गढीमाई मेलामा कनेक्ट किसानले १ सय ५० वटा स्टलरालकि कृषि उपज र सामग्रीको प्रदर्शनी आयोजना गर्ने

लाखौको भिड हुने मेलामा मंसिर १८ देखि २४ गते सम्म कृषि एक्स्पोको आयोजना हुन लागेको हो ।

आज कलैयामा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको बारेमा यस्तो  जानकारी गराईएको छ ।

कनेक्ट किसान नामक संस्थाले एक्स्पोको आयोजना गर्न लागेको संस्थाकी तर्फबाट स्टल प्रदर्शनीका मेला संयोजक सञ्चिता लामिछानेले किसानले प्रविधियुक्त कृषि र उपजलाई सहज बजारको बारेमा जान्ने बुझने मौका पाउने बताईन्।

एक्स्पोमा कृषि उपज, मेशीनरीहरु प्रदर्शन गरिनुका साथै बिक्री गरिने लामिछानेले जानकारी गराईन ।

एक्स्पोमा विभिन्न कृषि विज्ञहरुले किसानहरुलाई विभिन्न बालीका बारेमा सेवा उपलब्ध गराउने  करिब डेढ/ दुईलाख किसानले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

एक्स्पोमा करिब १५ करोडको कारोबार हुने अनुमान गरिएको आयोजक संस्थाले जनाएको छ ।  किसानले प्रबिधििबाट उत्पादन बचाउने कस्ता बीउ बिजन वालीमा कुन रोगको लागेकोछ र त्यसको उपचार कारी कुन प्रविधिबाट स्थानिय स्तरमै गर्न सकिने त्यसको विज्ञबाट सिकने अवसर पाउने छन्

त्यस सँगै किसाने आफ्ना उत्पादकत्व सिधै ल्याएर बिक्री गर्नसकिने हनि हटिया बजारको सुविधा उपलव्ध गराईने बतईएको छ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *