दिए।

सार्बजनिक सुचि अनुसार ७२ जनाले ज्यान गुमाएको छ भन्ने मृतकको संख्या अझै  दिनप्रति दिन बढ्दै गएको छ।

जसमा घाईते दुई हजार भन्दा बढी रहेकोमा तीन सय भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भईरहेको बताईएको छ।

प्रतिक्रिया
Share This Article