Author: दाश पन्न्नालाल

  • हैजा रोग महामारी विरुद्धको खोप जिसस सभापति साहले पहिलो खोप खाएर कलैया अस्पतालबाट गरे शुभारम्भ

    हैजा रोग महामारी विरुद्धको खोप जिसस सभापति साहले पहिलो खोप खाएर कलैया अस्पतालबाट गरे शुभारम्भ

    दास पन्नालाल 

    २७ असाेज, कलैया— आज बारामा हैजा रोगको महामारी विरुद्ध प्रति कार्य खोप अभियानको सुभारम्भ जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले खोपको पहिलो डोज (थोपा ) खाएर  गरेका छन्।

    जिल्ला स्वास्थ्य कार्यालय बाराद्धारा आयोजित कार्यक्रमको असोज २७ – २ कार्तिकसम्म जारी रहने सो कार्यको थालनी भएको हो।

    पर्साको वीरगञ्जबाट शुरू भएर बारामा पनि ९ जनामा हैजाको जिवाणु फेेला परेका थिए।

    यसैगरि यस पहिलो खोप अभियान कार्यमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई प्रशिक्षित चिकित्सक, स्वास्थ्यकर्मीले हैजा विरुद्धको खोप अभियानमा खोप ( थोपा) खुवाई सत्ताव्यापी  कार्यक्रमको पहिलो दिनको थालनी गरिएको हो।

    यसैगरि, पहिलो खाेप लिनेहरूमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नाथु साह र नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी  स्वास्थ्य कार्यालयका निमित प्रमुख रामनरेश यादव विशिष्ट व्यक्तित्वहरु समेत चिकित्सक स्वास्थकर्मी साथै सो अभियानमा नेपाल पत्रकार माहसंघका उपाध्यक्ष पन्नालाल दास, संचारकर्मी प्रभु यादव लगायतका  समेत सहभागी भएका थिए।

    विश्व स्वास्थ्य संगठन (WHO) को सहयाेगमा सञ्चालित यो अभियान पर्सा जिल्लामा हैजा पुष्टि भएपछि त्यससँगै जोडिएका ६ वटा स्थानीय तहहरू: कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, बश्रामपुर गाउँपालिका र फेटा गाउँपालिकामा केन्द्रित छ।

    जन स्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख राम नरेश यादवले जानकारी गराएअनुसार यस खाेप कार्यक्रमबाट ६ वटा स्थानीय तहका कुल ३ लाख ६५ हजार ९ सय ३१ जना लाभान्वित हुनेछन्।

    यो खाेप जीवन बचाउने र रोगको महामारीलाई समुदायबाट हटाउने सबभन्दा प्रभावकारी उपाय भएकाले यो खोप हाम्रै सुरक्षाको लागि हो।

    हैजा जस्तो घातक रोगबाट बच्न र परिवार तथा समाजलाई सुरक्षित राख्नका लागि सबैले ढुक्क भएर खाेप लिनु अति आवश्यक छ, जसले गर्दा समाजमा हैजा नियन्त्रणका लागि सकारात्मक सन्देश प्रवाह भई सामूहिक स्वास्थ्य सुधारमा ठूलो टेवा पुग्नेछ।

    यसैगरि यस खोप अभियान कार्यमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई प्रशिक्षित चिकित्सक, स्वास्थ्यकर्मीले हैजा विरुद्धको खोप अभियानमा खोप ( थोपा) खुवाई सत्ताव्यापी  कार्यक्रमको पहिलो दिनको थालनी गरिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबै व्यक्तिलाई खोप नाम दिईएको मुखमार्फत डेह्र मिलिको थोपा खुवाइने छ। यो खोप अभियान असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। बारामा करिब ३ लाख ६५ हजार ९ सय ३१ जनालाई लक्षित गरिएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार यो खोप अभियानले आगामी वर्षमा देखा पर्न सक्ने महामारीलाई रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ। उनले भने, “हैजा रोग विरुद्धको खोपले कम्तीमा ६ महिनासम्म रोगको संक्रमण हुन नदिने र दीर्घकालीन प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्छ।”

    स्वास्थ्य अधिकारीहरूले बाराका स्थानीय तह र नागरिकलाई सचेत रहँदै खोप अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

    जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहमा खोप खुवाईने छ।

    अभियान अन्तर्गत एक वर्षभन्दा माथिका सम्पूर्ण जनसङ्ख्यालाई शतप्रतिशत खोप खुवाइनेछ। खोपलाई सहज बनाउन सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, सुरक्षाकर्मी रहने स्थान, कलकारखाना, बसपार्क, सीमा नाका र आवश्यक स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरिनेछ।

  • हैजाको खोप बारामा २७ – २ गतेसम्म खुवाईने, पत्रकारसँग स्वा.कार्यालयको अन्तरक्रिया सम्पन्न

    हैजाको खोप बारामा २७ – २ गतेसम्म खुवाईने, पत्रकारसँग स्वा.कार्यालयको अन्तरक्रिया सम्पन्न

    दास पन्नालाल

    २६ असोज , कलैया—  बारा जिल्लामा पछिल्लो समय देखा परेको हैजाले जोखिम बढ्दै गएपछि भोलि देखि हैजा  रोग महामारी विरुद्ध प्रतिकार्य खोप अभियान शुरू हुने भएको छ।

    नेपाल सरकारले हैजा प्रकोप रोक्ने उद्देश्यले स्वास्थ्य कार्यालय बाराको तत्वाधानमा आज हैजाको प्रकोप नियन्त्रण , औषधी सेवन र बच्ने उपाय बारे  बाराली संचारकर्मीसँग कलैयामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    यसअघि पर्सामा प्रारम्भ गरिएको यो अभियान बाराको ६ वटै पालिकामा खुुवाईने छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबै व्यक्तिलाई खोप नाम दिईएको मुखमार्फत डेह्र मिलिको थोपा खुवाइने छ। यो खोप अभियान असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। बारामा करिब ३ लाख ६५ हजार ९ सय ३१ जनालाई लक्षित गरिएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार यो खोप अभियानले आगामी वर्षमा देखा पर्न सक्ने महामारीलाई रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ। उनले भने, “हैजाविरुद्धको खोपले कम्तीमा ६ महिनासम्म रोगको संक्रमण हुन नदिने र दीर्घकालीन प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्छ।”

    यस अभियानमा विश्व स्वास्थ्य सङ्गठन (WHO), युनिसेफ, रेडक्रस लगायतका निकायहरूको सहकार्य र अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) को समन्वय रहनेछ।

    स्वास्थ्य अधिकारीहरूले बाराका स्थानीय तह र नागरिकलाई सचेत रहँदै खोप अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

    जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहमा खोो खुवाईने छ।

    अभियान अन्तर्गत एक वर्षभन्दा माथिका सम्पूर्ण जनसङ्ख्यालाई शतप्रतिशत खोप खुवाइनेछ। खोपलाई सहज बनाउन सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, सुरक्षाकर्मी रहने स्थान, कलकारखाना, बसपार्क, सीमा नाका र आवश्यक स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरिनेछ।

    यस कार्यमा सहयोग गर्न तथा बिना अवरोध खोप खुवाउन अनुरोध गरिएको छ। स्थानीय स्तरमा माइकिङका साथै विभिन्न संस्था र धार्मिक स्थलहरूबाट समेत प्रचारप्रसार गरिनेछ। खोप अभियानको अवधिमा कुनै पनि शिक्षण संस्था बन्द नगर्न स्थानीय तह तथा शिक्षा विकास एकाइ मार्फत समन्वय गरिनेछ र अभियानको दैनिक प्रतिवेदन स्थानीय तहले स्वास्थ्य कार्यालयलाई बुझाउनु पर्नेछ।

    उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, उपाध्यक्ष पन्नालाल दास, पुर्व उपाध्यक्ष राकेश पाण्डेय, निवर्तमान उपाध्यक्ष रामबाबु मेहता, पत्रकार गोकुल घोरसाईने, सत्यप्रसाद श्रेष्ठ लगायतका जिल्लाका उल्लेख्य पत्रकारहरूको उपस्थिति रहेका थिए।

    अन्तरक्रिया कार्यक्रमका सञ्चालन सरिता कुरारी यादव र सहजीकरण कञ्चन नेपालीले गरेकी थिईन्।

  • जन जागरण युवा क्लबको सामाजिक परिक्षण र २७ औं वार्षिक साधारण सभा सम्पन्न

    जन जागरण युवा क्लबको सामाजिक परिक्षण र २७ औं वार्षिक साधारण सभा सम्पन्न

     

    दास पन्नालाल

    २५ असोज, कलैया— समृद्ध मधेस प्रदेश निर्माण गर्न प्रतिबद्ध छौ भन्ने नाराका साथ जन जागरण युवा क्लब बाराको आज कलैया स्थित करण राज पैलेसमा सामाजिक परिक्षण तथा २७ औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

    जेजेवाईसी द्धाराका अध्यक्ष भैयारामको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि  करैयामाई गाँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र प्रसाद यादवले संस्थाले सामाजिक क्षेत्रमा गरेको उल्लेख्य प्रगतिको सार्बजनिक रुपमै यसरी भएको सामाजिक परिक्षणको प्रशंसा गर्दै वार्षिक साधारण सभाको  शुभकामना व्यक्त गरेका थिए।

    खुुल्ला दिशामुक्त र सरसफाई पहिलेको भन्दा वर्तमान अवस्थामा सुधार हुँदै गएको देखिनुमा एनजिओहरुको योग्दान रहेको उनले धारणा राखेका थिए।

    सो कार्यक्रमको समापन गर्दै जेजेवाईसीका अध्यक्ष यादवले दातृनिकायको सहयोगमा मधेश भरि सामाजिक रुपान्तरणको पक्षमा कृषि, सिपमुलक तालिम , शैक्षिक क्षेत्रमा सुधार लगायतमा उल्लेख्य काम गरेको बताए।

    लक्षित वर्गको दैनिक जिवनयापनका लागि व्यवहारिक परिवर्तनमा सफल भुमिका रहेको बताए। ६० भन्दा बढी साझेदार संस्त्थासँग काम गर्ने अवसर मिलेकोमा पारदर्शिता, शुन्य सहनशिलता, लैंगिक सामान्ता देखि उत्तरदायित्व निर्वाहमा संस्त्थााले कतै सम्ज्झौता नगरेको र कहिलयै नगर्ने प्रतिबद्धता व्यक्त गरे।

    सो अवसरमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी  यस ससंस्थाको वार्षिक साधारण सभाको सफलताको शुभकामना दिदै यस संस्थाले समुदाय प्रति अहम भुमिका खेलेको मन्तव्य व्यक्त गरेका थिए ।

    यस्तै  देवताल गाँउपालिका- ३ वडाअध्यक्ष रामकिशोर कुश्वाहा, करैयामाई गाँउपालिकाका वडाअध्यक्ष सोनालाल साह, प्रेस युनियनका बाराका अध्यक्ष श्याम बाबु यादव, शैक्षिक तालिम केन्द्रका शाखा अधिकृत राजन भण्डारी,  साझेदार संस्था ओ एच डबल्युका प्रतिनिधि कल्पना श्रेष्ठ लगायतकाले संस्थाले गरेका आफ्ना कामको विवरण सहित कार्य प्रगतिको समीक्षा र सामाजिक परिक्षण सफलतापुर्वक सम्पन्न तथा २७ औं वार्षिक साधारण सभाको शुभकामाना व्यक्त गरेका थिए।

