राष्ट्रिय शोक दिवसमा कलैयामा शिक्षक संघद्धारा दिप प्रज्वलन

दाश पन्न्नालाल दाश पन्न्नालाल 358 Views

हार्दिक श्रद्धाञ्जली

ी ॐ

दास पन्नालाल

१ असोज, कलैया– भदौ २३ र २४ गते जेन-जी आन्दोलनमा ज्यान गुमाएकाप्रति सरकरले घोषणा गरेको आज राष्ट्रिय शोक दिवसको अवसरमा नेपाल शिक्षक संघ, बाराले कलैयाको भारत चौकमा दीप प्रज्वलन गरेको छ।

शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीको अध्यक्षको नेतत्वमा  विद्यार्थी, कर्मचारी, शिक्षक, पत्रकार र नागरिक समाज लगायतका महानुभाव हरुको सहभागितामा  सहादत दिएका युवापुस्ताहरुको चिर शान्तिको कामना  गर्दै सहिदहरु प्रती श्रद्धायञ्जली दिदै  कार्यक्रम सम्पन्न गरेको हो।

जेन- जी पुस्ताका बलिदानी खेेर नजाओस् । मृतकको आत्माले शान्ति पाउन कामनाका साथ दिप प्रज्वलन गरिएको शिक्षक संघका अध्यक्ष सहनीले जानकारी गराएका छन्।

वीर सहिद अमर रहुन् । देश सहि दिशामा हिडोस्। जुन उद्देश्यका साथ जेन- जी विद्रोह भयो, त्यो पूरा  हुनुपर्छ , शिक्षक संघका बाबुराम यादवले बताए।

र सहिद अमरसहुन्युवाुस्ताहरुले देशमा बड्दै गएका वेथिति भरष्टाचारको लागि अवस्था र व्यवस्थाको आमुल परिवर्तनको लावि लाखौको विशाल प्रदर्शन गरेका थिए।

जसमा दुई हजार जति घाईते भएका छन् भन्ने हिजोसम्म ७२ जनाले प्रहरीको गोली लागि ज्यान गुमाईसकेका छन्। यो आंकडा दिनप्रति दिन अझै बढदै गएको छ।

 

प्रतिक्रिया
Share This Article