Author: दाश पन्न्नालाल

  • अबिरल वर्षाको प्रभाव बाढीले मधेश डुबायो,मान्छे मृत्यु वेपाता, विधुत चट, जनजिवन अस्तव्यस्त

    अबिरल वर्षाको प्रभाव बाढीले मधेश डुबायो,मान्छे मृत्यु वेपाता, विधुत चट, जनजिवन अस्तव्यस्त

    दास पन्नालाल

    २० असोज , बारा—-   देशमा परेको तीन दिनदेखिको अविरल वर्षाको कारणले मधेशको जनजीवन अस्तव्यस्त बनेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको पुर्वानुमान १७- देखि २० गते सम्मको भारि वर्षाको असर देशभर रहयो। देश भरि ५६ जनाले बाढी पहिरोमा परि जयान गुमाई सकेको अवस्था छ भन्ने वेपाताको आंकडा पनि बढ्दै गएको छ।

    बारा: 

    बारा पनि अक्षुण रहेन। बाली नाली र नदिका किनारका बस्ति डुबान परि केहि घर क्षति भएको छ। जिल्लामा पसाहा खोला, थलही, बंगरी  , दुधौरा, तियर , जमुनी, अडुवा खोलमा ठुलो बाढी आएको आयो पानी रोकिएपछि पानीको सतह कम हुने क्रममा छ। यसैगरि पर्साको तिलावे , रौतहटको लाल बकैया, बागमतिमा आएको बाढीले आसपास क्षेत्रमा जनजिवन कष्टकर बनायो।

    ामा

    कलैया विधुत प्रधिकरण केन्द्रको सव स्टेशनमा पानी भरेपछि अस्ति राति देखि हिजो दिनभर विधुत सेवा यस केन्द्र् प्रवाह हुने कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका , सुवर्ण गाँउपालिका देवताल गाँपालिका लगायत दक्षिणि बेल्टमा विधुत सेवा अवरुद्ध रहयो।

    लामो समय ईन्भर्टरले थेग्न नसकि मोबाईल चार्ज गर्न पनि समस्याले आधुुनिक युगमा सम्पर्क विहिनको अवस्था सँगै अन्धकारमय अवस्था रहयो।  के गावँ के सहर चारैतिर वर्षाले खोला नदिनाला पानीले भरिभराउ ठुलो बाढीले अस्तव्यस्त रहयो।

    अवरुद्ध विधुत सेवा सुचारु गर्न प्रधिकरण , पालिकाका बारुण यन्त्र , जेसिबी, नेपाली सेना, नेपाल प्रहरी , सस्त्र प्रहरी, नगरप्रहरी सहित स्थानियको कठिन प्रयासपछि तत्काल पानीको निकास गरेपछि मात्रै आईतवार राति देखि वति बलेको छ।

    विधुत आपुर्ति बन्द भएछि खानेपानी संस्थानले पनि वितरण गर्देै आएको खाने पानी अवरुद्ध भयो। जेनरेटरले धान्ने सम्भव नभएपछि हात उठाएका कारण खानेपानीको लागि खैलाबैला मचेको थियो।

    त्यसैगरि एक दुधौरा खोलामा एक जना १८ वर्षिय प्रसौनी गाँपालिका -२ का विकि गोसाईँ वेपाता भएको छ।

    अन्य जिल्लामा सयौँ घर डुबानमा परेको छ । सयौँ घरपरिवार विस्थापित भएका छन्। दर्जनौं मानिसलाई प्रहरीले उद्धार गरेको छ । सबभन्दा बढी प्रभावित महोत्तरी र सर्लाही छ ।

    चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ । तीन जनाको बेवारिसे शव फेला परेको छ । दुईजना बेपत्ता भएका छन् ।

    रौतहट:

    रौतहटमा तीनजनाको मृत्यु भएको छ । रौतहट, सर्लाही र धनुषामा १-१ जनाको शव फेला परेको मधेश प्रदेशका प्रहरी प्रमुख एआइजी उमासिंह चतुर्वेदीले जानकारी दिए । बारा र रौतहटमा १-१ जना बेपत्ता भएका छन् ।

    यस्तै सबभन्दा जोखिममा रहेको सप्तकोशी नदीको कोशी ब्यारेजको तीनै सुरक्षा निकायका मधेश प्रदेश प्रमुखहरूले निरीक्षण गरेका छन् । समन्वय गरेर काम गरिरहेको एआइजी चतुर्वेदीले बताए ।

