Author: दाश पन्न्नालाल

  • गढीमाई मन्दिरको सुरक्षा सेनालाई सुम्पियो

    गढीमाई मन्दिरको सुरक्षा सेनालाई सुम्पियो

     

    संवाहक राष्ट्रिय दैनिक

    ११ मंसिर , बरियारपुर— लाखौ मानिसको आस्थाका केन्द्र बाराको गढीमाई पंचबर्षिय मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनासम्म लाग्ने मेलामा पंचबर्षिय गढीमाई मेलाका मुल समिती अन्तर्गत बनेको २२ वटा उपसमितिले आफ्नो कार्य तिब्र गतिमा शुरु गरेको मुल समितिको महासचिव नरेश जैसवालले जानकारी दिए का छन्।

    यस वर्ष मन्दिरमा  पुजापाठ शान्ति सुरक्षाको ब्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको महासचिव जैसवालले बताए ।

    प्रत्येक  पांच बर्षमा लाग्ने यो शक्तिपिठ मेलामा खानेपानी , आवास , निशुल्क भोजनालय , शौचालय , सवारीसाधन पार्किङ लगायत भक्तजनलाई मन्दिर सम्म सहज रुपमा पुजापाठको ब्यवस्थापनको लागि मुल समिति ,उपसमिति लागि परेका उनले बताए।

    शक्तिपिठ गढीमाई मेलामा शान्ति सुरक्षाको लागि मेलाको हरेक क्षेत्रमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी , नेपाली सेना परिचालन गरिने महासचिव जैसवालले जानकारी गराए ।

    मेलामा  मनोरञ्जनको साधन प्रयाप्त मात्रामा सर्कस ,मौत कुवा , झुला , ब्रेक डान्स , जल परि लगायतको मनोरञ्जनका साधन अन्तिम तयारी अवस्थामा रहेकोले मंसिर १५ गतेदेखि सम्पुर्ण मनोरञ्जनका साधन संचालन हुने भएको छ ।

    त्रमेलालाई सभ्य र भब्य बनाउन नेपाल लगायत छिमेकी राष्ट्र भारतका भक्तजनलाई माताको बिशेष पुजामा सहभागी हुन मेला मुल समितिको अध्यक्ष उपेन्द्र यादवले आग्रह गरेका छन्।

     

  • ४ जना फरार प्रतिवादी पक्राउ

    ४ जना फरार प्रतिवादी पक्राउ

     १० मंसिर, कलैया— बारा प्रहरीले बिभिन्न मुद्दामा अदालतबाट कसुरवार ठहरी कैद सजाय सहित जरिवाना भुक्तान नगरी लुकुछिपि बस्दै फरारको सुचिमा रहेका ४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरीएको जनाएको छ।
    प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय र मातहत  प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले मुद्दामा बरदात पश्चात फरार रहेका  मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट आज  पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालतमा कलैयामा दाखिला गरिएको  प्रहरीले जानकारी गराएको छ।
    पक्राउ पर्नेमा विश्रामपुर गाँउपालिका -१ घोडासहानका रिजवान नुरुल्लाह ठकुराई चेक अनादर कसुरमा रु. १ हजार जरिवानामा फरार रहेका थिए भन्ने सोही ठाँउका पशुराम कुशवाहा चेक अनादर मुद्दा मै रु २ दुई हजार,५ सय जरिवाना पाई फरार रहेका थिए
    बाजुलहक अंसारी विश्रामपुर गा.पा.१ घोडासहानका चेक अनादर  र
    .पुष्कर कुमार चौधरी महागढीमाई नगरपालिका – २ बरियारपुर बजारका चेक अनादरमा १ हजार जरिवाना भुक्तान नगरी फरार
    रहदै आएका चारै जनालाई पक्राउ गरि अदालतमा दाखिला गरिएको प्रहरी प्रवक्ता  एवम् प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जनाएका छन्।
  • बारा प्रहरीले झण्डै ६४ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    बारा प्रहरीले झण्डै ६४ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

              संवाहक
    १० मंसिर, कलैया— बारा प्रहरीले चेकजाँचको क्रममा झण्डै ६४ लाख बराबरको श्रोत खुलाउन नसकेका समान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
    जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले गाडीहरूलाई रोकी चेकजाँच गरेका थिए।
    चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६३ लाख ६८ हजार ५ सय ५५ रूपैया बराबरको बरामद गरिएका विभिन्न समानहरू आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जानकारी गराएको छ।
     ईलाका प्रहरी कार्यालय जीतपुरले मंसिर ९ गते राति करिब साढे ११ बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका – ७ जीतपुर चोकबाट  प्रहरी टोलीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको म.प्र.०३-००२ ख ०३१४ नं. को मिनि ट्रकमा लोड गरेको अं.मुल्य रू.४२ लाख ९३, हजार ८ सय ७० रुपैया बराबरको बिल बिजक भन्दा बढी सेम्फु, जिलेट सरफ लगायत अन्य खुद्रा समान नियन्त्रणमा लिईएको जनाएको छ।
     ईलाका प्रहरी कार्यालय अमलेखगंजले मंसिर ९ गते राति अं.११: ४० बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका – २१ अमलेखगंज चोकमा  प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले धनुषाबाट काठमाडौं तर्फ जादै गरेको बागमति प्रदेश -०१-००६ ख३७४१ नं.को ट्रकमा लोड गरेको अं.मुल्य रू.१४ लाख ७९ हजार ७ सय ५० रुपैया बराबरको कुनै किसिमको बिल नरहेको केराउ ५० बोरा अन्दाजी १ हजार ५ सय किलोग्राम, रहरको दाल ५० बोरा १ हजार ५सय केजी,  भुटेको चना १० टन ५० केजी, नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
    प्रहरी चौकी पथलैया ले आज  लगभग ०३:२० बजेको समयमा  जीतपुर सिमरा उप महानगरपालिका – १ पथलैया चोकबाट प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट बुटवलतर्फ जादै गरेको लु २ ख ६९०५ नं.को यात्रु बाहक बसमा लोड गरेको करिब मुल्य रू. १ लाख ४४ हजार ९ सय ३० रुपैया बराबरको कुनै किसिमको बिल नभएको खुकुरी-५९ पिस, काजु-३५ केजी र काँचको थाल-२ पोका नियन्त्रणमा लिईएको छ ।
    त्यस्तै ,सोही ठाँउबाट अं.३:३ बजेको समयमा सर्लाहीबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.०२-०३-००१ च ३३६५ नं.को पिकअप गाडि लोड गरेको अं.मुल्य रू. ४ लाख ५० हजार बराबरको बिळभाउचर नभएको ५६ कार्टुन टायरमा हाल्ने लिकियुड र १ हजार ३ सय ४४ पिस रबर प्रहरी समाति बरामद गरिएको विभिन्न समानहरु अनुसनधान कार्यालय पथलैयामा बुझाईएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन।
  • एन प्यब्सनले गढीमाई मेलामा ४० वटा वस नि:शुल्क संचान गर्ने

    एन प्यब्सनले गढीमाई मेलामा ४० वटा वस नि:शुल्क संचान गर्ने

         संवाहक

    १० मंसिर, बरियारपुर— विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलामा श्रद्धालुको लागि नि:शुल्क ४० वटा बस सेवा संचालन हुने भएको छ। बारको महागढीमाई नगरपालिका बरियारपुर  मेलामा प्रवेश गर्ने मुख्य नाका ४ वटै  दिशाबाट ऐन प्याब्सन बाराले नि:शुल्क रुपमा बस सेवा संचालन गरिने जनाएको छ।

