संवाहक
२६ कार्तिक, कलैया। बाराको महागढीमाई नगरपालिका -७ स्थित तेलकुवाँ चोकमा आज वडाअध्य्यक्ष शिवेन्द्र प्रताप सिंहले एक कार्यक्रमका बीच बजारको उदघाटन गरेका छन्।
सोमवार र विहिवार गरि एक हप्तामा दुईपटक लाग्ने बजारमा तरकारी फलफुल माछा मासु किराना समान लगायतका दैनिक उपभोग्य वस्तु सरल सुलभ रुपमा बिक्रिवितरण हुने वडा अध्य्यक्ष सिंहले बताएका छन्।
आफ्नै सक्रियतामा लाग्दै गरेको बजार माओवादी द्धन्दकालमा यस चोकमा नारायणी सिंचाईँ कार्यालयमा आर्मि वेस क्याम्प बसेपछि २ वर्षसम्म लागेको बजार असुरक्षाका कारण ठप्प भएको थियो। सोही अवधारणा अनुसार पुन: आज देखि सुचारु हुने अवसर जुरेको संवाहकसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
बजारलाई व्यवस्थित गर्न सत्रुधन साहको अध्य्यक्षतामा २६ सदसीय बजार समिति बनाईएको छ। बडाबासी छरछिमेक वरपरका गाँउटोलको कृषक आफ्ना तरकारी उपभोग्य वस्तु खाद्यान्न लगायतका चीज वस्तु विना कौडी (कर) विक्रि वितरण हुने भएकोले निर्धक भएर बजारमा आउन आग्रह गरेका छन्।
बजारको लागि वडाअध्यक्ष सिंहको पेट्रोल पम्पको परिसरमा रहेको प्रयाप्त जग्गामा बजार लाग्ने छ। बजारमा ल्याईएको तरकारीजन्य सामग्री लगायत फिर्ता लगिने अवस्था रहदैन। यदि विक्रि हुन नसकेका कच्चा तरकारीजन्य सहित उपभोग्य वस्तुलाई बजार समितिले खरिद गरिने व्यवस्थापन गरिएकोले तोकिएको दिन बजारमा भरपुर समान सहजताका साथ ल्याएर स्थानिय किसानले विक्रि गर्न पाईनेछ, उनले थपे ।
व्यापारी वा किसानले आफ्नै खेतका खास गरि उत्पादित तरकारी बाली बजारको दिनको पर्खाईमा टाँढाको बजार गएर किनमेल गरिने अप्ठयाराबाट स्थानिय लभान्वित हुने स्थानिय रामबाबु यादवले बताएका छन्।
यो चोक चौबाटोमा रहेको छ। प्रहरी चौकी र शसस्त्र प्रहरी पोष्ट सुरक्षार्थ खटिएको हुन्छ। वडाको सहयोगमा गाँउबासीको साथ सहयोगले बजार अब अटुुट ढंगले लाग्ने यादवले बताएका छन्।
सो बजार उदघाटनमा नेता तथा स्थानियको उल्लेख्य सहभागिता रहेका छन्।
बजारले तेलकुवाँ सहित बरियारपुर, वडा नं-९ पिप्राविर्ता , -८ का धर्रमपुर र सुवर्ण गाँउपालिकाको धर्मपुर र मझरिया गाँउका क्षेत्रलाई अगोटेको छ। खसी, कुखुरा लोकल देखि वोयलर , बंगुरको मासु र खोलाको साना माछा देखि ठुला माछा प्रशस्त पाईने समितिले जनाएका छन्।
वडा अध्यक्ष सिंहको सामाजिक कार्यमा लगानीको रुचिले लोकप्रियता बढ्दै गएको स्थानियको भनाई रहेको छ। यस अघि वडा कार्यालयको लागि १० धुर बहुमुल्य जग्गा र प्रहरी चौकीको लागि पिच बाटोको लाखौ पर्ने १ कट्ठा जग्गा दान गरि किर्ति स्थापना गरेका हुन्। यसैको निरन्तरतामा अब बजारको लागि ठाँउ अभावलाई दुर गर्दै आफ्नेै जग्गा उपलब्ध गराएका छन्।
जसबाट बजार व्यवस्थित ढंगले लाग्ने निश्चित भएको छ।ठाँउको अभावमा बजार लाग्न आलटाल भईरहेका थिए। बजारलाई अझ व्यवस्थित बनाउन नगरपालिकासँग समन्वय गरि सुदृढ बनाईने बताईएको छ।