    डुबानमा परेका नागरिकहरूको उद्धारमा तीनवटै सुरक्षा निकाय खटिएका छन् । जसको कारणले मानवीय क्षति कम भएको छ ।

    महोत्तरीमा पाँच पालिका जलमग्न:

    महोत्तरीमा रातु नदीमा आएको बाढीले बाँध भत्काए बस्ती पस्दा पाँचवटा पालिकाको अधिकांश भाग जलमग्न बनेको छ ।
    महोत्तरी गाउँपालिका, बलवा नगरपालिका, जलेश्वर नगरपालिका, मनरा सिसवा नगरपालिका र एकडाँडा गाउँपालिका जलमग्न बनेको छ ।

    जलेश्वर कारागरमा समेत पानी जम्दा कैदीबन्दीलाई माथिल्लो तलामा सारिएको छ ।

     

    भंगहा नगरपालिका, बलवा नगरपालिका, औरही नगरपालिका र बर्दिबास नगरपालिकाका २२ घरपरिवारका १२२ जनालाई उद्धार गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उत्तरमा अहिलेसम्म मानवीय क्षति भएको छैन ।

    सर्लाहीमा डुबानले १६१९ घरपरिवार विस्थापित:

    सर्लाहीमा १ हजार ६ सय १९ घर धुरी डुबानमा परेर विस्थापित भएका छन् । उनीहरु सुरक्षित स्थानमा बसेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।

    उनका अनुसार चक्रघट्टा गाउँपालिका १ पडरियाका २० वटा कच्चीघर पूर्ण रुपमा क्षति भएका छन् । डुबान र बाढीमा फसेका १९ जनाको उद्धार गरिएको डिएसपी राईले बताए ।

    हुलाकी सडकको कौडेना गाउँपालिका -३ सडक खण्डको १५० मिटर बाटो लखनदेही खोलाले कटान गरेको छ ।

    स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरी मर्मत संहारको काम चलिरहेको प्रहरीले जनाएको छ।

     

    सप्तरीमा ८१६ जना विस्थापित:

    सप्तरीमा डुबानमा परेका १४२ घरपिरवारका ८१६ जना विस्थापित भएका छन् ।

    सप्तकोसी नगरपालिका-६ त्रियुगा नदी कारण डुबानमा परेको छ । डाक्नेश्वरी नगरपालिका-९ का १५ घर, हनुमान नगर कंकालिनी नगरपालिका- १२ का ४० घर र वडा नम्बर ६ का ११ घर डुबानमा परेका छन् ।

    यस्तै राजगढ गाउँपालिका-१, तिलाठी कोडीलाडी गाउँपालिका-४ का १५ घर डुबानमा परेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

    उनका अनुसार बाढी र डुबानमा फसेका ८० जनाको उद्धार गरिएको छ । सप्तरीमा ६६१ प्रहरी नेपाल प्रहरी खटेका छन् । मानवीय क्षति भने भएको छैन ।

     

    पर्सामा ३९ जनाको उद्धार

    अविरल वर्षाले वर्षामा खासै ठूलो क्षति भएको छैन । यद्यपि वीरगन्ज महानगरपालिकामा- ११ मा डुबानमा परेको दलित बस्तीबाट ९ घरपरिवारका ३६ जनालाई उद्धार गरिएको छ । उनीहरुलाई सुरक्षित स्थलमा राखिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

    सोही वडामा रहेको माइती नेपालको सेफहाउसबाट ३ जनालाई अन्यत्र सारिएको छ । अन्य कुनै मानवीय क्षति भने भएको छैन ।

    रौतहटमा चारजनाको मृत्यु, एक बेपत्ता:

    मधेशमा अविरल वर्षा र विपदबाट रौतटमा सबभन्दा बढी मानवीय क्षति भएको छ । शनिबार मात्रै चट्याङबाट तीनजनाको मृत्यु भएको छ । एकजाको बेवारिसे शव फेला परेको छ भने एकजना बेपत्ता छन् ।

    शनिबार चट्याङ लागेर ईशनाथ नगरपालिका-८ मनसरीका ४५ वर्षीय शेख जमरुल, कटहरिया नगरपालिका २ हथियायीका १६ वर्षीय शेराज लहेरी र नवीन यादवको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।

    लालबकैया नदीको बाँध नजिक टाउको नभएको अन्दाजी ३०/३५ वर्षीया महिलाको शव फेला परेको छ । यस्तै बागमती नदीमा दाउरा टिप्ने क्रममा माधवनारायण नगरपालिका – ८ कि ७५ वर्षीया पन्मा देवीको डुबेर मृत्यु भएको छ । यस्तै दर्जनौं घरहरू डुबानमा परेका छन् ।

    धनुषा र सिराहामा समेत केही बस्तीहरू डुबानमा छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न गाउँमा घरहरू डुबानमा परेका छन् ।

     

    बारामा समान्य मात्र क्षति पुगेको बारा प्रहरीले जनाएको छ । सिराहामा फाट्टफुट्ट घरहरू डुबानमा परेको सिराहाका प्रहरी उपरीक्षक एसपी अनन्तराम शर्माले बताए ।

    तथ्याङ्क सङ्कलनको काम भइरहेको उनको भनाइ छ । वर्षा र डुबानले केही ठाउँमा पोलहरू ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ।

    तीनवटै सुरक्षा निकाय नागरिकको राहत र उद्धारमा खटिएका छन् ।

    सशस्त्र प्रहरीले मधेस प्रदेशका विभिन्न जिल्लामा बाढी र डुबानमा फसेका १८० जना भन्दा बढीलाई उद्धार गरेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रहरी प्रवक्ता एसएसपी अशोक बमले जानकारी दिए।

     

  • दुधौरा खोलामा टिकटक बनाउने क्रममा गोसाईँ बेपता अर्का केसरीको उद्दार

    दास पन्नालाल

    १९ असोज,बारा–   बाराको प्रसौनी स्थित दुधौरा खोलामा दुई जाना युवाले टिकटक बनाउने क्रममा खोलामा एक बेपता भएका छन् भन्ने अर्का एक जनाको उद्दार भएको छ।

    प्रारम्भिक अनुसन्धानबाट युवकहरु खोलाको पुलको किनारमा टिटक बनाउदै  गरेको अवस्था घटनामा प्रहरी परिचालन भएको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तमाङले जानकारी गराएका छन्।

    बेपाता युवक गोसाईँको खोजतास गर्न सशस्त्र प्रहरीका गोताखोर टोली परिचालन भएको छ।

    बेपता हुनेमा प्रसौनी गाँउपालिका – २ बस्ने शम्भु गोसाईको अन्दाजी १८ बर्षिय छोारा विकि गोसाई रहेको छ भन्ने अर्का उद्दार गरिएका प्रसौनी गाँउपालिका-२ बस्ने शंकर केसरीको छोरा अन्दाजी १९ वर्षिय अनराग केसरी रहेका छन्।

    आज विहानै करिब  ९ को समयमा दुवै युवक टिकटक बनाउने क्रममा खोोलामा खस्न गएका थिए। घटनाको जानकरी पाए लगतै घटना स्थलमा उद्दार कार्यमा टोली खटिएको ईलाक प्रहरीका सईले जानकारी गरएका छन्।

     

     

     

     

     

  • बिधुत प्राधिकरणको सबस्टेशन डुबानले विधुत सेवा अवरुद्ध

    बिधुत प्राधिकरणको सबस्टेशन डुबानले विधुत सेवा अवरुद्ध


    दास पन्नालाल

    १८ असोज, कलैया– नेपाल बिधुत प्राधिकरण (NEA) कलैया वितरण केन्द्रले अविरल वर्षाको कारण कलैया स्थित सबस्टेसन डुबानमा परेकोले विद्युत सुविधा अवरुद्ध भएको जानकारी गराएको छ।

    ​प्राधिकरणका अनुसार सबस्टेसनको ब्रेकर र स्वीचयार्ड लगायतका महत्वपूर्ण उपकरणहरू पूर्ण रूपमा पानीमा डुबेका छन्।

    जसका कारण सबस्टेसनबाट हुने विद्युत आपूर्ति हाललाई बन्द गरिएको प्राधिकरणले जनाएको छ।

    ​प्राधिकरणले सूचना जारी गर्दै पानी निकास नभएसम्मको लागि विद्युत सुविधा सुचारु गर्न सम्भव नभएको स्पष्ट पारेको छ।

    ​स्थानीय बासिन्दाहरूलाई धैर्य गर्न आग्रह गर्दै प्राधिकरणले पानीको स्तर कम हुनासाथ यथाशीघ्र विद्युत सुविधा सुचारु गरिने जनाएको छ।

    कलैया र आसपासका क्षेत्रमा विद्युत सेवा सुचारु हुन लाग्ने समय पानीको निकासमा निर्भर रहनेछ।

  • भारि बर्षाले जोखिम बढाएपछि देशभरि १९ र २० सार्बजनिक विदा

    भारि बर्षाले जोखिम बढाएपछि देशभरि १९ र २० सार्बजनिक विदा

    मुन्ना कुमार 

    १८ असाेज, काठमान्डौ — गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना पु्वानुमान गरेको छ।

    हाल भइरहेको वर्षालाई मध्यनजर गर्दै असोज १९ र २० गतेका दिन गृह मनत्रालयले एक सुचना जारी गरि देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू-क्षय लगायतका जोखिम, सडक तथा हवाई यातायातमा आउने अवरोध र मानवीय क्षतिको सम्भावनालाई दृष्टिगत गरी यो निर्णय गरिएको प्रवक्ता/सहसचिव आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ।

    यद्यपि, उक्त बिदा विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरूमा भने लागू हुने छैन। मन्त्रालयले उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सबै नागरिकलाई सुरक्षित स्थानमा रहन हार्दिक अनुरोध समेत गरेको छ।

  • बोक्सी भन्दै कपाल काटि, कुटपिट अमानविय दुर्व्यवहार गरेको आरोपमा बारा प्रहरीद्धारा लालदेव पक्राउ, ३ जनाको खोजी तिब्र

    बोक्सी भन्दै कपाल काटि, कुटपिट अमानविय दुर्व्यवहार गरेको आरोपमा बारा प्रहरीद्धारा लालदेव पक्राउ, ३ जनाको खोजी तिब्र

    १५ असोज, बारा—

     आजको एकाईसौ शताब्दीको आधुनिक युगमा तन्त्रमन्त्र जादु टोना जस्ता अन्धविश्वासमा बोक्सा बोक्सीको आरोपमा प्रताडित गरिनु सामाजिक अपराध हो। कानुनमा कडा सजायको व्यवस्था भए्पनि प्रहरी प्रशासनले एक्सन नलिदा यस्ता घटना समाजमा हुदै आएको हो।

    मान्छे चन्द्रामा पुग्यो हाम्रा समाज पाखण्डी धामी ओझा ( भगता) को झारफुक टोटकाको घनचक्करमा अपराधमा संलग्न हुदै आएको हो।  बोक्सी एक कुप्रथा हो जसरी सति कुप्रथा थिए।

    तर अब सामाजिक न्यायको पालनामा प्रहरी कठोर बनेको छ। कमजोर अबला गरिब निमुखा माथि अन्याय गरि विभिन्न लाञ्छना लगाउनु दणडनिय हो।  यस्तै एउटा घटनामा प्रहरीले सख्त कदम चालेको छ।

    बाराको सुवर्ण गाँउपालिका – ८ मझरीया गाउँकी ३३ वर्षीया सुरुजकली देवी लाई गाँउकै केहि व्याक्तिहरुले कानुनको धज्जी उडाउदै बोक्सीको आरोप लगाएर असोज ११ गते कुटपिट गर्नुका साथै कपाल काटि  कुटपिट गरि अमानविय दुर्व्यवहार समेत गरेको घटना प्रकाशमा आएको हो ।

    सो घटनामा संलग्न ४ मध्ये एक लालदेव पंडितलाई बारा परहरीले जाेरीको आधाारमा पक्राउ गरेको छ । उबलाई म्याद थप गरिएको प्रहरी निरिक्षक दिलिप थापाले जानकारी गराए।

    आफू माथी अन्याय भएको भन्दै पिडितले जिल्ला प्रहरी कार्यालय कलैया बारामा किटानी जाहेरी दिएका हुन ।       

     उनले दिएको जाहेरी अनुसार गाँउकै बाबुसाहेब यादव, लालदेव पंडित, बिक्रम पंडित, सुरेश यादवसहितकाले बोक्सीको लञ्छना लगाएर कुटपिट गर्दै अर्धनग्न बनाइ कपालसमेत काटि दिएको उल्लेख गरिएको छ।

    बिक्रम पंडित र लादेव पंडितले पिडित सुरुजकली देवीको निजी जग्गामा जबरजस्ति बाटो बनाएपछि त्यसविरुद्ध गाँउको प्रहरी चौकीमा उजुरी दिन गत असोज ११ गते जाने क्रममा बाटोमै उनलाई रोकेर बोक्सीको लाञ्छना लगाउँदै कुटपिट गर्नुका साथै अर्धनग्न बनाएर कपालपनि काटिदिएको उजुरीमा उल्लेख छ ।

    पिडित सुरुजकली देवीले घटना भएकै दिन कलैया अस्पतालमा आफ्नो घाउचोटको उपचार गराएपछि त्यहि दिन पिडकहरु ३५ वर्षीय बाबुसाहेब यादव, ५० वर्षीय लालदेव पंडित, ५५ वर्षीय बिक्रम पंडित र ४५ वर्षीय सुरेश यादवविरुद्ध कारबाहीको माग गर्दै किटानी जाहेरी दिइएको हो ।

    पिडित महिलाका पति भुषण कुमार पंडितले रोजगारीको शीलशीलामा आँफु काठमाडौं रहेका बेला गाँउमा आफ्नी पत्निमाथि अमानवीय व्यवहार गरिएको बताए , उनले भने, म काठमाडौंमा थिए। 

    घटनाको दिन छोरीले रुदैं फोन गरेर आमासंग् त्यस्तो दुव्र्यवहार गरिएको सुनाइन् आफू आएर जिल्ला प्रहरी कार्यालय बारामा बुझ्दा निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिलिप थापाले भने आरोपित मध्येका ५३ वर्षीय लालदेव पंडितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए ।                                 

    अरु तीन जना आरोपित फरार रहेको र उनिहरुको पनि खोजी कार्य भइरहेको थापाले बताए । जाहेरीमा नाम उल्लेख भएका चारै जना आरोपित विरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार र बोक्सी सम्बन्धि कसुरमा मुद्धा दर्ता गरेर प्रहरीले कारबाही प्रकृया अगाडि बढाइसकेको उनले जानकारी दिए ।

  • चुरियामाई नजिक बस दुर्घटना, किचेर २ को मृत्यु ४जना घाईते

    दास पन्नालाल, बारा

    १५ असोज—

    आज विहान १० बजे बारामा सवारि दुर्घटनामा परि मोटरसाईकलका चालक सहित सवार २ जनाको मृत्यु भएको छ, भन्ने ४ जना घाईते भएका छन्।

    चुुरियामाईको उकालो चढने क्रममा बसको ब्रेक फेेल भई पछाडी रहेका दुई वटा मोटरसाईकललाई ठक्कर दिई किचेको हो।

    मृृत्यु हुनेहरु: ना १२ प ३३६० नं. को मोटर साईकल चालक  बाराका फेटा गाँउपालिका-१ भरवलियाका  २५ बर्षिय मकेश्वर पटेल र  म.प्र. ०३-०२४ प ४४९५ नं. को मोटरसाईकल पछाडी सवार पर्सा विरगंज महानगरपालिका- ३१ बस्ने कञ्चन कुमार पटेलकी पत्नि बर्ष २६ की कविता देवी रहेका छन्।

    मृतक दुवै जनाको टाउको र शरिरको विभिन्न भागमा चोट लागि गम्भिर अवस्थामा  उपचारको लागि प्रादेशिक अस्पताल कलैया  पठाईएकोमा बाटोमा लैजाने क्रम्मा मृत्यु भएको प्रहरीले अस्पताललाई उदृत गर्दै जानकारी गराएका छन्।

    घाईते हुनेहरु: ना १२ प ३३६० नं. को मोटर साईकल चालक बारा फेटा गाँउपालिका-१ भरवलियाका २५ बर्षिय मकेश्वर पटेल
    सँगै पछाडि सवार मृतक चालक पटेलकी श्रीमति २२ वर्षिया कलिता देवि र  चालकको छोरी २० महिनाकी तान्या पटेल आमा छोरी घाईते भएकी छिन्।

    ढाँड टाउको र दुवै हात खुट्टामा चोट अवस्था सामान्य रहेख सहकारी अस्पताल मकवानपुरमा उपचार भईरहेको बारा प्रहरीले जानकारी गराएका छन्।

    म.प्र. ०३-०२४ प ४४९५ नं. को मोटर साईकल चलक पर्सा विरगंज महानगरपालिका- ३१ बस्ने अं. बर्ष २७ को कञ्चन कुमार पटेल र सोहि मोटरसाईकलमा पछाडि सवार चालक कञ्चनको छोरा बर्ष ३ को आयुष पटेलको टाउको र शरिरको विभिन्न भागमा चोट लागि बुवा छोराको गम्भिर अवस्थामा सरकारी अस्पताल मकवानपुरमा उपचार भई रहेको बारा प्रहरी उपरिक्षक संतोष तमाङले जानकारी गरएका छन्।

    सबारी दुर्घटना: जितुपर सिमरा उपमहानगरपालिका- २२ चुरियामाई मन्दिर नजिक हेटौडा पथलैया सडक खण्डको उकालोमा सवारी दर्घटनामा परेको हो।

    जनकपुरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख ८५३७ नं. को यात्रु बाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुँदा सोहि दिशा तर्फ जादै गरेको ना १२ प ३३६० नं. को मो.सा. र अर्को म.प्र. ०३-०२४ प ४४९५ नं. को मोटर साईकललाई उक्त बसले ठक्कर दिई किच्दा मानिसहरु घाईते भएका हुन्।

    बस चालक सर्लाही लालबन्दी नगरपालिका -३ बस्ने पल्टु चौधरीको छोरा बर्ष-४७ को बिश्वनाथ चौधरी ईलाका प्रहरी कार्यालय अमलेखगंजको नियन्त्रणमा रहको र सोही बस पछाडी रहेको म.प्र.०३-००१ ज ०६६२ न. को EV माईक्रो गाडीको अगाडी भागमा समान्य क्षति भएको बारा प्रहरीले जनाएको छ।

  • सिरहामा अभिषेकको अहरणपछि हत्या ,आफन्तसहित ८ जना पक्राउ

    सिरहामा अभिषेकको अहरणपछि हत्या ,आफन्तसहित ८ जना पक्राउ

    सरोज दास–

    ७ असोज, सिराहा— सिराहामा  नबालिगको  अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

    हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ ।

    सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

    नबालिगको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।

    परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।

    सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो ।

    अपहरणकारीले हिन्दीमा पठाएको सन्देशमा यसरी भनेका थिए।

    ‘तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’

    यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।

  • बारा प्रहरीले करिब साढे २ कविन्टल लागुऔषध गाँजा गाँजा सहित एकजनालई पक्राउ

    बारा प्रहरीले करिब साढे २ कविन्टल लागुऔषध गाँजा गाँजा सहित एकजनालई पक्राउ

    दास पन्नालाल

    ६ असाेज,बारा —  बारा प्रहरीले करिब साढे २ क्विन्टल  लागुऔषध गाँजा सहित अमलेखगंजमा एकजनालाई नियन्त्रणमा लिएको छ।  बा २ ख ९५६९ नम्बरको मिनी ट्रकबाट २८ पोका गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

    ​आइतबार दिउँसो १ बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंजले आफ्नो चेकपोइन्टमा मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकेर जाँच गर्दा ट्रकको छतमा फल्स बटम बनाई त्रिपालले छोपिएको अवस्थामा गाँजा फेला परेको थियो।

    ​प्रहरीका अनुसार, बरामद गरिएको गाँजाको कुल तौल २ सय ३६.७५० किलोग्राम रहेको छ। प्रहरीले लागुऔषध र मिनी ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने रुम्बा मकवानपुरको कैलाश गाउँपालिका–१० का ३८ वर्षीय रमेश रुम्बा हुन्।

    ​उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अमलेखगंजले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रकाश जोशीको कमान्डमा एक टोली खटिएको छ।

    बारा प्रहरीका प्रहरी नायब उपरीक्षक संतोष तमाङले जनाएका छन्।

  • सिफारिस मध्ये नवनियुक्त चार मन्त्रीले लिए शप

    सिफारिस मध्ये नवनियुक्त चार मन्त्रीले लिए शप

    मुन्ना कुमार—

    ६ असोज, काठमाडौं  — अन्तरिम सरकारमा नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

    पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।

    सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।

    अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो ।तर, मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ ।

    पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

    शपथ ग्रहण समारोहमा सहभागी हुन विघटित संसदका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थको उपस्थिति रहेका थिए।

  • अन्तरिम सरकारमा थप पाँच जना मन्त्रि नियुक्तको लगि सिफारिस

    अन्तरिम सरकारमा थप पाँच जना मन्त्रि नियुक्तको लगि सिफारिस

     मुन्ना कुमार 

    प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस ।

    सिफारिस भएका मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, डा. संगिता मिश्रा, महावीर पुन र डा. मदन परियार 

    राष्ट्रपतिको कार्यालयले मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्र हुने ।

    असोज, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आज ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।

    उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि मन्त्रीको नाम टुङ्गो लगाएका हुन्।

     पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।

    सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले दिएको जानकारी अनुसार ‘प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरुको सिफारिस राति आइपुगेकाले आज शपथ नहुने भयो । भोलि मात्रै शपथ हुन्छ ।