कारभित्रको मृतक रुम्बा हत्या आरोपमा ९ दिन मै प्रहरी अधिकृत सहित तीनजना पक्राउ, अपराधी जो भएपनि नछाडिने- प्रउ खडका

दाश पन्न्नालाल
4 Min Read

संवाहक

अनलाईन/  राष्ट्रिय दैनिक

१४ पुस, कलैया– कारभित्र मानिस मृतक फेला परेका घटना पेचिलो बन्दै गएको ९ औं दिन मै प्रहरीले हत्या आरोपितलाई समाउन सफल भएकोले बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाको कार्यकुश्लताले जनमानसमा प्रहरी माथिको भरोसा बढेको छ।

गत पुस ६ गते विहान सावा ९ बजेको समयमा कारभित्र मृत अवस्कथामा फेला परेका राज कुमार रुम्बाको घट्नाको आरोपित तीन जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कलैयामा प्रहरी उपरिक्षक महेन्द्र खडकाले आज पत्रकार सम्मेलन गरि सार्बजनिक गरेका छन्।

पुर्व रिसिईबि र चोरी (लुटपाट) गर्ने उद्देश्य कारण मान्छे मार्ने सम्मको सो घटना भएको सम्मेलनमा जानकारी गराईएको हो।

हत्यामा संल्गन भनिएको आरोपित पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका – १९ घर भई हाल वडा नं.- १ स्थितमा दिनेश सुवेदीको जग्गामा जय माँ इन्जियरिङ वर्कसपको संचालक वर्ष २७ को पुरुषोत्तम कुमार दास र सोही ठाँउ बस्ने वर्ष २० को ईन्द्रजित कुमार चौहान रहेका छन्।

उनिहरुको साथबाट  बरामद भएका दशीका समानहरू मृतकले घाटीमा लगाएको सुनको सिक्रि थान-१, प्रतिवादी पुरुषोत्तम कुमार दासको वर्कसपबाट निजले लगाउने गरेको जिन्स पाईन्टको खल्तीबाट बरामद गरेको प्रहरीले बताएको छ।

त्यस्तै , मृतक  रूम्बाको पर्स थान-१, आरोपित दासको कालो रंगको CAT लेखिएको झोला भित्र बाट बरामद भएको बताईएको हो।

साथै आरोपित दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईक थान-१ बरामद भएको प्रउ खडकाले बताएका छन्।

यसैगरि, जिल्ला महोत्तरी जलेश्वर नगरपालिका – ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी समेत रहेका छन्।

हत्या बरदातमा अधिकृत तिवारीको गाडी प्रयोग भएकोले र मृतक परिवारले किटानी जाहेरीमा तिवारीको नाम दिएकोले अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको प्रउ खडकाले जनाएका छन्।

संकित व्यक्तिहरूबाट मोबाईल- ६ थान बरामद भएको र घटनाको सूक्ष्म अनुसन्धान भईरहेको उनको भनाई रहेको छ।

घटनामा प्रहरी अधिकृतको नाम जोडिएकोले उसको बचाउको प्रयासको भईरहेको पिडित परिवारको आशंकाको प्रश्नमा घटनामा जो दोषी भए पनि कसैलाई नछोडिने उनले यस्तो बताएका हुन्।

जितपुर सिमरा उपमहनगरपालिका वडा नं.-११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक खण्डको छेउमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको ग्रे रंगको EV कारमा चालक बस्ने सिटमा रुम्बा मृत अवस्त्थाामा प्रहरीले फेेला पारेका थिए ।

एक जना मानिस वेहोस अवस्थामा छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट तत्काल घटना स्थलमा प्रहरी पुगी अनुसन्द्धाा थालेेका थिए।

बारा जितपुर सिमरा उपमहानगरपालिका -१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई हाल विमान स्थल (एयरपोर्ट) मा सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी थिए ।

शवख पोष्टमार्टम पछि टाउकोबाट गोलीको बुलेट थान-१ (एक) फेला परेको हुनाले मृत्युको कारण Gunshot injury to the head भनि शव परिक्षण प्रतिवेदनबाट खुलि आएको प्रउ खडकाले जानकारी गराएका छन्।

उक्त घटनाको सूक्ष्म अनुसन्धान गर्दा बरामद दशीका समानहरू सहित पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भई जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट भई  रहेको प्रहरी पवक्ता एवम् सूचना अधिकारी प्रकाश साकोटाले  जानकारी गराएका छन्।

वास्तविक दोषीलाई बचाउन र नोर्दोषलाई फसाउनलाई घटना बंगयाउन खोजिएको मृतक पिडित परिवारको आरोप रहेको प्रश्नमा स्पष्ट पार्दै प्रहरी कसैलाई जोगाउन नकि अपराधीलाई कानुनको कटघेरामा उभ्याउन कुनै कसर बाँकी नराख्ने उनले बताएका छन्। यो सब मिथ्या आरोप हो , अपराधी जो सुकै होस् त्यसलाई कार्यवाही हुन्छ, प्रहरी कहिलै चुुक्दैन। प्रउ खडकाले बताएका छन्।

उक्त घटनाको पारम्भिक अनुसन्धानमा ईलाका प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवि दाहालको नेतृत्वको प्रहरीलाई कमाण्डिङग गर्दै  प्रहरी उपरिक्षक महेन्द्र खडकाले सूक्ष्म अनुसन्धान गरि घटनाको अभियुक्तलाई पहिचान गरि समाउन सकेको बताईएको छ।

यश अघि रामराजा क्याम्पस कलैयाका तत्कालिन क्याम्पस प्रमुख हरिबभुषण कुश्वाहाको हत्याका मुख्य नाईकेलाई पक्राउ गरिसकेका उनी  नागरिकको मन जित्न सफल वराका एसपी महेन्द्र खडका हुन्।

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *