मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ, प्रमुख दलका नेता अनुपस्थित
जनकपुरधाम, ६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई शपथ गराएका हुन्।
संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
यादवको शपथग्रहण समारोहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता तथा सांसदहरू सहभागी भएनन्। जनमत पार्टीका तर्फबाट चन्दनकुमार सिंह मात्रै समारोहमा उपस्थित थिए।
जसपा नेपालकै पूर्वमुख्यमन्त्री लालबाबु राउत भने कार्यक्रममा सहभागी भए। तर, पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल समारोहमा अनुपस्थित रहे।
प्रमुख राजनीतिक दलका नेताहरूको अनुपस्थितिले नयाँ सरकार गठनसँगै प्रदेशमा राजनीतिक सहमतिको चुनौतीसमेत देखिएको छ।
विशेषगरी सरकार गठनको प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका दलहरू शपथ समारोहमा सहभागी नहुनुले मुख्यमन्त्री यादवका लागि विश्वासको मत जुटाउनु सहज नहुने संकेत गरेको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0