    नेशनल प्याब्सन बाराको अध्यक्ष प्रभु प्रसार कुशवाहाले मंसिर २१ र २२ गतेको लागि नि:शुल्क वस सेवा संचालन गर्न प्रतिबद्धता जनाएका छन।

    मेला हेर्न आउने मानिसलाई सहज र सुविधायुक्त गन्तव्यसम्म यात्राको लागि  मन्दिर आसपास क्षेत्र सम्म पुग्न सजिलो होस उद्देश्यले बस सेवा मचानन गर्न लागिएको वारा अध्यक्ष कशाचाहाले जानकारी गराएका छन्।

    पञ्चवर्षिय गढीमाई मेला व्यवस्थापन मुल समितिको अध्यक्ष उपेन्द्र प्रसाद यादवलाई लिखित रुपमा ४० वटा वस सेवा संचालन गर्ने प्रतिवद्धता जनाएका छन्।

  • गढीमाई मेलाको लागि गुप्ताको संयोजकत्वमा अनुगमन समिति गठन

    गढीमाई मेलाको लागि गुप्ताको संयोजकत्वमा अनुगमन समिति गठन

          संवाहक

    ९ मंसिर, बरियारपुर—-  बाराको महागढीमाईमा पंचबर्षिय गडीमाई मेला २०८१ को लगि हरेक क्षेत्रमा अनुगमनका लागि विषप्रकाश गुप्ताको संयोजकत्वमा आईतवार मुल अनुगमन समिती गठन भएको छ।

    समितिको उपसंयोजक विश्वनाथ कुरावाहा सचिवमा रामजी चौरांसया सदस्यमा अधिवक्ता व्यामविहारी कुशवाहा,

    धर्मेन्द्र प्रसाद यादव सुरेश यादव, सशस्त्र प्रहरी बेस क्याम्प  वरियापुर, प्ररी चौकी बरियारपुरको दल बहादुर श्रेष्ठ लगायतका  सदस्य चयन भएका छन ।

    अनुगमन समितिले जग्गा व्यवस्थापन उपसमिति, बलि व्यवस्थापन उपसमिति, खानेपानी व्यवस्थापन उपसमिति, पूजा व्यवस्थापन उपसमिति लगायतको क्षेत्रमा मुल समितिले अनुगमन गर्नेछ।

    अनुगमनको क्रममा गुनासो सुन्ने र तत्काल समस्या समाधान गर्ने जस्ता महत्वपूर्ण निर्णय गरिए‌को मूल अनुगमन समितिको संयोजक दिप प्रकाश गुप्ताले जानकारी गराएका छन्।।

    गठित मुल अनुगमन समितिले आईतबार देखि नै गुनासी मुन्ने, कमिकमजोरी पता लगाउने समस्या आएमा समाधान गर्ने तर्फ कार्य थालने  बताईए‌को छ।

  • गढीमाई मेलामा मन्त्री नेताको ओईरो, संघिय कानुन मन्त्री चौरसियाद्धारा गढीमाई दर्शन र मेला अवलोकन

    गढीमाई मेलामा मन्त्री नेताको ओईरो, संघिय कानुन मन्त्री चौरसियाद्धारा गढीमाई दर्शन र मेला अवलोकन

    संवाहक

    ८ मंसिर, बरियारपुर— पर्यटन प्रबर्द्धनमा अचेल दिनहूँ मन्त्रि नेताको  ओईरो लाग्ने गरेकोमा आज संघिय सरकारको कानुन न्याय तथा संसदिय मामिला मन्त्री अजय चौरसियाले आज बाराको महागढीमाई नगरपालिका -१ स्थित बरियारपुरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाको अवलोकन तथा गढीमाईको दर्शन गरेका छन्।

    पशुवलीले गर्दा विश्वको चर्चामा रहेेका गढीमाई मेला व्यवस्थापनमा संघिय सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। गढीमाई हिन्दुहरुको आस्थाको धरोहर रहेकोमा मेला सभ्य र भव्य बनाउनमा थप जे जति सहयोगको लागि सरकारमा पहल गर्ने आश्वासन दिएका छन्।

    मन्त्री चौरसियालाई  महागढीमाई नगरका मेयर यादवले स्वागत गरेका हुन्। मन्त्रिको स्वागार्थ कांग्रेसका जिल्ला स्तरका नेताकार्यकर्ता उपस्थिति रहेका थिए।

    यसरी मेलाको तयारी देखि शुरु भएसम्म संघ र प्रदेशका  दर्जनौ मन्त्री र नामुद नेताको अवलोकन र दर्शन गर्न दिनहुँ ओईरो लागेको छ। मधेश प्रदेशका मुख्यमन्त्री लगायत मन्त्रीहरू गढीमाई दर्शन र मेलाको अवलोकन भ्रमणमा प्रतिबद्धता मात्रै बाँडेर कोरम पूरा गरेका छन्।

    पछिल्ला दिन कांग्रेसका नेताको मेला अवलोकन र गढीमाई दर्शनको लागि स्वागत कार्यक्रममै बढी समय खर्चेको देखिएको छ।

    संघिय मन्त्रीहरु छिमेकी जिल्ला पर्साका खानेपानी मन्त्री  प्रदिप कुमार यादव तथा कानुन  न्याय तथा संसदिय मामिला मन्त्री अजय चौरसिया मेलको दृश्यावलोकन गरेर फर्केका छन्।

    मेलाको सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव आफैले मेला अध्य्यक्ष भई मोर्चा सम्भालेका छन्। संघ  र प्रदेशको खोक्रो आश्वासन वाहेक खासै योग्दान नदेखिएको गुनाासो सुनिन थालेको छ।

    मेला भर्न लाखौ स्वदेशी तथा विदेशी खास गरि छिमेकी मुलुक भारतबाट उल्लेख्य दर्शनार्थी भिड हुन्छ। मंसिर १ देखि विधिवत मेला शुुरु भएको छ। मानिसले आफ्ना ईच्छापुुर्ती हेतु पशुपंक्षिको भाकल गरि बलिको रुपमा चढाईने परम्परा सयौं वर्ष देखि चल्दै आएको हो।

    आजको अवस्थामा मेलामा व्यवस्थपानमा अझै जग्गा वितरण र पसलको टहरा बनाउने मात्रै तयारी भईरहेको देखिन्छ यद्धपी पसल, पिङ लगायत मनोरञ्जका लागि टेन्ट व्यवस्थापन तिब्र गतिमा चलिरहेको छ।

  • ऐतिहासिक नगर सिम्रौनगढको पलकियामाई बक्सा स्थलमा पूरातत्व विभागद्वारा उत्खनन् गरिदै

    ऐतिहासिक नगर सिम्रौनगढको पलकियामाई बक्सा स्थलमा पूरातत्व विभागद्वारा उत्खनन् गरिदै

    ८ मंसिर,बारा । बाराको प्रसिद्ध ऐतिहासिक पर्यटकीय एवं धार्मिक नगरी सिम्रौनगढ–४ स्थित हरिहरपुरको पलकियामाईको  ऐतिहासिक बाक्सा रहेको तुलजा भवानी क्षेत्रमा शुक्रबार देखि  उत्खनन् कार्य सुरु भएको छ ।

    नेपाल सरकार पुरातत्व बिभाग काठमाण्डौले शुरु गरेको सो उत्खनन् कार्य २१ दिन सम्म चल्ने जनाएको छ । उत्खनन् कार्य दुई ठाउँमा गर्ने योजना रहेको विभागले जनाएको छ ।

    विभागका कर्मचारीका अनुसार पलकियामाई परिसर भित्रको मड आकृतीको उच्च भागमा जमिनको सतहमा थुप्रै पुराना ईटका टुक्राहरु, भाडाकुडाहरु प्रशस्त वास्तुका अंशहरु सतहमा पाईएको हुँदा जिओ फिजिक्स सर्वेले पनि उक्त स्थानलाई महत्वपूर्ण साईटको रुपमा ईन्डिकेट गरेको जनाएको छ ।

    पुरातत्व विज्ञ देवेन्द्र नाथ तिवारी, पुरातत्व अधिकृत हरिप्रसाद भुसाल र छविकार नर्मदा श्रेष्ठको टोलीले उत्खन्न कार्य थालेका छन् ।  उत्खन्न टोलीले हिजो सिम्रौनगढ आईपुगेर आवश्यक तैयारी (ले–आउट) गरि आज ७ गतेदेखि ६ बाई ४ फिटको डेल्चमा उत्खनन् कार्य सुरु गरिएको हो ।

     जमिन मुनि कस्ता प्रकारको वास्तु संरचना हुन सक्छ भनेर त्यसको पहिचानको लागि यो उत्खनन् कार्य थालिएको पुरातत्व अधिकृत  भुसालले जानकारी गराएका छन् । पुरातत्व बिभाग काठमाण्डौका पुरातत्व अधिकृत भास्कर ज्ञावालीको नेतृत्वको  टोलीले उत्खनन् कार्यमा गरिरहेको बुझिएको छ।

  • गढीमाई मेलामा बली मारकले मार हान्ने हतियार खुल्ला प्रदर्शन वा बोक्न प्रशासनले लगायो रोक, अवज्ञा गरे कार्यवाही हुने चेतावनी

    गढीमाई मेलामा बली मारकले मार हान्ने हतियार खुल्ला प्रदर्शन वा बोक्न प्रशासनले लगायो रोक, अवज्ञा गरे कार्यवाही हुने चेतावनी

       

     

     संवाहक

    ७ मंसिर , कलैया—  बाराका प्रमुख जिल्ला अधिकारीले गढीमाई पञ्चवर्षिय मेलामा चढाइने पशु वलीको लागि मारकले मार हान्ने हतियार खुल्ला रुपमा प्रदर्शन वा बोक्न नपाउने बताएका छन्।

    • बाराको महागढीमाई नगरपालिका वडा – १ बरियारपुरमा अवस्थित श्री गढीमाई मन्दिरमा २०८१ मंसिर १ गते देखि मसान्तसम्म लाग्ने पञ्चवर्षिय गढीमाई मेला शुरु भएको छ।

    सो मेलामा कुनै पनि व्यक्ति/मारकले बली चढाउनका लागि मार हान्न प्रयोग हुने तरवार, घुँडा, खुकुरी, चक्कु जस्ता हतियारलाई खुल्ला रुपमा प्रदर्शन गर्न, वोक्न वा जनजीवनलाई हतियार देखाई आतंकित पार्न नपाईने जनाईएको छ।

    यदि यस सूचनाको अवज्ञा गरेको पाईएमा उक्त हतियार जफत गरी त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी सहित प्रजिअ बसन्त अधिकारीद्धारा जारी सूचनामा जनाइएको छ।

  • प्रशासनले गढीमाई मेलामा ड्रोन उडान गर्न गर्यो निषेध

    प्रशासनले गढीमाई मेलामा ड्रोन उडान गर्न गर्यो निषेध

         

      संवाहक

    ७ मंसिर , कलैया— बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले महागढीमाई नगरपालिका बरियारपुरमा मंसिरमा शुरु भएको गढीमाई पञ्चवर्षिय मेलामा ड्रोन उडान गर्न निषेध गरिएको बताएका छन्।

    ड्रोन जनित मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम कुनै व्यक्ति वा संस्थाले ड्रोन क्यामेरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई ड्रोन क्यामेरा उडान गर्ने सक्ने प्रावधान रहेको छ ।

    बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. १ बरियारपुरमा अवस्थित श्री गढीमाई मन्दिरमा  २०८१ मंसिर १ गते देखी  मसान्त सम्म गढीमाई मेला लाग्ने शुरु भएको छ। सो मेला अवधिभर ड्रोन उडानमा अनुमति विना प्रतिबन्ध लगाएको छ।

    पञ्चवर्षिय गढीमाई मेला, २०८१ लाई लक्षित गरी कुनै पनि व्यक्ति, संघ संस्थाले जिल्ला प्रशासन कार्यालयको अनुमति बेगर ड्रोन क्यामेरा उडान गर्न नपाइने प्रशासन कार्यालय (स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा) बारा, कलैयाले जनाएको छ।

    यदि यस सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामेरा उडान गरेको देखिएमा वा पाईएमा उक्त ड्रोन क्यामेरा जफत गरिने सम्बन्धित ड्रोन क्यामेराका धनीलाई प्रशासन कार्यालयले आज   सरोकारवालाको लागि एक सुचना जारी गरि जानकारी गराईएको हो।

    सूचना अटेर गरि उलंघन गर्ने उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।

     

  • गढीमाई मेलाको अवसरमा कांग्रेसका महामन्त्री शर्माले गरे दर्शन अवलोकन

    गढीमाई मेलाको अवसरमा कांग्रेसका महामन्त्री शर्माले गरे दर्शन अवलोकन

          संवाहक

    ६ मंसिर, बरियारपुर– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा गढीमाई पञ्चवर्षिय मेलाको अवोकन सँगै गढीमाईको पूजा दर्गशन गरेका छन्।

    महामन्त्री शर्मालाई कांग्रेसका नेता कार्यकर्ताले फुल माला लगाई भव्य स्वागत गरेका हुन्। पञ्चवर्षिय गढीमाई मेला भव्य र सभ्यताका साथ सम्पन्न गर्न संघिय सरकारबा भरपुर सहयोगको पहल गर्ने छु।मेला समिति र कांग्रेसद्धारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन्।

    महागढीमाई नगरपालिकाले आफ्नेै एकल प्रयासमा लगाउदै गरेको लाखौ मानिसको भिड  हुने गढीमाई मेलालाई व्यवस्थित बनाउन संघिय सरकार, प्रदेश सरकारले मेलाको व्यवस्थापकिय पक्षमा सघाउन जोड दिएका छन्।

    मेला सांस्कृतिक र धार्मिक पर्यटन प्रबर्द्धनले देशको अन्तर्रााष्ट्रि्य स्तरमा ख्या्ति कमाउने उनले बताएका छन्।

    भुलेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य महागढीमाई नगर उपप्रमुख तारादेवी कानु र संचालन गढीमाई मेला  मुल  समितिका महासचिव नेविस संघका पुर्व सभापति विरेनद्र यादवलेले संचालन गरेका हुन्।

    रौतहट उपनिर्वाचनमा प्रचारप्रसारको लागि महामन्त्री शर्मा जाँदै गर्दा उनी सम्बद्ध पार्टीका स्थानिय नेता कार्यकर्ताले  सिमरा एयरपोर्ट , कलैया, बरियारपुर , आर्दशकोतवाल लगायतको ठाँउमा स्वागत गरेका छन्।

    स्वागत कार्यक्रममा कांग्रेस पार्टी मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादव ,  क्षेत्र- १ का क्षेत्रिय सभापति एवम्  सिम्रौनगढका पुर्व मेयर विजयशंकर यादव, जिल्ला उपसभापति मनोज भट्ट, जिल्ला सचिि भैयाराम यादव, २ नं का क्षेत्रिय सभापति रामप्रवेश यादव, वडा -१ का वडाअध्यक्ष  मनोज साह , ५ का वडाअध्यक्ष गजेन्द्र जयसवाल, तरुण दलका पुर्व आध्य्यक्ष लुकेश सिंह, तरुण दलका जिल्ला अध्य्यक्ष दिपेन्द्र पटेल लगायतका उपस्थित रहेका थिए।