![]()
संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
१२ मंसिर , कलैया— बारा प्रहरीले महागढीमाई नगरपालिका -१ बरियारपुरको गढीमाई पञ्चवर्षिय मेला लक्षित विशेष सुरक्षा योजना सार्बजनिक गरेको छ।
जिल्ला प्रशासन बाराका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सम्पुर्ण सुरक्षा अंग नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसनधान कार्यालयको एकीकृत सुरक्षा योजना बनाईएको आज प्रेस सम्मेलन गरि प्रहरी उपरिक्षक महेन्द्र खडकाले जानकारी गराएका छन्।
मेलामा सुरक्षा चुुनौतीलाई मध्यनजर गरि १ हजार ४ सय ६६ नेपाल प्रहरी खटाइने छ , जसमध्ये २ सय २५ जना ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा खटिने छ भन्ने ५० जना सदा पोशाकका प्रहरी, राष्टिय अनुसन्धानका प्रहरी र सशस्त्र प्रहरी बलका करीब ७ सय सुरक्षाकर्मी गरि मेलामा २ हजार १ सय जति सुरक्षाकर्मी विभिन समुहका टिम खटिने प्रउ खडकाले जानकारी गराएका छन्।
बिरामीको लागि दक्ष मेडिकल टिम सहित नेपाली सेनाले स्वास्थ्य शिविर मेलामा संचालन गरिने छ। मेला भरि विभिन्न बाटो नाका मुख्य गरि करीब ४ सयको संख्यामा गुणस्तरीय सिसि क्यामरा मेला समितिको समन्वयमा जडान गरिने उनले बताएका छन्।
मेलाको सुरक्षा चुुनौती र रणनितिक योजनामा बारा प्रहरीले प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाको कमाण्डमा सुरक्षा कमाण्ड पोष्ट बनाइएको छ। जसमा जिल्लाका सम्पुर्ण सुरक्षा दस्ताहरु रहने डन्।
मेला कमाण्ड पोष्ट, रिजर्ब टोली २ वटा, पैदल गस्ति ६ वटा, सहायक नाकामा पिकेट टोली -२१ वटा, मनोरञ्जन स्थल निगरानी टोली, बलि व्यवसथापन टोली, मन्दिर परिसर टोली, सदा पोशाक टोली, उद्दार टोली, भिभिआईपी र भिआईपी मन्दिरसम्म ल्याउने टोली, मोबाइल टोली ६ वटा गरि १५ वटा तहका छुट्टाछुट्टै ड्युटीका जनशक्ति परिचलान गरिने उनले जानकारी गराएका छन्।
मेला भर्न आउने दर्शनार्थिले गरगहना लगाएर अनाश्यक प्रदर्शन नगरि खर्च गरिने हिसाबले मात्रै नगद सुरक्षित साथ राख्न प्रहरीको संदेश मन्न गर्न अनुरोध गरेका छन्।
मेलाको विगतको ईतिहास केलाउदा सुरक्षा चुनौतिलाई चरणमा छुट्याई सुरक्षा सतर्क्ता सूक्ष्म ढंगले जनशक्ति परिचालनको योजना बनाईएको छ
मेलाका चुनौतीहरु:
.लाखौको भिडमा चाईँ / पाकेटमारले दर्शानार्थिको बहुमुल्य गरगहना , मोबाईल, सिक्री लुटने, नगद लुटपाट गर्ने भएकोले मुख्य चुनौतिको रुपमा लिइएको छ।
मेलामा बढी भिड हुँदा मानिसले अक्सिजनको कमिले निसासिएर बिरामी हुने ढल्ने वा मृत्यु हुने खतरा रहेको छ।
मनोरञ्जन केटी प्रयोगले नाच डान्सको उन्मादमा मदिरा सेवन गरि दर्शक वा उदण्ड मानिस जबरजस्ती वितण्डा मचाउने, बलात्कारको प्रयास वा उधोग गर्ने जस्ताको सम्भावना रहेको छ।
मनोरञ्जनका साधन जस्तै ठुल्ला साना पिङ भाँच्ने, मान्छे उछिट्टिएर खस्ने , मौतका कुँवामा गाडी दुर्गघटना भई मान्छे घाईते वा ज्यान जान सक्ने खतरा रहन छ।
मेला भित्र मन्दिर वरिपरि उखुघारी , झाडी रहेकाले महिला तथा बालिकाहरुलाई बलात्कार वा उधोग वा , दुर्व्यवहार हुन सक्ने सुरक्षा चुुनौती छ।
त्यस्तै बलि नचढाउन पशु अधिकर्मिको विरोधले पक्ष विपक्षमा झै झगडा भई मेलामा भागदौड मचि अनेकौ दुर्घटना निम्त्याउने लगायत सुरक्षा भंग हुन सक्ने समसय छ।
मौसम चिसो भएकोले हुसु कुहिरोमा मान्छे बिरामी हुने तत्कालै उददार र स्वास्थ्य उपचारको अभाव, भिडभाड बढनाले मोबाईलको नेटवर्क काम नगर्नु , मेलाको मौका छोपी चोरी तस्करी हत्या हिंसा बढन सक्ने, बलि ल्याउने क्रममा राङ्गा छुटिएर भागे पछि दर्शनार्थी घाईाते हुन सक्ने, खतरा आकलन गरिएको छ।
खाानेपानी प्रयाप्त उपलब्ध हुन नसक्नु फोहर मेेला फैलि, शौचालय प्रयाप्त नभई दुर्गन्ध फैली रोगको प्रकोप बढनु।
भिभिआईपी र भिआइपीको सुरक्षा र बाटो खुलाउनु बढी भिडको नियन्त्रणमा कठिनाई हुनु, कुहिरोमा आँखा देख्न नसक्ने भएकोे दुर्घटना र हत्या जस्ता अपराधिक गतिविधि हुनु,
र सब भन्दा बढी सामाजिक सञ्जालको अफवाहले मेेलामा अनाश्यक लफडा , हुलहुजत सृजना जस्ता घटना घटन सक्ने,
सुरक्षा चुनौतणी बारे रणनितिक योजना:
नेपाली सेनाको दक्ष चिकित्सक सहितको स्वास्थ्य शिविर मार्फत भवितव्य आकसमिक घटना दुर्घटना विरामीको उद्दार उपचार तत्कालै गरिने व्यवस्था मिलाईने छ।
मेला समितिले आफ्नो सुरक्षा योजना बनाएको छ भन्ने नेपाल प्रहरीले जिल्ला प्रशासन कार्यालयको मातहतमा एकिकृत जिल्ला सुरक्षा योजनाको परिचालन गर्न प्रजिअ वसन्त अधिकारीको नेतृत्वमा सुरक्षा योजना बनाइएको छ।
नेपाल प्रहरीले एकिकृत योजनाको तहद सरोकारवाला निकाय , मेयर, पालिका सँग सहकार्य सहयोगमा मेलामा शान्ति सुरक्षा सफल पारिने छ।
केन्द्रीय ,मधेश प्रदेशका प्रहरी प्रधानकार्यालयको समन्वयमा थप सुरक्षा योजना बनाएर मेलाको सुरक्षा कमाणडिङ्ग गर्ने योजना अघि सारेकओ बयाएका हुन्।
सुरक्षालाई सुक्ष्म ढंगले केलाउदै सम्भावनालाई पहिना गर्दै सँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरलाई बिष्फोटक पदार्थ सुघ्ने पता लगाउने, शंकास्पद मानिसको चेेकजाँच, अपराधीलाई समाउनेमा परिचलन गरिनेछ उनले भन्ने।
मेला भित्र र मन्दिर वरिपरिका उखुघारी र तधा झाडी तत्कालै काट्ने र , सिसि क्यामरा जडान गरि सबेेको मोनिटरिङ पोष्ट कमाण्डले निगरानी, अनुसन्धान, छानबिन गतिबिधिको सूक्ष्म अवलोकन गरि शंकास्पद देखिएको मानिसलाई पक्राउ गरि त्यही कोठामा राखी जाँचीबुझी कारवाही गर्ने खालको योजना बनाईएको छ।
अनुमति बेगर कसैले ड्रोन उडाउन फोटो खिव्न भिडियो बनाउन नापाईने र मेलामा पसदुवलिको लागि मारकले खुुकुरी ,खुडा जस्ता हातहतियार खुुल्ला रुपमा प्रदर्शन गर्न नपाईने र बलि हान्नेले रजिष्टर गरि अग्रिम अनुमति प्राप्त लिई हतियारमा नम्बरिङ गराएर मात्रै मारकले राङगा काटन पाइने छ ।
खुुल्ला रुपमा जुवातास लकरबुर्जा खेेल्न पाईने छैन् र खुल्ला रुपमा घरेलु मदिरा बेचेको पाईएमा कानुन बमोजिम कारवाही गरिने प्रउ खडकाले सुरक्षा चुनौति
बारे रणनितिक योजना बनाएको जानकारी गराएका छन्।
मेलाको नाउमा कानुन विपरित काम गर्नेलाई कारवाही गरिने बताउदै सुरक्षामा सबैले सघाउन मेला भर्न आउने दर्शानार्थिको सुरक्षाको सुरक्षा टोली हमेशा तैनात रहने भएकोे टोल फ्रि नं १०० मा कल गर्न, होर्डिङ्ग बोर्ड मुख्य नाकामा प्रहरीको अनुरोध सहित संदेशमुलक सुचनाबाट जानकारी लिईन सकिन्छ। ट्राफ्रिक व्यवस्थापनलो लागि मेला मुख्य नाकामा पसाहा खोला, भुुुतही खोोला, मैनी , मल्हनी, लगायतका छव वटा पार्किङ्ग क्षेत्र बनाइएकले गाडी त्यही पार्किङ्ग गर्न सुझएका छन्।