Author: दाश पन्न्नालाल

  • गढीमाई मन्दिर परिसरमा परेवा समाउन नदिएको निहुँमा नगरप्रहरीसँगको विवादलाई लिएर आज विवाह मण्डपमा विरोध प्रदर्शन, तनाव ग्रस्त स्थिति साम्य बन्दै

    गढीमाई मन्दिर परिसरमा परेवा समाउन नदिएको निहुँमा नगरप्रहरीसँगको विवादलाई लिएर आज विवाह मण्डपमा विरोध प्रदर्शन, तनाव ग्रस्त स्थिति साम्य बन्दै

    ॐसंवाहक

    अनलाईन / राष्ट्रिय दैनिक पत्रिका

    ४ माघ, महागढीमाई बरियारपुर—   गढीमाई मन्दिर परिसरबाट परेवा समात्ने गिरोहलाई रोक्न नगर प्रहरीले बल प्रयोग गरेपछि दुई पक्षविच आज तनाव सृजना भएको छ। मन्दिर परिसरमा रहेका विबाह मण्डप परेवा समात्न पाउने पक्षधरले विरोध सहित घेेराबन्दीको दृश्य परिणत रहेको अवस्था देखा परेको छ।

    विश्वचर्चित गढीमाई मेला मंसिर १ देखि लाग्देै आएको देखि अस्ति माघ १ गते लागेको माघे संक्रान्तिको मेलामा पचासौ लाख आगन्तुक श्रद्धालुहरुले असंख्यक परेवा उडाएका थिए। जिउदो संरक्षणको अगामी मेलासम्म सुरक्षित रहनु पर्छ, योजना र धार्मिक मान्यतालाई शान्तिका प्रतीक परेवा उडाउदै आएको हो।

    नगर प्रमुख यादवको योजनामा परेवा संरक्षणको लागि तिनका बास स्थानका निम्ति खोप बनाई मन्दिर परिसरमा ठडयाईएको छ।  अर्कातिर परेवा धपाउन उद्दत गिरोह सक्रिय रहेको देखिन्छ, त्यही विवादले ठुलो उग्र रुप लिएपछि स्थानिय र नगरपालिकाबीच स्थिति तनाग्रसत भई समाजिक संजालमा समेत नानाथरिका सुचना प्रवाहले तातेको छ।

    महगढीमाई नगरपालिकाअन्तर्गत वडा नम्बर-१ बरियारपुरको शक्तिपीठ गढीमाई मन्दिर परिसर शुक्रबार बिहानैदेखि तनावग्रस्त बनेको छ।

    मेयर उपेन्द्र यादवको भनाई अनुसार मन्दिरमा हिन्दु आस्थालाई वेवास्था गर्दै केही गैर धार्मिक केटाहरु मन्दिरमा आएर संरक्षणमा रहेको परेवा समाउने चोर्ने सँगै पर्खाल तोडफोड गरि क्षति पुर्याएकोले नगरप्रहरीले रोक्न ब प्रयोग गर्नु परेको हो, सोही विषयलाई लिएर केहीले मान्छे उचालेर विरोध गराउन खोजेको हो।

    तर, मेलाको कार्यालय विवाह मण्डप मै रहेकोले छलफलको लागि बसेको वेला हुलहुज्जत गर्ने खोजेेको हो, उनले भने मन्दिर परिसर हो भर्खरै मेला सकिएको छ, बाह्य नराम्रो संदेश जान्छ त्यसैले मैले नगर प्रहरी लगायतलाई संयमित रहन भनेको हो।यसलाई घेेराबन्दी भन्नु अतिरञ्जित र सुनियोजित घटना हो , मेयर यादवले बताए।

    मेयर उपेन्द्र यादव विवाह मण्डपमा स्थानीयको विरोध प्रदर्शन र घेराबन्दीमा परेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको कमान्डमा थप टोली परिचालन गरिएको छ ।

    स्थानियका अनुसार बरियारपुरका ४ /५ जना कम उमेर समुहका बालकहरूको समूह बिहीबार साँझ मन्दिर परिसरमा पुगेर मन्दिरको परेवा समात्न खोजेपछि नगर प्रहरीले कुटपिट गरेका आरोप लगाएका छन्।

    सोही घटनालाई लिएर आज विहानै एउटा समूह मन्दिर परिसरमा पुगेर नगर प्रहरीसित वार्तालाप गर्न गएका बेला तिनीहरूबीच झन् विवाद बढेको थियो । घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन भएको र अहिले स्थिति समान्य रहेको प्रहरीले जनाएको छ।

  • आज खिचडीमा पनि गढीमाई मेला भव्य लाग्दै, हजारौ बोका वली चढाईदै, मेलामा शान्ति सुरक्षा सहित सम्पुर्ण व्यवस्था दुरुस्त गरिएको छ- मेयर यादव महागढीमाई

    आज खिचडीमा पनि गढीमाई मेला भव्य लाग्दै, हजारौ बोका वली चढाईदै, मेलामा शान्ति सुरक्षा सहित सम्पुर्ण व्यवस्था दुरुस्त गरिएको छ- मेयर यादव महागढीमाई

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक पत्रिका

    १ माघ, महागढीमाई बरियारपुर-— विशव प्रसिद्ध गढीमाई पञ्चवरषिय मेला आज माघेसंक्रान्तिका दिन पनि भव्य सभ्य लागेको छ। मेला भर्न वलि चढााउने लाखौको भिड लागेको छ । माघेसंक्रान्तिको अवसरमा लागेको मेलामा हाजरौ बोकाको वलि चढाईाने छ। गत मंसिर १ गते देखि लागेको मेलाको विधिवत समापन्न माघ ३ पछि हुने बताईएको छ। हजारौ पाडा बली तथा लाखौ बोका वलि चढाईएको थियो।

    प्र्त्येक पाँच वर्षपछि लाग्ने मेलाको सोही वर्षको खििचडीका दिन गढिमाईलाई भाकलका बोका वली दिने गरिन्छ।  मेला वर्ष खिचडी पर्वमा मन्दिर परिसर लागयत स्थानियले आफ्ना पायक पर्ने नदिनाला कटाएर भाकलका भााकल गरिएका पशुपंक्षिको वलि दिईने परम्परा छ।

    त्यसैगरि यसपछि पनि भाकलको बोका वलि दिन चुक भएपछि यसै वर्षको होलि पर्वको दिन पुजारीको घर आंगनमा रहेका मन्दिरमा वलि चढाई वलि दिने कार्य सम्पन्न हुने गढीमाईका मुल पुजारी मंगल चौधरीले बताएका छन्। होलीपछि अर्को ८६ सालमा लाग्ने पञ्चवर्षिय मेला वली चढाईाने छ, उनले भने।

    राङ्गा वली मंसिर महिनामा लाग्ने मेलामा मात्रै चढाईाने परम्परा छ,  त्यसपछि श्रद्धालु भक्तजनको एकपटकको लागि माघि पर्व र होली पर्वका दिन बोका बलि दिईने गढीमाताले अवसर प्रदान गरेको जनविश्वास रहिआएको अर्का मुल पुजारी शिव चौधरीले जानकारी गराएका छन्।

    बोका बली दिने समितिले कुनै चिराकी शुुल्क नतोकिएको हुँदा कसैले यस्तो कार्य गरे कार्यवाही

    मंसिर महिनामा लागेको मेलामा वली चढााउन नसकेका श्र्रद्धाालुहरु आजको दिन पशुवली चढााउने परम्परा रहेको छ।

    मेला व्यवस्थापन चुस्त दुरुस्त बनाईएको छ। मेला भर्न आउने तिर्थालुहरुको शान्ति सुरक्षाको व्यवस्थापन मजबुत बनाईएको छ। वली चढााउने अन्तिम अवसर भएकाले दुरदराजबाट ईच्छााएको र भााकल पूरा भएपछि श्रद्धालु वलि दिन आउने दशौ लाख आगन्तुकलाई व्यवस्थित दर्शन बाटोघाटो शौचौाालय खाानेपानी देखि लिएर नि:शुुल्क बासको पनि भरपुर व्यवस्था मिलाईएको मेला मुल व्यवस्थापन समितिका अध्यक्ष एवम् महागढीमई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी गराएका छन्।

    संक्रान्तीको अवसरमा प्रसिद्ध गढीमाई मन्दिरमा आयोजित हुने विशेष मेलामा बोका बली र परेवा उडाईने छ।

    गढीमाई मेलाको बर्ष माघेसंक्रान्तीको दिन बोका बली र परेवा उडाउने परम्परा पुरानो हो, जसलाई स्थानीय समुदायका मानिसहरूले ठूलो धार्मिक विश्वासका रहिआएको  छ। बोका बली दिने यस परम्पराले मन्दिरको धार्मिक महत्वलाई अझ प्रगाढ बनाएको छ भने, यस मेलाले स्थानीय अर्थतन्त्रलाई पनि सहयोग पुर्याएको छ।

    यस वर्षको माघेसंक्रान्ती मेलामा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। भक्तजनहरूको भीडलाई व्यवस्थित गर्न र कुनै अप्रिय घटना नहोस् भन्ने हेतुले स्थानीय प्रशासनले पर्याप्त प्रहरी बलको व्यवस्था मिलाईएको छ। साथै, स्वास्थ्य सेवासमेत उपलब्ध गराएको छ ।

  • प्रेस सेन्टर बाराको अध्यक्षमा पुन: यादव चयन

    प्रेस सेन्टर बाराको अध्यक्षमा पुन: यादव चयन

     संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक पत्रिका

     २९ पुस, बारा— माओवादी केन्द्र निकट प्रेस संगठन प्रेस सेन्टर नेपाल बाराको आज भएको पाचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः रन्जन यादव चयन भएका छन्।

    त्यसैगरि उपाध्यक्षमा द्वय प्रदीप गौतम,र प्रियंका सरार्फ रहौका छन् भन्ने सचिवमा अखिलेश यादव,सहसचिवमा द्वय काजल कार्की र बिशाल सरार्फ तथा कोषाध्यक्षमा शर्मालाल बैठा सर्वसम्मत चयन भएका हुन्।

    यसैगरी सदस्यहरुमा राजेश चौधरी,लालबावु कुशवाहा, पप्पु साह,बिकास गुरुंग, प्रलाद चौरसिया, महेन्द्र सहनी तथा बिजेन्द्र चौधरी चयन भएको संस्थापक जिल्ला अध्य्यक्ष एवम् नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष रामबाबु मेहताले जानकारी गराएका छन्।

  • वर्तमान सरकार लामो समय टिकिराख्नेमा अशंका छ – माधव नेपाल पुर्व प्रधानमन्त्री एवम् ए.समाजवादीका अध्यक्ष

    वर्तमान सरकार लामो समय टिकिराख्नेमा अशंका छ – माधव नेपाल पुर्व प्रधानमन्त्री एवम् ए.समाजवादीका अध्यक्ष

