रामराजा क्याम्पसले प्रहरी उपरिक्षक खडकालाई दोसाला ओढाएर गरे सम्मान

संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक पत्रिका

१५ पुस,कलैया —  बाराका प्रहरी उपरिक्षक महेन्द्र खडका आज एक कार्यक्रमका बिच  सम्मानित भएका छन्।

क्यापसले आफॐनो ४३ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस तथा १७ औं क्याम्पस सभाको उदघाटन सत्रको अवसरमा एसपी खडका सम्मानित भएका हुन्।

 तत्कालिन क्याम्पस प्रमुख स्व. हरिभुषण कुश्वाहाको हत्यारालाई पक्राउ गरि  रामराजा क्याम्पस परिवार सहित आम नागरिकमा शान्ती सुरक्षा प्रत्याभुति दिलाएकोमा अदमय साहस र कर्तव्यको कदर गर्दै  क्याम्पस संचालक समितिका अध्यक्ष जंग बहादुर चौरसिया एसपी खडकालाई दोसाला ओढाई सम्मान गरेका हुन्।

२०८० जेठ ३२ गते कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको थियो ।

 सो अवसरमा प्रउ खडकाले स्व. कुशवाहाले फोन गरि गोली हानेको घटना सम्झदै उनले प्रहरीमाथि गरेको विश्वास र भरोसाको दृढ संकल्प लिई मुख्य अभिियुकत सुरेन्द्र कुश्वाहालाई भारत हुदै बिभिन्न ठाँउको प्रयास पछि मोरङग जिल्लाबाट समाउन सफलता मिलौको बताए।

कुनै अपराधीले अपराध गरिसकेपछि उम्कन नसकिने उनले बताए।

सो अवसरमा क्याम्पसको बार्षिक उत्सवको शुभकामनासँगै सामाजिक सञ्जालको कुलतमा फसेर साईबर अपराधमा फसेको प्रति सजग गराउदै शिक्षक प्रध्यापकको महत्वपुर्ण भुुमिका रहेको त्यसप्रति गम्भीर हुन आग्रह गरे।

 

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *