जेन-जी आन्दोलनका मृतक परिवारलाई १ लाख काजकिरिया खर्च, शोक दिवस मनाइने गृहमन्त्रीको निर्णय

दाश पन्न्नालाल दाश पन्न्नालाल 313 Views

मुन्ना कुमार

  • सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने ।
  • गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने।
  • शोक दिवस मनाउने मिति मन्त्रिपरिषद्ले तय गर्ने र निर्णयलाई मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइने।

३० भदौ, काठमाडौं ।  आज मन्त्रीहरुको शपथसँगै सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।

कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने छ। यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

 

प्रतिक्रिया
Share This Article