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक पत्रिका

    २९ पुस, कलैया— एमाले र कांग्रेसको वर्तमान सरकार लामो समयसम्म टिकिरहेनमा अशंका रहेको एकीकत  समाजवादी नेपालका केन्द्रिय अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव नेपालले बताएका छन्।
     बाराको कलैया स्थित करणराज होटलमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
    प्रधानमन्त्री केपी ओलीले आफनो दम्भमा एक्लै सरकार चलाउन खोजेकोले अन्य दल रुष्ट भएकोले सरकारको आयु लामो नरहेको बताए ।
    आफुहरू नेकपा माओवादी, जसपा नेपाल, विप्लव लगायतको पार्टीसंगको समाजवादी मोर्चालाई सक्रिय गरी अघि बढने छलफल समेत भईरहेको बताए
    पालिकामा अस्पताल बनाउने योजनालाई विकासको ढिडढोरा पिटेर भएन। खर्व बजेट लगाई विशाल भवनको निर्माण त हुन्छ, तर दक्ष डाक्टर, प्रविधि र प्राविधिक नहुँदा खण्डहर भएर बजेट बालुवामा पानी हाले सरह हुन्छ, अध्यक्ष नेपाल भने ।
    प्रत्येक पालिकाको सट्टा जिल्ला स्तरमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदा विरामीहरू सेवा लिनुको साथै बजेटको अन्य विकासको कार्यमा लागु गर्न सकिने उनले टिप्णी गरेका हुन्।
    निजगढ विमानस्थल, फास्ट ट्रयाक बजेटको अभावमा हैन कि सरकारको लापरवाहीले ढिलासुस्ती भएको आरोप लगाए । भिजन बिनाको सरकारले गफ मात्रै दिने उनले बताए । अनावश्यक ठाँउको बजेट काटेर राष्ट्रिय स्तरको गौरवको योजनामा लगानी गरे देश विकासको फडको मार्नेमा उनले जोड दिए ।
     पदको लागि लडने मात्रै होईन काम पनि गरेर देखाउनु पर्ने हुन्छ। पार्टीले प्रत्येक चार महिनामा मुल्यांकन प्रतिवेदन केन्द्रीय कमिटिमा पठाउनु पर्ने प्रवाधान लागु गरेको छ।
    यसरी प्रतिवेदनको अधारमा पद कायम गर्ने व्यवस्था गरिएकोले कसैले हतास मान्सिक्तामा नकि मनोबल उच्च बनाएर पार्टिको कामसँगै नागरिकको काममा पनि अवाज बुलन्द गरि जुटनु पर्ने निर्देशन दिए।
    मिसन २०८४ को लागि कार्यकर्तालाई तयार रहन पार्टी अध्यक्ष नेपालले निर्देशन दिएका थिए । वडा देखि पालिका सम्मको लागि प्रत्येक उम्मेदवारले आफनो पकड मजबुत बनाई तयारीमा जुटन सुझाए।
    उक्त प्रशिक्षण कार्यक्रम जिल्ला अध्यक्ष विजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
  • वरिष्ठ सई कार्कीले नियन्त्रणमा लिईएको पवने ७२ लाखको समान अनुसन्धान कार्यालयमा बुझाए

    वरिष्ठ सई कार्कीले नियन्त्रणमा लिईएको पवने ७२ लाखको समान अनुसन्धान कार्यालयमा बुझाए

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक पत्रिका

    २९ पुष, बारा— अमलेखगंज प्रहरीले पवने ७२ लाख बराबरको समान सित ट्रक नियन्त्रणमा लिई अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले जानकारी गराएका छन्।

    आज बिहानै साढे सात बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजका ईनचार्ज प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटीएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा – २१ अमलेखगंज चोकमा गाडीलाई चेकजाँच गरेका थिए।

    वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको प्र २-०३-००१ ख २८८८ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको करिब ७१ लाख ७४ हजार ५ सय ९१ रूपैया मूल्य बराबरको ट्रकमा लोड गरेको Ppwovenbag, Medicine, Kitchen Oven (भाडा कुडा) र Vaccines लगायत अन्य खुद्रा समानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जनाएका छन्।

  • प्रहरीले १ करोड भन्दा बढीको समान अनुसन्धान कार्यालय पथलैयामा बुझाईए

    प्रहरीले १ करोड भन्दा बढीको समान अनुसन्धान कार्यालय पथलैयामा बुझाईए

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    २६ पुस, बारा— बारा प्रहरीले १ करोड भन्दा बढीको मालसमान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको समान नियन्त्रणमा लिईए उनले भने।

    पुस,२६ गते बिहान सावा ९ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरीटोलीले वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ३ ख ५०३९ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू. ३१ लाख ५१ हजार १ सय ११ रूपैया बराबरको टायर, मोटर पोर्टस, केमीकल पाउडर र ईलेक्ट्रिकल समान लगाएत अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरीले जनाएको छ।

    त्यसैगरि, पुस २५ गते बिहान पवने ९ बजेको समयमा महागढीमाई नगरपालिका वडा नं.७ तेलकुवाँ चोकमा प्रहरी चौकी तेलकुवाँबाट प्रहरी सहायक निरिक्षक पुर्ण तमाङ्गको कमाण्डमा खटिएको प्रहरी टोलीले कबहीबाट वरियारपुर तर्फ आउदै गरेको यात्रु बोक्ने अटोमा भन्सार छलीका करिब ६० हजार रूपैया मुल्य बराबरको कस्मेटीक समान नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

    पुस २५ गते राति करिब ११ बजेर ५० मिनेटको समयमा  जीतपुर सिमरा उप-महानगरपालिका – ७ जीतपुर चोक स्थितमा ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट प्रहरी नायब निरिक्षक मोह नारायण रायको कमाण्डमा खटिएको प्रहरीटोलीले गाडी चेेकजाँच गरेका थिए।

    पर्सा जिल्लाबाट सप्‍तरी तर्फ जादै गरेको ना ५ ख २६०९ नम्बरको डिब्बे ट्रकमा लोड गरेको अं.मुल्य रू.७३ लाख ८४ हजार ४ सय १७  रूपैया बराबरको टायर, औषधि, पाइप, स्प्रे टैङक लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिईएको बताईएको छ।

    तीनटै प्रहरी ईकाइले करिब  १ करोड ५ लाख ९५ हजार ५ सय २८ रूपैया मुल्य बराबरको विभिन्न समानहरू सहित २ वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • मेयर यादव सहित ४ महिला गरि ५२ जनाद्धारा रक्तदान, रक्तदानले ज्यान जोगाउन महत्वपुर्ण भुमिका छ- मेयर यादव

    मेयर यादव सहित ४ महिला गरि ५२ जनाद्धारा रक्तदान, रक्तदानले ज्यान जोगाउन महत्वपुर्ण भुमिका छ- मेयर यादव

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक पत्रिका

     २५ पुष, महागढीमाई बरियारपुर—- महागढीमाई नगरपालिकाका  नगर प्रमुख उपेन्द्र प्रसाद यादवले रगतको अभावमा अकालमै हुने मृत्युबाट ज्यानलाई जोगाउन रक्तदानको महत्वपुर्ण भुमिका रहेको बताएका छन्।

    जनजागरण युवा क्लब बाराले आफनो २७ औ वार्षिकोत्सवको अवसरमा  महागढीमाई नगरपालिका र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनमा बुधबार गढीमाई मन्दिरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रमको उदगाटन गर्दै यस्तो बताएका हुन्।

    रक्तदान जीवन दान मुल नाराका साथ मानव कल्याण हेतु सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्ति, शैल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई रगतको अभावले गर्दा अकाल्मै ज्यान गुमाउनु परेको बाध्यताबाट जोगाउन मेयर यादवले रक्तदान गरी जिवनदान गर्नुपर्ने बताएका हुन्।

    मानव कल्याण कार्यमा जेजेवाईसीसंगको सहकार्यमा महागढीमाई नगरपालिका कांधमा कांध मिलाएर अगाडी बढने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।


    जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवले जनचेतना फैलाउन उद्देश्यले रक्तदान कार्यक्रम शहरी क्षेत्रमा नगरी ग्रामिण भेगमा आयोजना गरिएको बताएका छन्।

    अहिले पनि ग्रामिण भेगका मानिसहरुले रक्तदानले गर्दा कमजोरी हुने, विभिन्न किसिमका रोगहरु हुने अबुझ मानसिकतामा रहेकाले ति भ्रमहरुलाई चिर्न ग्रामिण भेगमा रक्तदानको आयोजना गरिएको उनले भने ।
    सो अवसरमा जीवन दानको लागि मेयर यादव सहित  ४ महिला गरि ५२ जनाले  रक्तदान गरेका हुन्।

    आयोजित रक्तदान कार्यक्रममा गंगा थापा, रिना कुमारी, मिना गुप्ता, नरेश साह, अवधेश प्रसाद यादव, पवन सहनी, शशिकान्त कुशवाहा
    , नवराज घिमिरे, मुन्द्रिका चौरसिया, रमेश सिंह, सुरज गुप्ता, दिलिप कुमार साह, सुरेश यादव, राहुल गुप्ता, प्रकाश गुप्ता, चन्दन साह, राजेश यादव लगायतकाले रक्तदान गरेका थिए ।

    रक्तदान कार्यक्रममा जेजेवाईसी बाराका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव, कार्यकारी निर्देशक डा.श्रीनिवास बैठा र सहजीकरण लक्ष्मी खरेलले गरेको थिईन भने प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगन्जको रहेको बताईएको छ।

  • १० किलो लागू औषध गाँजा सहित ३ जना भारतीय पक्राउ

    १० किलो लागू औषध गाँजा सहित ३ जना भारतीय पक्राउ

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    चन्द्रभुषण दास

    २५ पुस, कलैया–– विशेष सूचनाको आधारमा आज दिउँसो साढे १२ बजेको समयमा बाराको बेलहियबाट १० केजी लागू औषध गाँजा सहित तीन जना भारतिय नागरिकलाई प्रहरी पक्राउ गरेको छ।

    प्रक्राउ पर्नेमा बोलेरो चालक देश भारत, उत्तर प्रदेश, जिल्ला कोशिनगर, थाना पटेर्वा ग्राम पञ्चायत जवरा बजार श्री दुबे अमवा बस्ने अं.बर्ष ३८ को धर्मेन्द्र गुप्ता , बोेरोमा सवार  उत्तर प्रदेश, जिल्ला शिवान थाना नौतन ग्राम पञ्चायत सेमरा बस्ने अं.बर्ष ४८ को चन्द्र भान कुशवाहा र  उत्तर प्रदेश, जिल्ला लखनउ, नगरपालिका लखनउ भाता सरोजनीनगर एण्ड डे ए कालोनी ट्रान्सपोर्ट नगर बस्ने अं.बर्ष ३२ को चन्द्रभान श्रीवास्तव रहेका छन्।

    उनी बोलेरो भित्र  (सेतो प्लाष्टिकमा प्याक गरीको २ पोका) १० किलो लागू औषध गाँजा लुकाई राखेका थिए। पक्राउ परेका तिनटै भारतिय नागरिकलाई बोलेरो सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट प्रहरी निरिक्षक सुरेश राज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रसौनी गाँउपालिका – ५ स्थित प्रष्‍टोकाबाट बेलहिया तर्फ आउदै गरेको भारतिय प्लेट भएको UP 32 BX 4726 नम्बरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई लगी रहेके अवस्थामा पक्राउ गरि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको सुचना अधिकारी एवम् प्रवक्त डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

  • रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

     

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक पत्रिका

    २५ पुस, काठमाडौं — जिल्ला अदालत कास्कीले सहकारी  ठगि मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश  दिएकाे छ ।

    कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

    कास्की अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्ण लक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ ।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
    लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।
    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

    यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

    लामिछानेसहित पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलाई समेत धरौटीमा छाड्न आदेश भएको छ।

    रविको सहयोगी लिला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि मुद्दामा तानिएका छन्।

     

  • आज बिहानैको भुकम्प ७  म्यागनिच्युट भएको केन्द्र विन्दु नेपाल- चीन सिमाना तिब्बतको कांटि

    आज बिहानैको भुकम्प ७ म्यागनिच्युट भएको केन्द्र विन्दु नेपाल- चीन सिमाना तिब्बतको कांटि

    संवाहक

     अनलाईन/ राष्ट्रिय दैनिक

    २३ पुस, काठमान्डौ- आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

    देशको राजधानी काठमान्डौ लगायत बारा , पर्सा, रौतहट सहित मधेश भरि भुुकम्पक ठुल्लो धक्का महसुस गरिएको हो।

    खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ ।

    त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

    खानी तथा भूगर्भ विभागका भरत कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए ।

    भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए-नभएको बारेमा बुझ्ने काम भइरहेको बताए ।