संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
१५ मंसिर, बरियारपुर— मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले बाराको गढीमाई मेलाको आज अवलोकन निरिक्षण साथै सुरक्षा व्यवस्थाबारे सुरक्षा अंंगका प्रमुखसँग छलफल गरेका छन्।
मधेश प्रदेशमा मंसिर मै एउटै समयमा जनकपुरको विवाहपञ्चमी मेला र बरियारपुरको गढीमाई मेलाले सुरक्षा चुनौतीलाई मध्यनजर गरि सुरक्षा प्रदान गर्न मधेश सरकार कटिबद्ध रहेको छ, उनले प्रदेशका चारटै सुरक्षा अंगका प्रमुख डिआईजी र जिल्लाका प्रमुखसँग सुरक्षा चुनौती र रनितिबारे छलफल र जानकारी लिएका हुन्।
महागढीमाई नगरपालिकाले आयोजना गरेको विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेला बारे राय सल्लाह तथा सुझाव संकलन कार्यक्रममा सकेपछि सो कुराको जानकारी मेलाबारे धारणा राख्न पत्रकारसँग साक्षात्कार गरेका थिए।
अयोध्याको राम मन्दिरमा दैनिक दुई अढाई लाख पर्यटक अवलोकन भ्रमण गर्ने प्रसङ्ग निकाल्दै यहाँ पनि प्रत्येेक पाँच वर्षमा किन ? पहरेक बर्ष किन? प्रतिप्रश्न गर्दै प्रत्येक दिन जनकपुर यश गढीमाई मन्दिरमा कम्तिमा पचास हजार वा बीस हजार सम्म पर्यटक तान्ने वातावरण बनाउन सर्बे गरि त्यो अनुसारको तयारीमा जुटन जरुरी ेेहौको ब मन्त्री लेखिको धारणा रहेको छ।ए
लाखौको भिड लाग्ने गढीमाई मेेलामा सुरक्षा चुुनौती महत्वपुर्ण पाटो रहेेको छ। गढीमाई मेलामा हामी सोचे भन्दा बढि सुरक्षा व्यवस्था राम्रो रहेको मन्त्री लेखी बताएका डन्।गढीमाई मन्दिर विकास र मेला भव्य सभ्य बनाउन प्रदेश सरकारले कुनै कसर बाँकि नराख्ने उनले बताए। तीन तहको सरकार छ , लोकतन्त्र आएपछि धेेरै परिवर्तन देख्न पाईएको छ। सबै मिली भिजनका साथ कार्य गर्न आवश्यक रहेको छ।
महागढीमाई नगरपालिका-१ स्थित बरियारपुरमा विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ देखि विधिवत शुरु भएको छ। मेलामा बलि चढाउने दिन नजिकिदै जादा दर्शानार्थीको भिड बढदै गएको छ।
मेला समितिले पसलको लागि स्टल बनाई सकेको छ भन्ने मनोरञ्जनका साधनहरु पूरा हुन अन्तिम चरणमा छ।
गढीमाई मेलाको अवलोकन तथा निरीक्षण पछि महागढीमाई नगरपालिकामा आयोजित छलफल कार्यक्रममा प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री लेखिले मधेश धार्मिक पर्यटकिय स्थलको रुपमा रुपान्तरित गर्न प्रयास हुनु पर्दछ, बताएका छन्।
हरेक पाँच पाँच बर्षमा लाग्ने गढीमाई मेलामा दर्शनार्थीहरुको धेरै भिड हुने गरेकोले सुरक्षा ब्यवस्थापनमा कुनै कसर बाकी नरहने मन्त्री लेखिले बताए ।बिवाह पन्चमीको अवसरमा जनकपुरमा समेत ठूलो मेला लाग्ने भएकोले अहिले प्रदेश सरकारको ध्यान जनकपुर र बरियारपुरमा लाग्ने गढीमाई मेलामा केन्द्रित रहेको समेत मन्त्री लेखिले बताए ।
गढीमाई धार्मिक र पर्यटकीय हिसाबले पनि एउटा ठूलो अस्था बोकेको मन्दिर रहेकोले यसको संरक्षणमा संघ सरकार र प्रदेश सरकारको ध्यान अहिले केन्द्रित रहेको मन्त्री लेखिले छलफलको क्रममा बताए ।
मंसिर ०१ गते देखि सुरु भएको बिश्व प्रसिद्ध गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि महागढीमाई नगरपालिकाको नगरप्रमुख एवम् मेला मुल समितिका अध्यक्ष उपेन्द्र यादव लगायतका टोलीले दिनरात एक गरेर मेलाको ब्यवस्थापनमा कुनै कसर बाँकी नरहने काम गर्नु नै मेलाको ठूलो सफलता रहेको समेत मन्त्री लेखिले सराहना गरेका हुन् ।
मन्त्री लेखिले गढीमाई मेलाको ब्यवस्थापन के कसो भईरहेको छ यहाँ थप के आवश्यक छ भन्ने बिषयमा नगरप्रमुख यादव संग जानकारी समेत लिएको छ । गृह मन्त्रालयको टोली सहित सुरक्ष अंगका प्रमुखसँग मेलामा सुरक्षा चुनौतिलाई सहज बनाउन निर्देशन समेत दिएको बताएको छ। मन्त्रि सहितको टोलीलाई मेयर यादवले स्वागत गरेका थिए।