दिल्लीमा प्रधानमन्त्री शाह र जयशंकरबीच शिष्टाचार भेट

Nov 23, 2026 - 06:52
 0  7
दिल्लीमा प्रधानमन्त्री शाह र जयशंकरबीच शिष्टाचार भेट

 काठमाडौं / नयाँ दिल्ली, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा आइतबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन्।

नयाँदिल्लीस्थित ताज होटलमा भएको भेटमा नेपाल र भारतबीचको आपसी सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा दुई देशबीचको व्यापारिक सम्बन्ध, पारवहन सुविधा, ऊर्जा विकास, कनेक्टिभिटी, संस्कृति, शिक्षा तथा जनस्तरको सम्बन्धलगायतका विषय उठेका थिए। दुवै पक्षले यी क्षेत्रमा विद्यमान सहकार्यलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दुईदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतीय सरकारका उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहसँगको भेटलाई सकारात्मक रूपमा उल्लेख गर्दै नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको बताएका छन्। उनले सोमबार प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ताको प्रतीक्षा गरिरहेको समेत सार्वजनिक गरेका छन्।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0