संवाहक
अनलाईन / राष्ट्रिय दैनि
१६ मंसिर, कलैया— गढीमाई मेला लक्षित विपदको व्यवस्थानको लागि आज बारामा जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
- गढीमाई मेलालाई उत्कृष्ट र अनुकरणिय बनाउन विपद न्युनिकरण गर्न हाम्रो लागि अवसरको रुपमा प्राप्त भएको छ सो हामी जिम्मेवार पदाधिकारीको हैसियतले “हामिले नगरे कले गर्ने? यहाँ नगरे कहाँ गर्ने? अहिले नगरे कहिले गर्ने?” बोद्धयुक्त अभिप्राय स्मरण गराउदै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले यस्तो बताएका हुन्।
विपदका जोखिमलाई मनन गर्दै महागढीमाई नगरपालिकामा शुरु भएको पञ्चवर्षिय मेलाको जोखिमको हिसाबले त्रुटि रहित बनाउन सक्नु हामी सम्पुर्णको ठुलो सफलता र उपलब्धी हुने प्रजिअ अधिकारीले भने।
मेला अब नव दिन मात्र हो। मेलामा सुरक्षा चुुनौतीका रणनितिक योजना र विपदको पु्व जोखिमलाई आकलनमा पुर्व तयारीमा जुटनुको विकल्प नरहेको उनले जोड दिए।
स्थानिय प्रशासन ऐनले दिएको सुशासन र भ्रष्टाचार नियन्त्रण , सेवा प्रवाहमा समन्वय बिकास निर्माणमा सहजिकरण र सुरक्षा ४ वटा अधिकारले कलैया प्रादेशिक अस्पताललाई सुधार्नु पर्ने उठेको स्वास्थ्यको प्रसङमा यस्तो प्रजिअ अधिकारीले यस्तो बताएका हुन्।
जिल्लाका १६ वटै पालिकाको प्रमुख / अध्यक्ष सहितका सरोकारवाला कर्मचारी सहभागिता रहेकि उक्त समितिमा सवास्थ्य, चिसो मौसम भएकोले हुस्सु कुहिरोमा दर्सदानर्थओको लागि न्यानो व्यवस्थापनमा दाउरा , कम्बल , नि:शुल्क स्वस्थकर भोजन र व्यवस्थित टेन्टमा बास्थान बाते छलफल भएको हो।
सर्कस,थिएटरमा बालबालिका र केटी नचाउने देखि अन्य उक्षृङखल र नकारात्मक कार्य नहुन दिन प्रति सुक्ष्म निगरानी गरिनुको साथै मौतका कुवाँ ठुला पिङ ( झुला) खेेल तमासामा हुनसक्ने दुर्घटनाको जोखिम प्रति चिन्तन गरिएको छ। जुवातास खुल्ला मदिरा बेेचबिखनले समेत सुरक्षा चुनौति थप्ने प्रति सचेतना अपनाउन सुझाएका हुन्।
लाखौको भिडमा हुकिङले बिधुत सर्किट भई जाने जोखिम ठुुलो चुनौतिको रुपमा रहेको औल्यागदै बैठक मै बिधुतका इन्जिनियर ऋषि बर्णवाललाई सुरक्षित तरिका अपनाउन प्रजिअ अधिकारीे निर्देशन समेत दिए।
मेलामा खानेपानी र बलिको लागि ल्याईने पशु रोगी नछिरोस् तर्फ भेेटनरीका पसदु चिकित्सकलाई तोकिएको सिम्रौनगढ, कवहि गोठ, झरौखर , वद्धशाला स्थल, लगायत छव वटै नाकामा क्वारेनटाईनमा राम्रो चेेकजाँचमा कडाई गर्न बताईएको छ।
यससँगै मन्दिर नजिक पोखरीमा भिडमा भागदौड मचिएर डुबेर हताहत हुने जोखिमलाई नियाल्दै शसस्त्र प्रहरी बलले विपदको लागि बोर्ट र डिलमा घेेरावार लगाउने तयारी थालेको जानकारी गराएको छ।
यसैगरि, प्रहरी उपरिक्षक महेन्द्र खडकाले मेलामा पकेटमार र मनोरञ्जनका साधनमा हुने सुरक्षा चुनौति छ। पिङ मौतको कुवाँमा नटबोल्ट ढिल्ला वा खसेर दुर्घटना हुनु, वा बलिको लागि ल्याउदैबगरेका राङा (पाडा) भिडमा अनियन्त्रित भई भाग्ने जोखिमले मान्छेमा ज्यानको खतरा समेत रहेको चििन्ता जाहेर गरेका छन्।
र कानुनले वर्जित मेलामा कुनै पनि कार्य जुवातास घरेलु मदिरा विक्रिबितरण जबरजस्ति असुली जस्ता कार्यलाई नगर्न भन्दै यस्तोबगरेको पाईए कार्यवाहीको भागिदार हुने प्रउ खडकाले सचेत गराएका हुन्।
मेलामा खेेलतमासा सरकस थिएटरमा अनैतिक गतिविधि अमान्य कार्यको अनुगनम निरिक्षणको लागि सहायक प्रमुख जिल्ला अधुुकारी छविेरमण भट्टराईको संयोजकत्वमा प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा, नेपाली सेना,सशस्त्र प्रहरी, अनुसन्धान कार्यालय लगायतका टिमले कानुनको पालना वा सुरक्षाको गाईडलाईन माने नमानेको सुक्ष्म निगरानी गर्नेछ। यसरी अटर गरेको पाईए तत्कालेै कार्यवाही गरिने बताईएको छ।
समितिको बैठकमा नेकपा एमाले बारा अध्यक्ष अध्यानन्द पाण्डेले दक्ष चिकित्सकको स्वास्थ्य शिविर एम्बुलेन्स सहित राख्नु पर्ने सुझाएका थिए।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा १६ वटै पालिका नगर प्रमुख , गाँपालिका अध्य्यक्ष, कार्यालय प्रमुख सहित सरोकारवालाको आईपर्ने विपदको पुर्व अनुमान र तयारीमा जुटन व्यवस्थापनको लागि बसेको बैठकमा जितपुरसिमरा उप महानगरपालिकाका नगर प्रमुख राज पौडेल, निजगढका नगर प्रमुख सुरथ पुरी, कोल्हबी नगरका नगर प्रमुख रामप्रसाद चौधरी, बारागढीका गाँउपालिका अध्यक्ष अशोक जयसवाल, परवानीपुर गाँउपालिकाका अधयक्ष रामक्षत्रि पटेल, रास्वपाका चन्दन स्वर्णकार लगायत रेडक्रस, स्वास्थ्य कार्यालय, प्रादेशिक अस्पताल, बन कार्यालय, खानेपानी संस्थान, विददुत प्राधिकरण, पशु कार्यालय लगायताकाले सुझाव सहित आफ्ना धारणा राखेका थिए।
समितिको बैठकमा सहायक प्रजिअ, सशस्त्र प्रहरी बल, नेपाली सेना, अनुसन्धानका कार्यालयका उप प्रमुख, जिल्ला प्रशासनका नायब सुबा रतन स्याङताङ लगायतका उपस्थिति विभिन्न दल र स्थानिय तहका प्रतिनिधिको उपस्थिति रहेका थिए ।