    सोही अवसरमा जेजेवाईसीकमा कार्यरत ४० भन्दा बढी कर्मचारी मध्ये सब भन्दा उत्कृष्ट कर्मचारीको रुपमा डा. श्री निवास बैठा प्रथम, कौसल साह दोश्रो र पवन सहनी तेश्रो पुरस्कारबाट सम्मानित भएका थिए।

    कार्यक्रमको संचालन द्वय कौशल साह र निषा पन्त गरेका थिए
    भन्ने  बसुनधारा गैरेले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन्। साथै संस्थाको प्रतिवेदन शिवनाथ यादव र कार्यक्रमको नीति नियम उधेशय बारे संस्थाका कार्यकारी निर्देशक डा.श्रीनिवास बैठाले प्रकाश पारेका थिए।

  • सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिएर २ मृत्यु ६ जना घाइतेको उपचार हुदै

    सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिएर २ मृत्यु ६ जना घाइतेको उपचार हुदै

    दास न्नालाल

    २५ असोज , बारा— आज विहानै ०८:५० बजेको समयमा बाराको सिम्रौनगढ नगरपालीकामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। भन्ने अन्य  घाईाते भएका छन्।

    वडा नं ६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा घर लिप पोत गर्नको लागि माटो खने क्रममा माटोको ढिस्कोमा मानिसहरु पुरीएको हो।

    मृत्यु हुनेमा स्थानिय  सिम्रौनगढ नगरपालिका – ६ सानो इटवाल बस्ने दशरथ महतोको श्रीमती अं.बर्ष ७० की शारदा देवी महतो रहेकी छिन्।

    उनलाई उपचारको लागी प्रादेशिक अस्पताल कलैया लादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।मृतकको लाश अस्पतालमा रहेको छ।

    र  सिम्रौनगढ नगरपलिका- ५ सानो इटवाल बस्ने राजेश्वर महतोको छोरा अं.बर्ष १५ को निरहुवा भन्ने सुनिल महतोको मृत्यु भएको छ।

    उनलाई उपचारको लागी कलैया मेट्रो अस्पताल पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

    त्यसैगरि, उक्त माटोको ढिस्कोमा दबिएर अन्य ६ जना घाईाते भएका छन्।

    घाईते हुनेमा  सिम्रौनगढ नगरपालिका- ६ सानो इटवाल बस्ने बिश्वनाथ महतोको छोरा अं.बर्ष १४ को साजन महतो,

    वडा- ५ सानो इटवाल बस्ने राज किशोर महतोको छोरा अं.बर्ष १५ को नितेश महतो सिम्रौनगढ कंकाली अस्पतालमा उपचार भई रहेको हात खुट्टा टाउको मा चोट अवस्था समान्य रहेको छ।

    त्यस्तै  वडा नं- ५ सानो इटवाल बस्ने बृजकिशोर महतोको छोरी अं.बर्ष १४ की रानी कुमारी महतो सिम्रौनगढ कंकाली अस्पतालमा ,

    वडा नं- ६ अमरपुर बस्ने सन्तोष मुखीयाको छोरा अं.बर्ष १८ को गौतम मुखियाको प्रादेशिक अस्पताल कलैयामा उपचाार  भईरहेको छ।

    त्यसैगरि, लक्षमी महतोको छोरी अं.बर्ष १४ की सुशिला कुमारी महतो धर्म नगर अस्पताल सिम्रौनगढमा र प्रभु शर्मा छोरा अं.बर्ष १५ को राजा बाबु शर्मा ढाड र कम्मर मा चोट सिम्रौनगढ धर्मनगर अस्पतालमा उपचार भई रहेको छ।

    भनि इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा खबर प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी निरिक्षक पवन पछाई को कमाण्डमा १४ जना प्रहरी उद्दार कार्यमा खटेका उनले बताए।

    र सश्त्र प्रहरी बेश सिम्रौनगढ बारा बाट स.प्र.स.नि.को कमाण्डमा ७ जनाको टोली खटी गएको , पुरीएको ६ जना मानिहरुलाई निकालि उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवं प्रहरी प्रवक्ता् विजयराज पण्डितले जानकारी गराएका छन्।

     

  • सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिएर दर्जनौ घाईते ,२ को अवस्था गम्भिर

    सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिएर दर्जनौ घाईते ,२ को अवस्था गम्भिर

    दास पन्नालाल

    २५ असाेज,बारा —  माटोको ढिस्कोमा पुरिएर सिम्रौनगढमा दर्जनौ घाईते भएका छन्। 

    ठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ माटो खन्ने क्रममा माटोको ठुुलो ढिस्को खसेके हो।

    माटोमा दबिएर दर्जनौं मानिस घाइते भएमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

    ​स्थानीय सञ्चारकर्मी रामबाबु मेहताका अनुसार, घटनापछि तत्काल स्थानिय मानिस , सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए।

    ​घाइते सबैलाई उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार कार्य सम्पन्न भइसकेको प्रहरीले जनाएको छ।

    छठ पर्व नजिकिँदै गर्दा माटो खन्ने क्रममा भएको यो दुर्घटनाले स्थानीयमा त्रास उत्पन्न गरेको छ।

  • सरकार-दल संवादमा राष्ट्रपतिको अग्रसरता

    सरकार-दल संवादमा राष्ट्रपतिको अग्रसरता

    मुन्ना कुमार

    २५ असोज, काठमाडौं — जेनजी आन्दोलनले राजनीतिक दलहरूको सत्ताच्युत यता  राजनीतिक दलसँग संवाद  तिक्ता भएपछि राष्ट्रपतिको अग्रसरतामा शितलनिवास मै संवादको थालनी भएको छ।

    अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनमा विभिन्न आफ्नै पुरानै  धारणा सार्वजनिक गर्न थालेको अवस्थामा संवैधानिक राष्ट्रपतिले छलफलका लागि सर्वदलिय बैठक बोलाएका थिए।

    उनले पछिल्लो संकटमा संविधानको र राजनीतिक व्यवस्थाकै रक्षाका लागि भन्दै राजनीतिक संवादहरूलाई सहजीकरण गरिरहेका छन् । त्यसैको पछिल्लो कडि बनेको छ, बिहीबार शीतल निवासमा आयोजित सर्वदलीय बैठक बोलाईएको हो।

    जेनजी आन्दोलनपछि चुलिएको संकटबाट बाहिर आउन  फागुन २१ मा चुनाव गराउने म्यान्डेटसहित राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएका थिए ।

    तर यो  करिब एक महिनाको अवधिमा न सरकारले चुनावका लागि मुख्य सरोकार राख्ने राजनीतिक दलहरूसँग सम्पर्क गर्‍यो न राजनीतिक दलहरू नै सरकारसँग संवादमा गए ।

    बरु यो बीचमा प्रधानमन्त्री कार्की र राजनीतिक दलका नेताहरूले पटक पटक राष्ट्रपतिलाई भेटेर एकअर्काप्रतिका गुनासा र आशंकाहरू सुनाइरहेका थिए ।

    सरकार र दलहरूबीच संवाद नै अघि नबढेपछि बिहीबार उनले शीतल निवासमा सर्वदलीय बैठक डाके । उक्त बैठकमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका दोस्रो तहका निर्णायक नेताहरू सहभागी थिए ।

    दलहरूसँग सिधै आफूले संवाद गर्ने हच्किरहेकी प्रधानमन्त्री कार्कीले नै यो बैठकको सहजीकरण गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरेकी थिइन् ।

    प्रधानमन्त्री कार्कीले बुधबार राष्ट्रपतिलाई करिब ४० मिनेट भेटेकी थिइन् । त्यसक्रममा दलहरूबीच राजनीतिक संवाद सरकारका तर्फबाट नभइरहेको भन्दै बाहिरबाट पनि आवाज उठिरहेको सन्दर्भ उठेको थियो । त्यसपछि राष्ट्रपतिलाई नै उनले पहिलो बैठकको सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन्

     

    चुनावमा जाने निर्णय गरिनसकेका कांग्रेस एमालेका नेताहरूले त सरकारको बैधानिकतामै सुरुमा प्रश्न उठाएका थिए । तर जनतामा जाने कुरामा आफूहरू विपक्षमा नरहे पनि अहिलेको वातावरण र सरकारको शैली गलत रहेको धारणा राखेका थिए ।

    निर्वाचन नभए विषम परिस्थिति आउन संकेत गर्दै प्रधानमन्त्रि शुशिला कार्कीले संवादवारे दलहरूसँग सरकार टाढिने र झन् दूरी बढाउने काम गरिरहेको भन्ने प्रश्न उठेपछि उनले पहिले बैठक सिधै आफूहरूले बोलाउँदा आन्दोनलकारी शक्तिहरू चिढिने जोखिम रहेको कुरा गरेकी थिइन् ।

    पहिलो बैठक दल र जेनजी दुबैलाई राष्ट्रपतिको समन्वयमा गराउने र त्यसपछि सरकारले नै सिधा संवाद  गर्ने जानकारी दिएकी थिइन् ।

    त्यसैले भोलि शनिबार राष्ट्रपतिले शीतल निवासमै प्रधानमन्त्रीसहित जेनजी समूहरूसँग पनि संवाद गर्ने तय भएको छ ।

    ‘चुनावमा सहभागी नभए विषम परिस्थिति’

    अबको राजनीतिक परामर्श सिंहदरबारमा हुने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री कार्कीले चुनाव नभए आउने सक्ने विषम परिस्थितिको आंकलन गर्न दलका नेताहरूलाई अनुरोध गरिन् ।

    उनले जेनजीहरू ‘हामीहरू सबैको छोराछोरी, नातीनातिना’ भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टी व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरिन् ।

    तर दलका अधिकांश नेताहरूले चुनावको लागि तयार हुनुपर्ने न्यूनतम वातावरण समेत तय नभएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न गरेका थिए ।

    बैठकमा सहभागी नेताहरूका अनुसार विशेषगरी नेता र राजनीतिक दलहरूले आफ्ना राजनीतिक गतिविधि नै गर्न नपाउने र नसक्ने अवस्था रहेको ब्रिफिङ गरेका थिए ।

    नेताहरू आफैं शान्तिपूर्ण रुपमा हिँडडुल समेत डर मान्नुपर्ने अवस्थामा चुनावको वातावरण कसरी बन्छ भन्दै नेताहरूले प्रश्न गरेका थिए ।

    निर्वाचन स्वतन्त्र रुपमा गर्ने भन्ने तर चुनावको कार्यतालिका बनाइसक्दा समेत दलहरूसँग सोधखोज नगर्ने  भन्दै दलका नेताहरूले गुनासो गरेका थिए ।

    चुनावको मुख्य सर्त नै शान्ति सुरक्षा भएको तर प्रहरीको हालत कुन अवस्थामा रहेको छ भन्दै उनीहरूले गृहमन्त्री र प्रधानमन्त्रीलाई नै प्रश्न गरे । बर्दी र हतियार लुटिएका प्रहरी, जेलबाट भागेका अपराधीलाई फिर्ता ल्याउने लगायतका काम भएर प्रहरीको मनोबल नबढ्दा सम्म चुनावको शान्तिसुरक्षा सुनिश्चित नहुने उनीहरूको धारणा थियो ।

    राजनीति दलका नेताहरूलाई मुद्दा लगायत पक्रने भन्ने विषय आइरहेको छ । यसले सरकारको ध्यान चुनावमा हो कि अन्यत्र भन्ने स्पष्ट नभएको उल्लेख गरे ।

    ‘मन्त्रीहरूका अभिव्यक्ति नेताहरूलाई चेतावनी दिने खालका छन् यस्ता गतिविधिले चुनाव हुन्छ ?,’ बैठकमा प्रश्न उठेको थियो ।

    सुरक्षाको विषयमा प्रश्न उठेपछि प्रधानमन्त्रीले चुनावका लागि आवश्यक सुरक्षाको प्रबन्ध गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी थिइन् ।

    नेताहरूविरुद्धको जाहेरीको सम्बन्धमा गृहमन्त्री ओमप्रकाश अर्यालले घटनाको छानबिन आयोगबाट भइरहेको तर पीडितहरूलाइ आफ्नो उजुरी दिने पाउने अधिकार प्रयोग गर्न भने रोक्न नसकिने जवाफ दिएका थिए ।

    अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै प्रहरी जाहेर परेको छ । उक्त जाहेरी अघि बढाउन सरकारले नै प्रहरीलाई जोडबल गरिरहेको कुरा आइरहेको छ ।

    माओवादी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा लगायतका दलका प्रतिनिधिले सुरक्षाकै प्रश्न उठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र गृहमन्त्रीलाई स्थिति सामान्यीकरण गर्नतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै धारणा राखेका थिए।

    बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबारको बैठकले अहिलेसम्म संवाद नभएको भन्ने गुनासो अब चिरिएको बताए । ‘संवादको सुरुवात भएको छ । यो अझै बढ्छ । आजको बैठकले  राष्ट्रपति, सरकार र राजनीतिक दलक कसैको पनि चुनावप्रति विमति रहेन,’ उनले भने, ‘दलहरू चुनावमा जाने,  सरकारले त्यसका लागि वातावरण बनाउँदै जाने भन्ने कुरामा सबैको सहमति देखियो ।’

    बिहीबारको सर्वदलीय बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी थिए ।

    बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,  उपमहासचिव वपर्षमान पुन सहभागी थिए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र  महासचिव धनश्याम भुसाल सहभागी थिए ।

    त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती, सहभागी थिए ।

     

  • करारका शिक्षक कटौती नहुने सरकारको स्पष्टोक्ति

    करारका शिक्षक कटौती नहुने सरकारको स्पष्टोक्ति

    मुन्ना कुमार–
    २४ असोज, काठमाडौ ––देशमा आर्थिक भार क गर्न अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सरकारले अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि करार शिक्षकको हकमा भने लागू नहुने भएको छ ।

    अर्थ मन्त्रालयको गत असोज ७ को अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको विज्ञप्तिको बुँदा नम्बर (५) को संगठन संरचना सुधार अन्तर्गतको बुँदा (ज) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भनिएको थियो ।

    यसमा स्थानीय तह र विद्यालयले करार शिक्षकको सन्दर्भमा के हुने भनेर प्रश्न गरेपछि शिक्षा मन्त्रालयले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने जनाएको हो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरी उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने स्पष्ट पारेको छ।

  • प्रवेश दाहाल सहितका जेनजी वार्ता टोलीले राष्ट्रपतिलाई बुझायो ८ बुँदे माग

    प्रवेश दाहाल सहितका जेनजी वार्ता टोलीले राष्ट्रपतिलाई बुझायो ८ बुँदे माग

     भुषण कुमार–

    २४ असोज, काठमाडौं –प्रवेस दाहाल सहितका  जेनजी युवा प्रतिनिधिहरुले गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहभागीहरुलाई अभियोजन नगर्ने गरी सुरक्षा प्रदान गर्नुपर्ने लगायतका माग राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन् ।  जेनजी आन्दोलनकारीको सुरक्षा समेत माग गरेका छन् ।

    वार्ता टोलीका सदस्य प्रवेश दाहालका अनुसार राष्ट्रपति पौडेललाई २२ असोजमा भेटेर प्रस्तावित सम्झौतापत्र मार्फत् आठ बुँदे माग बुझाइएको हो ।  त्यसको दोस्रो बुँदामा लेखिएको छ, ‘जेनजीको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी आन्दोलनकर्तालाई अभियोजन नगर्ने गरी उचित सुरक्षा प्रदान गर्ने, राज्यका निकाय र राजनीतिक दलहरुद्वारा गरिएका र गराइएका तथा हुनसक्ने आक्रमणहरुबाट यथाशक्य सुरक्षा प्रदान गर्ने ।’

    जेनजी युवाहरुले हालसम्म सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्तिको छानबिन गरी अभियोजन गर्ने र त्यस्तो सम्पत्ति राष्ट्रियकरण गर्ने प्रस्ताव समेत राखेका छन् ।

    निजामती कर्मचारीलाई जनउत्तरदायी बनाउन आवश्यक व्यस्था गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।

    यस्तै आगामी निर्वाचनपछिको संसदको बैठकमार्फत् सबै संवैधानिक आयोगहरुलाई राजनीतिक हस्तक्षेपबाट पूर्णरुपमा मुक्त राख्न र स्वायत्त तथा स्वतन्त्र ढंगले कार्यसम्पादन गर्न सक्षम बनाउन उक्त आयोगको संरचना तथा पदाधिकारी नियुक्तिको पुनर्संरचनाको व्यवस्था गर्ने गरी अनिवार्य अनुमोदन गर्नुपर्ने उनीहरुको माग छ ।

    आगामी र तत्पश्चात हुने आम निर्वाचनबाट चयन हुने कार्यकारी प्रमुख (प्रधानमन्त्री र मुख्यमन्त्री)को निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमार्फत् गरिने व्यवस्था गर्ने र कार्यकारी प्रमुखको पदावधि दुई कार्यकाल मात्र हुनुपर्ने उनीहरुको माग छ ।

    जेनजीले आफ्ना माग निशर्त लागू गर्न जोड दिईएका छन्। यसो गर्न नसकिए युवाको सहादत खेेर जाने बताउदै अक्षरस पालनामा जोड दिएका हुन्।

    यहि व्यवस्था र अवस्था रहिरहे विद्रोह केला लागि ? सताच्युत पश्चात सरकारले खुुट्टा कमाउनु हुन्न र जेनजीको माग पूरा गर्न लाग्नु पदर्छ धारणा राख्दै आएका हुन्।

  • फिलिपिन्समा ७.४ म्याग्निच्युड शक्तिशाली भुकम्प

    फिलिपिन्समा ७.४ म्याग्निच्युड शक्तिशाली भुकम्प

    दास पन्नालाल 

    २४ असोज, काठमाडौं –— हिजो राति  फिलिपिन्समा गएको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

    भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यद्धपी शक्तिशाली भुुकम्पले धेेरै भौतिक संरचनामा क्षति पुगेको छ। सुरक्षा एजेन्सी लगायत रेडक्रस जस्ता संस्थालेाानविि उदार र राहतमा जुटेको खवर प्राप्त भएको छ।

    जसले समुद्रमा ३ मिटरसम्मको सुनामीको चेतावनी दिइएको छ। यद्यपि यो क्षेत्र भूकम्पीय गतिविधिका लागि परिचित छ, तर यस पटकको भूकम्पले थप चिन्ता उत्पन्न गरेको छ। स्थानीय प्रशासनले राहत र उद्धार कार्यहरूलाई प्राथमिकता दिइरहेका छन्।

    यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० जना घाइते भएका थिए।

  • माईतिघरमा प्रहरीको धरपकड १४ जना जेनजी पक्राउ, सरकार विरुद्ध नारावाजी

    माईतिघरमा प्रहरीको धरपकड १४ जना जेनजी पक्राउ, सरकार विरुद्ध नारावाजी

     

    भुषण कुमार —-

    २३ असोज, काठमाडौं –आज जेन जीका समूहले  माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

    प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

    जेन-जीका विभिन्न समूहहरू माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए ।

    अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

    पक्राउको विरोधमा कार्की सरकार विरुद्ध प्रदर्शन भइरहेको छ। जेन जिहरु उलेखय