Author: दाश पन्न्नालाल

  • ७ किलो लागू औषध गाँजा सहित २ प्रकाउ

    ७ किलो लागू औषध गाँजा सहित २ प्रकाउ

    संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    २३ माघ, कलैया— बारा प्रहरीले ७ किलो लागू औषध गाँजा सहित २ जना मानिसहरू   चेकपजाँचको क्रममा पक्राउ गरिएको जनाएको छ।

    माघ २२ गते विहान अं.०६:१० बजेको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्ष तथा ट्राफिक व्यस्थापन कार्यालय पथलैयाबाट प्रहरी नायब निरिक्षक टंक न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलील लागु औषध गाँजा सहित स्कुटी सवार दुबै जनालाई नियन्त्रणमा लिईएको हो।

    प्रक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका – १५ बस्ने बर्ष ३१ को बिक्रम लामा र मनहरी गाँउपालिका – २ बस्ने बर्ष ३८ को जिवन स्याङवो रहेका छन्।
    उनिसँग लागू औषध गाँजा ७ किलो ( २ पोका) बरामद गरिएको प्रहरीले जनाएको छ।

    जितपुर सिमरा उपमाहानगर पालिका – १ पथलैया स्थित ट्रफिक चेक पोष्टमा खटिएको ट्रफिक प्रहरी टोलीले चेकिङ गर्ने क्रम्मा हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बा.प्र.०३-००५ प ७२६६ नं. को स्कुटी रोकी चेकजाँच गर्दा स्कुटी भित्र लुकाई छिपाई लगी रहेकोबताईएको छ।

    लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरी चालक सहित २ जना मानिसहरू र स्कुटी समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरी प्रवक्ता तथा सुचना अधिकारी डिएसपी प्रकाश साकोटाले जानकारी गराएका छन्।

     

  • २३ वटा भारतिय मोटरसाइकल प्रहरी नियन्त्रणमा

    २३ वटा भारतिय मोटरसाइकल प्रहरी नियन्त्रणमा

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

     २३ माघ, कलैया— बारामा नयाँ प्रहरी उपरिक्षक जिल्लाको कमाण्ड बागडोर हातमा लिएपछि चेेकिङ्गमा कडाई गरेेसँगै आवश्यक कागजात तथा भन्सार पास नभएको २३ वटा भारतीय मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिईएको छ।

    माघ २२ गते जिल्ला कार्यालय तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको ट्राफिक प्रहरी समेतको चेकिङ टोलिले कागजपत्र तथा भन्सार पास नभएका भारतीय नम्बर प्लेटका उक्त मोटरसाईकल नियन्त्रणमा लिई अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी वढाइएको बारा प्रहरीले जनाएको छ।

    सिमा नजिक भएर प्राय:भारतिय गाडी सिमानाकाबाट ईन्ट्रि पास वा  नाका सुरक्षार्थ खटेका प्रहरीसँगको अनुमतिमा व्यवहारिक ढंगले गुडने गरेको छ।

    कुटुम्ब इष्ट मित्र बेटी रोटीको सम्बन्ध भएको अनि हाटबजार वारिपारि गर्ने समेत भएकोले नेपाली गाडी पनि भारत तिर जाने गरेको हो।

    यसरी कडाई गरेपछि सम्बन्धमा खटास आउने नागरिकले गुनासो गरिरहदा प्रहरीले कागजपत्र साथमा लिएर हिडन सुझाएको छ।

     

  • न्यायलाई केन्द्रमा विन्दुमा राखेर सेवा प्रवाह गर्नु मेरो आधारभुत मान्याता हो- एसपी तमाङ्ग

    न्यायलाई केन्द्रमा विन्दुमा राखेर सेवा प्रवाह गर्नु मेरो आधारभुत मान्याता हो- एसपी तमाङ्ग

     संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    २२ माघ, कलैया — बारामा शान्ति सुरक्षाका साथै न्यायलाई केन्द्र विन्दुमा राखेर नागरिकलाई सेवा प्रवाह गर्नु मेरो आधारभुत मान्याता रहेको प्रहरी उपरिक्षक संतोष तमाङ्गले उदघोष गरेका छन्।

    आज प्रहरी कार्यालयमा भएको पत्रकारसँग परिचय तथा भेेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।

    जिल्ला प्रहरी कार्यालयमा शनिवार हाजिर भएका एसपी तमाङ्ग मातहतका प्रहरी युनिटलाई नागरिकको जिउधनको सुरक्षा र न्यायमा सहजता पु्याउन कुनै कम्जोरी हुन नदिन प्रहरी आचरण र मर्यादा विपरित काम नगर्न  कडा निर्देशन दिईसकेको उनले बताए।

    जिल्ला भित्रका प्रहरीलाई आन्तरिक चिन्हितसँगै सुदृढिकरण गर्नुको साथै ९ सय ५६ प्रहरीलाई समान हिसाबले अवसर प्रदान गर्ने र सेवा प्रवाहमा न्यायको प्रकृयामा ढिल्ला हुने , न्याय मर्न नदिने जस्ता कुनै कतै सम्झौता नगर्न निर्देशन दिएको उनले जोड दिए।

    कसैको दवाब प्रवाहमा परेर कुनै काम गर्ने प्रहरीको आफ्ना मर्यादा अधिकार र दायित्व भित्र रहेर बारामा राम्रो छुट्टै छाप छोडने बचनबद्धता व्यक्त गरेका छन्।

    सिमामा अबैध गतिविधी चोरी निकासी पैठारी  तस्करीलाई शुुन्य सहनशितामा राखेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका प्रउ तमाङ्ग किसानको जनजिविकाको सवालमा उत्पादित बस्तु  बजारसम्मम लैजान विल बिजकको बहानामा र किसानले ल्याउने पारिबाट मलखादलाई हाम्रो प्रहरीबाट दु:ख दिईने कार्य नहुने, उनले थपे।

    २० वर्षे सेवा अवधि पारारम्भको  बारामा एसपी भई जिल्लाको कमाण्ड सम्हालिए भन्दा शुरुमा २०६१ साल जेट १५ गतेबाट काठमान्डौबाट प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेका उनी डिएसपी छदाँ प्रधानमन्त्री केपी ओलीको सुरक्षाको दायित्व समेत निर्वाह गरिसकेका अनुसन्धान र कार्यशैलीमा पोख्त मानिन्छ।

    बारामा खुल्ला बोर्डरले जिल्लामा नागरिकको सुरक्षा र हत्या अपराधिक घटनाले चुनौती थपिएको र राम्रो काम गरेर जनताको मन जित्ने अवसर पनि रहेको पत्रकारको जिज्ञासामा आफु नागरिकको सुरक्षा र न्यायमा कसैसँग सम्झौता कुनै पनि हालतमा नगर्ने दोहर्याए।

    नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासले जिल्लाको सम्पुर्ण पत्रकारको तर्फबाट समाचारको विषयलाई लिएर आउने धम्की दुर्वयवहारलाई गम्भिरतापुर्वक लिई छिट्टो रेसपोन्स गर्न र मातहतका युनिटलाई निर्देश गरिदिन दिएको सुझावलाई शतप्रतिशत लागू गराउने एसपी तमाङ्गले प्रतिबद्धता व्यक्त गरेका छन्।

    अर्को प्रसङ्गमा प्रहरी नागरिकको साथि भएर कामगर्ने अनि तथ्य  सवुत प्रमाणको अभाावमा कसैलाई मुद्दा चलाईने छैन। अभिियोग प्रमाणित हुने अपुष्ट अवस्था अनुसन्धानको सिलसिलामा उ निर्दोष मानिने भएकोले दोहोरो मुद्दा दर्ता नहुने बताए।

    कार्यालयमा विचौलिया निषेध रहन्छ तर पिडितलाई न्यायको लागि गरिने पहल सुचनालाई सुचनाको कड्डिको रुपमा लिईने तर  यस्ता अनुचित लेनदेन कार्यमा जोकोहि परे नछोडिने प्रउ तमाङ्गले बाराली जनतालाई प्रेस साक्षात्कारमाार्फ आश्व्वत तुल्याएका हुन्।

  • ६३ किलो लागु औषध गाँजा सहित मोटरसाईकल प्रहरीद्धारा प

    ६३ किलो लागु औषध गाँजा सहित मोटरसाईकल प्रहरीद्धारा प

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

     २१ माघ, कलैया– विशेष सुचनाको आधारमा बारा प्रहरीले ६३ किलो लागु औषध गाँजा सहित २ मोटरसाईकल नियन्त्रणमा लिएको जनाएको छ।

    माघ २० गते ९:४० बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगँज खजानीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले सो परिणाम बराबरको लागू औषध गाँजा बरामद गरिएको हो।

    सुबर्ण गाँउपालिका – ३ बकतौरा स्थित नेपालबाट भारत तर्फ जाँदै गरेको बा. प्रदेश-०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नं. को मोटरसाईकल चालकले प्रहरीलाई देखी मोटरसाईकल छाडी फरार भएकाो प्रहरीले जनाएको छ।

    उक्त स्थानमा पुगी हेर्दा दुबै मोटरसाईकलमा लोड गरेको समान हेर्दा ६३ किलो २ सय ग्राम( ४ पोका) लागु औषध गाँजा बरामद गरि मोटरसाईकल समेत नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको  प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • करिब ४० लाख बराबरको समान सहित ट्रक पथलैया प्रहरीको नियन्त्रणमा

    करिब ४० लाख बराबरको समान सहित ट्रक पथलैया प्रहरीको नियन्त्रणमा

    संवाहक 

    अनलाईन/ राष्ट्रीय दैनिक

    २१ माघ, कलैया —बारा प्रहरीले जिल्लाको विभिन्न ठाँउबाट चेक जाँचको क्रममा करीब   ४० लाख  बराबरको समान सहित मिनि ट्रक प्रहरीले नियन्त्रणम लिईएको प्रहरीले जनाएको छ।

     प्रहरी चौकी पथलैयाको ईन्चार्ज प्रहरी बरिष्ठ नायब उपरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले माघ २० गते राति अं.११: ५५ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चौक स्थितमा विराटनगरबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०१-०२-००१ ख ८०८६ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.३८ लाख,१६ हजार ७ सय ६० रुपैया  बराबरको इलेट्रिक सामन, कपडा, कफि लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    यसैगरि, प्रहरी चौकी बरियारपुरका प्रहरी नायब निरिक्षक दल बहादुर श्रेष्को  कमाण्डमा खटिएको प्रहरीटोलीले माघ २० गते बिहान साढे ११  बजेको समयमा महागढीमाई नगरपालिका – २ ईनर्वा चोक स्थितमा  तेलकुवाबाट बरियारपुर तर्फ जादै गरेको ना ७ ख ३४३९ नम्बरको मिनि ट्रकमा लोड अ.७ हजार के.जी.आलु अ.मु.१ लाख ६८ हजार बराबरको आलु सहित मिनि ट्रक नियन्त्रणमा लिएको जनाएको छ।

    विशेष सूचनाको आधारमा गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ३९ लाख ८४ हजार ७ सय ६० रूपैया बराबरको विभिन्न समानहरू सहित २ वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी प्रवक्ता सुचना अधिकारी  डिएसपी प्रकाश  सापकोटाले जनकारी गराएका छन्।

     

  • श्रमजीवी पत्रकार संघको अध्यक्षमा मिश्रा सर्बसहम्मत

    श्रमजीवी पत्रकार संघको अध्यक्षमा मिश्रा सर्बसहम्मत

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १८ माघ  , कलैया–— आज बारामा  शिवशंकर मिश्राको अध्यक्षतामा १३ सदस्यीय श्रमजीवी पत्रकार संघ नेपाल गठन भएको छ ।
    समितिको उपाध्यक्षमा नरेश गुप्ता, महिला उपाध्यक्षमा प्रीयन्का सराफ दुई जनालई चयन गरिएको जनाएको छ।

    यसैगरि, सचिवमा चन्देश्वर चौरसिया, सहसचिव द्वयमा महेन्द्र सहनी, श्याम पासवान र  कोषाध्यक्षमा बिशाल सराफ रहेका छन्।

    यस्तै्, सदस्यहरुमा शर्मालाल बैठा, अनिल वर्मा, अजय बियोगी, बिनिता चौधरी, श्यामकुमार ठाकुर, रन्जन कुमार र कृष्णा कुशवाहालगायतका जिल्ला समिति चयन गरिएको हो।

    नेपाल पत्रकार महासङ मधेस प्रदेशका सदस्य सन्जिवकुमार मिश्राको प्रमुख आतिथ्य, बृजमोहन कुशवाहाको विशेष आतिथ्य र मधेस प्रदेशका प्रेस युनियन संयोजक सत्यप्रसाद श्रेष्ठ को आतिथ्यमा सम्पन्न बैठकले कलैयामा शुक्रबार बसेको भेलाले समिति गठन गरेको हो ।

  • सिम्रौनगढको ईतिहास जोगाउन सामाजिक न्याय विद्यार्थी निकेतन द्धारा दुई दिने गोष्टी शुरु

    सिम्रौनगढको ईतिहास जोगाउन सामाजिक न्याय विद्यार्थी निकेतन द्धारा दुई दिने गोष्टी शुरु

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १६ माघ, सिम्रौनगढ—– सामाजिक न्यायको लागि वैचारिक पक्षधर र अबको बाटो विषयक बाराको ऐतिहासिक नगरी सिम्रौनगढको ओम पार्टी पैलेसमा सामाजिक न्याय विद्यार्थी निकेतन नेपालद्धारा आयोजित तेस्रो संगोष्ठीको दुई दिने कार्यक्रमको आज मधेश प्रदेशका पुर्व प्रदेश प्रमुख राजेश अहिराजले दिप प्रज्वलन गरि उदघाटन गरेका छन्।

    सिम्रौनगढको ईतिहास लोप हुँदै गएकोले यसलाई जोगाउन राज्य सहित नगरले पहल गर्न जरुरी रहेको उनले बताए।

    सिम्रौनगढमा ईतिहासलाई पुष्टि गरिने डढेको चामल, फेला परेका मुर्ती, बाहि, इशरा पोखरी, रानिनिवास दरवार, पलकिया मन्दिर लगायत पुरातत्व विभागद्धाराग गरिएको खोज उत्खनन्लाई संरक्षण सम्बर्द्धन गर्न जरुरी रहेको जोड दिएका छन्

    आजको सिम्रौनगढ पुराना सभ्यता बोकेको ऐतिहासिक धरोहर धार्मिक पर्यटन स्थल हो, यसलाई जोगाउन उदासिन रहेका राज्य सत्ता नगरपालिका प्रति चिन्ता व्यक्त गर्दै मधेश आश्रित दलले संघमा लाभका ठुला पद  शिक्षा, कृषि, पर्यटन  मन्त्री जस्ता पाए। सत्तामा गए तर समय छदा केही गर्न सकेन मधेश विकासको सवालमा पछाडी पर्नुको कारण पनि अरु मध्ये यो पनि प्रमुख हो।

    विद्यार्थीहरु द्धारा देखाईएका सिम्रौनगढको वृत चित्रले ईतिहास प्रति उत्तरदायी बन्न प्रेरित गरेको हुनुपर्दछ। साथै सम्पुर्ण पक्ष मिलि ईतिहास जिवित राख्न आ आफ्ना तर्फबाट अहम् भुुमिका खेेल्न एक जुट हुनु पर्दछ पुर्व प्रदेश प्रमुख अहिराजले जोड दिए।

    सिम्रौनगढको ऐतिहासिक धरोहर बाँकि रहेकलाई जोगाउन र जगेर्ना गर्न नरपालिका जोडतोडले लागेको नगर प्रमुख किशोरी प्रसाद कलवारले बताए। साथै ईतिहासको भगनावशेष र मासिएदैको धरोहरलाई पालिकाले मात्रै सम्भव नरहेको यसमा राज्यको पहलकदमी उतिकै आवश्यक रहेको उनको कथन थियो।

    कानुनका विद्यार्थीले अध्ययन र अनुसनधान पश्चात मिहिनेत गरेर देखाईएका डकुमेन्ट्रीले राम्रो रहेको तर केवल पुरातत्व विभाग वेला न कुवेला आएर उत्खनन् गरेर दुई चार समान फेला पारि लिएर जाने अनि संरक्षण नगर्नाले यहाँ समस्या सृजना भई विकास समेत अवरुद्ध हुने गरेको उनले औल्याए।

    देश भरिकाका कानुन संकायका विद्यार्थीहरुले बृत चित्र मार्फत सिम्रौनगढको ईतिहासबारे जगेर्ना गर्न जोड दिईएका छन्।

    सिम्रौनगढलाई तत्कालिन मगल राजा गयासुदिन तुगलकले सिम्रौनगढमा आक्रमण गरि  ईतिहास तहसनहस गरेेपछि यहाँका तत्कालिन राजाले भागि भक्तपुरमा राज्य स्थापना गरेको बताए।

    आज देखि शुरु दुई दिने कार्यक्रम सामाजिक न्यायको पक्षमा जानकारी एक अर्का प्रति सजग गराउने उद्देश्यले काठमान्डु स्कुल अफ ल, मधेश विश्वविद्यालय , ममता स्कुल अफ ल, हरिखेतान बहुमुखि क्याम्पसका अध्ययनरयनत छात्रछात्राहरुले आफना प्रस्तुति द्धारा अध्ययनको अनुभव साझा गरेका थिए।

    देश भरिका विभिन्न कानुन संकाय क्याम्पसका कानुनका करिब ८७ जना विद्यार्थी सो छलफल कार्यक्रममा सहभागिता जनाएका छन्।

    कृषि  माटो खद्यान्न र मलखादको हरुको उपादेयता र उपभोग बारे सामाजिक न्याय अन्तर्गत बहस छलफल चलाईएका कानुनका विद्यार्थी जयमंगल कोईरीले बताएका छन्।

    दुई दिवसिय संगोष्ठी कार्यक्रम दीक्षा दवाडीको अधयक्षता तथा स्वागत मन्तव्य अधिवक्कता विरेन्द्र प्रसाद यादवले गरेका छन् भन्ने संचालन द्वय आयुष मिश्र र अशुुप्रिया झा गरेका हुन्।

     

     

  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जिशिस बाराद्धारा अन्तरक्रियात्मक कार्यक्रम

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जिशिस बाराद्धारा अन्तरक्रियात्मक कार्यक्रम

    संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    ८ माघ, कलैया—- जिल्ला शिक्षा समिति बाराद्धारा आयोजित  जिल्लाको सामुदायिक विद्यालयहरुका शैक्षिक अवस्था तथा गुणस्तर सुधारका लागि अन्तरक्रियात्मक कार्यक्रम सरोकारवालाको सहभागितामा मंगलबार ८ गते  दिउँसो जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ।

    शिक्षा विकास तथा समनवय इकाइ बारा र जिल्कोला प्रशासन कार्यालय कलैयाको समनवय र सहकार्यमा उक्त कार्यक्रममा सम्बन्धित पक्षको अर्थपुर्ण सहभागिता रहेका थिए।

    जिल्ला समन्वय इकाई बाराका सभापति नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न शैक्षिक गुणस्तर सुधार अन्तरक्रियात्मक कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख (उपसचिव) हेमराज खतिवडाले जिल्लाको शैक्षिक अवस्था विद्यार्थी शिक्षक दरबन्दी लगायतका विषयमा तथ्याङ्क सहित समस्या चुनौति र समाधानका पाटोमा प्रस्तुति गरेका थिए।

    हाम्रो पालिकाले जिल्लाका अन्य पालिका भन्दा शैक्षिक सुधार योजना बनाई कार्यनव्यनको चरणमा रहेको महागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए।

    जिल्ला शिक्षा समिति  शिक्षा विकास समन्वय इकाईका प्रमुख र प्रत्येक पालिकासँग बसेर योजना बनाएर जादा पछि समष्टिगत रुपमा प्रभावकारी हुन्छ उनले सुझाएका थिए। शैक्षिक विकाशका लागि तयार रहेको र शिक्षामा बजेट लगानी गर्न अग्र स्थानमा रहेको उनको तर्क थियो।

    त्यस्तै निजगढ नगरपालिकाको एसइइको रिजल्ट आशतित रहेको छ। शैक्षिक गुणस्तर सुधारको विभिन्न योजना तहद भयरहित बाताबरणमा शिक्षकलाई शिक्षण सिकाईमा सहयोगी भएर  अनुगमन विद्यार्थी अभिभावकसँग छलफलको परिणामले जिल्लाको विभिन्न ठाँउबाट बिद्यार्थीहरु निजगढको विद्यालयमा अध्ययनले पुष्टी गरिरहेको नगर प्रमुख सुरथ पुरिले बताए।

    साथै आजकलको विद्यार्थी पुराना सोंचको नभई प्रविधि युगको भएका छन् त्यसबाट छुटाउन पनि नसकिने अवस्था रहेकोले मोबाईल प्रविधिबाटै ज्ञानवर्धक कुराको खोज गर्न तर्फ शिक्षकले प्रेरित गर्ने शिक्षण विधि अपनाउन उनले जोड दिएका थिए।

    विद्यालय राजनिति थलो हो तर साकारात्मक हुनुपर्छ । पु्र्वाग्रही र द्वेषपुर्ण  नाकारात्मक राजनितिकले विद्यालयको शैक्षिक अवस्था खस्काउन भुमिका खेेलेको उनले औल्याए।

    हामिले नगरे कले गर्ने? अहिले नगरे कहिले गर्ने? उत्प्रेक वाक्यसँगै बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गूणस्तर सुधार गर्न समस्या चुनौती र सामाधानका उपाय खोज्दै संघ , प्रदेशले के गर्ने भन्दा आ – आफ्ना पालिकाको योजनाबाट शिक्षामा यति प्रतिशत लगानी गर्ने नीति लागू गर्न जरुरी रहेको बताए।

    शैक्षिक सुधारका निम्ति प्रत्येक पालिकाले पहलकदमी लिनुपर्ने हुन्छ , आजको शैक्षिक अन्तरक्रियामा आएका बुँदालाई टिपोट गरिसकेको र सुधार गर्ने तर्फ छिट्टै योजना सहित निर्णय गरिने प्रजिअ अधिकारीले बताए।

    सो अन्तरक्रिया कारयक्रममा जिल्लाका १६ औं स्थानिय तहका नगर प्रमुख गाँउपालिका अध्यक्ष सहित शिक्षा संयोजक लगायत विभिन्न सरोकारवालाले सहभागिता जनाई आ- आफ्ना पालिका अन्तर्गतका विद्यालयको शैक्षिक अवस्थाबारे समस्या चुनौति र सामाधान बारे प्रस्तुति गरेका  थिए।

    जिल्लाको सामुदायिक विद्यालयमा विद्यार्थी शिक्षक अनुपातमा   शिक्षक दरबन्दी र विषयगत शिक्षकको अभावमा सामुदायिक विद्यालयको अवस्थालाई सुधार्न अब संघिय के गर्ने भन्दा पालिकाले योजना बनाई शिक्षामा लगानी बढाउनु पर्ने अन्तरक्रियात्मक कार्यक्रममा बक्ताले कुरा उठाएका थिए।

    शिक्षण संस्थामा नाकारात्मक राजनितिले भएको शिक्षक मर्यादित र भयरहित बातावरणमा कक्षा प्रवेश गर्न असहजता भएको शिक्षक संघका बारा अध्यक्ष राजकिशोर सहनीले बताए।

    डर त्रास सरुवामा नेपाल सरकारको संघिय शिक्षा ऐन , नीति र पालिकाको शिक्षा ऐन नीति बाझेको अवस्थामा केवल विवादित सरुवाको हतकण्डाले गुणस्तरमा प्रभाव परेको तथ्यलाई सबै बुझन सकिनुपर्दछ।

    विद्यार्थी अनुशासित छैन, दलित विपन्न परिवारका अभिभावक सचेत छैन्न्।  विद्यार्थि्लाई अनुशासन कायम गराउन अलिकति हप्काउन नपाउदै टोल छिमेक आफन्त लिएर शिक्षक कुटन विद्यालय आईपुग्छ । त्यो भन्दा तनाव त प्रहरी प्रशासनबाट मुद्दा खेेप्दा सास्तिमा गुणस्तरको कुरा गौण हुँदै गएको छलफलमा उनी सँगै शिक्षक प्रतिनिधिले सो कुरा गम्भिरतापुर्वक कुरा उठाएका थिए।

    गुणस्तर शिक्षण सिकाईको लागि एक शिक्षकले कक्षाकोठामा ३० जना भन्दा बढी विद्यार्थीलाई  गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्ने चन्द्रिका गुप्ताको जोड थियो।

    त्यो पनि विषयगत दरबन्दी अभावमा प्राथमिक तहकाले माथिलो तह सम्म धान्दै आएको प्रति सरुवाले समस्या साधान नहुने उनले थपे। साथै आवश्यक दरबन्दी पुर्तिमा जोड दिन जरुरी रहेको उनले सुझाए।

    समाजसेवी एवम् राजनितिकर्मी  नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादवले जिल्लाका सबै पालिकाले पहिलो विद्यालय वाहिर रहेका दलित विपन्न मुस्लिम बालबालिकाको एकिनसाथ तथ्याङ्क निकालेर योजना तयार गर्नुस, नभए हामीसँग सबै उपलब्ध छ सहयोग लिनु योजना बनाएर बारा जिल्लालाई शैक्षिक हब बनाउन सकिने बताए।

