ऐतिहासिक नगर सिम्रौनगढको पलकियामाई बक्सा स्थलमा पूरातत्व विभागद्वारा उत्खनन् गरिदै

दाश पन्न्नालाल दाश पन्न्नालाल 212 Views

८ मंसिर,बारा । बाराको प्रसिद्ध ऐतिहासिक पर्यटकीय एवं धार्मिक नगरी सिम्रौनगढ–४ स्थित हरिहरपुरको पलकियामाईको  ऐतिहासिक बाक्सा रहेको तुलजा भवानी क्षेत्रमा शुक्रबार देखि  उत्खनन् कार्य सुरु भएको छ ।

नेपाल सरकार पुरातत्व बिभाग काठमाण्डौले शुरु गरेको सो उत्खनन् कार्य २१ दिन सम्म चल्ने जनाएको छ । उत्खनन् कार्य दुई ठाउँमा गर्ने योजना रहेको विभागले जनाएको छ ।

विभागका कर्मचारीका अनुसार पलकियामाई परिसर भित्रको मड आकृतीको उच्च भागमा जमिनको सतहमा थुप्रै पुराना ईटका टुक्राहरु, भाडाकुडाहरु प्रशस्त वास्तुका अंशहरु सतहमा पाईएको हुँदा जिओ फिजिक्स सर्वेले पनि उक्त स्थानलाई महत्वपूर्ण साईटको रुपमा ईन्डिकेट गरेको जनाएको छ ।

पुरातत्व विज्ञ देवेन्द्र नाथ तिवारी, पुरातत्व अधिकृत हरिप्रसाद भुसाल र छविकार नर्मदा श्रेष्ठको टोलीले उत्खन्न कार्य थालेका छन् ।  उत्खन्न टोलीले हिजो सिम्रौनगढ आईपुगेर आवश्यक तैयारी (ले–आउट) गरि आज ७ गतेदेखि ६ बाई ४ फिटको डेल्चमा उत्खनन् कार्य सुरु गरिएको हो ।

 जमिन मुनि कस्ता प्रकारको वास्तु संरचना हुन सक्छ भनेर त्यसको पहिचानको लागि यो उत्खनन् कार्य थालिएको पुरातत्व अधिकृत  भुसालले जानकारी गराएका छन् । पुरातत्व बिभाग काठमाण्डौका पुरातत्व अधिकृत भास्कर ज्ञावालीको नेतृत्वको  टोलीले उत्खनन् कार्यमा गरिरहेको बुझिएको छ।

प्रतिक्रिया
Share This Article