    सबै पालिका गर्न नसकेका होईन्न केहिले गरेका छन् त्यसलाई पुरस्कृत गर्ने बानीको थालनी गरौ। जो विद्यालय राम्रो गरेको छ। जो शिक्षकले गुणस्तरिय शिक्षणमा राम्रो छ वहाँलाई मनोबल बढाउन कम्ति हौसला बढाउन अभयास गर्न जरुरी रहेको उनको तर्क थियो।

    यस्तै, महागढीमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख रामविश्वास चौरसियाले महागढीमाई नगरपालिका भित्रका प्रत्येक विद्यालयमा वालबिकास थपि गुणस्तरीय शिक्षामा मुनिदेखि योजमा बनाएर लागिपरेको बताए।

    कलैया उपमहानगरपालिकाका शिक्षा शाखा सहायक प्रमुख विजय अधिकारी, जितपुरसिमरा उपमहानगरपालिकाका शिक्षा शाखाका राजु गिरि, शिक्षक रमेश कुश्वाहा, रामराजा क्याम्पसका सहायक प्रमुख अमीत मिश्र, लगायतका सरोकारवाला पक्षले आफ्ना सुझाव दिदै समस्या चुनौती समाधानका उपायबारे गहन छलफल गरेका थिए।

    सो अन्तरक्रियात्मक कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र कार्यक्रम संचालन शिक्षा विकास तथा समनवय इकाई बाराका सूचना अधिकारी (प्रास ) संतोष कुमार शर्माले गरेका थिए भन्ने सुरक्षा निकाय राजनितिक दल, गैरसरकारी संस्थाका प्रतिनिधि लगायत इकाईका कर्मचारी रोशन पालले जानकारी गराएका छन्।

  • मेयर यादवद्धारा गढीमाई मन्दिर परिसरमा विशेष सरसफाई

    मेयर यादवद्धारा गढीमाई मन्दिर परिसरमा विशेष सरसफाई

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक पत्रिका

    ८ माघ, महागढीमाई—- स्वच्छ वातावरण, हाम्रो सामूहिक जिम्मेवारी मुल अभियानका साथ महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले आज गढीमाई मन्दिर परिसर र मेला क्षेत्र भित्र विशेष सरसफाई गरेका छन्।

      गढीमाई पंचवर्षीय मेला २०८१ मेला क्षेत्रमा लाखौं भक्तजनको आगमनसँगै थुप्रिएको फोहोरलाई व्यवस्थापन गर्न  विशेष सरसफाई गरिएको नगरप्रमुख यादवले बताएका छन्।

    मंसिर १ गते देखि लागेको मेला माघको खिचडीको मेलापछि औपचारिक रुपमा समाप्ति भईसकेको हो।

    गढीमाई मन्दिर वरिपरि क्षेत्रमा थुुप्रिएको फोहरले मन्दिरको सौन्दर्यतालाई समेत धुुमिल्याईएको अवस्था थियो। अर्को तरि समय मै फोहर व्ययवस्थापन नहुँदा स्वास्थ्यमा पर्न जाने प्रतकुल असरलाई मध्यनजर गर्दै स्वच्छता अभियानलाई अगाडि बढाईएको उनले बताए।

    विशेष सरसफाईमा नगर प्रमुख यादवको नेतृत्वमा स्थानिय नगर प्रहरी कर्मचारी लगायतका सहभागिता रहेका छन्।

    सरसफाई र फोहर  व्यस्थापन पछि मनदिर परिसर स्वच्छ र सफा सुघर देखिको छ।

  • जमुनीमा वालिकाको बेवारिसे लाश फेला

    जमुनीमा वालिकाको बेवारिसे लाश फेला

     संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक पत्रिका

    ५ माघ , कलैया—- बाराको पचरौता नगरपालिका -१ कुडवा स्थित जमुनी खोलामा अन्दाजी ४/५ वर्षकी बालिकाको बेवारिसे लाश फेला परेको बारा प्रहरीले जनाएको छ।

    आज करिब ११ बजेको समयमा जमुनि खोलाको किनारामा पानीमा तैरी राखेको अवस्थामा वालिकाको मृत शव फेेला परेको हो।

    पहिचान खुल्न नसकेका मृतक लाशको कलैया स्थितमा रहेको प्रदेशिक अस्पताल कलैया बारामा पोष्टमार्टमको लागी पठाईएको हो।

    फेला परेका बेवारिसे शवको पहिचानको लागि हुलिया सहित मृतक लाशको आफन्तहरुलाई पता लगाउन वडा तहकै एरियामा सुचना गरिएको प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।